दैनिक २ लाख ४६ हजार खर्च
केदार दाहाल
काठमाडौं, २१ जेठ- नेपाल वायुसेवा निगमले चिनियाँ जहाजबाट गर्ने आम्दानीको झन्डै आधा रकम बिमामा बुझाउने गरेको छ । यी जहाजको बिमा शुल्क उच्च भएको भन्दै निगमले घटाउन आग्रह गरे पनि चिनियाँ पक्षले चासो नदिँदा बिमा कम्पनीले समेत महँगो शुल्क लिन छाडेको छैन ।
निगमले हाल राष्ट्रिय बिमा संस्थानमार्फत एक बेलायती कम्पनीमा बिमा गराइरहेको छ । जोखिम बढी भए बिमा शुल्क पनि उच्च हुने प्रावधानका कारण कम्पनीहरूले चिनियाँ जहाजबाट चर्को बिमा शुल्क असुल्ने गरेका छन् । स्पेयर पार्ट, तालिम तथा पाइलट दिन तयार भए पनि चिनियाँ पक्ष बिमा शुल्क घटाउने लबिङबाट पन्छिँदै आएको छ ।
निगमले वैशाख १२ सम्म बिमा रकम घटाइदिन आग्रह गरे पनि चिनियाँ पक्षले नटेरेपछि पुनः साउन ११ सम्मलाई भनेको छ । त्यसपछि बिमा शुल्क तिर्न नसक्ने उसले स्पष्ट पारेको छ ।
निगमले नयाँ एयबसको ०.५५ प्रतिशतमात्र बिमा रकम तिर्दै आएको छ । तर, चीनबाट ल्याइएको एमए–६० को बिमा शुल्क ४.४७ प्रतिशत तिरिरहेको छ । यसको शुल्क नै दैनिक २ लाख ४६ हजार रुपैयाँ पर्न आउँछ ।
जहाजले राम्रो उडान गरेर कमाएका बेला दैनिक ७ लाख रुपैयाँ आम्दानी हुन्छ । “राम्रो आम्दानी गरेको बेला ठिकै हो नत्र हामी सधैं घाटामा हुन्छौं,” निगम प्रवक्ता रामहरि शर्मा भन्छन्, “संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बिमाको विषयमा कुरा गरिदिन पटक–पटक आग्रह गरिरहेका छौं ।”
निगमले एमए–६० का लागि १ वर्षमा मात्रै ९ करोड १० लाख रुपैयाँभन्दा बढी बिमा शुल्क बुझाएको छ भने वाई–१२ ‘ई’ को करिब ३ करोड रुपैयाँ बुझाउँदैछ । “चिनियाँ पक्षले बिमाको विषयमा कुरै गर्न चाहेको छैन तर हाम्रो मुख्य समस्या नै चर्को बिमा शुल्क बन्दै गएको छ,” शर्माले भने, “साउन ११ सम्मको मात्र बिमाको रकम तिर्छौं, त्यसपछि सकिन्न ।”
ठूला एयरबस र बोइङ जहाजको तुलनामा साना चिनियाँ जहाजको बिमा शुल्क ३ गुणा बढी छ । निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरेको ‘ए’ ३२०–२०० सिरिजका जहाजमा ०.५५ प्रतिशत तिर्छ । ३ दशकदेखि चलिरहेको अमेरिकी बोइङ ‘बी’ ७५७ सिरिजका जहाजको वार्षिक बिमा शुल्क १.५ प्रतिशतमात्र छ ।
बिमा शुल्क उच्च हुनुका साथै चिनियाँ जहाजको उडान क्षमता कम भएको भन्दै निगम सञ्चालक समितिले माघ दोस्रो साता पर्यटन मन्त्रालयलाई पत्राचार गरी समस्या समाधानका लागि चीनसँग वार्ता गरिदिन आग्रह गरेको थियो । उसले वैशाख ११ को समयसीमा तोक्दै चिनियाँ जहाजका समस्या समाधान नभए चीनबाट ल्याउन बाँकी ४ जहाजको सम्झौता रद्द गर्ने र सञ्चालनमा रहेका २ जहाज फिर्ता पठाउने निर्णय गरेको थियो ।
२ मध्ये एमए– ६० जहाज ०७१ वैशाख १४ मा काठमाडौं ल्याइएको थियो भने १८ सिटयुक्त वाई–१२ ‘ई’ कात्तिक १७ मा आएको थियो । एमए– ६० ले असार ११ तथा वाई–१२ ‘ई’ ले पुस ३ बाट नियमित उडान सुरु गरेका थिए ।
निगमले माग सम्बोधन भएलगत्तै बाँकी ४ जहाज खरिद प्रक्रिया अगाडि बढाउने बताउँदै आएको छ । चीनले वाई–१२ ‘ई’ र एमए–६० अनुदानमा दिएको हो । ३ वटा वाई–१२ ‘ई’ र एउटा एमए–६० सरल ऋणमा दिँदैछ । निगमले जहाज निर्माता कम्पनीसँग स्पेयर पार्ट उपलब्ध गराउन, पाइलटलाई तालिम दिन, मूल्य घटाउन माग गर्दै आएको छ ।
जहाज निर्माता कम्पनीले पुर्जामा महँगो शुल्क लिँदै आएको गुनासो निगमको छ । हाल सञ्चालनमा रहेको ट्विनअटर जहाजका लागि २५० डलर पर्ने पुर्जाको मूल्य एमए–६० मा ८ सय डलरसम्म असुल भइरहेको दाबी उसको छ ।
चीनले ६ वटा जहाज किन्न एक्जिम बैंकमार्फत निगमलाई ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ अनुदान तथा सहुलियत ऋण उपलब्ध गराएको हो । त्यसमध्ये २ अर्ब ९४ करोड १० लाख रुपैयाँ एमए–६० र एउटा वाई–१२ ‘ई’ (अनुदानमा) किन्न उपयोग गरिनेछ । बाँकी ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँमा एउटा एमए–६० र ३ वटा वाई–१२ ‘ई’ (ऋणमा) खरिद गर्ने सम्झौता छ ।

No comments:
Post a Comment