निरौलालाई कारबाहीको सिफरिस
नेपाल पर्यटन बोर्डमा भएको अनियमितताको छानविन गर्न सरकारद्वारा गठित छानविन समितिले का.मु प्रमुख कार्यकारी अधिकृत सुवास निरौलालाई कारबाहीको सिफारिस गरेको छ । तीन महिना अघि गठन भएको समितिले सोमवार छानविन प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको छ ।
प्रतिवेदनमा निरौलालाई कारबाही गर्न सिफारिस गरिएको छानविन समितिका एक सदस्यले जानकारी दिए । “छानविनको क्रममा निरौलाले नीतिगतनै भ्रष्टाचार गरेको पाइयो,” ति सदस्यले भने । तीन महिना लगाएर गरिएको छानिविनमा निरौलालाई कारबाही गर्नु भनेर सिफारिस गरेको ति सदस्यले बताए । तीन महिना लगाएर गरिएको छानविन प्रतिवेदन ७५ पृष्ठ लामो छ । थप छानविनका लागि आख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदन उपलव्ध गराइने उनले जानकारी दिए ।
छानविन समितिले मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा निरौलाले बोर्डको आर्थिक विनियम आफुखुसी संसोधन गराई तजविजमा खर्च गरेको पाइएकोले सोही अनुसार कारबाहीको सिफारिस गरिएको बुझिएको छ । सरकारले गत जेठ २२ गते नेपाल पर्यटन बोर्ड नेर्तुत्वले गरेको अनियमितता छानविनको लागि मन्त्रालयका तत्कालिन सहसचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । गत भदौ १५ गते सकिएको छानविन समितिको म्याद पुनः एक साताका लाथि थप गरिएको थियो ।
छानविन समितिले आर्थिक वर्ष २०६८÷६९ देखि आर्थिक वर्ष २०७०÷७१ सम्मको सबै निर्णयहरु, बैंक स्टेटमेन्ट लगायत कागजातहरु प्राप्त गरि छानविन गरेको समितिले जनाएको छ । यसअघि निरौलाले छानविन समितिलाई कागजपत्र दिन अटरेगरेपछी गत साउन १५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजपत्र नियन्त्रणमा लिएर छानविन समितिलाई बुझाएको थियो ।
निरौलाले आफ्नो सुरक्षामा राखेका वाउन्सरलाई समेत तलव खुवाएको कागजपत्र, मेला आयोजना पूर्वतयारीको काजगपत्र, निरौला भ्रमणको कागजपत्र, प्रशिक्षार्थीलाई तलव खुवाएको कागजपत्र, कर्मचारीको नाऊमा रकम झिकिएको बारेको कागजपत्र, आर्थिक विनियमावली पारित गर्दाको माइनुट तथा फाइलहरुगरी अधिकांस कागजपत्र नियन्त्रणमा लिएर छानविन गरिएको छानविन समितिले जानकारी दिएको छ ।
खासगरी पर्यटन बोर्डको का.मु भएपछी सुवास निरौलाले बोर्डमा आर्थिक विनियमावली संसोधन गराई आफ्नो तजविजमा रकम खर्च गरेको, प्रशिक्षार्थीको नाऊमा तलवभत्ता खुवाएर रकम हिनाविना गरेको, कर्मचारीको नाममा पैसा निकालेर आफै खर्च गरेको जस्ता आरोप लागेपछी छानविन गरिएको हो ।
पर्यटन व्यवसायीले बोर्डमा भएको अनियमितताको छानविन तथा बोर्डको पुर्नसंरचनाको माग गर्दै ३४ दिन निरन्तर पर्यटन बोर्डमा धर्ना तथा १९ दिन रिले अनसन बसेका थिए । समितिमा भट्टराई संयोजक तथा सदस्यहरुमा उपसचिवस्तर अर्थमन्त्रालयका प्रतिनिनिधि, लेखा अधिकृत ध्यान कुमार राई तथा निजी क्षेत्रबाट व्यवसायी भिम पन्त र अच्युत गुरागाँई रहेका थिए ।

No comments:
Post a Comment