आर्थिक क्षेत्रका विशेष गतिविधी

Wednesday, June 1, 2011

‘क्रान्तिकारी’ उद्योगपति दुगड रहेनन्

काठमाडौं, १५ जेठ

राजस्थानको किसान परिवारका चाँदमल दुगडले बिहारमा व्यापार गर्दागर्दै नेपालको गोग्राह बजारलाई विराटनगरको रूपमा स्थापित गर्ने कार्यमा ठूलो सहयोग गरे । तिनै चाँदमलका नाति तथा लुनकरण दुगडका छोरा क्रान्तिकारी समाजसेवी तथा वरिष्ठ उद्योगपति तोलाराम दुगडको ८१ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

चाँदमलले सुरु गरेको तेजारथकोठीलाई उनका छोरा लुनकरण दुगडले विस्तारै अघि बढाइरहँदा तोलारामले १२ वर्षकै उमेरदेखि हात हालेका थिए । आफ्नो जिन्दगीको झन्डै ७० वर्ष व्यापार–व्यवसायमा बिताएका दुगडको मृत्युले नेपाली अर्थतन्त्रको एक आधारस्तम्भ मारवाडी समुदायले अभिभावक गुमाएको छ भने सिंगो व्यापारिक समुदायले एक कर्मजीवी व्यापारिक नेतृत्व ।

मारवाडीहरूको सर्वोच्च संस्था नेपाल राष्ट्रिय मारवाडी परिषद्का अध्यक्षको जिम्मेवारी सम्हालिरहेका दुगडले ८१ वर्षको उमेरमा पनि अन्य व्यापारिक जिम्मेवारी नियमित रूपमा सम्हालिरहेका थिए । उनी हरेक दिन कार्यालय जान्थे । टीएम दुगड ग्रुपका संस्थापक र अध्यक्ष रहेका उनी सनराइज बैंक लिमिटेडका अध्यक्ष र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक थिए ।

आइतबार बिहान नक्साल निवासमा उनको मृत्यु भएको केही मिनेटमै राजधानीमा रहेका ठूला व्यवसायीहरूको भीड बढिसकेको थियो । कांग्रेस नेताहरू पनि त्यो भीडमा मिसिएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिमा २५ वर्षसम्म काम गरेका दुगड गिरिजाप्रसाद कोइराला कांग्रेस मोरङका सभापति भएका बेला कोषाध्यक्ष थिए । उनी कोइराला परिवारको नजिकका व्यवसायीमा मध्ये एक थिए ।

मोरङ व्यापार संघको अध्यक्षका रूपमा निजी क्षेत्रको नेतृत्व सुरु गरेका दुगडले नेपाल अटोमोबाइल डिलर एसोसिएसन, नेपाल चामल, तेल, दाल उत्पादक संघ स्थापना गरी संस्थापक अध्यक्ष बनेका थिए ।

भगवान महावीर जैन निकेतन, जैन श्वेताम्बर तेरापन्थ महासभा, श्री नेपाल जैन परिषद्, नेपाल अणुव्रत समितिलगायतका दर्जनौं सामाजिक तथा धार्मिक संस्थाको अध्यक्षता गरिसकेका दुगड कोइराला प्रधानमन्त्री भएका बेला वीर अस्पताल विकास समितिको अध्यक्षमा पनि नियुक्त भएका थिए ।

मारवाडी समाजका महिलाले घुम्टो हाल्नुपर्दैन भनेर आधा शताब्दीअघि नै सामाजिक सुधारका पक्षमा देखिएका उनले इटहरी र दुहबी बजारको स्थापना पनि गरेका थिए । नेपालमै पहिलो पटक नरिवलको बगैंचा बनाएका दुगडले आफ्नो समूहको कारोबार पनि निकै अघि बढाएका थिए ।

सामान्य धान–चामलको व्यापारबाट सुरु गरेको तोलाराम दुगड समूहअन्तर्गत अहिले झन्डै २० वटा कम्पनी छन् । तीमध्ये १४ वटा खाद्यान्न उत्पादनसम्बन्धी कम्पनी हुन् ।

