दुईतर्फी भाडा १३ हजारमात्र "
केदार दाहाल
काठमाडौं, १५ पुस- यात्रुको चाप घटेपछि दिल्लीबाट काठमाडौं दुईतर्फी उडान भर्ने सबै वायुसेवा कम्पनीहरूले हवाई भाडा ४ गुणासम्म घटाएका छन् । काठमाडांै–दिल्ली रुटमा दुईतर्फी ५१ हजार रुपैयाँसम्म पुगेको भाडा अहिले घटेर १३ हजार रुपैयाँमा झरेको छ । यो भाडादर ३ वर्षयताकै सस्तो भएको ट्राभल्स एजेन्सीहरूले बताएका छन् ।
नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली उडान बन्द गरेलगतै भारतीय कम्पनीहरूले एकतर्फी रूपमा भाडा बढाउँदै आएका थिए । निगमले उडान गर्दा ४ हजार रुपैयाँमै सेवा दिइरहेका भारतीय कम्पनीले गत नोभेम्बरमा भाडा बढाएर ५१ हजार रुपैयाँसम्म पु¥याएका थिए । दसैं–तिहारका साथै सार्क सम्मेलनका बेला यही मूलय कायम थियो । हाल दिल्लीबाट जेट एयरवेयज, एयर इन्डिया, इन्डिगो र स्पाइस जेटले काठमाडौं उडान भर्दै आएका छन् ।
भाडा घटेपछि दिल्ली–काठमाडौं र काठमाडौं–धनगढीको भाडादर बराबर भएको छ । हाल काठमाडौबाट धनगढी जाँदा दुईतर्फी १३ हजार रुपैयाँ छ ।
दिल्लीबाट काठमाडौं उडान भर्ने विमानले सिजन चल्नेबित्तिकै मिलेमतो (कार्टेलिङ) गरी भाडा बढाउने र यात्रु संख्या घट्दा भाडा पनि घटाउँदै आएका छन् । हाल यात्रु कम भएर कार्टेलिङ जारी राख्न नसक्ने अवस्था आएपछि उनीहरू भाडा घटाउन बाध्य भएका हुन् । सिजनमा टिकेटिङ गर्नेहरूले पनि सिट होल्ड गरेर भाडा बढाउने गरेको आरोप लाग्दै आएको छ ।
“नोभेम्बरको अन्तिममा दिल्लीबाट काठमाडौं आउने भाडा बढेर ५१ हजार रुपैयाँसम्म पुगेको थियो, अहिले १५ हजारमा सजिलै आउन र जान सकिन्छ,” ओशो वल्र्ड ट्राभल्सका सञ्चालक श्याम थपलियाले भने, “एकतर्फी ६ हजार रुपैयाँ छ ।” खासगरी मध्यपूर्वी एसियाली मुलुकहरूमा हवाई भाडा घटिरहेकाले पनि दिल्ली क्षेत्रमा प्रभाव परेको थपलियाले बताए ।
“दिल्लीको हवाई भाडा धेरै समयपछि घटेको हो,” सोसाइटी अफ ट्राल्भल्स एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालका अध्यक्ष यामबहादुर खड्काले भने, “निगमले दिल्ली उडान छोडेपछि पहिलोपटक भाडा घटेको हो । निगमले छाड्दा अहिले भारतीय कम्पनीहरूको एकाधिकार देखिएको छ, यसलाई रोक्न निगमले उडान सुरु गर्नैपर्छ ।” मध्यपूर्वी मुलुकतर्फ हवाई भाडा बढ्नेबित्तिकै यात्रुहरू दिल्ली केन्द्रित हुनाले पनि हवाई भाडा अत्यधिक हुने गरेको उनको बुझाइ छ । खड्का एरोलिना ट्राभल्स एन्ड टुरका सञ्चालक पनि हुन् ।
दसैं–तिहारमै पर्यटन सिजन पर्नुका साथै सार्क सम्मेलनसमेतका कारण हवाई भाडा अत्यधिक बढे पनि अहिले घट्नु सकारात्मक भएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वअध्यक्ष तथा गण्डकी ट्राभल्सका सञ्चालक रामकाजी कोनेले बताए ।