नेपाल अटो मोबाइल डिलर्स एसोसिएसन (नाडा) को आयोजनामा ९ औ अटो शो भोली बाट राजधानीको भृकुटीमन्डपमा सुरु हुदै छ । १ अर्बको गाडी बिक्री गर्ने लक्ष रहेको अटो शोभदौ १८ देखि २२ गतेसम्म संचालन हुने छ । अटो सोमा सवारी, पार्टपुर्जा, तथा यससँग सम्बन्धित एक्सेसरिजहरूको प्रदर्शनी गरिनेछ । नाडा र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसको संयुक्त आयोजनामा हुने अटो सो हुन लागेको हो ।
५ दिनसम्म चल्ने अटो सोमा साना ठूला गरी १ सय स्टल रहने छन् । अटो सोमा मोटरसाइकलदेखि गाडी तथा स्पेयर पार्टससम्म उपलब्ध हुने जनाइएको छ । चाडपर्वको मुखमा हुन लागेको अटो सोमा नेपाली ग्राहक तथा गाडी प्रेमीलाई उत्साहित पार्ने विश्वास नाडाले लिएको छ । ५३ कम्पनीले विभिन्न स्किमसहित सवारी साधन, सवारीजन्य वस्तु तथा सेवाको प्रदर्शनी हुनेछ ।
अटोसो ०७१ मा हुन्डाई, किया, होन्डा, निसान, स्कोडा, सुजुकी, टाटा, टोयोटा, फोर्ड, फियाट, डाइहाट्सु, फक्सवागन, हिरो, बजाज, यामाहालगायत ब्रान्डहरूले सवारी साधन प्रदर्शनीमा राख्ने छन् । उक्त अटोसोमा १२ ब्रान्डका ४ पांग्रे, तथा ११ ब्रान्डका २ पांग्रे साधनहरू रहने छन् । सवारी साधन अब विलासिताबाट आवश्यकताको साधन भइसकेको नाडाका अध्यक्ष शेखर गोल्छाले बताए । उनले भने, “सरकारले ट्राफिक जामलाई इंगित गर्दै गाडीको भन्सार निर्धारण गर्दा सवारी साधन महँगो भएको हो ।” अटो सोले नेपालमा सवारी साधनको बजार विस्तारमा सहयोग पु¥याउने विश्वास उनको छ । उपभोक्ताको हितलाई ध्यानमा राखी जतिसक्दो धेरै ब्रान्ड समेट्ने प्रयास गरिएको अटो सो संयोजक तथा नाडाका सह–कोषाध्यक्ष सम्भुप्रसाद दाहालले बताए ।
प्रदर्शनीमा वित्तीय संस्था, नयाँ प्रविधि, स्पेयर पार्टस, लुब्रिकेन्टस, जेनेरेटर, ग्यारेज उपकरण, ब्याट्री तथा नेपालमै उत्पादित सामग्रीसमेत रहने नाडाले उल्लेख गरेको छ । अवलोकनकर्ताहरूको सुविधाका लागि भन्दै नाडाले २ पांग्रे तथा ४ पांग्रे सवारीको भिन्दा भिन्दै स्थान तोकिने जनाएको छ । अटो सोमा सर्वसाधारणबाहेक अटो उद्योगी, व्यापारी, व्यापार विश्लेषक, अर्थशास्त्री तथा नीति निर्माताको समेत सहभागिता रहने जनाइएको छ ।
यस वर्षको नाडा अटो सोमा करिब ५० हजार अवलोकनकर्ताहरूको सहभागिता रहने विश्वास नाडाले लिएको छ । गत वर्षको अटो सोमा ८० करोडको कारोबार भएको नाडाले जनाएको छ ।
No comments:
Post a Comment