रविचन्द्र सिंह
अध्यक्ष, सोसाइटी ट्राभल्स
पर्यटन क्षेत्रमा केही वर्षअघि मात्र प्रवेश गरेका रविचन्द्र सिंह आक्रामक ढंगले लगानी विस्तार गरिरहेका छन् । आरआर इन्टरनेसनल कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कम्पनीमार्फत नोट तथा हस्तलिखित पासपोर्ट छाप्ने विदेशी कम्पनीको प्रतिनिधि भएर काम गरेका सिंहले प्रसारणलाइनसम्बन्धी काम पनि गर्दै आएका छन् । उनको परिचय अब एजेन्सी व्यवसायबाट पर्यटन क्षेत्रतर्फ केन्द्रित हुँदै छ । ६ वर्षअघि सोसाइटी ट्राभल एजेन्सीमार्फत पर्यटन क्षेत्रमा काम गरेका सिंहले सिक्स्ट रेन्टल कार पनि ५ वर्षदेखि सञ्चालन गर्दै आएका छन् । केही समयअघि भुटान एयरलाइन्सको उडान सुरु गराएका सिंहले अर्को महिनादेखि सिचुवान एयरलाइन्स नेपाल भिœयाउँदै छन् । यस्तै, भारतबाट गो एयर पनि केही महिनामै ल्याउँदै छन् भने अन्य २ ठूला एयरलाइन्स नेपाल भिœयाउन लागिपरेका छन् । ३ वर्षभित्र नयाँ आन्तरिक उडानका लागि नयाँ एयरलाइन्स कम्पनी र पाँचतारे होटलमा लगानी गरी सञ्चालनमा ल्याउने उनको तयारी छ । पर्यटन क्षेत्रको भविष्य उज्ज्वल देख्ने उनले अर्को विमानस्थल निर्माणमा जोड दिन सरकारलाई सुझावसमेत दिएका छन् । प्रस्तुत छ, सिंहसँग कारोबारकर्मी केदार दाहालले गरेको कुराकानी :
पर्यटन क्षेत्रमा आक्रामक ढंगले लगानी विस्तार गरिरहनुभएको छ । के सम्भावना देख्नुभएको छ ?
नेपाल विश्वमै एकमात्र सुन्दर देश हो, जहाँ पर्यटन क्षेत्रबाटै कायापलट गर्न सकिन्छ भन्ने मेरो बुझाइ छ । शान्ति स्थापनापछि पर्यटनमा होटल, रेस्टुराँ, एयरलाइन्स क्षेत्रमा लगानी आइरहेका छन् । त्यस्तै, जलविद्युत्मा पनि लगानी आइरहेको छ । अन्य उत्पादनमूलक क्षेत्रमा पनि लगानी आइरहेको छ । यतिबेला लगानीको उपयुक्त अवसर छ । होटलमा आएको लगानी पनि शान्ति बहाली र संविधान जारी भएर मुलुक अगाडि बढ्छ भन्ने आशामा हो ।

तर, पर्यटक घटिरहेको तथ्यसँग पक्कै अनभिज्ञ हुनुहुन्न होला ?
पर्यटक घट्नुमा ३÷४ वटा कारण छन् । यी सबै अस्थायी कारण हुन् । जुन हिसाबले विश्वमा पर्यटकको संख्या बढेको छ तर हामी त्यसका लागि तयार भएनौं । राज्य पनि चासो दिएर यस विषयमा लागेको पाइएन । नेपालको पर्यटन समग्रमा निजी क्षेत्रले धानिरहेको अवस्था छ । हामीले विस्तारै ट्राभल, एयरलाइन्स हुँदै पाँचतारे होटलसम्म निर्माण गर्ने गरी योजना अघि बढाइरहेका छौं । नेपालमा अझै नयाँ गन्तव्यको प्रवद्र्धन हुन सकेको छैन । त्यसो हुन सके अझै धेरै लगानीकर्ता आकर्षित हुने थिए ।

पर्यटन प्रवद्र्धनमा सरकारको मुख ताक्ने काम भइरहेको छ । व्यवसायीले किन नयाँ गन्तव्यको पहिचान गर्न नसकेका हुन् ?
हामीले सरकारको मुख मात्रै ताकेका छैनौं । नेपालको पर्यटन हालसम्म निजी क्षेत्रले नै धानिदिएको अवस्था छ । सरकारले ठोस नीति ल्याउने हो भने निजी क्षेत्रले नयाँ गन्तव्यको पहिचान गर्न सक्छन् । तापनि, राज्यका केही जिम्मेवारी हुन्छन् । जस्तोः पूर्वाधारदेखि विमानस्थल निर्माणको काम राज्यको हो । त्यसमा सरकार केन्द्रित हुने हो भने प्रवद्र्धनमा निजी क्षेत्र अझै उत्साही भएर आउने थियो । निजी क्षेत्रले गर्ने काममा सरकारको मुख ताकेका छैनौं ।