विश्वका विभिन्न १० कम्पनीका सवारी साधन र पार्टपुर्जा ल्याएर उनको कम्पनीले बिक्री गर्दै आएको छ । तिनमा निसान कार, महिन्द्र एन्ड महिन्द्रा कार, रोयल इनफिल्ड मोटरसाइकल, ट्र्याक्टरलगायत पर्छन् । चकलेटदेखि चुइँगम, जेली र हिरो पेनसम्म यो कम्पनीले बिक्री गर्छ ।

उनका एक छोरा मालचन्द दुगड र तीन छोरी छन् । उनकी श्रीमती भवरीदेवीको पहिल्यै निधन भइसकेको थियो । स्वर्गीय दुगडको सोमबार जैन परम्पराअनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

रोयल्टी घटाउन नसकिने मन्त्रालयको निर्ण्र्ाा सबै पदमार्ग बन्द गर्र्छौ-व्यवसायी



केदार दाहाल
काठमाडौं, १७ जेठ र्
पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले नेपाल घुम्न आउने पर्यटक संग लिने गरेको बिभिन्न शिर्षका रोयल्टी नघटाउने निष्कर्षा पुगेको छ । यस अघि व्यवसायी संगै रोयल्टी घटाउन पटक पटक सुझाव गृहमन्त्रालय लाई पठाउने गरेको पर्यटन मन्त्रालयले अव रोयल्टी घटाउन नभएर व्यवस्थित बनाउन लाग्नु पर्ने निर्ण्र्ााा पुगेको जानकारी दिएको छ । पर्यटन मन्त्रालयको उक्त निर्ण्र्ाासंगै गृहमन्त्रालय अर्न्तरगत रहेको अध्ययागमन तथा सिमा सुरक्षा शाखाले घुम्ने मुख्य ट्रेकिङरुटहरुमा पर्यटकको जानकारी तथा सुरक्षाको लागि भन्दै रोयल्टी घटाउन सहमत हुन नसकिने बताउँदै आएको बेला थप वल पुगेको छ ।
यता नेपाल सरकारले पदयात्रामा लगाउने गरेको महंगो शुल्कका कारण नेपालमा लक्ष्य बमोजिम पदयात्रामा पर्यटक भित्र्याउन नसकेको भन्दै ट्रेकिङ क्षेत्रमा कार्यरत व्यवसायीहरुले उक्त शुल्क तत्काल नघटाए सम्पर्ूण्ा पदमार्ग बन्द गर्ने चेतावनी दिइरहेको बेला पर्यटन मन्त्रालयले भने रोयल्टी घटाउन पहल नगर्ने बताएको हो ।
नेपालको पदमार्ग, पर्वतारोहण तथा संरक्षण क्षेत्रमा लाग्ने गरेको रोयल्टीले पर्यटक आगवनदरमा कुनै असर नगरेको बरु त्यसलाई व्यवस्थित बनाउने मनस्थितिमा मन्त्रालय पुगेको पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका सह-सचिव तथा प्रवत्ता लक्ष्मण भट्टर्राईले बताए । "रोयल्टीकै कारणले पर्यटक नआउने भन्ने होइन रहेछ, हाम्रो अध्ययानले त्यही देखायो," भट्टर्राईले भने । "अव पदमार्ग लगायत अन्य पर्यटन गतिविधि हुने स्थानको अध्ययान गरी व्यवस्थित बनाउन लाग्ने छौ रोयल्टी घटाउन होइन," उनले भने ।
सरकारले नयाँ पदमार्ग पनि नदिने र भएकाहरुलाई बन्देज लगाउने नियतले नेपालको पर्यटन अगाडी नबढ्ने भन्दै ट्रेकिङ एजेन्टस् एशोसिएशन अफ नेपाल -टान) का महासचिव राजेन्द्र बजगाँइ रोयल्टी घट्ने मात्र होईन खारेज हुन पर्छ भन्छन । दार्चुला, हुम्लामा पर्यटक लैजान सरकार पर््रबद्धनका कार्यक्रम गर्ने भन्ने तर त्यस क्षेत्रमा जान नसक्ने गरी गृह मन्त्रालय मार्फ भारी दस्तुर असुली गर्दा पर्यटक गतिविधी बर्षोै सम्म हुन नसक्ने बजगाईको तर्क छ । आफ्नो कार्यकालमा मात्र तिन पटक गृह मन्त्रालयमा सुझाव पठाएको, तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेर कुरा उठाएको तर समस्या जहाँको त्यही रहेको बजगाँइको गुनासो छ ।
"यसरी नेपालमा पदयात्रा नफष्टाउने टानले निष्कर्षनिकालेर अव सरकार संग कडारुपमा प्रस्तुत हुने निर्ण्र्ााा पुगेका छौ," बजगाँइले भने । नेपालको पर्यटनको प्रमुख क्षेत्र पदमार्गलाई लिने गरेको भएपनि कार्यन्वयन तहमा त्यो नदेखिएकोले समस्य बढ्दै गएको बजगाँइको भनाई छ ।
नेपाल सरकारले पदयात्रा गर्दा लाग्ने दस्तुर सामुहिक र प्रतिव्यक्ति छुट्टा-छुट्टै लिने गरेको छ । माथिल्लो मुस्ताङ क्षेत्र र माथिल्लो डोल्ला क्षेत्रमा पदयात्रा गर्दा लाग्ने रकम पहिलो १० दिनमा प्रतिव्याक्ती ५ सय डलर वा सो वरावर १० दिन पछी प्रतिव्याक्ती ५० डलर थपिदै जानेछ ।
मनास्लु क्षेत्रमा सेप्टेम्वर देखि नोभेम्वर सम्म ७० डलर र ७ दिन पछी १० डलर ले थपिदै जाने छ त्यो रकम डिसेम्वर देखि अगष्ट सम्म ५० डलर र १० दिन पछी ७ डलर ले थपिदै जाने प्रावधान छ । हुम्ला सिमिकोट पद यात्रा गर्दा पहिलो एक हप्तामा दिन प्रतिव्याक्ती ५० डलर लाग्ने र पछी ७ डलरका दरले थपिदै जाने छ ।
उक्त क्षेत्रमा पर्यटक घुम्न जानको लागि लामो समय लाग्ने र एउटै पर्यटकले १० जना सम्म भरिया मात्र लैजाने गरेकोले पर्यटकलाई भारी रकम पर्ने भएको त्यस तर्फजाने पर्यटक नगन्य मात्रमा रहेको टानले बताएको छ । त्यस तर्फसामान्य पर्यटकहरुले पनि सहजै घुम्न सक्नेगरी मात्र रोयल्टी राख्नु पर्ने भन्दै व्यवसायीले बिगत केही बर्षअगाडी देखिनै माग गर्दे आएका छन । नेपाल घुम्न आउने पर्यटक मध्ये पदयात्रमा ३५ प्रतिशत जाने गरेको विभिन्न तथ्याङकले देखाएको छ ।

