एयर कनेटिभिक्टी बढाउन छलफल हुने
केदार दाहाल
काठमाडौं, २५ कात्तिक - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले १८ औं सार्क शिखर सम्मेलनमा आउने विशिष्ट व्यक्ति (भीआईपी) को सुरक्षालाई ध्यान दिँदै आगमन÷प्रस्थानमा केही समय उडान÷अवतरण रोक्ने भएको छ ।
कार्यालयले आन्तरिक तथा बाह्य दुवै तर्फका एयरलाइन्स कम्पनीहरूलाई मंगलबार छलफल गरी भीआईपी आउने र जाने दिनमा उडान तथा अवतरण तालिका आवस्यकता अनुसार संशोधन गर्न लागि आग्रह गरेको हो । कार्यलयले केही दिनमा भीआईपीको आगमन तथा प्रस्थानको समय तालिका उपलब्ध गराउने र सोहीअनुसार एयरलाइन्स कम्पनीहरूले उडान तथा अवतरणको समय तालिका परिवर्तन गर्ने सहमति मंगलबारको छलफलमा भएको हो ।
कार्यालयले मंगलबार बिहान आन्तरिक वायुसेवा कम्पनी र दिवामा सम्पूर्ण अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्स कम्पनीसँग छलफल गरेको थियो । कार्यालयले सम्मेलनमा सहभागी हुन आउने भीआईपीलाई केन्द्रित गरी आगामी मंसिर ९ र १२ गते उडान तथा अवतरणमा समय तालिका परिवर्तन गराउन प्रस्ताव गरेको हो ।
मंगलबार आन्तरिक र अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्ससँग छलफल भएको र केही दिनमा भीआईपीको आगमन र प्रस्थानको समय तालिका उपलब्ध गराएपछि एयरलाइन्स कम्पनीहरूले समय तालिका सोहीअनुसार परिवर्तन गर्ने विमानस्थल कार्यालयका महाप्रबन्धक वीरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
विश्वमा नै भीआईपी आउने र प्रस्थान गर्ने समयमा उडान तथा अवतरणमा केही अवरोध हुने परम्परा छ । “सार्क सम्मेलनमा पनि सुरक्षाको दृष्टिले पनि एयरलाइन्स कम्पनीहरूले समय तालिका परिवर्तन गरिदिनुपर्छ, ” श्रेष्ठले भने । विमानस्थल कार्यालयले समय तालिका उपलब्ध गराएपछि भीआईपी आउनुभन्दा १ घण्टा अगाडि सर्वसाधारणलाई विमानस्थल प्रवेशमा रोक लगाउने कार्यक्रमसमेत तय गरेको छ । कार्यालयले प्रहरी, पर्यटन मन्त्रालय, गृह मन्त्रालय र होटल एसोसिएसन (हान) का प्रतिनिधिसँग पनि सोमबार छलफल गरेको थियो । “कार्यालयले छलफल गरेको र समय तालिका प्राप्त गरेपछि सोहीअनुसारको उडान तालिका निकाल्ने छांै,” वायुसेवा सञ्चालक संघ (आयोन) का प्रवक्ता घनश्याम आचार्यले भने । होटल सञ्चालकहरूले केही समय अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको क्रममा पर्यटक तथा पर्यटकलाई स्वागत गर्न जाने होटलका प्रतिनिधिले बढी सास्ती बेहोर्न परेपछि यसपटक भने पहिले नै समय तालिका उपलब्ध गराउन माग गरेका थिए ।
विमानस्थल कार्यालयले होटलहरूलाई पनि समय तालिका उपलब्ध गराइदिने छ । सार्कसम्मेलनका लागि ८ देशका प्रमुख र पर्यवेक्षक गरी झन्डै ८ सयको हाराहारीमा सहभागी नेपाल आउँदैछन् ।
विमानस्थलमा दैनिक ४ सयदेखि ४ सय ५० सम्म उडान÷ अवतरण हुन्छ, जसमा अन्तर्राष्ट्रिय २७ वटा एयरलाइन्स कम्पनीहरूले उडान भर्दै आएका छन भने आन्तरिकतर्फ पनि दैनिक सयौंको संख्यामा उडान÷अवतरण हुँदै आएको छ ।
एयर कनेटिभिक्टी बढाउन छलफल हुने
१८ औं सार्क शिखर सम्मेलनमा सार्क क्षेत्रमा साझा पर्यटन एजेन्डा प्रस्तुत हुने भएको छ । सार्क राष्ट्रबीच एक अर्को मुलुकले संयुक्त पर्यटन गतिविधि सञ्चालन गर्ने, सडक सञ्जाल तथा एयर कनेटिभिक्टी बढाउने एजेन्डा तय भएको छ । नेपाल, भारत, म्यानमार, श्रीलंकासहितका बुद्ध धर्म मान्ने राष्ट्रहरूको बीचमा बुद्धिष्ट सर्किट बनाउने योजना अगाडि सारिएको छ ।
सार्क शिखर सम्मेलन नेपालमा हुनु पर्यटन प्रवद्र्धनको महत्वपूर्ण अवसर भएकाले पनि विभिन्न सरकारी निकायले आ–आफ्नो क्षेत्रबाट भरपुर सहयोग पु¥याइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले बताए ।

No comments:
Post a Comment