- मंसिर पहिलो साता सम्झौता हुँदै
- ५ अर्ब रुपैयाँ लगानी गर्ने तयारी
- भवन निर्माणको काम ४० प्रतिशत सकियो
- सन् २०१७ देखि होटल सञ्चालनमा ल्याउने लक्ष्य
केदार दाहाल
काठमाडौं, २९ कात्तिक- राजधानीको ठमेलमा निर्माणधीन छायाँसेन्टरभित्र रहने पाँचतारे होटल स्टारउडकै ब्रान्ड ‘अलफ्ट ब्रान्ड’को नाममा सञ्चालन हुने भएको छ । छायाँसेन्टर र अलफ्ट बिजेनस होटलबीच आगामी मंसिर ८ गते सम्झौता हुने भएको छ । अलफ्ट ब्रान्डको मुख्य कम्पनी स्टरउडले विश्वभर १२ वटा ब्रान्डमार्फत होटल सञ्चालन गर्दै आएको छ । सन् २०१७ बाट सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको छायाँदेवी सेन्टरभित्र रहने उक्त होटल पाँचतारे हुनेछ । “अलफ्ट ब्रान्डसँग आगामी मंसिर ८ गते सम्झौतापत्रमा हस्ताक्षर हुँदै छ,” छायाँसेन्टरका बजार निर्देशक सुमन पाण्डेले भने । होटलको नाम ‘अलफ्ट बिजनेस होटल काठमाडौं’ रहने पाण्डेले जानकारी दिए । अलफ्टले सबै ब्रान्डिङ र व्यवस्थापनको जिम्मा लिने गरी सम्भौता हुने उनाले जानकारी दिए ।१५ तलाको भवनमा १ सय ७५ कोठा हुनेछ । होटलको सबै सुविधा डिलक्सको हुने उनले बताए ।
स्टारउडका विश्वभर एकदर्जन ब्रान्डमा चेन होटलहरू सञ्चालनमा छन् । सन् २००५ मा अलफ्ट ब्रान्ड सञ्चालनमा ल्याएको स्टरउडले हाल दर्जन ब्रान्डका होटल खोलिसकेको छ । जसमा अलफ्ट बिजनेस होटल, सेराटन, डब्लू होटल, फोरपेन्ट्स, लि मेरिडियन, लक्जरी कलेक्सन, इलेमेन्ट, स्टार रेजिस, स्टारउड प्रिफररेड गेस्ट र स्टारउड होटल विश्वभर हजारौंको संख्यामा छन् । अलफ्ट ब्रान्डबाट पनि अमेरिका, युरोप, क्यानाडा तथा एसियामा गरी ८५ वटा होटलहरू सञ्चालनमा छन् । छायाँदेवी कम्प्लेक्सभित्र रहने उक्त होटलको भवन निर्माणको काम आगामी वर्ष सकिने र सन् २०१७ भित्रबाट सञ्चालनमा ल्याउने योजना रहेको उनले बताए ।
ठमेल मुख्य पर्यटकीय स्थल भए पनि सुविधा सम्पन्न होटल नहुँदा पर्यटकहरू बस्नका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने पाण्डेले बताए ।“हाम्रो परियोजना सम्पन्न भएपछि उक्त समस्या स्वतः हल हुनेछ, होटलमा आफंै अन्तर्राष्ट्रिय मार्केटिङ गरेर गुणस्तरीय पर्यटक भिœयाउने योजना छ,” उनले भने ।
भवन निर्माणको काम ४० प्रतिशत सकियो
ठमेलभित्रको ठमेल नाम दिइएको छायाँदेवी कम्प्लेक्सको भवन निर्माणको काम भने ४० प्रतिशत सकिएको पाण्डेले जानकारी दिए । होटल र कम्प्लेक्समा गरी ५ अर्ब रुपैयाँभन्दा बढी लगानी हुने पाण्डेको भनाइ छ । करिब १५ रोपनी क्षेत्रफलमा छायाँदेवी कम्पलेक्सले व्यावसायिक कम्पलेक्स निर्माण गर्न लागेको हो । छायाँदेवी कम्प्लेक्समा १५ तलाको भवनमा २ सय ५० वटा पसल, ७ वटा रेस्टुराँ, ४ सय ५० वटा कारको पार्किङस्थल, ५ वटा कन्फरेन्स हल रहने छन् । त्यस्तै ३ वटा सिनेमा हल रहनेछन भने १ हजार क्षमताको हल र फुड कोर्टसमेत रहनेछ ।
छायाँसेन्टर सञ्चालनमा आएपछि ठमेलको पर्यटनमा नयाँ आयाम थपिने दाबी पाण्डेको छ । छायाँसेन्टरमा इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेसहित निर्मल प्रधान, कालु गुरुङ, योगेन्द्र शाक्य, सुहृद घिमिरे, सुमन पाण्डे र महेश्वर श्रेष्ठले लगानी गरेका छन् ।
सेन्टरमा मुलुकमै पहिलो पटक हाइड्रोलिक सिस्टमको पार्किङ स्थल रहने पाण्डेले जानकारी दिए । यो सिस्टमबाट एउटै तल्लामा तल र माथि गरी दुईतहमा गाडी पार्किङ गर्न सकिनेछ । अटोमेटेड मेसिनले ग्राहकको गाडी पार्किङ गर्ने र बाहिर निकाल्ने काम गर्नेछ । छायाँसेन्टरमा प्रसिद्ध ब्रान्डलाई प्राथमिकतामा राखिएको छ ।
कम्प्लेक्समा अहिलेसम्म क्यूएफएक्स, नाङ्लो बेकरी क्याफे, होन्डा, इटालियन रेस्टुराँ, एयरलाइन्स कम्पनी, पश्मिना र क्युरियो व्यवसायी, ट्राभल व्यवसायीलगायतले बुकिङ गरिसकेका छन् । स्वदेशी तथा विदेशी पर्यटकलाई सम्पूर्ण सेवा तथा सुविधा एकै स्थानमा उपलब्ध गराउने कम्प्लेक्सको लक्ष्य छ । नमुना कम्पलेक्सका रूपमा विकास गर्न लागिएको सेन्टर २४ घण्टा नै खुला रहनेछ ।

No comments:
Post a Comment