मातृका दाहाल/केदार दाहाल
काठमाडौं, २६ फागुन- विदेशबाट फर्किएका करिब ८ सय नेपाली यात्रुका लगेज हराएका छन् । मंगलबार विभिन्न समयमा अवतरण गरेका ८ वटा फ्लाइटमा सवार ७७२ नेपाली र विदेशी यात्रुका लगेज गायब भएका हुन् ।
विमानस्थल स्रोतका अनुसार एयर अरेबियाका १५०, फ्लाई दुबईका २५५, इत्तेहाद एयरका ५०, ओमानका ६०, कतार एयरवेजका ५५, मलेसियन एयरका १०० र मालिन्दो एयरका १०२ यात्रुका लगेज हराएका छन् । लगेज हराउने अधिकांश वैदेशिक रोजगारी र उच्च शिक्षा लिएर स्वदेश फिर्ता भएका नेपाली छन् । नेपाल घुम्न आएका विदेशी पर्यटकका सामान पनि हराएका छन् ।
विमानस्थल अवतरण गरेलगत्तै सामान खोज्न गएका यात्रुलाई ग्राउन्ड ह्यान्डलिङको जिम्मा पाएको नेपाल वायुसेवा निगम व्यवस्थापनले लगेज नभएको जानकारी दिएपछि यात्रु सम्बन्धित विमान कम्पनीसँग आक्रोशित बनेका छन् । विमानस्थल कार्यालयले भने टर्किस एयरलाइन्सको जहाज दुर्घटनापछि उडान तालिका अव्यवस्थित हुँदा सामान यत्रतत्र भएको हुन सक्ने भन्दै यात्रुलाई धैर्य गर्न आग्रह गरेको छ ।
विमानस्थल कार्यालयका टर्मिनल व्यवस्थापन प्रमुख टेकनाथ सिटौलाले यति धेरै सामान हराएको नभई उतैबाट जहाजमा राख्न छुटेको हुन सक्ने बताए । “यदि सामान हराएकै रहेछन् भने सम्बन्धित एयरलाइन्सले नै क्षतिपूर्ति दिनुपर्छ,” उनले भने, “यतै मिसप्लेस भएका रहेछन् भने भोलिसम्म पनि भेटिन सक्छन् ।”
विमानस्थल व्यवस्थापनले मंगलबार दिउँसो बैठक राखी यात्रुका लगेज हराउने, ट्रान्जिटमै छाडिदिने, यात्रुमैत्री व्यवहार नगर्नेलगायत कारण हैरानी खेप्नुपरेको अवस्थाबारे सम्बन्धित जहाज कम्पनीलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । विमानस्थल सुरक्षा स्रोतका अनुसार खासगरी एयर अरेबिया र फ्लाई दुबईविरुद्ध यात्रुको बढी गुनासो छ ।
सिटौलाले लगेज छुटेको घटनाबारे सम्बन्धित एयरलाइन्ससँग सोधपुछ भइरहेको जानकारी दिए । “टर्किस जहाज दुर्घटनापछि उडान तालिका तलमाथि परेका कारण ट्रान्जिटमा बस्दा छुटेको हुन सक्छ,” उनले भने, “हामी छानबिनमै छौं ।”
कतिपय एयरलाइन्सले कार्गाेबाट लगेज ल्याउने गरेका कारण पनि समयमा आइनपुगेको हुन सक्ने अनुमान छ । नेपालस्थित एयरलाइन्सका जीएसए (जनरल सेल्स एजेन्ट) र आधिकारिक प्रतिनिधिले भने यसबारे औपचारिक प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।
विमानस्थल पछिल्ला ३ दिन अत्यन्तै व्यस्त हुँदा यात्रुले समयमै लगेज पाउन निकै सास्ती बेहोर्नुपरेको छ । त्यसमाथि विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सम्हाल्दै आएको निगम र विमानस्थल कार्यालय गम्भीर नहुँदा यात्रु आक्रोशित भएका छन् । लगेज ढिलो आउने र हराउने समस्या यसअघिकै भए पनि हिजोआज यो समस्या निकै बढेको पीडितहरुको गुनासो छ । निगमको कमजोर व्यवस्थापनका कारण यो समस्या बारम्बार दोहोरिँदै आएको छ । विमानस्थल व्यवस्थापनले भने निगमलाई सचेत गराउनसमेत सकेको छैन ।

कुन विमानका कति लगेज हराए ?
एयर कम्पनी अवतरण समय हराएका ब्यागेज
एयर अरेबिया ८:३० १५०
फ्लाई दुबई ४:०० १५५
इत्तेहाद ७: ५० ५०
ओमान ४ : ०५ ६०
कतार एयरवेज ७: ५० ५५
मलेसिययन १: ०५ १००
मालिन्दो एयर १२: ४० १०२
फ्लाई दुबई १२: ४५ १००
एयर कम्पनी अवतरण समय हराएका ब्यागेज
एयर अरेबिया ८:३० १५०
फ्लाई दुबई ४:०० १५५
इत्तेहाद ७: ५० ५०
ओमान ४ : ०५ ६०
कतार एयरवेज ७: ५० ५५
मलेसिययन १: ०५ १००
मालिन्दो एयर १२: ४० १०२
फ्लाई दुबई १२: ४५ १००
No comments:
Post a Comment