गृहले दस्तुर नघटाएपछि व्यवसायीले मनास्लु पदमार्ग बन्द गर्ने

र्षौंसम्म कुरा नसुनेपछि बन्द गर्न बाध्य भयांै : टान

केदार दाहाल

काठमाडौं, १६ जेठ

मनास्लु संरक्षण क्षेत्रमा लगाइँदै आएको दस्तुर घटाउन गृहमन्त्रालयले आनाकानी गरेपछि पदयात्रा व्यवसायीहरूले मनास्लु पदमार्गमा पर्यटक लैजान बन्द गर्ने भएका छन् । यी व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले गृहलाई दबाब दिन पर्यटक पठाउनै बन्द गर्ने घोषणा गरेको छ ।

नेपालको अति महत्वपूर्ण पदमार्गमध्येको एक मनास्लु बन्द हुँदा नेपालमा पर्यटक आगमनमा समेत प्रभाव पर्ने व्यवसायीहरूको भनाइ छ । पर्यटकको आकर्षण बढ्दै गए पनि चर्को दस्तुरका कारण पर्यटक लैजान नसकिएको भन्दै व्यवसायीहरूले लामो समयदेखि दस्तुर कटौती गर्न सरकारसँग माग गरेका थिए । नेपाल पर्यटन वर्ष २०११ मनाइरहेका बेला सरकारले उक्त क्षेत्रको दस्तुर कटौती गर्ने आश्वासनमात्र दिएको तर नघटाएको उनीहरूको भनाइ छ ।

“सरकारसँग धेरै वर्षदेखि कुरा ग¥यौं तर गृहले दस्तुर घटाउन कहिल्यै चासो दिएन,” टानका महासचिव राजेन्द्र बजगाईंले भने, “सरकारी उपेक्षाकै कारण मनास्लु क्षेत्रको पदमार्ग नै बन्द गर्ने अवस्थामा पुग्यौं ।”

