एयरबसमा आएनपी–आर टेक्नोलोजी
एयरबसको ४.६ खर्व डलरको जहाज अडर
केदार दाहाल
काठमाडौं, २० कात्तिक
नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको एयरबसका दुई जहाजको ९० प्रतिशत काम सकिएको एयरबस कम्पनीले जनाएको छ । युरोपेली जहाज निर्माता कम्पनी एयरबसले आगामी माघको १५ सम्ममा पहिलो जहाज पठाइसक्ने समेत बताएको छ । नेपालले खरिद गर्न लागेको एयरबस ए३२०–२०० न्यारोवडी जहाजका पार्ट्स तथा बडीहरु बेलायत, फ्रान्स, जर्मनी र स्पेनका उत्पादन कम्पनीहरुमा भइरहेको कम्पनीले जनाएको छ ।
“हामीले सन् २०१५ को फेब्रुवरीमा पहिलो जहाज एयरबस ए३२०–२०० विमान नेपाललाई पठाइसकेका हुन्छौ, भने अर्को जहाज केही महिनापछी नेपाललाई हस्तान्तरण गर्ने छौ,” एयरबस कम्पनीका मिडिया संयोजक जस्टीन डुवनले भने । नेपाललले पहिलोपटक एयरबसका जहाज प्रयोग गर्न लागेको छ, त्यसैबाट नेपालसंगको सम्बन्ध अगाडी बढाउन पाउँदा खुसी रहेको डुवनले बताए ।
एयरबसमा प्रयोग भएको टेक्नोलोजीले नेपाल वायुसेवा निगमको ४ प्रतिशत तेललाई सुरक्षित गर्ने भएकोेले पनि निगमलाई यसजहाजले फाइदा गराउने एयरबसका बजार प्रवन्धक शिल सुक्लाले बताए । “हामीले नेपालका पाइलट तथा इन्जिनियरहरुलाई तालिमको लागि बैंग्लोर पठाइसकेका छौ,” सुक्लाले भने । नेपाललाई उचित मुल्यमा जहाज उपलव्ध गराएको तर सुविधामा भने कुनै सम्भौता नगरेको बताए । नेपाललाई दिने उक्त जहाजमा सुविधासम्पन्न क्याविन, डिलक्स सिट, सुरक्षामा उच्च प्रविधि लगायत सबै कम्प्युटर सिष्टममा उपलव्ध रहेको उनले जानकारी दिए ।
नेपाल वायुसेवा निगमले डेढ वर्ष अगाडी युरोपियन एयरवस कम्पनीसंग दुई जहाज खरिद गर्ने सम्झौता गरेको थियो । जसमा लाग्ने धेरैजसो रकम एयरबसलाई निगमले पठाइसकेको छ । निगमले जहाज खरिदको लागि संचयकोषसंग १० अर्व रुपैयाँ ऋण लिएको थियो । खरिद गरिने दुवै ए ३२०–२०० विमान १ सय ५० सिट क्षमताका रहने छन । हाल निगमले अन्र्तराष्ट्रिय उडानको लागि निगमले बोइङ–७५७ ले उडान भर्दै आएको छ । एयरबसका दुई जहाज नेपाल भित्रिएपछी ४ वटा जहाज मार्फत अन्र्तराष्ट्रिय उडान भर्ने छ ।
एयरबसमा आएनपी–आर टेक्नोलोजी
कम्पनीले निगमलाई दिने जहाजमा रिक्वायड नेभिगेसन परफरमेन्स अर्थोराइजेसन रिक्वायड (आएनपी–आर) टेक्नोलोजी प्रयोग गरेको छ । जसले गर्दा तेलको खपत कम गराउने, खराव मौसममा पनि सजिलै आफ्नो डिरेक्सनमा लैजान सकिने प्रविधि छ । सबैभन्दा महत्वपूर्ण कुराके भने यस प्रविधिले एक हातलेनै जहाजलाई पाइलटले कन्ट्रोल गर्न सक्दछन । हवाइयात्रुले डिलक्स सिटको प्रयोग गर्ने छन जसमा सिटको चौडाइ १८ इन्च रहेको छ ।
एयरबसको ४.६ खर्व डलरको जहाज अडर
एयरबसले आगामी २० वर्षको लागि ३१ हजार नयाँ जहाज अर्डर लिइसकेको जानकारी दिएको छ । जुन ४.६ (ट्रिलियन) खर्व डलर बराबर मुल्य हुन आउँछ । एयबसले गत सन् २०१३ मा ४२ (विलियन) अर्व डलरको कारोबार गरेको थियो । हाल एयरवसमा ७२ हजारले प्रत्यक्षरुपमा रोजगारी पाएका छन । एयरबसको हेडक्वाटर फ्रान्समा रहेको छ । भने यसका सवडिलरहरु अमेरिका, चीन, जापान, भारतमा रहेको छ । त्यस्तैगरी स्पेयर्सपार्ट्स सेन्टरहरु हमरुगं, फ्र्याङ्फ्रट, वासिङटन, वेइजिङ, दुवइ र सिंगापुरमा रहेको छ ।

No comments:
Post a Comment