पाँचतारे होटल खोल्ने योजना छ भन्नुभयो, कहाँ र कहिलेसम्ममा खोल्ने योजना छ ?
हामीले होटलको पहल गरेको विगत वर्षदेखि नै हो । तापनि, हामी पर्ख र हेरको अवस्थामा छौं । काठमाडौैंमै पाँचतारे होटल खोल्ने तयारी छ तर जग्गा मिलेको छैन । विदेशमा जस्तै सरकारी जग्गा भाडामा दिने हो भने लगानीकर्ता अझै धेरै आउने थिए । अहिले होटलको संरचनाभन्दा पनि जग्गाको लगानी महँगो पर्ने गरेको छ । हामीलाई पनि सोही समस्या भएकाले केही ढिलाइ भइरहेको छ ।

होटल क्षेत्रमा यति धेरै लगानी देखिन्छ, प्रतिस्पर्धा गर्न गा¥हो हुँदैन ?
अहिले धेरै ठूला होटल नेपालमा आइरहेका छन् । तर, गुणस्तरका पर्यटक आउन सकेका छैनन् । तापनि कुरा के हो भने अहिलेको लगानी भनेको दीर्घकालका लागि सोचेर गरिएको हो । विमानस्थलदेखि सडकहरू निर्माण हुने हो भने लाखौं पर्यटक नेपाल आउनेछन् । त्यसपछि हामीलाई धेरै पूर्वाधार आवश्यक छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका साथै क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि दोस्रो विमानस्थलका कुरा आइरहेका छन् । यी सबै आयोजना समयमै पूरा हुने हो भने कुनै पनि लगानीकर्ताको लगानी जोखिममा हुनेछैन ।

ट्राभल कम्पनी जीएसए लिन हानाथाप गछन तर एयरलाइन्समा लगानी गर्न डराउँछन्, किन ?
पहिलो कुरो, जीएसए लिन हानथापभन्दा पनि प्रतिस्पर्धा हुने गरेको हो, जुन स्वाभाविक पनि हो । विमानस्थल राम्रो हुने हो भने धेरै ठूला–ठूला एयरलाइन्सले युरोप, अमेरिका सीधा उडान भर्र्नेछन् । हामीले पनि आन्तरिकतर्फ उडान भर्न एयरलाइन्स सञ्चालन गर्ने तयारी गरिरहेका छौं । सायद अब २÷३ वर्षभित्र उडान सुरु गर्ने छौं । अहिले कहाँ कसरी कुन सेक्टरमा उडान गर्ने भनेर योजना बनाउने काम भइरहेको छ ।

नेपालमा विदेशी एयरलाइन्सको चासो झन् बढेको हो ?
हो, पर्यटन क्षेत्रको नेपाल यस्तो हव हँुदै छ कि, जसलाई सरकारले व्यवस्थापन गर्न सक्नुपर्छ । नेपाल एयरलाइन्स कमजोर हुँदाको फाइदा धेरै एयरलाइन्स कम्पनीले लिइरहेका छन् । जति धेरै एयरलाइन्स नेपाल आउँछन त्यति धेरै फाइदा छ । नेपाल ग्राउन्ड ह्यान्डलिङमा छ । नेपाल एयरलाइन्सले नै व्यवस्थापन गरे पनि शुल्क घटाएर एयरलाइन्स कम्पनीलाई आकर्षित गर्नुपर्छ ।

एयरलाइन्समा लगानी गर्नेहरू आन्तरिकमा केन्द्रित छन् । अन्तर्राष्ट्रिय उडान भर्ने योजना छैन ?
एयरलाइन्समा सबैभन्दा महत्वपूर्ण कुरा लगानी नै हो । लगानी भनेको एयरलाइन्स सञ्चालनपछि बिजनेस गरेर केही फाइदा जाने बेलासम्म भन्ने बुझिन्छ । त्यो हुन सकेन भने एयरलाइन्स टिक्दैन । बन्द हुनुको कारण पनि यही हो । विश्वमा ठूला एयरलाइन्स कम्पनी बन्द भएका उदाहरण छन् । केही वर्षअघि भारतको किङफिसर बन्द भएको जल्दोबल्दो उदाहरण छ । एयरलाइन्समा असाध्यै दक्ष जनशक्ति महत्वपूर्ण पक्ष हो । स्पेयर्स पार्ट्सदेखि व्यवस्थापनमा पनि दक्ष जनशक्ति आवश्यक पर्छ । नेपालमै पनि आन्तरिक उडान गरेका धेरै एयरलाइन्स कम्पनी बन्द भएका छन् । हाम्रो पहिले आन्तरिक अनि अन्तर्राष्ट्रिय उडान भर्ने लक्ष्य छ ।

