केदार दाहाल
काठमाडौं, ३ पुस – नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा
बोर्डकै वरिष्ठ अधिकृत दीपकराज जोशी नियुक्त भएका छन् । बिहीबार बसेको
बोर्ड सञ्चालक समितिको बैठकले जोशीलाई ४ वर्षका लागि सीईओमा नियुक्त गरेको
हो ।
खुला प्रतिस्पर्धामा जोशीले ९ जना प्रतिस्पर्धीलाई पछि पारेका थिए । बोर्डका तत्कालीन सीईओ प्रचण्डमान श्रेष्ठको ४ वर्षे पदावधि ०६८ कात्तिक १४ गते सकिएपछि ४ वर्षदेखि बोर्ड प्रमुखविहीन थियो । पर्यटन प्रवद्र्धनको मुख्य जिम्मेवारी पाएको बोर्ड प्रमुखविहीन हँुदा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको कार्यक्रम अवरुद्ध हुँदै आएको थियो । “हामीले ९ प्रतिस्पर्धीमध्येबाट सबैभन्दा बढी अंक ल्याउने दीपकराज जोशीलाई सीईओमा नियुक्त गरेका हांै,” सीईओ छनोट उपसमितिका संयोजक तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले भने ।
बिहीबार बोर्ड अध्यक्ष तथा मन्त्रालयका सचिव दिनेश थपलियाको अध्यक्षतामा बसेको बैठकले जोशीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । छनोट उपसमितिले गत आइतबार र सोमबार ९ प्रतिस्पर्धीको अन्तर्वार्ता गरेको थियो । बिहीबार नै उपसमितिले अंक धेरै ल्याउने ३ जनाको नाम सञ्चालक समितिमा सिफारिस गरेको थियो । जोशी, ज्ञानेश्वर महतो र ज्ञानेन्द्ररत्न तुलाधर सिफारिस गरिएका थिए । “सञ्चालक समितिले सबैभन्दा धेरै अंक ल्याउने जोशीलाई नियुक्त गरेको हो,” उपाध्यायले भने ।
छनोट उपसमितिले विभिन्न दबाबबीच पनि निष्पक्ष ढंगले सिफारिस गरेको समितिका सदस्य घनेन्द्र श्रेष्ठले बताए । “४ वर्षदेखिको प्रक्रिया हामीले बल्ल टुंग्यायौं,” श्रेष्ठले भने, “पर्यटन क्षेत्रमा निकै प्रभावकारी भूमिका रहने बोर्डको सीईओ नियुक्ति निष्पक्ष हुनुपर्छ भनेर लागिप¥यौं ।” श्रेष्ठ र अर्का सञ्चालक राजेन्द्र सापकोटा समितिमा निजी क्षेत्रका तर्फबाट सदस्य थिए ।
बोर्डमा सीईओका लागि प्रस्तिपर्धामा रहेका १२ जनामध्ये ४ वर्षपछिको धैर्यतापछि ९ जनामात्रै अन्तिम प्रतिस्पर्धामा सहभागी भएका थिए । ४ वर्षदेखि पहिलो चरणबाट छनोट भएका १२ जनामध्ये एकजना अख्तियारको कारबाहीमा परेका छन् भने २ जना नेपालबाहिर छन् । बोर्डका तत्कालीन कामु सीईओ सुभाष निरौला निलम्बनमा परेकोले उनी सीईओको प्रतिस्पर्धामा सहभागी हुन पाएनन् । शिवशरण थापा र हुमबहादुर गुरुङ नेपालबाहिर थिए । बोर्डकै कर्मचारी दीपकराज जोशीसहित डा. हरि शर्मा, नारायण प्रधान, लोकबहादुर खत्री, भूमि लामा, रघु विष्ट, विष्णुबहादुर जिसी, ज्ञानेश्वर महतो र ज्ञानेन्द्ररत्न तुलाधर प्रतिस्पर्धामा थिए । बोर्डको प्रमुख नहुँदा कर्मचारीको वृत्तिविकास, नीतिगत काम तथा ठूला निर्णयका कामकारबाही, अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनसहितका गतिविधि रोकिएका छन् । बोर्ड ऐन ०५३ ले सीईओबिनाको बोर्ड परिकल्पना नगरेकाले सीईओ नहुँदा बोर्डका गतिविधि नराम्ररी प्रभावित भएका थिए ।
गत ०६८ भदौ १४ गते सीईओका लागि दरखास्त दिन ३५ दिने सूचना जारी भएको थियो । ३५ दिनमा १८ जनाले पदको लागि दाबी गर्दै दरखास्त हालेका थिए । त्यसमध्ये १२ जना प्रतिस्पर्धी थिए । समितिले ३५ दिनभित्र कार्यकारी नियुक्त गर्नुपर्ने व्यवस्था रहेको भए पनि झन्डै ४ वर्ष लागेको छ ।
१६ वर्षअघि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको पर्यटन विभागलाई विघटन गरी पीपीपीको अवधारणामा सञ्चालन गर्ने गरी नेपाल पर्यटन बोर्ड गठन भएको थियो । बोर्डमा प्रचन्डमान श्रेष्ठसहित ३ जनाले मात्रै कार्यकारी प्रमुखको रूपमा कार्यकाल पूरा गरेका छन् ।

निजी र सरकारी निकायबीच समन्वय गर्नेछु : जोशी
सन् २००२ मा अधिकृत पदबाट बोर्डमा प्रवेश गरेका जोशी सन् २००७ मा वरिष्ठ अधिकृत भएका थिए । जोशी बोर्डमा १५ वर्षदेखि कार्यरत छन् । पर्यटन क्षेत्रमा लामो सक्रियता र क्षमताका आधारमा बोर्डले आफूलाई सीईओमा नियुक्त गरेको भन्दै उनले उत्साहित भएको प्रतिक्रिया दिएका छन् । उनको कार्यकाल ४ वर्षको हुनेछ । “पर्यटन क्षेत्रमा चुनौतीहरू धेरै भएकाले सबै पक्षसँग सहकार्य गरेर अगाडि बढ्छु,” जोशीले भने । पीपीपी मोडलको अवधारणामा पर्यटन बोर्ड स्थापना भएकाले त्यसको मर्मअनुरूप निजी क्षेत्र र सरकारी निकायलाई समन्वय गरेर अगाडि बढ्ने जोशीले बताए । “बोर्डको मुख्य काम अन्तर्राष्ट्रिय प्रवद्र्धन भएकाले ध्यान त्यसतर्फ केन्द्रित गर्नेछु,” जोशीले भने । उनी पर्यटन बोर्ड कर्मचारी संघका पूर्वअध्यक्ष पनि हुन् ।

No comments:
Post a Comment