केदार दाहाल
काठमाडौं, १८ जेठ – भूकम्पको चपेटामा परेको पर्यटन क्षेत्रलाई उकास्न व्यवसायीले मुलुकभर प्रवद्र्धनात्क कार्यक्रम सुरु गरेका छन् । पर्यटकीय सिजन सकिन लाग्दा विदेशीले धमाधम बुकिङ रद्द गरेपछि उनीहरूले आन्तरिक पर्यटकलक्षित छुट तथा प्याकेज घोषणा गर्न थालेका छन् । उपत्यकाबाहिरका अधिकांश पर्यटकीय होटलले ५० प्रतिशतसम्मको छुट दिइरहेका छन् । पोखरा, धुलिखेल, सौराहा, दामनसँगै भूकम्पले प्रभाव नपारेका भैरहवा, नेपालगन्ज, धनगढीलगायत क्षेत्रंका व्यवसायीले प्याकेज र छुटका कार्यक्रम एकसाथ सुरु गरेका हुन् ।
काठमाडौंमा आन्तरिक पर्यटकको सम्भावना न्यून भएकाले कसरी अघि बढ्ने भनेर हाल ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी र होटल व्यवसायीले दिनहुँजसो छलफल गरिरहेका छन् । “अहिले तारे होटल लगभग रित्तिएकाले अब कसरी बढ्ने भन्ने योजना बनाउन हामीले छलफल जारी राखेका छौं,” होटल एसोसिएसन नेपाल (हान) का महासचिव विनायक शाहले भने, “छलफलमा अब व्यवसायीले नयाँ प्याकेज दिनुपर्छ भन्ने सहमति भएको छ । तर, यतिले मात्रै पुग्दैन– राज्यकै तर्फबाट कुनै विशेष कार्यक्रम दिनुपर्छ भन्ने निष्कर्षमा पुगेका छौं ।”
विश्वका धेरै मुलुक आन्तरिक पर्यटनले तंग्रिएको उदाहरण दिँदै पर्यटन विभागका महानिर्देशक तुलसीप्रसाद गौतमले नेपालका व्यवसायी पनि यही दिशामा अघि बढ्नुपर्ने बताए । “आन्तरिक पर्यटनलाई कसरी बढाउने भनेर सरकार र व्यवसायीबीच छलफल भइरहेको छ,” उनले भने, “आउने सिजनमा के कुरालाई लक्षित गर्ने भनेर निजी क्षेत्रसँग दिनहुँ वार्तामा छौं, छिट्टै निर्णयमा पुग्नेछौं ।”

पोखरा
पोखराका पर्यटन व्यवसायीले हरेक पर्यटकीय गतिविधिमा विशेष छुटसहितको प्याकेज घोषणा गरेका छन् । त्यहाँका होटल, लज तथा गेस्ट हाउसमा ५० प्रतिशत छुट दिइने भएको छ । रेस्टुराँका बिलमा २० प्रतिशत, ट्रेकिङ प्याकेजमा ३०, पर्यटक बस टिकटमा २० र रिजर्भका सवारीमा २० प्रतिशत छुट व्यवस्था गरिएको छ । प्याराग्लाइडिङ, अल्ट्रालाइट फ्लाइट, बन्जी जम्प तथा जिपलाइनमा १५÷१५ तथा ट्रेकिङ गाइडमा २० प्रतिशत छुट दिइनेछ । पश्चिमाञ्चल होटल संघले ५० प्रतिशत छुटसहितको प्याकेजसमेत घोषणा गरिसकेको छ ।

दामन
मकवानपुरस्थित रमणीय पर्यटकीय स्थल दामनमा आन्तरिक पर्यटकको संख्या बढाउन व्यवसायीले पहल थालेका छन् । भूकम्पपछि काठमाडौंलगायत क्षेत्रमा त्रास रहेकाले स्वदेशीलाई आकर्षित गर्न विभिन्न कार्यक्रम ल्याउने तयारी भइरहेको मकवानपुर उद्योग वाणिज्य संघका महासचिव महेन्द्र रावतले जानकारी दिए । दामनका २३ होटलले नै प्याकेज दिने तयारी थालेका छन् । दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टका कार्यकारी निर्देशक सुदेश गौतम (क्षेत्री)ले भने, “अत्यधिक चिसो हुने समयमा आउँदा स्वास्थ्य समस्या देखिन सक्छ, त्यसैले अहिले दामन घुम्ने उचित बेला हो भन्ने सन्देश फैलाइरहेका छौं ।”
अत्यधिक गर्मी हुने भारतसहित नेपालको तराई क्षेत्र र उपत्यकाबाट पर्यटकलाई दामन ल्याउन सकिने सम्भावना भएकाले व्यवसायी त्यसैमा केन्द्रित भएको क्षेत्रीले बताए । २३२२ मिटर उचाइमा रहेको दामन तथा २४८८ मिटर उचाइमा अवस्थित सिमभन्ज्याङ आन्तरिक पर्यटकबीच लोकप्रिय गन्तव्य हुन् ।

‘सिल्भर ट्र्यांगल’ मा ५०% छुट
भूकम्पपछि पर्यटकीय गन्तव्य सौराहा, पोखरा र लुम्बिनीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई ५० प्रतिशत छुट योजनासहित ‘सिल्भर ट्र्यांगल’ अवधारणालाई अघि सारेका हुन् । पर्यटन प्रवद्र्धनका लागि पश्चिमाञ्चल होटल संघ पोखरा, क्षेत्रीय होटल संघ नेपाल चितवन र सिद्धार्थ होटल संघले यो अवधारणा ल्याएर भारत र चीनमा पर्यटन प्रवद्र्धन सुरु गर्ने तयारी गरेका हुन् ।
“अहिले होटलहरूमा प्याकेज घोषणा गरिए पनि हात्ती सफारीको कति रकम लिने, सवारीको कसरी लिने भन्ने विषयमा टुंगो लागिसकेको छैन,” क्षेत्रीय होटल संघ नेपाल चितवनका प्रथम उपाध्यक्ष सुमन घिमिरेले भने ।
पोखरा, सौराहा र लुम्बिनीका सबै होटलका रुममा ५० प्रतिशत छुट घोषणा गरिएको छ । भूकम्पपछि चितवन राष्ट्रिय निकुञ्जनजिकै रहेको सौराहाका होटलले ५० प्रतिशत छुट दिइरहेका छन् । अहिले सौराहमा १५० होटल छन् ।

‘सुरक्षित सूदूरपश्चिम’
सुदूपश्चिमका पर्यटन व्यवसायीले समेत ‘सुरक्षित सुदूरपश्चिम’ अवधारणा अगाडि सारेका छन् । सुदूपश्चिमका ९ जिल्लामा रहेका पर्यटन क्षेत्र सबै सुरक्षित रहेकाले आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम ल्याउने तयारी भएको ‘सुन्दर सुदूरपश्चिम’ अभियानका महासचिव किशोर खड्काले बताए । सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका डोल्पा, रारादेखि खप्तड, बडिमालिका, अपी सैपाल पदयात्रा मार्गमा ९ देखि १८ दिनसम्म पदयात्रा गर्न सकिन्छ । बर्दिया, खप्तड र शुक्लाफाँटामा १० दिनसम्मको टुर प्याकेज छ

No comments:
Post a Comment