सुरु भयो दाता सम्मेलन,प्रधानमन्बी सुशील कोइरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको छन ।
परराष्ट्रमन्त्री पान्डेले भने यतिवेला हामीलाई अन्तर्राष्ट्रियको सहयोग चाहिएको छ । मन्त्रीले पान्डेलाई सहभागिलाई सम्बोधन गर्दै सहयोगको लागि अपिल गरेका हुन ।
राजधानीको सोल्टी होटलमा दाता सम्मेलन सुरु भएको छ । सम्मेलनमा विभिन्न मुलुकका दातृ निकायका प्रमुखहरु सहभागि छन । सम्मेलन स्थल सोल्टी होटल परिसरमा सहभागी मुलुक र निकायहरुको झण्डा र ब्यानर राखिएको छ।
सम्मेलनमा सहभागी हुन दुई छिमेकी देश चीन र भारतका विदेशमन्त्री वाङ यी र सुष्मा स्वराज बुधबारनै नेपाल आइपुगेका थिए। नर्वेका विदेश मन्त्री बर्ग ब्रेन्डे, जापानका विदेश राज्यमन्त्री मिनोरु कियुची पनी सहभागि छन । श्रीलङ्काका विपद् व्यवस्थापन मन्त्री ए एचएम फौजे पनि सम्म्ेलनमा सहभागि छन । उनीहरुे भूकम्पले क्षतिग्रस्त राजधानीको बसन्तपुर दरबार स्क्वायरको भ्रमणसमेत गरेका थिए ।
साथै नेपालले वैशाख १२ गतेको भूकम्पको क्षतिपछिको पुनर्निर्माणका लागि आफ्नो आवश्यकताबारे प्रष्ट्याउने छ। लगत्तै दातृ मुलुक र निकायका प्रतिनिधिहरुले विपद् व्यवस्थापनबारे आफ्नो अनुभव र नेपालका लागि सहयोगको प्रतिवद्धता गर्नेछन्।
वैशाख १२ गते र त्यसपछि पटक पटक गएका परकम्पले ध्वस्त भएको भौतिक संरचना पुर्ननिर्माण र पीडित जनताको पुनर्स्थापनाका लागि आवश्यक ६ खर्ब ६६ अर्व बराबरको आर्थिक सहयोग आवश्यक पर्ने भन्दै सरकारले विश्व समुदायलाई सम्मेलनमा आमन्त्रण गरेको थियो।
No comments:
Post a Comment