उनका अनुसार अब मनास्लु क्षेत्रको पदमार्ग केही दिनमै औपचारिक निर्णय गरेर अनिश्चतकालका लागि बन्द गरिने भएको छ । सरकारले पर्यटक भिœयाउने प्याकेज कार्यक्रम ल्याउनुको सट्टा चर्को दस्तुर लिएर धपाउन खोजेको आरोप उनले लगाए । “हामी सम्पूर्ण ट्रेकिङ व्यवसायीलाई उक्त क्षेत्रमा जाने पर्यटक बुकिङ नगर्न भन्छौं,” उनले भने, “टान नै अग्रसर भएपछि कुनै व्यवसायीले अब मनास्लु बुकिङ गर्नेछैनन् ।”

मनास्लु क्षेत्रमा ट्रेकिङ जाने पर्यटकले अन्य क्षेत्रमा भन्दा तेब्बरको हाराहारीमा दस्तुर तिर्नुपरेको भन्दै घटाएर सहज बनाउन टानले धेरै अघिदेखि माग गर्दै आएको थियो । पर्यटन वर्ष २०११ को सुरुवातदेखि नै दस्तुर विवाद समाधान गर्ने भनिए पनि पाँच महिना बितिसक्दा समेत समाधानको कुनै पहल नभएको महासचिव बजगाईंको भनाइ छ । मनास्लु क्षेत्रको दस्तुर विवाद चर्किंदै गएपछि पर्यटन मन्त्रालयले समाधानका लागि पहल गर्ने बताए पनि हालसम्म कुनै प्रक्रिया अगाडि बढाएको छैन ।

पर्यटन क्षेत्रको सरोकारवाला निकाय पर्यटन मन्त्रालय भए पनि त्यसको साँचो गृहले लिएकाले पर्यटन क्षेत्रमा धेरै समस्या देखिँदै आएको टानको ठहर छ । पर्यटनले गृहलाई समाधानका लागि सुझाव पठाए पनि गृहले सुरक्षाको कारण देखाउँदै आलटाल गरेको गुनासो व्यवसायीको छ ।

मनास्लु क्षेत्रमा पर्यटकलाई घुमाउन लैजाँदा अन्नपूर्ण संरक्षण क्षेत्रको बाटो भएर जानुपर्ने भएकाले अन्नपूर्ण र मनास्लु क्षेत्र दुवै स्थानमा दस्तुर तिर्नुपर्ने अवस्था छ । हाल व्यवसायीले दुवै क्षेत्रमा २–२ हजार रुपैयाँ दस्तुर बुझाउँदै आएका छन् । त्यसका अतिरिक्त गृहअन्तर्गत रहेको अध्यागमन विभागमा प्रतिव्यक्ति प्रतिहप्ताको ९० अमेरिकी डलर तिर्नुपर्ने प्रावधान छ ।

व्यवसायीका अनुसार ट्रेकर्स इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम (टिम्स) बापत थप १० अमेरिकी डलर पर्यटकले तिर्नुपर्छ । पर्यटकलाई दुई हप्ताको समय चाहिने भएकाले उनीहरूले दस्तुरमात्र ३ सय डलर तिर्नुपर्ने बाध्यता छ । त्यत्ति नै समयका लागि अन्य क्षेत्रमा जाँदा १ सय डलर पनि दस्तुर लाग्दैन ।

मनास्लुलाई संवेदनशील क्षेत्रको रूपमा राख्दै गृहले कडाइ गरेका कारण दस्तुर घटाउन अटेर गर्दै आएको छ ।

Monday, May 30, 2011

‘नौ दिन बन्द हुँदा २० करोड नोक्सान’


केदार दाहाल

काठमाडौं, १२ जेठ

माओवादी निकट मजदुुर आन्दोलनका कारण बन्द भएको स्याकार कम्पनी नवौं दिनसम्म पनि खुल्न सकेको छैन । गत जेठ ४ गते बाट बन्द भएको कम्पनीले योबीचमा नवौ दिन सम्म आइपुग्दा कम्पनीले कम्तीमा २० करोड रुपैयाँ भन्दा बढी घाटा भएको सहनु परेको जनाएको जानकारी दिएको छ ।

