– टीआईएको तेस्रो र चौथो चरण रोकिने संकेत
– टीआईएको पूर्ण क्षमतामा ९२ लाख यात्रु
– निजगढको पहिलो चरणमै डेढकरोड यात्रु
– टीआईएको पूर्ण क्षमतामा ९२ लाख यात्रु
– निजगढको पहिलो चरणमै डेढकरोड यात्रु
केदार दाहाल
काठमाडौं, ५ साउन : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जारी सुधारको आयोजनाको काम दोस्रो चरणबाट रद्द गर्दै निजगढ विमानस्थल निर्माणमा सरोकारवाला निकायहरूले छलफललाई केन्द्रित गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय, योजना आयोग, लगानी बोर्ड तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार आयोजनाबीच भएका अधिकांश संयुक्त छलफलमा त्रिभुवन विमानस्थलको सामान्य सुधार गरेर बाराको निजगढमा निर्माण हुने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा जोड दिनुपर्नेमा सबैपक्ष एकमत छन । यसअघि संसद्को विकास समितिले समेत निजगढ विमानस्थल निर्माणमा ध्यान केन्द्रित गर्न सबै पक्षलाई निर्देशन दिएको थियो ।
निजगढ विमानस्थल निर्माण सुरु भएको ४ वर्षमै पहिलो चरणको काम सकिने तथा ६५ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान छ । पहिलो चरणमा वार्षिक १ करोड ५० लाख यात्रुलाई सेवा दिन सक्ने क्षमताको हुने छ । तर, त्रिभुवन विमानस्थलको सुधार गरी ९२ लाख यात्रुलाई सेवा दिने लक्ष्य छ । हाल वार्षिक ४८ लाख यात्रुलाई सेवा दिइरहेको छ, जसको लागत ६० अर्व रुपैयाँ छ । यसैलाई टेकेर पनि अबको लक्ष्य निजगढ विमानस्थल हुनुपर्नेमा पछिल्ला छलफलको जोड छ ।
त्रिभुवन विमानस्थलमा सन् २०१० देखि २०२८ सम्मका लागि तयार पारेको गुरुयोजनाअनुसार विस्तारको कार्य भइरहेको छ । स्तरोन्नतिका लागि पहिलो चरणको काम २०१५ मा सक्नुपर्नेमा २०१७ सम्म सारिएको थियो तर हाल आएर पुनः २०१९ को समय सिमा तोकिएको छ । स्तरोन्नतिका लागि एसियाली विकास बैंकले सहयोग ऋण दिएको हो । योजनाअनुसार पहिलो, दोस्रो, तेस्रो र चौथो चरणमा काम स्तरोन्नति सम्पन्न गर्ने लक्ष्य थियो । स्तरोन्नतिको काम ढिला हुनु तथा सबै सुधार गरिसक्दा पनि यात्रु चाप थेग्न नसक्नुलगायत कारणले गर्दा सरोकारवालाहरू स्तरोन्नति दोस्रो चरणबाट रोक्नुपर्नेमा जोड दिएका छन् ।
“हामी अहिले पहिलो चरणमा छौं, दोस्रो चरणको डिजाइन फाइनल भएको छैन,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार आयोजना प्रमुख बाबुराम पौडेलले भने, “दोस्रो चरणसम्म त निजगढ विमानस्थ निर्माण भए पनि स्तरोन्नति आवस्यक छ ।” त्यसपछि अगाडि जाने कि नजाने भन्ने विषय पुनर्विचार हुने पौडेलले बताए । त्रिभुवन विमानस्थलमा गुरुयोजनाअनुसार ६० करोड अमेरिकी डलर खर्च हुँदै छ ।
सरकारले त्रिभुवन विमानस्थलको सुधार गरी ९२ लाख यात्रुलाई सेवा दिने लक्ष्य छ । हाल वार्षिक ४८ लाख यात्रुलाई सेवा दिइरहेको छ । जतिनै विस्तार गरे पनि त्रिभुवन विमानस्थलले नपुग्ने भएकाले निजगढ बनाउनु पर्नेमा भने सबै पक्ष एकमत रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले बताए । “निजगढ निर्माण भएपछि दक्षिण एसियाको क्षेत्रीय विमानस्थलको काम गर्ने भएकोले पनि आवश्यक छ,” सापकोटाले भने ।
