शेखर गोल्छा
अध्यक्ष : नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)
उपाध्यक्ष : नेपाल उद्योग वाणिज्य महासंघ
अटोमोबाइल क्षेत्रको विकासका चुनौतीहरू के–के हुन् ?
अटोमोबाइल क्षेत्र नेपालमा एउटा नयाँ सम्भावना बोकेर अगाडि बढिरहेको क्षेत्र हो । अहिले सरकारले लगानी गरेर ७५ वटै जिल्लामा सडकको ट्र्याक पु¥याइसकेको छ । तर, अन्य देशको तुलनामा हेर्ने हो भने नेपालमा सवारी प्रयोगदर निकै कम छ ।यसको कारण यहाँ सवारीसाधन महँगो भएकाले नै हो । हालसम्म जम्मा १७ लाख ५५ हजार सवारी साधन गुडिरहेका छन् । ३ करोड जनसंख्या रहेको देशमा अटो मोबाइलको उपयोगिता दर ज्यादै न्यून छ । हाम्रो भनाइ के हो भने जबसम्म अटोमोबाइलको उपयोगिता दर सामान्य अन्तर्राष्ट्रिय स्तरसम्म पुग्दैन त्यति बेलासम्म देश विकासशील हुन सक्दैन । अटोमोबाइल क्षेत्रको विकास नहुँदासम्म विकसित राष्ट्र हुने सम्भावना कम हुन्छ । सन् २०२२ सम्म अल्पविकसितबाट विकासशील देशमा पुग्ने सरकारको लक्ष्य पूरा हुनका लागि समेत अटोमोबाइल क्षेत्रको विस्तार जरुरी छ ।
उपाध्यक्ष : नेपाल उद्योग वाणिज्य महासंघ
अटोमोबाइल क्षेत्रको विकासका चुनौतीहरू के–के हुन् ?
अटोमोबाइल क्षेत्र नेपालमा एउटा नयाँ सम्भावना बोकेर अगाडि बढिरहेको क्षेत्र हो । अहिले सरकारले लगानी गरेर ७५ वटै जिल्लामा सडकको ट्र्याक पु¥याइसकेको छ । तर, अन्य देशको तुलनामा हेर्ने हो भने नेपालमा सवारी प्रयोगदर निकै कम छ ।यसको कारण यहाँ सवारीसाधन महँगो भएकाले नै हो । हालसम्म जम्मा १७ लाख ५५ हजार सवारी साधन गुडिरहेका छन् । ३ करोड जनसंख्या रहेको देशमा अटो मोबाइलको उपयोगिता दर ज्यादै न्यून छ । हाम्रो भनाइ के हो भने जबसम्म अटोमोबाइलको उपयोगिता दर सामान्य अन्तर्राष्ट्रिय स्तरसम्म पुग्दैन त्यति बेलासम्म देश विकासशील हुन सक्दैन । अटोमोबाइल क्षेत्रको विकास नहुँदासम्म विकसित राष्ट्र हुने सम्भावना कम हुन्छ । सन् २०२२ सम्म अल्पविकसितबाट विकासशील देशमा पुग्ने सरकारको लक्ष्य पूरा हुनका लागि समेत अटोमोबाइल क्षेत्रको विस्तार जरुरी छ ।
अटोमोबाइल्स क्षेत्रका व्यवसायीले राखेका समस्याका बारेमा नीतिगत तहमा बस्नेहरू सधैं अनुदार हुन्छन् किन ?
अहिले पनि नेपालमा मध्यम तथा निम्नमध्यम वर्गीयहरूलाई अटोमोबाइलमा गाडी वा मोटरसाइकल पनि हामीले चढ्न सक्छौं र भन्ने अवस्था छ । यसको मुख्य कारण उच्च भन्सार दर नै हो । यसमा नाडाको भनाइ के छ भने गाडीको उपयोगिता दर वृद्धि गर्नुपर्छ । जब देशमा निम्न मध्यम तथा मध्यवर्गीय जनताले एउटा गाडी वा मोटरसाइकल किन्न वा चढ्न सक्ने भएपछि मात्र यस्ता व्यक्तिले आफ्नो पनि हिस्सेदारी देशको अर्थतन्त्रमा रहेको महसुस गर्छ । यसले बल्ल देशको अर्थतन्त्र चलायमान हुन्छ । यसका लागि नाडाले सक्दो प्रयास गरिरहेको छ । यही बुझाउने एउटा श्रृंखलाका रूपमा नै नाडाले अटो सोलाई लिंदै आएको छ ।
अटो सोको मुख्य उद्देश्य के हो ?
अटोमोबाइलका बारे उपभोक्तालाई कसरी कसरी जानकारी गराउन सकिन्छ, टच एन्ड फिल गराउन सकिन्छ भन्ने उद्देश्यले नै हरेक वर्ष अटो सो गर्दै आएका हौं । अटोमोबाइलको बजार विस्तार गर्दै उपभोक्तालाई एकै छानामुनि नेपालमा बिक्री हुने सवारी साधनबारे जानकारी दिनु पनि हो ।
नेपालमा अटो सो सञ्चालन गर्न प्रदर्शनीस्थल नै उपयुक्त भएन भनिन्छ नि !
