झन्डै ८० करोड रुपैयाँको अनियमिततामा नेपाल पर्यटन बोर्डका का.मु सिइओ सुवास निरौलालाई निलम्वन गर्न संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । उनले नीति गत भ्रष्टाचार गरेको ठहर गर्दै बोर्डको निर्देशक पदमा समेत नरहने गरी निलम्वन गर्न लेखा समिति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो । बोर्डमा ८० करोड रुपैयाँ भन्दा बढी कारोबारलाई संकास्पद रुपमा लिदै धेरैजसो रकम अनियमितता भएको हुनसक्ने गम्भिर आसंका छानविन समितको प्रतिवेदनले औल्याएको थियो ।
बोर्डमा २१ करोड ७२ लाख ९९ हजार ७ सय ४४ रुपैयाँ अनियमितता भएको पाइएको छ भने ५९ करोड ७ लाख ५३ हजार १ सय ६२ रुपैयाँ ९६ पैसाको कारोबार विवरण कहिकतै पनि उपलव्ध नभएको पाइएको छ ।
प्रतिवेदनले प्रत्येक कारोबार भएको ठाऊमा अनियमितता भएको औल्याएपछी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप छानविन गरि कारबाही गर्न सिफारिस गरिसकेको छ । यता संसदको सावर्जनिक लेखा समितिमा दिनहु यही विषयमाथी छलफल चलिरहेको छ । नेपाल पर्यटन बोर्डमा तत्कालिन पर्यटन मन्त्रालयका सचिव तथा बोर्ड अध्यक्ष सुसिल घिमिरेलाई समेत प्रभावमा पारी का.मु सिइओ सुवास निरौला र अन्य बोर्ड सदस्य र बोर्डका केही कर्मचारी सहितले नीतिगत रुपमा कागजी प्रक्रिया मिलाएर ठुलो रकम अनियमितता भएको गम्भिर आसंका छानिविन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बोर्डमा सबैभन्दा बढी अनियमितता भने बोर्डको १ सय ९२ औ बैठकमा बोर्डको गणपुरक संख्यानै नपु¥याइ १ करोड २१ लाख भुक्तानी दिनुपर्ने पाटी (कम्पनीहरु) लाई गत साउन २ गते बोर्ड बैठकलेनै ७ करोड ४० लाख रुपैयाँ दिनेगरी माइनुट तयार गरिएको भेटिएको छ । त्यस्तै गरी निरौलाले विभिन्न कर्मचारीको नाऊमा २ करोड रुपैयाँ भन्दा बढी निकालेर खर्च गरेका छन । बोर्डमा करोडौ रुपैयाँ एउटैपाटीलाई एर्क दिन भुक्तानी दिएको समेत पाइएको छ । सबै कम्पनीको रिसिभर डकुमेन्ट मा एकै व्यक्तिले लेखेको भुक्तानी लिने व्यक्तिहरु फरक फरक भएको तर रकम र चेक नं. उल्लेखित नभएको सादा पेपरमा छाप मात्र लगाएको र रिसिभ गरेको पाइएको छ । जसमा २३ र २४ जुन २०१३ मा विना चेक नम्बर रकम उल्लेखनै नगरी रिसिभ पेपरमा छाप लगाइ ४४ लाख ४१ हजार १४ हजार ६४ रुपैयाँ अनियमितता गरिएको छ ।
बोर्डमा ५९ करोड ७ लाख ५३ हजार १ सय ६२ रुपैयाँ ९६ पैसाको कुनै पनि प्रमाणहरु रहेको छैन । उक्त रकम कहाँ र कसरी खर्च गरिएको बारेमा समेत बोर्ड मौन छ । श्रेस्ताको फाईलमा भौचर संलग्न नभएको तर ट्याली सफ्टवेयर अनुसार आ.व. २०६८÷६९ को जनरल भौचर ४८६ बाट पोखरा कार्यालयको नाममा विभिन्न खर्च शीर्षकमा खर्च जनाएको लगायतका कारोवारहरु देखिएकोमा सोसँग सम्बद्ध कुनै प्रमाणहरु पेश भएको छैन ।
