- विदेशी टुर अपरेटर नेपाल आउने क्रम सुरु
- सेप्टेम्बरका बुकिङ रद्द भएका छैनन् : व्यवसायी
- व्यवसायी आक्रामक मार्केटिङमा
- भारतीय र चिनियाँ अपरेटरको विशेष चासो
केदार दाहाल
काठमाडौं, २५ असार – भूकम्पपछि मन्दीको अवस्थामा रहेको पर्यटन क्षेत्रमा सुधारका संकेत देखिएका छन् । पछिल्लो अवस्थाबारे बुझ्न विश्वभरका टुर अपरेटर नेपाल भ्रमण आउने क्रम सुरु भएको छ । व्यवसायीले पनि सबैभन्दा बढी पर्यटक आउने सिजन सेप्टेम्बरपछिको बुकिङ रद्द नभएको बताएका छन् ।
वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछि लगातार आएका परकम्पपछि नेपाल आउने तयारीमा रहेका २ लाख पर्यटकले बुकिङ रद्द गरेको भनिए पनि सेप्टेम्बरपछिका बुकिङ कुनै रद्द नभएको सांग्रिला होटलका महाप्रबन्धक राजुविक्रम शाहले बताए । “सेप्टेम्बरअघिका बुकिङ मात्रै रद्द भएका हुन्, आगामी सिजनमा केही फरक परेको छैन ।” टुर अपरेटरले अवोलकनपश्चात् मात्र यसबारे निर्णय गर्ने हुँदा अबको सिजनमा पर्यटक आउने आशा उनले व्यक्त गरे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०१५ मा पर्यटक आगमन ४० प्रतिशतले घट्ने प्रक्षेपण गरिसकेको छ । “बाँकी ६० प्रतिशत आगामी सिजनमा ल्याउँछौं, टुर अपरेटरले हामीलाई आश्वस्त पारेका छन्,” प्यासिफिक एसिया ट्राभल एसोसिएन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले भने ।
गत सातामात्र भारतबाट टुर अपरेटर र पत्रकारका टोलीले नेपाल भ्रमण गरेका थिए । पर्यटन बोर्डका प्रशासकीय अधिकृत रमेश अधिकारीका अनुसार केही टुर अपरेटर अझै नेपालमै छन् भने केही आउने क्रममा छन् । “हाम्रो काम भनेको टुर अपरेटरलाई नेपाल सुरक्षित छ भनेर विश्वस्त पार्नु हो,” उनले भने ।
नेपाल भ्रमणमा आफ्ना कुनै पनि नागरिकलाई नजान निर्देशन दिएर बसेको चीनबाट पनि बुधबारमात्रै दर्जन टुर अपरेटरका प्रतिनिधि आइपुगेका छन् । चिनियाँ टोलीले पर्यटन बोर्ड, पर्यटन व्यवसायीसँग छलफल गर्ने र केही क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ ।
भूकम्पपछि ट्राभल एड्भाइजरी जारी गरेका युरोपेली र अमेरिकी मुलुकका टुर अपरेटरले नेपाल भ्रमण तय गरिसकेका छन् । गत सातामात्रै न्युजील्यान्डको टोली नेपाल आएर गइसकेको छ । बेलायत, अमेरिकाबाट दर्जनौं टुर अपरेटर आउने तयारीमा रहेको पाटा अध्यक्ष पाण्डेले बताए । “नेपालको पर्यटनमा धेरै लामो गतिरोध रहँदैन, हामी अर्को सिजनमै राम्रो व्यापार गर्ने अवस्थामा पुग्नेछौं,” उनले भने । अहिले पनि ४० प्रतिशत पर्यटक आइरहेको उल्लेख गर्दै पाण्डेले आगामी सिजनमा ६० प्रतिशत ‘रिकभर’ हुने अपेक्षा गरे ।
भूकम्पपछि राहत र उद्धारमा आउने टोलीले सबै होटल भरिभराउ भएका थिए । उनीहरू फर्किसकेपछि भने (जुन र जुलाईमा) प्रायः सबै होटल शून्य अवस्थामा छन । तारे होटलले समेत कर्मचारीलाई बिदामा पठाएका छन् ।

आक्रामक मार्केटिङ
भूकम्पपछि सबैजसो पर्यटन व्यवसायीले मार्केटिङलाई तीब्र पारेका छन् । उनीहरूले क्षेत्रीय पर्यटनलाई केन्द्रित गरेका छन् । भारत र चीनलाई केन्द्रबिन्दुमा राखेर मार्केटिङ भइरहेको सांग्रिला होटलका शाहले बताए ।
पाटा अन्तर्राष्ट्रियले पनि नेपाली पर्यटन पुनर्निर्माणका लागि तत्कालीन र दीर्घकालीन मार्केटिङमा जोड दिन सुझावसहितको प्रतिवेदन बुझाएको छ । केही दिनअघिमात्रै सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको संयोजकत्वमा राष्ट्रिय पर्यटन प्रर्वद्धन समिति गठनसमेत गरिसकेको छ ।
भूकम्पका कारण पर्यटन क्षेत्रको भौतिक क्षतिमात्रै १८ अर्ब ८६ करोड रुपैयाँ भएको मन्त्रालयले जनाएको छ । यो क्षेत्र पुनर्निर्माणका लागि ४१ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । भूकम्पका कारण ७४१ सम्पदा, १५ सय गुम्बा र ३५० किलोमिटर पदमार्गमा क्षति पुगेको छ । पर्यटकस्तरका होटलमा १५ प्रतिशत क्षति भएको छ । विशेषगरी लाङटाङ, खुम्बु तथा मनास्लु क्षेत्रका पदमार्गले बढी क्षति भोगेका छन् ।

No comments:
Post a Comment