" शनिबारदेखि नयाँ भाडादर लागू हुने "
शिव बोहरा
काठमाडौं, १० कात्तिक- स्वचालित मूल्य प्रणालीका कारण इन्धनको भाउ घट्ने क्रम सुरु भइरहँदा सरकारले भने सबैखाले सार्वजनिक सवारीको भाडा बढाउँदै छ । ७ महिना पहिले इन्धनको भाउ बढेको बहानामा अहिले भाडा बढाउन लागिएको हो । बढेको भाडा कात्तिक १५ (नोभेम्बर १) शनिबारदेखि लागू हुनेछ । व्यवसायीसँग दसैंअघि नै सार्वजनिक सवारीको भाडा बढाउने सहमति भएको थियो ।
चैत पहिलो साता भएको इन्धन मूल्यवृद्धिलाई आधार मानी सरकारले व्यवसायीको दबाबमा भाडा बढाउने निर्णय गरिएको बताएको छ । १ महिनायता सरकारले २ पटक इन्धनको मूल्य समायोजन गरिसकेको छ । दुवैपटक पेट्रोल र डिजेलको भाउ घटेको छ ।
यातायात व्यवस्था विभागले गरेको निर्णयअनुसार यात्रुवाहक सार्वजनिक सवारीको भाडादरमा ५.६३ प्रतिशत, ट्रक तथा ट्रिपरसहित मालबाहक सवारीमा ५.२७ र तराईमा ५.२१ प्रतिशत तथा ट्याक्सीमा ६.७८ प्रतिशतले वृद्धि हुनेछ । काठमाडौं उपत्यकामा हाल सार्वजनिक सवारी चढ्नेबित्तिकै १५ रुपैयाँ भाडा रहेकोमा वृद्धिपछि १६ रुपैयाँ पुग्नेछ । त्यहीअनुरूप देशभर चल्ने सवारी साधनको भाडा समायोजन हुनेछ । ट्याक्सी चढ्ने यात्रुले अब प्रतिकिलोमिटर ३७.३७ रुपैयाँ तिर्नुपर्नेछ । वृद्धिअघिसम्म ३५ रुपैयाँ छ ।
यातायात व्यवसायीले दसैंअगावै भाडा बढाउन दबाब दिए पनि सरकारले अस्वीकार गरेको थियो । दसैंमा उपभोक्तालाई थप मर्का पर्ने भन्दै सरकारले उक्त कुरालाई चार्डपर्वपछि कार्यान्वयन गर्ने गरी धकेलेको थियो । भाडा वृद्धि विवादित विषय भएकाले विभागले सहमतिका लागि मन्त्रालय पठाएको थियो । मन्त्रालयले यसमा सहमति दिएपछि विभागले शनिबारदेखि नयाँ भाडादर लागू गर्ने निर्णय गरेको हो ।
“विगतमा भएको वैज्ञानिक भाडादर लागू गर्ने सहमतिअनुसार इन्धन तथा पार्टपुर्जामा मूल्यवृद्धि भएकाले भाडा बढेको हो,” भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले भने, “इन्धनको मूल्य घट्दा भाडा पनि घट्छ ।”
वैज्ञानिक मापदण्डअनुसार भाडा वृद्धिमा इन्धनको ६५ प्रतिशत र अन्य पार्टपुर्जा, मुद्रास्फीतिलगायत तत्वको ३५ प्रतिशत हिस्सा हुन्छ । सरकार र यातायात व्यवसायीबीच डिजेल र पेट्रोलको मूल्य ५ रुपैयाँ वृद्धि भए वा गिरावट आए वैज्ञानिक मापदण्डबमोजिम भाडा समायोजन गर्ने सहमति भएको थियो ।
इन्धनको मूल्य ५ रुपैयाँ तलमाथि भए भाडादर थपघट हुने यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालले बताए । “भाडा बढाउने विषयमा कुनै दबाब आएको छैन,” उनले भने, “भाडा वृद्धिका विभिन्न सूचक— इन्धन, कर, पार्टपुर्जा र अन्यलाई आधार मानिएको हो ।” उनको भनाइलाई आधार मान्दा डिजेलमा ४ रुपैयाँभन्दा मूल्यवृद्धि भएको छैन ।
यसअघि भाडा समायोजन गर्दा डिजेल प्रतिलिटर ९९ र पेट्रोल १ सय २३ रुपैयाँ थिए । नेपाल आयल निगमले कात्तिक १ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी पेट्रोल प्रतिलिटर १ सय ३० रुपैयाँ ४७ पैसा र डिजेल प्रतिलिटर १ सय ३ रुपैयाँ १७ पैसा कायम गरेको थियो ।
सरकारले यस्तो संवेदनशील विषयमा व्यवसायीको दबाबमा निर्णय गर्दा दैनिक उपभोग्य सामानको मूल्य अकासिन्छ । सार्वजनिक सवारीको भाडा बढ्दा चुलोदेखि यात्रासम्म सबै महँगिन्छन् ।

No comments:
Post a Comment