आर्थिक क्षेत्रका विशेष गतिविधी

Tuesday, September 2, 2014

सवारी मेला आजदेखि

उद्घाटन बेलुका पाँच बजे अर्थमन्त्री बाट

"भव्य बनाउने तयारी "

सवारीसम्बन्धी सम्पूर्ण जानकारी गराउने उद्देश्यले हरेक वर्ष आयोजना हुने ‘नाडा अटो सो’को अर्को संस्करण आज देखि सुरु हुँदैछ । नेपाल अटो मोबाइल डिलर्स एसोसिएसन (नाडा)ले आयोजना गर्ने यो मेला व्यवसायीका लागि मात्र नभई उपभोक्ताका लागि समेत उपयोगी हुने आयोजकको दाबी छ । 
भृकुटीमण्डपमा ६ दिनसम्म सञ्चालन हुने मेलामा साना र ठूला सवारी, बैंक÷वित्त फाइन्नान्ससमेतका गरी झन्डै १ सय स्टल रहनेछन् । नेपालमा पछिल्लो समय सवारी साधान विलसिताभन्दा पनि दैनिन्दिन आवश्यकता बन्दै गइरहेका बेला अटो सोले विशेष महत्व राख्ने सरोकारवाला बताउँछन् । “मैले अटो सोमा भाग लिने व्यवसायीमा विगतभन्दा बढी उत्साह पाएको छु, यस्तो उत्साह पोहोर देखेको थिइनँ,” मेला संयोजक शम्भुप्रसाद दाहालले भने, “पहिले मेलामा खासै चासो नराख्ने समूहलाई पनि पछिल्ला संस्करणले तान्न थालेका छन् ।”
यो वर्षको मेलामा सवारी बिक्री गर्ने सबैजसोको सहभागिता रहनेछ । दाहालका अनुसार ६३ वटा प्रदर्शकले भाग लिँदैछन् । “यो नवौं संस्करण अहिलेसम्मकै भव्य हुने विश्वास लिएका छौं,” उनले भने, “क्षेत्रफलका हिसाबले सानो भए पनि भृकुटीमण्डपको प्रदर्शनी स्थलमा हामीले अटो क्षेत्रसँग सम्बन्धित सबै व्यवसायीलाई समेट्न खोजेका छौं ।” यो मेला अन्तर्राष्ट्रिय स्तरको भएको दावी पनि उनले गरे । सबैभन्दा धेरै लगानी भएको क्षेत्रमध्येमा पर्ने भएकाले अटो व्यवसायी पनि यसमा संवेदनशील भएर लागिपरेको दाहालले बताए ।
नाडाले पहिलोपटक सन् १९९८ नोभेम्बर ५ देखि ८ सम्म भृकुटीमण्डपमै अटो सो आयोजना गरेको थियो । पहिलो संस्करणमा २६ प्रदर्शकको सहभागिता थियो । अहिले बजार विस्तारसँगै प्रदर्शकसमेत झन्डै ३ गुणाले बढेका छन् ।
नेपालीको किनमेल गर्ने दसैंअगाडिको समयलाई सिजनका रूपमा लिइन्छ । त्यही सेरोफोरोमा हुने अटो सोमा व्यवसायीले सक्दो धेरै सवारी बिक्रीका लागि छुट र स्किमको बहार ल्याउँछन् । मेलामा मोटरसाइकलदेखि गाडी तथा स्पेयर पाटर््ससम्म उपलब्ध हुनेछन् । चाडपर्वको मुखैमा हुन लागेकाले ग्राहक तथा गाडीप्रेमीलाई उत्साहित बनाउने विश्वास नाडाले लिएको छ ।
मेलामा हुन्डाई, किया, होन्डा, निसान, स्कोडा, सुजुकी, टाटा, टोयोटा, फोर्ड, फियाट, डाइहाट्सु, फक्सवागन, हिरो, बजाज, यामाहालगायत ब्रान्डले सवारी साधन प्रदर्शनीमा राख्नेछन् । मेलामा १२ ब्रान्डका ४ पांग्रे तथा ११ ब्रान्डका २ पांग्रे साधन रहनेछन् । प्रदर्शनीमा वित्तीय संस्था, नयाँ प्रविधि, स्पेयर पाटर््स, लुब्रिकेन्ट्स, जेनेरेटर, ग्यारेज उपकरण, ब्याट्री तथा नेपालमै उत्पादित सामग्री पनि राखिनेछन् ।

No comments:

Post a Comment