जब–जब प्रदर्शनी गर्ने बेला आउँछ त्यस बेला प्रदर्शनी स्थलको कुरा व्यापक रूपमा उठ्ने गरेको छ । विश्वका हरेक देशमा सबैजसो सहरमा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल भए पनि नेपालमा अहिलेसम्म पनि त्यही भृकुटी मण्डपमै निर्भर हुनुपरेको छ । चीनमा नै हेर्ने हो भने हरेक सहरको केन्द्रमा प्रदर्शनीस्थल छ । बजार प्रवद्र्धनका लागि विज्ञापन मात्र गरेर नपुग्ने भएकाले प्रदर्शनी स्थलमार्फत प्रदर्शनी नै गर्नुपर्छ । यसले उपभोक्तालाई वस्तुसँग टच एन्ड फिल गराउँछ । यसमा सरकारले विशेष ध्यान दिनुपर्छ । निजी क्षेत्रले विगत लामो समयदेखि यस विषयमा कुरा उठाउँदै आए पनि अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल बन्न सकेको छैन । मैले महासँघको उपाध्यक्ष भइसकेपछि पनि यो कुरा उठाएको छु ।
अटोमोबाइल्स क्षेत्रको भविष्यचाहिँ कस्तो देख्नुहुन्छ ?
अटोमोबाइल क्षेत्रको विस्तारमा सम्भावना तथा चुनौती दुवै छन् । रेमिट्यान्सले नेपालको मध्यमवर्गीयहरूमा अतिरिक्त आम्दानी भएकाले अटो क्षेत्र विस्तारमा सहयोग पक्कै पु¥याएको छ । बैंकहरूमा तरलता उच्च देखिएकाले पनि अटोमोबाइल क्षेत्र बढाउन सहयोग पुगेको छ । नेपालको अटोमोबाइल क्षेत्रको बृद्धि कुल गार्हस्थ्य उत्पादन वृद्धिदर भन्दा निकै राम्रो रहेको देखिन्छ । नेपालमा अटोमोबाइल क्षेत्र दिगो रूपमा विकसित हुँदै गएको छ भन्ने कुरालाई समेत यसले पुष्टि गर्छ ।
आयात हुने सामाग्रीलाई करमा कटौती गर्दा राजस्व लक्ष्य पूरा नहुने चिन्ता सरकारको छ, तर तपाईंहरू जहिल्यै पनि कर बढी भयो भन्नुहुन्छ ?
नेपालको सबैभन्दा धेरै राजस्व तिर्ने र राजगारी सिर्जना गर्ने क्षेत्र कुनै छ भने त्यो अटोमोबाइल क्षेत्र हो । सरकारको ध्यान राजस्व घटाउँदा समस्या उत्पन्न हुन्छ भन्नेतिर छ । सरकार तथा नीतिनिर्माताहरू राजस्व घटाउँदा पैसा कम उठ्ने भएकाले देश कसरी चल्छ भनेर सोचिरहेको देखिन्छन् । तर, सरकारले राजस्व घटाउने होइन यसको दायरा बढाउनुपर्छ, बजार विस्तारमा जोड दिनुपर्छ । बजार विस्तार हुनेबित्तिकै राजस्व स्वतः वृद्धि हुन्छ । २०÷२५ प्रतिशतले राजस्व घट्ने हो भने बजार ५० प्रतिशतले वृद्धि हुन्छ । यस्तो स्थिति हुने हो भने सबैजसो नागरिकले दुई या चारपांग्रे सवारी चढ्न सक्ने स्थिति हुन्छ । यसले कुनै पनि व्यक्तिलाई आफूपनि देशको अर्थतन्त्रसँग जोडिएको महसुस हुन्छ । यसप्रति नीति निर्माताहरूको ध्यान जानु जरुरी छ ।
भन्सार बढी नै भए पनि बिक्री घटेको छैन भने यसलाई मात्र किन बारम्बार उठाइरहनुभएको हो ?