आन्तरिकतर्फको उडान कहिलेदेखि सुरु गर्ने लक्ष्य हो ?
आन्तरिक उडान भर्न अहिले अध्ययन भइरहेको छ । निवेदन दर्ता प्रक्रियाका साथै जहाजको अर्डर दिने काम सुरु हुन लागेको छ । ३ वर्षभित्र हामी उडान थालिसकेका हुनेछौं ।

नेपालमा चीनबाट अन्य एयरलाइन्स पनि आउँदै छन् । तपाईंहरूले सिचुवान एयरलाइन्सलाई नेपालमा उडान गराउँदै हुनुहुन्छ, प्रतिस्पर्धा बढ्ने भो होइन ?
पहिलो कुरा त एयरलाइन्स भनेकै प्रतिस्पर्धा हो । सिचुवानले नेपालमा अर्को महिनादेखि उडान गर्दै छ, जसका जीएस हामीले लिएका छौं । नेपालको पर्यटनको गन्तव्य भनेको चीन र भारत हो । चीनबाट जति धेरै एयरलाइन्स नेपाल आउँछन् त्यति फाइदा नेपालको पर्यटनमा पर्ने छ । चीन सरकारको लक्ष्य त अहिले नेपालमा कसरी धेरै चिनियाँ पर्यटक पठाउने भन्ने हो । त्यही भएर चिनियाँ पर्यटक बढेको अवस्था हो । ८ करोड चिनियाँ विदेश भ्रमणमा जाने गरेका छन् । अहिले हरेक हाइड्रोमा लगानीदेखि विमानस्थल निर्माणका साथै हरेक स्थानमा चिनियाँको संलग्नता छ, यही नै पर्यटक भित्रिने संकेत हो । यसरी पर्यटक संख्या बढे भने जति पनि एयरलाइन्स धान्न सक्ने अवस्थामा जाँदै छ ।

तपाईंले सिक्स्ट रेन्टल कारको कन्सेप्ट पनि भिœयाउनुभएको छ । यसको बजार विस्तार कस्तो छ ?
हामीले नेपालमा सिक्स्ट रेन्टल कार भिœयाएको ५ वर्षको अवधिमा धेरै राम्रो भइरहेको छ । खासमा अन्यभन्दा हाम्रो रकमको हिसाबले महँगो परे पनि नेपाल आउने पर्यटकले रुचाउने गरेका छन् । अन्तर्राष्ट्रिय ब्रान्ड भएकाले पनि सबैले खोज्ने गरेका छन् । अहिले कर्पोरेट हाउसले पनि यसको धेरै प्रयोग गर्ने गरेका छन् । पछिल्लो समय एनसेललगायत ठूला कर्पोरेट हाउसले प्रयोग गर्ने गरेका छन् ।

तपाईंहरूसँग कतिवटा गाडी छन् र कस्तो सुविधा छ ?
हामीसँग समयअनुसार हुन्छ, हाल ६० देखि ७० वटा गाडी छन् । यसमा सुविधाको कुरा गर्दा यात्रुलाई दिइनुपर्ने सबै अत्याधुनिक सेवासुविधा छन् । हामीले एउटा गाडीमा ४ जना यात्रुसम्मको बिमासमेत राखेका छौं ।

विद्युत् ट्रान्समिसन लाइन पनि निर्माण गर्दै आउनुभएको छ । तपाईंले यस क्षेत्रमा के समस्या देख्नुभएको छ ?
हामीले आरआर इन्टरनेसनल कस्ट्रक्सन एन्ड इन्जिनियरिङ कम्पनीमार्फत दर्जनौं स्थानमा ट्रान्समिसन लाइन जोड्ने काम गरेका छौं । विशेषगरी विश्व बैंक, एसियाली विकास बैंकलगायत अन्य दातृनिकायसँग मिलेर पनि धेरै ट्रान्समिसन लाइनमा काम गरिसकेका छौं । विस्तार अपरिहार्य छ । तापनि राज्यले गर्नुपर्ने स–साना काम नगर्दा कति हाइड्रोपावर कम्पनीले उत्पादन गरेका बिजुली खेर गइरहेका छन् । धेरै ठाउँमा मुआब्जा विवाद सरकारले मिलाइदिन नसक्ने कतिपयमा वनक्षेत्रले स्वीकृति नदिनेजस्ता समस्या छन्, जसले गर्दा जलविद्युत्का लगानीकर्तामा निराशा पैदा हुने गरेको छ ।

No comments:
Post a Comment