केदार दाहाल
काठमाडौं, ११ कात्तिक– चार वर्षदेखि कार्यकारी प्रमुख (सीईओ) विहीन रहेको
नेपाल पर्यटन बोर्डले यो महिनाभित्रै नायाँ सीईओे पाउने भएको छ । सीईओे
नियुक्ति प्रक्रियामा पुनरावेदन अदालत पाटनले बाटो खोलिदिएको २ महिनापछि
बोर्ड सञ्चालक समितिले काम थालेको हो ।
अदालतले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत अविलम्ब नियुक्ति गर्नु
भनी विपक्षीका नाममा परमादेश जारी गरेपछि कानुनी बाटो खुलेको थियो । “हामी
अब सबै हिसाबले सीईओे नियुक्त गर्ने अन्तिम प्रक्रियामा पुगेका छौं, २०
दिनभित्रले बोर्डले नेतृत्व पाउनेछ,” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
मन्त्रालयका सचिव दिनेश थपलियाले भने । बोर्ड सञ्चालक समितिका अध्यक्षसमेत
रहेका थपलियले अब सीईओे नियुक्तिमा कहीँ–कतैबाट पनि अवरोध नरहेको बताए ।
पुनरावेदनको पछिल्लो परमादेशसँगै सीईओे नियुक्तिका लागि अदालतमा विचाराधीन मुद्दालाई आधार बनाएर पन्छिँदै आएका सरोकारवाला निकायले यसपटक भने सीईओे नियुक्त प्रक्रियालाई टुंगोमा पु¥याउन लागि परेका छन् । बोर्ड ०६८ मंसिरयता नेतृत्वविहीन अवस्थामा छ ।
पुनरावेदनको पछिल्लो परमादेशसँगै सीईओे नियुक्तिका लागि अदालतमा विचाराधीन मुद्दालाई आधार बनाएर पन्छिँदै आएका सरोकारवाला निकायले यसपटक भने सीईओे नियुक्त प्रक्रियालाई टुंगोमा पु¥याउन लागि परेका छन् । बोर्ड ०६८ मंसिरयता नेतृत्वविहीन अवस्थामा छ ।
बोर्डले सीईओे छनोटका लागि ०६८ देखि नै प्रक्रिया सुरु गरेको थियो ।
सोही क्रममा प्रारम्भिक छनोट प्रक्रिया पार गरेका १२ जना उम्मेदवारको सूची
निकालिएको थियो । प्रक्रिया नटुंगिदै बोर्डले ०७२ जेठ २७ मा सोही पदका लागि
पुनः विज्ञापन आह्वान गरी सीईओे नियुक्ति प्रक्रिया अगाडि बढाएको थियो ।
पछिल्लो प्रक्रिया गैरकानुनी भएको र रद्द हुनुपर्ने माग गर्दै नेपाल
पर्यटन बोर्ड कार्यकारी समितिलाई विपक्षी बनाइ नारायणकृष्ण प्रधान,
विष्णुबहादुर जिसी, रघु विष्ट र ज्ञानेन्द्ररत्न तुलाधर अदालत गएका थिए ।
उनीहरू पुरानो प्रक्रियाको प्रारम्भिक छनोटबाट उत्तीर्ण उम्मेदवार हुन् ।
नेपाल पर्यटन बोर्ड ऐन, ०५३ र नेपाल पर्यटन बोर्ड नियमावली, ०५४ मा
पहिले आह्वान गरिएको विज्ञापन कानुनबमोजिम रद्द वा बदर नभएको अवस्थामा सोही
पदका लागि पुनः विज्ञापन गर्न पाउने व्यवस्था नभएकाले पुनः विज्ञापन
प्रक्रियालाई गैरकानुनी ठहर गर्दै पुनरावेदनले बदर गरिदिएको थियो ।
“पुनरावेदनको पछिल्लो आदेशपछि छनोट प्रक्रियाको प्रारम्भिक चरण पार
भइसकेका १२ जना उम्मेदवारभित्रबाटै सीईओे नियुक्ति हुनेछ,” सचिव थपलियाले
भने । अदालतको आदेशलाई सम्मान गर्दै पुरानै प्रक्रियाबाट अगाडि बढ्नुको
विकल्प नरहेको सीईओेका एक उम्मेदवार विष्णुबहादुर जिसीले बताए ।
लामो समयदेखि बोर्डमा सीईओे नियुक्ति हुन नसक्दा पर्यटन क्षेत्र
अस्तव्यस्त बनेको बोर्डका अर्का उम्मेदवार भूमिलाल लामाले बताए ।
“मुद्दामामिलालाई आधार मानेर सीईओे नियुक्तिमा आलटाल गर्ने काम भयो,” उनले
भने, “अब प्रक्रियामार्फत सीईओे नियुक्ति हुने भएको छ ।”
पर्यटन बोर्डका सदस्य तथा सीईओे छनोट उपसमिति सदस्य घनेन्द्रबहादुर
श्रेष्ठले नियुक्ति कामकारबाही अगाडि बढेको बताए । उपसमितिमा श्रेष्ठसहित
पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय र राजेन्द्र सापकोटा सदस्य
छन् । श्रेष्ठ र सापकोटा बोर्डमा निजी क्षेत्रबाट प्रतिनिधित्व गरिरहेका
सदस्य हुन् । सीईओे नियुिक्तका लागि यसपटक भने लोकसेवा आयोगका १
प्रतिनिधिसमेत रहने छन् ।
No comments:
Post a Comment