चीनबाट मात्र ६ वटा एयरलाइन्सका उडान
काठमाडौं, १७ चैत -चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले बुधबार (आज) देखि नेपाल उडान सुरु गर्दै छ । सिचुवानले हिमाली दृश्यावलोकनको आकर्षणसहित चैत १८ गते (अप्रिल १ तारिक) बाट छेङ्दु–ल्हासा–काठमाडौं दैनिक उडान सुरु गर्न लागेको हो ।
सिचुवानसँगै चीनबाट नेपाल उडान गर्ने एयरलाइन्स संख्या ४ पुगेको छ । थप २ वटाले केही महिनाभित्रै उडान गर्ने तयारीमा छन् । यसअघि एयर चाइना, चाइना साउदर्न र चाइना इस्टर्नले नेपालमा उडान गर्दै आएका छन् भने यती एयरलाइन्स र एयर चाइनाअन्तर्गतको तिब्बत एयरलाइन्सको संयुक्त लगानी रहेको हिमालयन एयरलाइन्स पनि काठमाडौंबाट ल्हासा र छेङ्दुमा अन्तर्राष्ट्रिय उडान गर्ने तयारीमा जुटिसकेको छ । नेपाल वायुसेवा निगमले सातामा ३ उडान गर्ने गरी काठमाडौं– ग्वान्झाओ रुट तयार पारेको छ ।
नेपाली समयअनुसार सिचुवान १० बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । छेङ्दु–ल्हासा–काठमाडौं उडान करिब ४ घन्टाको हुनेछ । “एयरबस ए–३१९ सिरिजको जहाजमार्फत बुधबारबाट उडान सुरु हुँदै छ,” नेपालको जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी ट्राभल्सका अध्यक्ष रविचन्द्रसिंहले भने ।
सिचुवानले ए–३१९ सिरिजको एयरबसमार्फत पश्चिम चीनको गेटवे सहर छेङ्दुबाट तिब्बतको राजधानी ल्हासा हुँदै काठमाडौं अवतरण गर्ने छ । सिंहका अनुसार बिहान छेङ्दुबाट उडेको जहाज ल्हासामा आएर ४५ मिनेट बसेपछि काठमाडौं उड्नेछ । “ल्हासाका यात्रु पनि हाम्रो मुख्य टार्गेट हुन, उनीहरूलाई पिकअप गर्न ४५ मिनेट रोक्किन्छौं,” सिंहले भने । पहिलो उडानमा छेङ्दुबाट १३१ यात्रु बोकेर काठमाडौं उड्ने जानकारी सिंहले दिए ।
सिचुवानले आफ्नो वेबसाइटमा हाललाई छेङ्दु–काठमाडौं दुईतर्फी भाडा ३ हजार ५०० युयान (करिब ५६ हजार रुपैयाँ) र एकतर्फी भाडा कर बाहेक १ हजार ७०० युयान (करिब २७ हजार रुपैयाँ) तोकेको छ । एयर चाइनापछि हिमाली रुटमा उडान गर्ने सिचुवान दोस्रो एयरलाइन्स बनेको छ ।
यो रुटमा सिचुवानले दैनिक एउटा उडान गर्ने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति पाएको छ । “चिनियाँ पर्यटकहरू बढ्दै छन्, सिट पाइरहेका छैनन्, सिचुवान उड्न थालेपछि झन् पर्यटक बढ्नेमा विश्वस्त छौं,” उनले भने ।
सन् १९८६ देखि चीनको सिचुवानबाट क्षेत्रीय गन्तव्यहरूमा उडान सुरु गरेको सो एयरलाइन्सले सन् २०१४ मा एसियामा उड्ने क्षेत्रीय एयरलाइन्समध्येबाट उत्कृष्ट एयरलाइन्सको अवार्ड जितेको थियो ।

No comments:
Post a Comment