“बोर्डमा नीतिगत भ्रष्टाचार भएको छ,”- कार्की
केदार दाहाल
बिहिबार मात्र नेपाल पर्यटन बोर्ड संचालक समितिको निलम्बनमा परेका पर्यटन बोर्डका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सुवास निरौलालाई छिट्टै कारबाहीको दायारामा ल्याउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
करौडौं रुपैयाँको अनियमितताको आरोप लागेका निरौला गत साता मात्र संसदको सार्वजनिक लेखा समितिले निलम्बन गरी काराबाही गर्न निर्देशन दिएको थियो । निरौलाको विषयमा पहिलो पटक मुख खोलेको अख्तियारले भ्रष्टाचारीलाई कुनै पनि हालतमा नछाड्ने भन्दै अनुसन्धान अन्तिम चरणमा पुगेको र छिट्टै काराबाहीको दायारामा ल्याउने आफ्नो अफिसियल टुईटर ह्यान्डल मार्फत जानकारी दिएको छ । अख्तियारको अफिसियल टुईटर ह्यान्डल अख्तियार प्रमुख लोकमानसिंह कार्किले बोर्डमा नीति गत भ्रष्टाचार भएको उल्लेख गर्दै अनुसन्धान अन्तिम चरणमा पुगेको बताएका छन । उनले टुइट गर्दै भनेका छन–“ नेपाल पर्यटनमा निरौलाले नीतिगत अनियमितता गरेको भेटिएको छ,” । यसैबीच निरौलाले सर्वोच्च अदालतमा शुक्रवार अवैधानिक तवरले आफुलाई हटाएको भन्दै मुद्दा समेत दायर गरेका छन ।
निरौलालाई बोर्डको नियमावली २०५५ को नियम १२ र उपनियम ५ तथा बोर्ड ऐन २०५३ को दफा १४ को उपदफा ४ बमोजिम निलम्बन गरेको थियो ।
नेपाल पर्यटन बोर्डमा ८० करोड रुपैयाँ भन्दा बढी कारोबारलाई संकास्पद रुपमा लिदै धेरैजसो रकम अनियमितता भएको हुनसक्ने गम्भिर आसंका छानविन समितको प्रतिवेदनले समेत औल्याएको थियो ।
बोर्डमा २१ करोड ७२ लाख ९९ हजार ७ सय ४४ रुपैयाँ अनियमितता भएको पाइएको छ भने ५९ करोड ७ लाख ५३ हजार १ सय ६२ रुपैयाँ ९६ पैसाको कारोबार विवरण कहिकतै पनि उपलव्ध नभएको पाइएको छ । समतिले विशेषगरी छानविन समितिको प्रतिवेदनलाई टेकेर निलम्बन र कारबाहीको निर्देशन दिएको हो ।

No comments:
Post a Comment