अमेरिकामा हेर्ने हो भने अटोमोबाइल क्षेत्र देशको अर्थतन्त्रको मुख्य आर्थिक सूचकका रूपमा देखिन्छ । अमेरिकामा अटोमोबाइलको बिक्रीलाई आधार मानेर अर्थतन्त्रको सूचक अनुमान गर्न सकिन्छ । हाम्रो देशमा यसलाई त्यसरी हेरिँदैन । अब यसलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु आवश्यक छ । अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो चुनौती उच्च भन्सार दर नै हो । सायद नेपालमा मोटरसाइकल, कार तथा कमर्सियल भेइकल विश्वकै महँगो मूल्यमा किन्नुपर्छ । त्यस्तै अर्को चुनौतीको क्षेत्र भनेको स्पेयर पार्ट्स हो ।
नेपाल भारतको खुला सिमानाका कारण यो समस्या देखिएको हो । नियन्त्रणमा गम्भीर समस्या छ । तराई क्षेत्रमा चल्ने अधिकांश ठूला गाडी स्पेयर पार्ट्स परिवर्तनका लागि सिमा पारी जाने गरेको पाइन्छ । उताबाट आवश्यक सबै पार्टपुर्जा परिवर्तन गरेर आए पनि नेपालमा त्यसको कुनै राजस्व आउँदैछ । नेपालमा भन्सार तिरेर ल्याइएका सामान महँगो हुन आउन्छ । यसले गर्दा यस्ता समस्या समाधान ज्यादै चुनौतीपूर्ण छ । यसको नियन्त्रणका लागि भन्सारदर कम गर्नु नै हो । सीमाक्षेत्रमा स्पेयर पाटर््सको व्यापार गर्न मैले बुझेसम्म ज्यादै गाह्रो छ । टायर, ब्याट्री, लुब्रिकेन्सलगायत सामान सहज रूपमा ल्याउन सकिन्छ । यसले सरकारको राजस्व ठूलै परिमाणमा गुमिरहेको छ ।
व्यवसायीले नै नक्कली स्पेयर्स पार्ट्सहरू नभिœयाए हुन्न !
स्पेयर पार्टस मुख्य गरी तीन प्रकारका हुन्छन् । एउटा कम्पनी स्वयंले उत्पादन गरेको गाडी आयात कर्ताले नै ल्याएको, अर्को स्पेयर पाटर््स आयात कर्ताले ल्याएको र तेस्रो नक्कली । नक्कली स्पेयर पाटर््सको व्यापार नेपालमा बढ्दै गएको देखिन्छ । यस्ता समानको भन्सार तिर्नु पर्दैन । यो कुरालाई मैले मुख्य चुनौतीका रूपमा देखेको छु ।
अटो लोनमा पनि नेपाल महँगो भएको हो ?
विश्वका अन्य देशको तुलनामा नेपालमा अटो फाइनान्स निकै महँगो छ । तर, पछिल्लो समय यसमा निकै सुधार हुँदै आएको छ । यसमा थप सुधारको आवश्यकता छ । रिकभरी पनि अटो फाइनान्सकै विषय हो । यसका लागि बेग्लै नीति बन्नु जरुरी छ ।
नेपाल सरकारको अटोमोबाइल भनेको अनुत्पादक क्षेत्रमा लगानी भन्ने धारण रहँदै आएको छ, के साँच्चै यो अनुत्पादक क्षेत्र नै हो त ?
होइन, अटोमोबाइल ‘प्रोडक्टिक एक्सपेन्स’ हो । हामीले धेरै अर्थशास्त्रीहरूसँग छलफल गर्दा र विदेशि ट्रेन्ड हेर्दा पनि यो प्रोडक्टिभ एक्सपेन्स नै हो । यसले देशको अर्थतन्त्रलाई समयको बचत गर्दै साधनलाई आर्थिक गतिविधिमा चलायमान बनाउन मद्दत गर्ने हुँदा यो शतप्रतिशत उत्पादक क्षेत्र हो ।
अटोमोबाइल क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको हो ?
नेपालका अटो व्यवसायीहरू आ–आफ्नो उपलब्धताअनुसार स्किम, सेवा सुविधा दिइरहेका छन् । नाडाको अध्यक्षको हैसियतले के भन्न सक्छु भने नेपाली अटो बजारमा कुनै खालको अस्वस्थ प्रतिस्पर्धा छैन । अहिलेसम्म बैंक तथा वित्तीय संस्थालाई सबैभन्दा पारदर्शी व्यवसाय भनिन्थ्यो, अटोमोबाइल व्यवसाय त्योभन्दा नी पारदर्शी भइसकेको छ । न्यून बिजकीकरण पछिल्ला वर्षहरूमा शून्यमा झरेको छ भने अधिकतम खुद्रा मूल्य एकदमै पारदर्शी छ ।
सडक सुरक्षा चुनौतीका रूपमा रहेको छ, यसलाई सुधारका लागि के गर्नु आवश्यक छ ?
म सडक सुरक्षासम्बन्धी धेरै सेमिनारमा गएको छु । त्यस्ता ठाउँमा जाँदा मैले के पाएँ भने सडक सुरक्षाका लागि निकै पैसा चाहिन्छ भन्ने गरेका छन् । म त के भन्छु भने नेपालमा सडक सुरक्षाका लागि कत्ति पनि पैसा लाग्दैन । मलाई के लाग्छ भने सडक सुरक्षाका लागि मुख्य तीन कुरामा ध्यान दिए पुग्छ । पहिलो, लाइसेन्सको वर्गीकरण हुनुपर्छ ।
No comments:
Post a Comment