काठमाडौं, २६ असोज
नेपाल पर्यटन बोर्डका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुवास निरौलालाइ कारबाही गर्न सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग गुहारेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निरौलाले नीतिगत भ्रष्टाचार गरेको उल्लेख गर्दै अनुसन्धान गरि कारबाही गरिदिन आग्रह गरेको हो । निरौलाले बोर्डमा नीतिगत भ्रष्टाचार गरेको उल्लेख गर्दै बोर्डको अनियमितता छानविन गर्न गठित छानविन समितिले एक महिना अगाडीनै तत्काल कारबाही गर्न सरकारलाई सुझाव दिएको थियो ।
सरकारललाई ३ महिना लगाएर छानविन गरि गत भदौ २३ गते कारबाहीको लागि सिफारिस गरेको थियो । “एक महिना प्रतिवेदनलाई दराजमा धन्काएर अहिले अख्तियारलाई जिम्मा लगाउनु मन्त्रालय प्रति गम्भिर आंशका उत्पन्न गराएको छ,” छानविन समितिका एक सदस्यले भने । आर्थिक कुराहरुमा अख्तियारले थप छानविन गरि कारबाही गर्ने हो तर अन्य विषयमा मन्त्रालय र बोर्ड संचालक समितिले आफैले कारबाही गर्न सक्ने अधिकार हुदाँ हुदै पनि कारबाही प्रकृया नथाल्नु गम्भिर विषय भएको ती सदस्यले बताए ।
मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार मन्त्रालयका वर्तमान मन्त्री र सचिवले व्याक्तिगत रिसइबी बढ्ने भन्दै अख्तियारलाई जिम्मा लगाएको जानकारी दिएको छ । “निरौलाको विषयमा अति धेरै कुरा आइसके छानविन समितिले कारबाही गर पनि भनेको छ तर यहाँ न मन्त्रालय अगाडी न त अख्तियार,” मन्त्रालय स्रोतले भन्यो । अख्तियार भने विगत लामो समय देखि अनुसन्धान भइरहेको भन्दै पन्छिदै आएको छ ।
छानविन समितिले मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा निरौलाले बोर्डको आर्थिक विनियम आफुखुसी संसोधन गराई तजविजमा खर्च गरेको पाइएकोले सोही अनुसार कारबाहीको सिफारिस गरेको थियो । छानविन समितिले आर्थिक वर्ष २०६८÷६९ देखि आर्थिक वर्ष २०७०÷७१ सम्मको सबै निर्णयहरु, बैंक स्टेटमेन्ट लगायत कागजातहरु प्राप्त गरि छानविन गरेको छ ।
निरौलाले आफ्नो सुरक्षामा राखेका वाउन्सरलाई समेत तलव खुवाएको कागजपत्र, मेला आयोजना पूर्वतयारीको काजगपत्र, निरौला भ्रमणको कागजपत्र, प्रशिक्षार्थीलाई तलव खुवाएको कागजपत्र, कर्मचारीको नाऊमा रकम झिकिएको बारेको कागजपत्र, आर्थिक विनियमावली पारित गर्दाको माइनुट तथा फाइलहरुगरी अधिकांस कागजपत्र नियन्त्रणमा लिएर छानविन गरेको थियो ।
खासगरी पर्यटन बोर्डको का.मु भएपछी सुवास निरौलाले बोर्डमा आर्थिक विनियमावली संसोधन गराई आफ्नो तजविजमा रकम खर्च गरेको, प्रशिक्षार्थीको नाऊमा तलवभत्ता खुवाएर रकम हिनाविना गरेको, कर्मचारीको नाममा पैसा निकालेर आफै खर्च गरेको जस्ता आरोप लागेपछी छानविन गरिएको थियो ।
पर्यटन व्यवसायीले बोर्डमा भएको अनियमितताको छानविन तथा बोर्डको पुर्नसंरचनाको माग गर्दै ३४ दिन निरन्तर पर्यटन बोर्डमा धर्ना तथा १९ दिन रिले अनसन बसेका थिए । समितिमा भट्टराई संयोजक तथा सदस्यहरुमा उपसचिवस्तर अर्थमन्त्रालयका प्रतिनिनिधि, लेखा अधिकृत ध्यान कुमार राई तथा निजी क्षेत्रबाट व्यवसायी भिम पन्त र अच्युत गुरागाँइ रहेका थिए ।
No comments:
Post a Comment