केदार दाहाल
घटस्थापनाका दिनदेखि दसैं औपचारिक रूपमा सुरु हुने भए पनि यो पर्वको चहलपहल प्रायः एक महिनाअगाडिदेखि नै सुरु हुन्छ । अध्ययनका लागि घरभन्दा टाढा रहेकाहरू घटस्थापना सुरु हुनुपहिल्यै घर जाने भएकाले यसको रौनक बढेको हो ।राजधानी काठमाडौंलगायत मुलुकभरका बसपार्क, एयरपोर्ट बजारलगायत सबैतिर यस वर्ष पनि विगतको जस्तै दसैंको रौनक छाइसकेको छ ।
दसैं नेपालीहरूको सबैभन्दा ठूलो चाड त हुँदै हो, यसको मुलुकको अर्थतन्त्रसँग पनि गहिरो सम्बन्ध छ । दसैंको भनेकै राम्रो लगाउने र मीठो खाने पर्वका रूपमा नेपालीहरूले लिने गरेका छन् । त्यसैले काठमाडौंमा बसोबास गर्ने झन्डै ४० लाख नागरिकमध्ये २२ लाखभन्दा बढी मानिस दसैं मनाउन बाहिरिने गरेका छन् भने विदेशमा कमाइ गर्न गएका नेपालीहरू पनि यही सन्दर्भमा फिर्ता हुने गरेका छन्, जसका कारण सडक र हवाई दुवै तर्फका यातायात भरिभराउ हुने गरेका छन् ।
दसैंलाई नै मध्यनजर गरेर एयरलाइन्स कम्पनीले हवाई टिकट बुकिङ गरिरहेका छन् भने १५ दिनअगावैदेखि सार्वजनिक यातायातका पनि टिकट धमाधम बुकिङ भइरहेका छन् । सडक र हवाई दुवैतर्फका यात्रुको चाप अध्याधिक हुने भएकाले सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीहरूले दोब्बर सवारी साधनमार्फत सेवा दिने गरेका छन् । त्यस्तैगरी एयरलाइन्स कम्पनीहरूले पनि दोब्बर उडानहरू थप गर्ने गरेका छन ।
दसैं सुरु हुनु १५ दिनदेखि सामान्य समयमा भन्दा चाप बढ्न थाल्छ । एक साता बाँकी हुँदा त्यो चाप उच्च हुन्छ । अझै तीन दिन बाँकी हुँदाको चापको थेगि नसाध्ये हुने गरेको छ । नजिकैका मानिसहरू नवमीको दिनसम्म पनि घर जान चाहन्छन् किनभने दशमीमा टीका थाप्न पाइयोस् । त्यसैले पञ्चमीदेखि नवमीको दिनसम्म काठमाडौंबाट बाहिरिने यात्रुको संख्या ज्यादै धेरै हुने गरेको छ । दसैंको १ साताअघि काठमाडौंबाट दैनिक ४ हजारभन्दा बढी सवारी साधन बाहिरिने गरेका छन् ।
यात्रुको सुविधाका लागि व्यवसायीहरूले गांगबुस्थित नयाँ बस पार्क, पुरानो बसपार्क, कलंकी, कोटेश्वर, गौशाला, सुनधारालगायत १० स्थानबाट टिकट बुकिङ भइरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव तथा प्रवक्ता सरोज सिटौलाले बताए । सवारी नपुग्ने भएकाले यसका लागि महासंघले उपत्यका बाहिर खाली अवस्थामा रहेका सम्पूर्ण बस राजधानी ल्याउन आग्रह गरिएको सिटौलाले बताए ।
हवाईमार्गमा झनै चाप
बाढी तथा पहिरोका कारण सडक भत्किएपछि यस वर्षको दसैंतिहार तथा छट पर्वमा हवाई यात्रुको चाप बढ्ने भन्दै उडान थप गर्ने आन्तरिक वायुसेवा कम्पनीहरूले यसअघि नै जनाइसकेका छन् । विशेष गरी काठमाडौंबाट सुगम तथा दुर्गम क्षेत्रमा जाने हवाई यात्रुहरूको चाप विगत वर्षमा भन्दा बढी हुने देखिएको छ । यसवर्ष गत वर्षभन्दा बढी बाढी तथा पहिरोका कारण सडक अवरुद्ध छन् ।
नेपाल वायुसेवा सञ्चालक संघ (आयोन) का प्रवक्ता घनश्याम आचार्यले दसैं तथा तिहारमा सबैजसो एयरलाइन्स कम्पनीहरूले थप उडान गर्ने गरेकोमा यसवर्ष त्यो उडान पनि बढाउनुपर्ने देखिएको बताए । अब केही दिनमा थप गरिएका उडानमार्फत सेवा दिने तयारीमा एयरलाइन्स कम्पनी रहेको उनले जानकारी दिए ।
नेपाल एयरलाइन्ससँगै यति एयर, बुद्ध एयर र सिम्रिक एयरलाइन्सले आन्तरिकतर्फ भद्रपुर, विराटनगर, तुम्लिङटार, भैरहवा, नेपागन्ज, पोखरा, धनगढी, जनकपुरलगायतमा उडान गर्दै आएका छन । हाल दसैंकेन्द्रित टिकटतर्फ यति, सिम्रिक, नेपाल एयरलाइन्स र बुद्ध एयरले सुगम क्षेत्रका गन्तव्यमा टिकट बुकिङ गरेका छन् भने दुर्गममा उडान गरिरहेका तारा, गोमा एयरले पनि टिकट बुकिङ गरेर सेवा दिइरहेका छन् । यसैबीच नेपाल वायुसेवा निगमले दसैंलाई केन्द्रित दुर्गम क्षेत्रमा ४७ वटा थप उडान गर्ने भएको छ । गत वर्ष भएका विमान सवै ग्राउन्डेड भएपछि कुनै पनि उडान गर्न नसकेको निगमले यसवर्ष दैनिक दर्जनौं थप उडान गर्न लागेको हो । यसवर्ष निगमले २ वटा ट्विनटरमार्फत दुर्गम क्षेत्रमा र एउटा एम–६० मार्फत सुगम क्षेत्रमा उडान भरिरहेको छ । दुई ठूला विमानमार्फत अन्तर्राष्ट्रिय उडान भरिरहेको छ ।
निगमले दुई ट्विनटर विमानमार्फत दुर्गम क्षेत्रमा दैनिक ११ उडान गरिहेको छ । भने दसैं तथा तिहारका लागि ४७ वटा थप उडान गर्ने तयारी गरिरहेको निगमले जानकारी दिएको छ । निगमले चिनियाँ एमए–६० जहाजमार्फत दसैं तथा तिहारलाई केन्द्रित गरी सुगम क्षेत्रहरूमा उडान थप गरेको छ ।
निगमले हाल एमए–६० मार्फत विराटनगर साताको ६ वटा, भैरहवा साताको ६ वटा, भद्रपुर साताको ३ र वटा धनगढी साताको ३ वटा उडान गर्दैछ । हाल दुर्गमका सञ्चालित विमास्थलहरूमा डोल्पा, मुगु रारा, जुम्ला, बझाङ, भोजपुर, रुम्जाटार, फाप्लु, मनाङ, तुम्लिङटार, तामाखर्क, खामिडाँडा, बाजुरा, चौझारी, हुम्ला, सिमिकोटा, रुकुम सल्ले, लामीडाँडा, कागेलडाँडामा समेत उडान भर्ने तयारी निगमले गरिरहेको छ ।

No comments:
Post a Comment