बोर्डमा आर्थिक वर्ष २०६८÷६९ मा १ करोड १३ लाख ६७ हजार ५ सय ८१ रुपैयाँ शिव प्रिन्टिङलाई पैसा दिइएको तर कुन प्रयोजन भन्ने कुनै पनि कागजात तथा प्रमाण रहेको देखिदैन । त्यस्तै गरि बोर्डका कर्मचारी कुन्दन काफ्लेको नामा रहेको २५ लाख रुपैयाँको पेश्की समेत हालसम्म फरचुट भएको छैन । एकै दिनमा बोर्डका कर्मचारीहरुले चारपटकसम्म पेश्की रकम लाने गरेको समेत पाइएको छ । त्यस्ता रकम विभिन्न कर्मचारीको नाऊमा रहने तर कुनै पनि फरचुट तथा खर्चको विवरण नआएको र एक मुस्टमा खर्च विवरण दिने गरेको समेत बोर्डमा पाइएको छ । पर्यटन प्रवद्र्धनको नाऊमा करौडौ रुपैयाँ खर्च भएको देखाइएको तर धेरै जसो खर्च कर्मचारी भत्तामा राखिएको भेटिएको छ । जसमा एक दिनमा ५ हजार डलर भत्ता मात्र लिने गरेको अन्य खर्चहरुमा समेत ठुलो खर्च गरेको भेटिएको छ ।
प्रर्यटन प्रर्वद्धनको नाऊमा गरिएको आर्थिक वर्ष २०६९÷७० मा ५ करोड ३८ लाख ९१ हजार ३५ रुपैयाँ कुनै पनि खर्च विवरण र प्रमाणहरु उपलव्ध गराइएको छैन । त्यसमा पनि अनियमितता भएको छानविन समितिले ठहर गरेको छ । बोर्डका एउटै कर्मचारी राजेन्द्र भन्नेको नाऊमा मात्र २ करोड ८८ लाख ८१ हजार ५ सय ५२ रुपैयाँ बैंकबाट निकालिएको तर कहाँ कसरी उक्त कर्मचारीले खर्च गरे भन्ने कहीकतै विवरण उपलव्ध छैन । त्यस्तैगरी विना प्रतिस्प्रर्धा एउटै कम्पनीहरुलाई बारम्बार कार्यक्रम गर्न दिएको भेटिएको छ । जसमा लाखौ रकमको विना टेन्डर कामकाज गर्दै आएको भेटिएको छ ।
छानविन समितिले पर्यटन वर्ष २०११ मा बीबीसी र सीएनएनलाई विज्ञापन उपलव्ध गराउँदा समेत २ करोड रुपैयाँ भन्दा बढी कमिसन लिएको ठहर गरेको छ । जसमा १३ करोड भनेर उक्त संस्थालाई ११ करोड रुपैयाँ मात्र उपलव्ध गराएको कागजी प्रमाण समेत छानविन समितिले फेला पारेको छ ।
छानविन समितिले गरेको अनुसन्धानमा पानीको जार खरिदमा समेत बार्षौ देखि अनियमिता हुने गरेको भेटाएको छ । जसमा ६५ रुपैयाँमा पानीको जार लिएर विलमा ८२ रुपैयाँ ३० पैसा, ९२ रुपैयाँ ९२ पैसा र ११२ रुपैयाँ ६२ पैसा बनाएको भेटिएको छ ।
बोर्डमा मुख्य अनियमितताको आशंका गरिएका शिर्षकहरुः
शिर्षक रकम (रुपैयाँ) मा
१ कुनै पनि प्रमाण नभइ खर्च भएको ५९,०७,५३,१६२÷९६
२ बीबीसी र सीएनएनमा कमिसन २,००,००,०००
३ खर्च विवरण नभएको रकम १९,७२,९९,७४४
जम्मा ८०,८०,५२,९०६
No comments:
Post a Comment