आर्थिक क्षेत्रका विशेष गतिविधी

Tuesday, October 14, 2014

“निरौलालाई कारबाही गर्न सकिन” -पर्यटन सचिव



केदार दाहाल
काठमाडौं, २७ असोज  
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले नेपाल पर्यटन बोर्डका कायम मुकाय प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुवास निरौलालाई कारबाही गर्न नसक्ने बताएका छन । सोमबार संसदको सार्वजनिक लेखा समितिलाई निरौलालाई कारबाही गर्न नसक्ने जवाफ दिएका हुन ।
नेपाल पर्यटन बोर्डका अध्यक्ष समेत रहेका सचिव श्रेष्ठले बोर्डमा अन्य कुराहहरुमा भने सुधार गर्न खोजीरहेको जवाफ दिएका छन । लेखा समितले निरौलाले बोर्डमा नीतिगत भ्रष्टाचार गरेको तर मन्त्रालय किन मौन भनेर प्रश्नको जवाफ दिन बोर्ड अध्यक्षलाई सोमबार सिंहदरवारमा बोलाएको थियो । “छानविन समितिले कारबाही सिफारिस पनि गरेको छ तर पनि त्यसलाई अख्तियारले अध्ययन गर्नुपर्ने विषयहरु रहेका छन,” उनले भने ।
श्रेष्ठले निरौलालाई कारबाही गर्न खोजिएको भएपनि निरौलाले सर्वोच्चमा मुद्दा हाल्ने डरले आफूले कारबाही गर्न नसकेको बताए । उनले भने,“ बोर्डमा भ्रष्टाचार गरेको भनेर निरौलालाई कराबाही गरिहाँलौ भन्दा उहाँले कारबाही गरेको दुईघन्टामा स्टे अर्डर ल्याउनुभयो भने के गर्ने ? त्यसैले उहाँलाई कारबाही गर्न सकिएन,” । सचिव श्रेष्ठले निरौलाले सर्वोच्च अदालतमा १४ वटा मुद्दा दायर गरेकाले फेरि पनि मुद्दा हाल्ने डरले सरकारले कारबाही गर्न नसकेको उनले समितिलाई जानकारी दिए । संचालक समिति अध्यक्षको हिसवाले आजको मितिदेखि यहाँलाई निलम्बन गरिएको छ भन्ने हो भने उहाँले दुई घन्टा भित्र स्टे अर्डर ल्याइदिनु भने त्यसपछी मैले कामै गर्न सक्दिन,” ।

 उनले आफूलाई अग्रक्रियाशिल र सकारात्मक सोचको कर्मचारीको पंक्तिमा आफूलाई राख्न चाहेको बताउँदै आफ्नो अवधिमा केही गर्ने बताए । आफ्नो कार्यकाल समेत उल्लेख गर्दै उनले भने,“ मेरो कार्यकाल भनेको एक वर्ष नौ महिना हो यो समय भित्र केहि गरिन भने म ढाँट्ने हुन्छु हजुर अरुले गाली गर्ने कुरा हुन्छ,” । उनले मन्त्रालयले प्रशासनिक हिसाव ले सुशासनको हिसावले काम गर्न निर्देशन बोर्डलाइ दिएको बताए ।  समितिले जे भनेपनि कारबाही गर्न तयार रहेको बताए । “सम्मानित सभाले यसो गरे हुन्छ भनेर भने शीरोधायै गरेर मैले काम र्गछु,” उनले भने । सुवास निरौलालाइ कारबाही गर्न मन्त्रालयले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग गुहारिसकेको छ ।  
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निरौलाले नीतिगत भ्रष्टाचार गरेको उल्लेख गर्दै अनुसन्धान गरि कारबाही गरिदिन आग्रह गरेको हो । निरौलाले बोर्डमा नीतिगत भ्रष्टाचार गरेको उल्लेख गर्दै  बोर्डको अनियमितता छानविन गर्न गठित छानविन समितिले एक महिना अगाडीनै तत्काल कारबाही गर्न सरकारलाई सुझाव दिएको थियो ।  
छानविन समितिले मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा निरौलाले बोर्डको आर्थिक विनियम आफुखुसी संसोधन गराई तजविजमा खर्च गरेको पाइएकोले सोही अनुसार कारबाहीको सिफारिस गरेको थियो । छानविन समितिले आर्थिक वर्ष २०६८÷६९ देखि आर्थिक वर्ष २०७०÷७१ सम्मको सबै निर्णयहरु, बैंक स्टेटमेन्ट लगायत कागजातहरु प्राप्त गरि छानविन गरेको छ ।
निरौलाले आफ्नो सुरक्षामा राखेका वाउन्सरलाई समेत तलव खुवाएको कागजपत्र, मेला आयोजना पूर्वतयारीको काजगपत्र, निरौला भ्रमणको कागजपत्र, प्रशिक्षार्थीलाई तलव खुवाएको कागजपत्र, कर्मचारीको नाऊमा रकम झिकिएको बारेको कागजपत्र, आर्थिक विनियमावली पारित गर्दाको माइनुट तथा फाइलहरुगरी अधिकांस कागजपत्र नियन्त्रणमा लिएर छानविन गरेको थियो ।
खासगरी पर्यटन बोर्डको का.मु भएपछी सुवास निरौलाले बोर्डमा आर्थिक विनियमावली संसोधन गराई आफ्नो तजविजमा रकम खर्च गरेको, प्रशिक्षार्थीको नाऊमा तलवभत्ता खुवाएर रकम हिनाविना गरेको, कर्मचारीको नाममा पैसा निकालेर आफै खर्च गरेको जस्ता आरोप लागेपछी छानविन गरिएको थियो ।    
पर्यटन व्यवसायीले बोर्डमा भएको अनियमितताको छानविन तथा बोर्डको पुर्नसंरचनाको माग गर्दै ३४ दिन निरन्तर पर्यटन बोर्डमा धर्ना तथा १९ दिन रिले अनसन बसेका थिए ।  समितिमा भट्टराई संयोजक तथा सदस्यहरुमा उपसचिवस्तर अर्थमन्त्रालयका प्रतिनिनिधि, लेखा अधिकृत ध्यान कुमार राई तथा निजी क्षेत्रबाट व्यवसायी भिम पन्त र अच्युत गुरागाँइ रहेका थिए ।  





No comments:

Post a Comment