काठमाडौं, २४ पुस । नेपाल वायुसेवा निगमले एयरबस एएसएस कम्पनीसँग खरिद
सम्झौता गरेको ए (३२० जहाज आगामी माघ २४ गते त्रिभुवन विमानस्थलमा अवतरण
गर्ने भएको छ । माघ २३ गते शुक्रबार हयामवर्ग, जर्मनमा हस्तान्तरण हुने सो
एयरबस हयामवर्गबाट दोहा हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौंमा अवतरण गराइने निगमले जनाएको छ ।
निगमले डेढ वर्षअघि युरोपियन एयरबस कम्पनीसँग २ जहाज खरिद गर्ने सम्झौता गरेको थियो । सोही सम्झौताअनुसार पहिलो जहाज माघ २४ गते काठमाडौं ल्याउन लागिएको हो । एयरबसले बाँकी अर्को एउटा जहाज पनि अप्रिलभित्रै उपलब्ध गराउने जानकारी दिइसकेको छ । सो एयरबसमा प्रयोग भएको प्रविधि अत्याधुनिक रहेको जहाज निर्माता कम्पनीले जनाएको छ । सबै कम्प्युटर प्रणालीबाट चल्ने भएकोले यो जहाज बढी सुरक्षित र भररपर्दो रहेको बताइएको छ ।
न्यारोबडी भए पनि यो जहाज यात्रुहरूलाई बढी आरामदायी हुनेछ । यो जहाज आरामदायी र फराकिलो सिट राखेर तयार पारिएको छ । निगमले लिन लागेको यो जहाजले अरूले भन्दा ४ प्रतिशत कम तेल खपत गर्ने दाबी कम्पनीले गरेको छ । नेपाललाई दिन लागिएको उक्त जहाजमा सुविधासम्पन्न क्याबिन, डिलक्स सिट, सुरक्षमा उच्च प्रविधिलगायत सबै कम्प्युटर सिस्टममा उपलब्ध छ । खरिद गरिने दुवै ‘ए’ ३२०–२०० विमान १ सय ५० सिट क्षमताका रहनेछन् । निगमले अन्तर्राष्ट्रिय उडानका लागि बोइङ–७५७ ले उडान भर्दै आएको छ । एयरबसका २ जहाज नेपाल भित्रिएपछि निगमका ४ वटा जहाजले अन्तर्राष्ट्रिय उडान भर्ने छन् ।
No comments:
Post a Comment