केदार दाहाल
काठमाडौं, १६ चैत-हवाई उड्डयनमा अन्तर्राष्ट्रिय एयलाइन्स कम्पनीहरूले आरएनपी–वान प्रविधि जडान नगर्दा मौसम फेरबदल हुने बित्तिकै उडान\अवतरणमा समस्या आउने गरेको छ । सोमबार पनि दिनभरजसो पानी परेपछि २ दर्जन उडान स्थगन भए भने दर्जन उडान डाइर्भट गरिएका थिए ।
कम भिजिविलिटीमा समेत सजिलै उडान\अवतरण गर्न सकिने रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स–अर्थोराइजेसन रिक्वायर्ड (आरएनपी–वान) प्रविधि जहाजमा जडान नगर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीसँगै समस्या देखिने गरेको छ । आरएनपी–वान प्रविधिमा सबै अन्तर्राष्ट्रिय एयरलाइन्सले जडान गरेमा ५० प्रतिशत समस्या समाधान हुने त्रिभुवन विमानस्थलका प्रबन्धक टेकनाथ सिटौला बताउँछन् । “अहिले केही एयरलाइन्सले सुरु गरेको र केहीले सुरु गर्ने तयारी गरेका छन्,” सिटौलाले भने । हाल त्रिभुवन विमानस्थलमा उडान\अवतरण गर्ने कतार एयरवेजले भने सन् २०१२ देखिनै यो प्रविधि लागू गरिरहेको छ ।
अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई अवतरण गर्न २८०० सय मिटर भिजिवलिलिटी चाहिने त्रिभुवन विमानस्थलको नियम छ । तर, यो प्रविधिमा आधारित जहाजलाई अवतरण गर्न ११०० मिटर मात्रै भिजिविलिटी भए पुग्छ । सोमबार बिहान ७ बजे २ किलोमिटर भिजिविलिटी रहेकोमा ११ बजे १५०० मिटर मात्र थियो ।
बाक्लो हुस्सु र खराब मौसमले गर्दा अहिले धेरै जहाजहरू त्रिभुवन विमानस्थलमा अवतरण गर्न सक्दैनन् । तर यो प्रविधिले गर्दा जहाज डाइभर्ट गरिराख्नु पर्दैन । तर, यसका लागि टावरमा भएका एयर ट्राफिक कन्ट्रोलर (एटिसी) ले स्याटेलाइट प्रणालीमा अवतरण गर्न आइरहेका जहाजलाई सहज वातावरण बनाइदिनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका उप–निर्देशक महेशकुमार बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार २०१२ अक्टोबरदेखि कतार एयरवेजले एयरबसमार्फत नेपालमै पहिलोपटक यस्तो प्रविधिबाट जहाज अवतरण गरेको थियो भने २०१४ को जुलाईबाट कोरियन एयरले पनि सो प्रविधिमा आधारित जहाज उडाउन सुरु गरिसकेको छ । हाल सिल्क एयरवेज, मलेसियन एयरलाइन्स र टर्किस एयरले समेत उक्त प्रविधि जडान गरिसकेका छन् ।
हाल प्रयोगमा आएको जहाजको दूरी र दिशा निर्देशित गर्ने प्रणाली (राडार) को सहायताबाट हुने उडानलाई पनि आरएनपी–वानले सहज बनाउँछ । बस्नेतले भने, “हाम्रो परम्परागत अवतरण प्रणालीभन्दा यो निकै उत्कृष्ट छ, जसले गर्दा जहाज र यात्रु दुवै सुरक्षित हुन्छन् ।”
परम्परागत शैलीमा जहाजले राडारकै वेभका आधारमा सीधा रुटमा उडान गर्नुपर्छ भने आरएनपी–एआरको प्रविधिबाट भने डाँडाकाँडालाई छलेर उडाउन सकिन्छ । जीपीएस र स्याटलाइटको सहयोगबाट नागबेली रुटमा समेत उड्न सक्छ । यो प्रविधिमा जहाज उडाएपछि सर्प हिँडे जस्तै जहाज पनि नागबेली उड्न सक्ने बताइन्छ ।
