चालू सिजनमा होटलतर्फ ७०% मात्र बुकिङ
ट्रेकिङ र ट्राभल्सको बुकिङ पनि १०% घट्यो

केदार दाहाल
काठमाडौं, १० चैत- पर्यटन क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढिरहेका बेला विभिन्न राजनीतिक दलहरूले आह्वान गरेको बन्द, हड्तालका कार्यक्रमले यो क्षेत्र पुनः मारमा परेको छ ।
पर्यटकीय सिजन सुरु भएकै बेला एमाओवादीसहित ३० दलीय मोर्चाले चैत २३ देखि २६ सम्म आमहड्ताल घोषणा गरेपछि होटलको २० प्रतिशत र टुर तथा ट्रेकिङ क्षेत्रको बुकिङ १० प्रतिशतसम्म घटेको छ । बुकिङ घट्ने क्रम जारी रहेको पर्यटन व्यवसायीले बताएका छन् ।
“यो सिजनमा ९० प्रतिशत होटल बुकिङ हुनुपर्नेमा बन्द घोषणाका कारण ७० प्रतिशतमात्र भएको छ,” होटल एसोसिएसन नेपाल (हान)का महासचिव विनायक शाहले भने, “बन्द, हड्तालले पुनः यो क्षेत्र थलिने सम्भावना बढेको छ ।”
पर्वतारोहणको सिजन भएकाले बन्दको असर यो क्षेत्रमा पनि पर्नेछ । पर्वतारोहणका लागि ५ वर्षअघिदेखि बुकिङ भएको हुन्छ । नेपालमा भदौ, असोज, कात्तिक तथा चैत, वैशाख र जेठ गरी २ सिजनमा पर्यटक आउँछन् ।
नेपालमा होटल, क्यासिनो तथा एयरलाइन्समा स्वदेशी तथा विदेशी लगानी धमाधम भित्रिरहेको छ । हाल २० वटाभन्दा बढी पाँचतारे होटल निर्माण चरणमा छन् । नेपालमा पाँचतारे होटलको संख्या १० छ । अन्तर्राष्ट्रिय उडान भर्न विदेशी एयरलाइन्सहरूले समेत नेपालमा लगानी गर्दैछन् । आधा दर्जनभन्दा बढी एयरलाइन्स नेपाल भित्रिँदैछन् ।
“अहिले अन्तर्राष्ट्रिय जगत्मा नेपाल पर्यटकका लागि असुरक्षित स्थल देखिएको छ, उनीहरूले बुकिङसमेत रद्द गराउन थालेका छन्,” पर्यटन व्यवसायी योगेन्द्र शाक्यले भने, “राजनीतिक दलहरूले आर्थिक क्रान्ति सुरु गर्छु भने पनि पुनः बन्द, हड्ताल थाल्नुले पर्यटन क्षेत्र फेरि समस्यामा पर्ने निश्चित भएको छ ।” पर्यटन वर्ष २०११ मा बन्द, हड्ताल नगर्ने प्रतिबद्धता जनाएका दलहरू अहिले त्यसको विपरीत प्रतिस्पर्धामा उत्रिएकाले व्यवसायी मारमा परेको शाक्यले बताए ।
नेपालमा पर्यटक आगमनदर घटिरहेका बेला बन्दले यो वर्ष पनि घट्ने व्यवसायीले बताएका छन् । सन् २०१४ जम्मा ५ लाख ८५ हजार ९८१ पर्यटक नेपाल आएका छन् । यो २०१३ भन्दा १८६१ ले कम हो ।
युरोपेली युनियनले नेपाली हवाई आकाशलाई कालोसूचीमा राखेयता निरन्तर खस्किएको पर्यटन पछिल्ला राजनीतिक घटनाक्रमले पुनः थलिएको हानका कार्यकारी निर्देशक प्रवेश अर्याल बताउँछन् । “अहिले सबैजसो होटल व्यवसायी पर्ख र हेरको अवस्थामा छन्,” उनले भने, “बन्दले यो सिजनका बुकिङ रद्द भएका छन्, आगामी सिजनको बुकिङमा पनि असर पर्नेछ ।”
पर्वतारोहणको मुख्य सिजन भएकाले बन्दबाट ठूलो मार पर्ने नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पा बताउँछन् । “नेपाल आउन ५ वर्षअघि नै बुकिङ गरेर बसेका पर्यटकलाई बन्द, हड्तालले ठूलो झट्का दिन्छ,” उनी भन्छन्, “दलहरूले यो कुरा बुझिदिए हुन्थ्यो ।”

No comments:
Post a Comment