– २४ घण्टामा ११० उडान, साढे २३ हजार यात्रु
– प्रत्येक जहाज न्यूनतम ४० मिनेट आकाशमै
– प्रत्येक जहाज न्यूनतम ४० मिनेट आकाशमै
केदार दाहाल
काठमाडौं, २४ फागुन – मुलुककै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल ४ दिन बन्द भएर खुलेको २४ घण्टामै २३ हजार यात्रुले उडान/अवतरण गरेका छन् । शनिबार राति ९ बजेबाट विमानस्थल खुलेयता ११० उडान÷अवतरण भएका छन् । यो संख्या सामान्य समयभन्दा दोब्बर हो । सोमबार पनि ६५ भन्दा बढी उडान÷अवतरण हुने विमानस्थल कार्यालयले जनाएको छ ।
बुधबार बिहान ७ बजेदेखि विमानस्थलको धावनमार्गमा अड्किएको टर्किस एयरको ए–३३० जहाज शनिबार बेलुकी ६ बजेमात्र हटाइएको थियो । शनिबार रातिदेखिको एयर ट्राफिक जाम आइतबार अबेरसम्म पनि कायमै छ । “आफ्ना यात्रु लैजान एयरलाइन्सहरूले अतिरिक्त र नियमित उडान गरेपछि जाम भएको हो,” विमानस्थल कार्यालयका टर्मिनल व्यवस्थापन प्रमुख टेकनाथ सिटौलाले भने ।
विमानस्थल लगातार ४ दिन बन्द हुँदा ४८ हजारभन्दा बढी यात्रु अलपत्र परेका थिए । सामान्य समयमा ३५–३५ उडान÷अवतरण हुने गरेकामा अहिले दोब्बर (६५–६५) छ । तैपनि यात्रु र एयरलाइन्सको चाप धान्न विमानस्थललाई हम्मेहम्मे परेको छ । “हामीले सबै शक्ति प्रयोग गरेकाले यात्रु चाप हटाउन बुधबारसम्म चौबीसै घण्टा खुला गर्दैछौं,” सिटौलाले भने ।
शनिबार विमानस्थल खुलेपछि सुरु भएको हवाई चापका कारण कम्तीमा नेपाल आएका जहाज ४० मिनेटदेखि १ घण्टासम्म आकाशमै फन्का लगाएरमात्र अवतरण गर्न पाएका थिए । नेपाली हवाई आकाशमा दर्जन जहाज ‘होल्ड’ भएको पहिलोपटक हो । कतिपय जहाजलाई अवतरण गराउन नसकेर नयाँदिल्ली र लखनउ ‘डाइभर्ट’ गराइएको थियो । आकाशमै पालो पर्खेर फन्का लगाइरहेको एयर अरेबियाको जहाजमा तेल सकिने संकेत पाएपछि एयर ट्राफिक कन्ट्रोलरले भारतको लखनउ ‘डाइभर्ट’ गराएका थिए । एयर एसियालाई कोलकाता पठाइएको थियो । अन्तर्राष्ट्रिय उडान÷अवतरणै गाह्रो भएपछि आधा दर्जनभन्दा बढी आन्तरिक एयरलाइन्सका उडान रद्द भएका छन् ।
यो विमानस्थलमा २७ अन्तर्राष्ट्रिय र १४ आन्तरिक एयरलाइन्सले नियमित उडान गर्छन् । तर, विमानस्थलको क्षमताअनुसार एकपटकमा १२ सय यात्रु बोक्ने ९ वटाभन्दा बढी जहाज पार्किङ गर्न मिल्दैन ।
अवतरण गरेका जहाज पार्किङमा नअटाएपछि ‘ट्याक्सी बे’मा समेत राखिएको थियो । विमानस्थल कार्यालयका अनुसार अवतरण गरेका जहाजलाई ‘ट्याक्सी बे’मा २० मिनेटजति रोकिएको थियो ।

एयरलाइन्सका कार्यालयमा यात्रुको भीड
हवाई यात्रुको भीड विमानस्थलमा मात्र सीमित थिएन । नेपाल उडान गर्ने सबै एयरलाइन्सका जनरल सेल्स एजेन्ट (जीएसए) अफिसका साथै सम्पर्क कार्यलयहरूमा समेत यात्रुहरूको भीड थेगिनसक्नु थियो । यात्रु चाप बढ्दा एयरलाइन्स कम्पनीहरूलाई सेवा दिनै हम्मेहम्मे परेको थियो । रद्द भएका उडान तालिका बुझ्नेदेखि टिकट चेक र पक्का गराउनेको संख्या उल्लेख्य थियो । हात्तीसार, दरबारमार्ग, लाजिम्पाटलगायत क्षेत्रमा रहेका जीएसए र सम्पर्क कार्यालयमा सडकै छोपेर यात्रु लाइनमा बसेका देखिन्थे ।

No comments:
Post a Comment