आरएनपी–एआर प्रणालीमा उडेका जहाजले अब नेपाल छिरेपछि सिमराबाट सीधै भट्टेडाँडा आउनुपर्छ भन्ने छैन । बस्नेतका अनुसार जहाज बागमती नदी करिडोर नै करिडोर माथिबाट उडाएर एयरपोर्टमा अवतरण गर्न सकिन्छ ।
सन् २००९ मा अमेरिकी मुलुकबाट सुरु भएको यस्तो प्रविधि जहाज अवतरणमा मात्र प्रयोग हुँदै आएको छ । यो प्रविधिबाट जहाज अवतरण गर्दा हवाई सुरक्षा वृद्धि, प्रविधिको प्रयोग हुने भएकाले चालक दलका सदस्यलाई सहज हुनेछ ।
आरएनपी–वानमा जहाज अवतरण गरिएको अवस्थामा सामान्यभन्दा बढी तौल बोक्न सक्ने, इन्धनको बचत हुनुका साथै आर्थिक लाभसमेत हुन्छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्डअनुसार यस्तो प्रविधि हालसम्मकै सुरक्षित र भरपर्दो हो ।
सोमबार २ दर्जन जहाज डाइभर्ट
सोमबार दिनभर मेघ गर्जनसहित वर्षा हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान\अवतरण रोकिएको थियो । आरएनपी–वान प्रविधि नभएकाले सोमबार बेलुकाबाट मात्र उडान÷अवतरण सुचारु भएको थियो । विमानस्थलका अनुसार मौसम खराब भएपछि अन्तर्राष्ट्रिय ७ उडान डाइभर्ट भएका थिए, जसमा ओमान एयर र जेट एयरवेज लखनउ डाइभर्ट भएका थिए भने एयर चाइना ल्हासा डाइभर्ट भएको थियो । यसैगरी इस्तानबुलबाट आएको टर्किस एयरलाइन्स दिल्ली, भुटान एयरलाइन्स पारो, एयर अरेविया कलकत्ता, दिल्लीबाट आएको एयर इन्डिया वाराणासी डाइभर्ट भएका थिए । भित्रुवन विमानस्थलमा २७ वटा एयरलाइन्सले दैनिक ८० उडान\अवतरण गर्ने गरेका छन् ।
निगमको बोइङ हङकङ उड्न नपाउने
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको बोइङ ७५७ जहाजमा (आरएनपी–वान) प्रविधि नभएपछि बुधबारदेखि हङकङ उडान गर्न नपाउने भएको छ । उक्त सिष्टम जडान गर्न निगमलाई महँगो पर्ने भएकाले अब हङकङमा एयरबस ए–३२०–२०० जहाजबाट उडान गर्ने भएको छ । ३ दशक पुरानो बोइङ ७५७ जहाज एप्रिलदेखि हङकङ जान नपाउने भएपछि हालसालै युरोपबाट ल्याएको एयरबसबाट उडान गर्न लागेको निगम प्रवक्ता रामहरि शर्माले बताए । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलले आरएनपी–वान प्रविधि जडान नगरेका जहाजलाई प्रवेश नदिने नीति लाग गरेपिछ बोइङ ७५७ जान नपाउने भएको हो । हङकङले सन् २०१२ देखि उक्त नीति लागू गरेको भए पनि निगमलाई २ वर्षसम्म सुविधा दिएको थियो । बोइङको समयावधी सकिन लागेपछि निगमले नयाँ जहाज एयरबसबाट उडान गर्ने तालिका बनाइसकेको छ । आरएनपी–वान प्रविधि जडान गर्न निकै महँगो पर्ने हुँदा निगमले बोइङमा यो प्रविधि जडान नगर्ने जनाएको छ । यो प्रविधि जडान गर्न करिब ३ करोड रुपैयाँ खर्च हुने प्रवक्ता शर्माले बताउँछन् ।