- भाडा भढ्यो सेवा बढेन
- ३ वटा विमान भएपछि मात्र उडानको इजाजत देऊ– प्रतिवेदन
केदार दाहाल/जगन्नाथ दुलाल
नेपालमा दुर्गम क्षेत्रमा उडान भर्ने विमानहरू पर्याप्त नहुँदा हवाईयात्रुको अवस्था नाजुक बनेकोे एक अध्ययनले देखाएको छ ।
हवाई सेवालाई सहज सुलभ र नियमित बनाउने जिम्मेवारी पाएका सरोकारवाला निकायहरू असफल हुँदा समस्या हरेक दिन बढ्दै गएको सोमबार राष्ट्रिय मानव अधिकार आयोग र उपभोक्ता हित संरक्षण मञ्चले संयुक्त कार्यक्रम गरि सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।आन्तरिक उडान तर्फ हाल नेपालमा १५ विमान कम्पनीहरू सञ्चालनमा छन् । “दुर्गम क्षेत्रका हवाई सेवाका उपभोक्ताको मानव अधिकारको अवस्था विषयक प्रतिवेदन २०७०” अनुसार दुर्गम क्षेत्रका विमानस्थलहरूमा हाल ४ वटा एयरलाइन्स कम्पनीहरूले मात्र सेवा दिइरहेका छन् । जसमा नेपाल वायुसेवा निगमको १, तारा एयर ७, सिता एयर १ र सिम्रिक एयरलाइन्सको २ गरी जम्मा ११ वटा विमानले मात्र दुर्गममा हाल सेवा दिइरहेका छन ।
नेपालभर ५८ विमानस्थल रहेकामा ३१ वटा मात्र सञ्चालनमा छन्, जसमध्ये दुर्गम क्षेत्रमा १८ वटा मात्र विमानस्थल छन् । दुर्गमका सञ्चालित विमास्थलहरूमा डोल्पा, मुगु रारा, जुम्ला, बझाङ, भोजपुर, रुम्जाटार, फप्लु, मनाङ, तुम्लिङटार, तामाखर्क, खामिडाँडा, बाजुरा, चौझारी, हुम्ला, सिमिकोटा, रुकुम सल्ले, लामीडाँडा, कागेलडाँडा छन ।
आवतजावतको सहजताका लागि हवाई नीति, कानुनहरू पर्याप्त र भएका नीति, कानुन तथा प्रतिबद्धताहरू कार्यन्वयन नहुँदा यात्रुहरूले समस्या बेहोर्नुपरेको प्रतिवेदनले उल्लेख गरेको छ । दुर्गम क्षेत्रमा सेवा लिने उपभोक्ताले बढी भाडा तिर्नुपरेको, भाडा तिर्दा पनि पर्याप्त उडान नहुँदा सेवा लिन नपाएको, एयरलाइन्स कम्पनीहरू बढी नाफामुखी हुँदा भनेको गन्तव्यमा उडान नभर्ने गरेको पाइएको छ । विमान कम्पनीले दुर्गम क्षेत्रमा महिनौंसम्म उडान नभर्ने गरेको भए पनि सर्वसाधारणको पहुँचमा टिकट नरहेको तथा भाडा पनि बढी तिर्नुपर्ने जस्ता समस्या रहेको प्रतिवेदनमा उल्लेख छ ।
दुर्गम क्षेत्रमा भाडा भड्यो सेवा बढेन
दुर्गम क्षेत्रमा उडान भर्ने एयरलाइन्स कम्पनीहरूले प्रत्येक वर्ष भाडा बढाए पनि सेवा भने बढाएका छैनन् । गत वर्षको तुलनमा यस वर्ष दुर्गम क्षेत्रमा २३ देखि ५६ प्रतिशतसम्म भाडा वद्धि भएको पाइएको छ । काठमाडौं–जोमसोम गत वर्ष ४ हजार २ रुपैयाँ रहेकोमा यसवर्ष २३ प्रतिशतले वृद्धि भई ४ हजार ८ सय ९९ रुपैयाँ पुगेको छ । त्यस्तैगरी नेपालगन्ज–सिमिकोट को गत वर्ष ३ हजार १ सय ५१ रुपैयाँ रहेकोमा ५६ प्रतिशतले वृद्धि भई ४ हजार ८ सय ९९ रुपैयाँ पुगेको छ । काठमाडौं–रामेछाप गत वर्ष १ हजार ६ सय ८९ रुपैयाँ रहेकोमा २३ प्रतिशतले वृद्धि भई २ हजार ७३ रुपैयाँ पुगेको छ । त्यस्तैगरी विराटनगर–भोजपुर हवाई भाडा गत वर्ष १ हजार ३ सय २९ रुपैयाँ रहेकोमा यस वर्ष ५६ प्रतिशतले वृद्धि भई २ हजार ७३ रुपैयाँ पुगेको छ ।
प्रतिवेदनमा सरकारले तत्काल विज्ञहरूको सहभागितामा छुट्टै भाडा निर्धारण सुझाव समिति गठन गर्न सुझाव दिएको छ । त्यस्तैगरी विमान कम्पनीको इजाजत दिँदा कम्तीमा ३ वटा विमान हुुुनुपर्ने र १ विमानले दुर्गममा सेवा दिनुपर्ने अनिवार्य सर्तको व्यवस्था गर्न सुझाव दिइएको छ । त्यस्तैगरी सरकारले विमानकम्पनीलाई इन्धनमा सुहलित दिनुपर्नेसमेत सुझाव दिएको छ । उक्त कार्यक्रममा बोल्दै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले कतिपय व्यवस्था ऐनमा हुँदा पनि लागू गर्न नसकेको स्वीकार गर्दै प्रतिवेदनमा दिइएको सुझावलाई विशेष ध्यान दिने बताए ।
दुर्गमको हवाई भाडा वृद्धिदरः
क्षेत्र साविक भाडा रुपैयाँ हालको भाडा रुपैयाँ वृद्धि प्रतिशत
काठमाडौं,–जोमसोम ४,००२ ४,८९९ २३ प्रतिशत
नेपालगन्ज–सिमिकोट ३,१५१ ४,८९९ ५६ प्रतिशत
काठमाडौं–मन्थली १,६८९ २,०७३ २३ प्रतिशत
विराटनगर–भोजपुर १,३२९ २,०७३ ५६ प्रतिशत
दुर्गम क्षेत्रमा उडान गर्ने हवाइ कम्पनीहरूको उडान अवस्था
हवाई सेवा सेडुअल संख्या उडान संख्या रद्द उडान सञ्चालन
प्रतिशत चार्टर जम्मा उडान
निगम १०६३ ९१६ १४७ ८६.१७ ६३६ २५५२
सीता ११०१ ७०९ ३९२ ६४.४० १८२ ८९१
तारा ३२८३ १३०४ १७७९ ३९.७२ २०१५ ३३१९
No comments:
Post a Comment