केदार दाहाल
काठमाडौं, १७ जेठ – चीन सरकारले तिब्बततर्फको नाका बन्द गर्दा नेपाल हुँदै कैलाश मानसरोवर घुम्न जाने योजनामा रहेका करिब २५ हजार विदेशी पर्यटक रोकिएका छन् । भूकम्पको कारण देखाउँदै चीनले तिब्बततर्फका सबै नाका बन्द गरिदिएको छ । तिब्बतको कैलाश मानसरोवर जान ३८ टुर एन्ड ट्राभल्स कम्पनीमार्फत २५ हजार विदेशी पर्यटकले बुकिङ गरेका थिए ।
अहिलेसम्म कुनै पनि पर्यटकले बुकिङ रद्द भने नगरेको नेपाल कैलाश यात्रा संघका अध्यक्ष प्रकाश श्रेष्ठले बताए । उनका अनुसार चीनले विनाशकारी भूकम्पको कारण देखाउँदै सबै नाकाबाट तिब्बत जान रोक लगाएको छ । व्यवसायीले भने हुम्लाको हिल्सा नाकामार्फत भए पनि बाटो खोलिदिनुपर्ने माग गरिरहेका छन् ।
भूकम्पले पर्यटन क्षेत्र अस्तव्यस्त भएको बेला २५ हजार पर्यटकलाई नेपाल हुँदै मानसरोवर लैजाँदा ठूलो राहत हुने श्रेष्ठ बताउँछन् । व्यवसायीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्डमा समेत जानकारी गराए पनि अहिलेसम्म निक्र्योल नभएको जानकारी उनले दिए । “अहिले पनि २५ हजार पर्यटक हामीले समय दिनेबित्तिकै आउन तयार छन्,” उनले भने ।
चीनले तातोपानी, रसुवालगायत क्षेत्रमा पहिरो आउन सक्ने भन्दै नाका रोकेको छ । व्यवसायीले जहाजमार्फत काठमाडौं–नेपालगन्ज–सुर्खेत र त्यसपछि हेलिकप्टर तथा पैदलयात्रामार्फत मानसरोवर लैजानका लागि सहजीकरण गर्न सरकार गुहारेको श्रेष्ठले बताए । मानसरोवर बुकिङ गर्नेमा भारतीय, रुसी, युरोपेली र मलेसियाली पर्यटक धेरै छन् । मानसरोवर घुम्न सबैभन्दा धेरै भारतबाट आउँछन् । यो क्षेत्र जाने पर्यटकमा ८० प्रतिशत भारतीय नै हुन्छन् । नेपालको बाटो हँुदै वार्षिक ४० हजार पर्यटक मानसरोवर जान्छन् ।
मानसरोवर यात्राका लागि मेदेखि जुलाई मुख्य सिजन मानिन्छ । त्यहाँ जान आउने पर्यटकको सम्पूर्ण बन्दोवस्त नेपाली व्यवसायीले मिलाउँदै आएका छन् । यस्ता पर्यटक ८० प्रतिशत ७ देखि १० दिनसम्म नेपाल घुम्छन् भने बाँकी २० प्रतिशत ४ देखि ७ दिनसम्म रहन्छन् । हिमाल आरोहणपछि मानसरोवर घुम्ने पर्यटकले नै सबैभन्दा बढी खर्च गर्छन् ।
२५ हजार पर्यटक तत्काल नेपाल ल्याउन सकिए १ लाखभन्दा बढीले रोजगारी पाउने व्यवसायी बताउँछन् । “त्यसैले सरकारले नै तत्काल सहजीकरण गरिदिनुपर्छ,” पर्यटन व्यवसायी सुमन पाण्डे भन्छन्, “रोकिएका २५ हजार पर्यटकलाई भिœयाउन सके धेरै होटल तथा पर्यटन व्यवसायीले राहत पाउँछन् ।”

पर्यटनले गुहा¥यो परराष्ट्र
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चीन सरकारसँग कूटनीतिक पहल गरी तिब्बत नाका खोल्ने पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई आग्रहसहितको पत्र लेखेको छ । यसमा मन्त्रीस्तरबाट समेत पहल भइरहेको पर्यटन विभागका महानिर्देशक तुलसी गौतमले बताए । “तातोपानीको बाटो खुलिसकेको छ, हामी कुनै पनि विकल्प प्रयोग गरी २५ हजार पर्यटक भिœयाउन लागिपरेका छौं,” उनले भने ।

No comments:
Post a Comment