सन् २०२८ सम्मको गुरुयोजनाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक यात्रुका लागि २९ लाख र अन्तर्राष्ट्रियतर्फ ६३ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमता निर्माणमा गर्ने योजना हो । सन् २०२३ सम्ममा ३०० मिटर धावनमार्ग निर्माण, अन्तर्राष्ट्रिय टर्मिनल भवन, आन्तरिक टर्मिलन भवन, एप्रोन, विमानस्थलमा आधुनिक सुविधाका प्राविधिक उपकरणसहितको काम हुने भएको छ । “अहिले अन्तर्राष्ट्रिय टर्मिनल भवन रहेको स्थानमा आन्तरिक र आन्तरिक टर्मिनल भएको स्थानमा अन्तर्राष्ट्रिय उडानका जहाज पार्किङ क्षेत्र हुनेछ,” आयोजना प्रमुख पौडेलले भने । सबै काम दोस्रो चरणमा पूरा हुने पौडेलको भनाइ छ । गुरुयोजनामा धावनमार्ग ३३ सय मिटरको हुने, ट्याक्सी वे, रनवे सेफ्टी एरिया, आपतलीन जहाज पार्किङ, टर्मिनल भवन, जहाजको ह्यांगरसहितका पूर्वाधार थप हुनेछ । विमानस्थल स्तरोन्नतिका लागि यो गुरुयोजना तयार पारेको भए पनि सन् २०२३ पछि यो योजनालाई निरन्तरता दिन नसकिने नागारिक उड्डयन प्राधिकरणले बताउँदै आएको छ । त्रिभुवन विमानस्थलको क्षमता बढाउन सम्भव नभएकाले यसको अल्पकालीन विकल्प भैरहवा विमानस्थल तथा पूर्ण क्षमताको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नै भएको प्राधिकरणको ठम्याइ छ ।
बाराको निजगढमा निर्माण गरिने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ३ हजार ६०० मिटर लामो र ४५ मिटर फराकिलो तथा दोहोरो धावन मार्ग हुनेछ । उक्त धावनमार्गमा हाल विश्वबजारमा उत्पादन भएका सबैजसो अत्याधुनिक वाइडबडी जहाजहरू उडान/अवतरण गर्न सक्छन् ।
यो विमानस्थल निर्माण सुरु भएको ४ वर्षमा पहिलो चरणको काम सकिनेछ । जसको लागि ६५ अर्ब रुपैयाँ लागत अनुमान छ । पहिलो चरणमा वार्षिक १ करोड ५० लाख यात्रुलाई सेवा दिन सक्ने क्षमताको हुनेछ । विमानस्थलको दोस्रो चरण निर्माण सम्पन्न गर्न ५ वर्ष लाग्नेछ, जसको लागि २ खर्ब ५५ अर्ब रुपैयाँ निर्माण लागत छ । विमानस्थल दोस्रो चरणको निर्माणपछि वार्षिक ३ करोड यात्रुलाई सेवा दिन सक्ने क्षमताको हुनेछ ।
विमानस्थलको तेस्रो चरण अर्थात अन्तिम चरणको निर्माणका लागि पनि ५ वर्ष लाग्नेछ । उक्त चरणको लागत मूल्य ३ खर्ब ५० अर्ब रुपैयाँ छ । विमानस्थल तेस्रो चरणको निर्माणपश्चात् भने वार्षिक ६ करोड यात्रु धान्न सक्नेछ । विमानस्थल टर्मिनल भवनमा ६ वोर्डिङ गेट, ३४ चेक इन काउन्टर, ६ सुरक्षा जाँच, ३५ अध्यागमन, ८ भन्सार जाँच काउन्टर छन् । त्यस्तैगरी यात्रु सजिलोका लागि टर्मिनल भवनको माथिल्लो तलामा प्रस्थान र तल्लोतलामा आगमनका लागि बन्नेछ ।

निजगढ विमानस्थल त्रिभुवन विमानस्थल
निजगढको पहिलो चरणमै डेढ करोड यात्रु पूर्ण क्षमतामा ९२ लाख यात्रु
पहिलो चरण ४ वर्षमै सम्पन्न दोस्रो चरण पुरा हुनै ८ वर्ष लाग्ने
पहिलो चरण ६५ अर्ब रुपैयाँ लागत दोस्रो चरणसम्म ६० अर्ब रुपैयाँ
धावन मार्ग ३६ सय मिटर धावन मार्ग ३३ सय मिटर
दोहोरो धावन मार्ग एकल धावन मार्ग

No comments:
Post a Comment