काठमाडौं, १३ मंसिर (कास) सन् २०१५ मा घुम्नैपर्ने ठाउँमध्ये नेपाल पनि उत्कृष्ट १० मा परेको छ । विश्व चर्चित पत्रिका फोब्सका अनुसार सन २०१५ मा घुम्नै पर्ने १० सुन्दर ठाउँमध्ये नेपाल पनि उत्कृष्ट नौ मा परेको छ ।
फोब्समा एन एबेलद्वारा लेखिएको एउटा आलेखमा नेपाललाई ट्रेकिङको स्वर्ग भनेर बयान गरेकी छिन । उनले विस्तारै आरामदायी गन्तव्य बन्दै गएको बताउँदै नेपालको कलात्मक संस्कृतिको प्रशंसा गरेकी छिन । उनले नेपालको हिमाल, मन्दिर, गुम्बाहरु घुम्न सुझाएकी छन ।
एनले फेवातालमा देखिने हिमाली छायाँको चर्चा गर्दै यहाँका हिमालय र अनुपम कला संस्कृतिको अवलकोनका लागि नेपाल एक पटक पुग्ने पर्ने गन्तब्य भएको उल्लेख गरेकी छन । नेपालका गुम्बा र मन्दिर घुम्दै फेवातालमा डुंगा चढ्न पनि उनले सुझाव दिएकी छन ।
फोब्समा लेख्दै एनले नेपालको ट्रेकिङलाई स्वर्गका रुपमा ब्याख्या गर्दै नेपाल बिस्तारै आरामदायी गन्तब्य बन्दै गएको तर्क गरेकी छन । सन् २०१५ मा घुम्नै पर्ने देशहरुको पहिलो सूचीमा आइसल्यान्ड, त्यसपछि मोरक्को, भियतनाम, अमेरिकाको नेशनल पार्क टप टेन सूचीमा पर्ने अन्य ठाउहरुमा आइसल्याण्ड, अमेरिकन प्यारालाइफ रिजर्भ, तास्मानिया, कोलोम्बिय, जापान, मोरोक्को, श्रीलंका र भियतनाम आदि छन ।
एजेन्सी