होन्डा र हिरोहोन्डाको अधिकृत बिक्रविक्रेता ज्योती समुह अन्तर्गत रहेको स्याकार कम्पनीमा कार्यरत त मजदुर युनियनले बिभिन्न विभिन्न माग राख्दै काठमाडौ उपत्यकामा रहेका सम्पूर्ण सोरुम तथा सर्भिस सेन्टरहरु गत हप्ताको बुधवारदेखि बन्द गराउँदै आएका छन् ।

एकिकृत नेकपा माओवादी अन्तर्गत रहेको अखिल नेपाल ट्रेड युनियन महासंघको भ्रातृ संगठन गठन अखिल नेपाल अटोमेकानिक्स मजदुर संघको स्याकार इकाइएकाईले स्याकारकम्पनी बन्द गराएको हो ।

कम्पनी व्यवस्थापनसँग ११ जना मजदुरको नियुक्तिीसहित २३ बँदे माग पत्र पेश स गरेर मजदुरले आन्दोलन थालेका हुन् । उनीहरूले कम्पनीको सम्पूर्ण कामकाज ठप्प हुने गरी आन्दोलन गर्दे आएका छन् । मजदुरहरुले स्याकार कम्पनीमा ११ जना मजदुरलाई हरुको नियुक्तिी पत्रको व्यवस्था गर्न मंगलवार एक दिनअघिमात्र कम्पनी व्यवस्थापनसमक्ष मात्रै माग राखेका थिए । का थिए ।

“हामीले २३ बुँदे मागपत्र धेरैसेरै मय अघिगाडी राखेको भए पनि व्यवस्थापन पक्षले नसुनेको कारण बन्द गरेका हौं,” अखिल नेपाल अटोमेकानिक्स मजदुर संघको स्याकार इएकाईका उपाध्यक्ष कञ्चन सिलवालले भने, “२३ बुँदेसँगै हाल ११ जनाको नियुक्तिीको माग राखेको उक्त माग पुूरा नहुन्जेल कम्पनी खोल्न दिदैनन्नौं, अनिश्चितकालीन बन्द जारी रहन्छ ।”गर्छौ ।”

व्यवस्थापनले भने मजदुरले कम्पनीको नियमको नियम र प्रक्रियालाई मजदुरहरुले नमान्दा यो समस्या आएको व्यवस्थापनको भनाई छ । बताएको छ ।

“कम्पनीको नियमलाई नमानी अबअवैधानिक तरिकालेतवरले माग पुूरा गर्न दवाव दबाब दिएका छन्,” स्याकार कम्पनीका प्रवन्ध बन्ध निर्देशक सौरभ ज्योतिीले भने । , “कम्पनीको नियम अनुसार ६ महिना पुूरा गरेका प्रशिक्षार्थिी कामदारलाईको जाँच हुने जाँचमा पास भएमात्र का हरुलाईस्थायी नियुक्तिी दिने व्यवस्था छ, भएपनि मजदुरले जाँच नै नलिकन नलिई नियुक्ती गर्नु पर्छ भन्ने अडान राखेकाले सहमति हुन नसकेको हो ।”पछी सहमती नभएको ज्योतीले जानकारी दिए ।

आन्दोलन थल्दा नियुक्तिीको मात्र कुरा उठाएको भए पनि मजदुरले माग थप्दै लगेपछिी समस्या जटिल भएको ज्योतिीको भनाई छ । हाल कम्पनीमा १ सय ३५ जना मेकानिक्स, मजदुर कार्यरत रहेका छन् । ज्योति समूहअन्तर्गत स्याकार स् कम्पनीको स्थापना भएको ४३ बषवर्ष भईसकेको र यसले सरकारी नियम, कानुनअनुसार मुल्य र मान्यतामा मजदुरहरुलाई पनि सेवा–सुविधा दिएको दाबी उनले गरे । ज्योतिका अनुसार उल्लेख गर्दे यसले समस्यलाई जटिल बनाएको ज्योती बताउँछन । मजदुरहरुहरूले पहिले ९ जनाको नियुक्तिी भने पनि अहिले ११ जनाको नियुक्तीको कुरा अठाएका उठाएका छन् ।

नेपालको मोटरसाइकल बजारमा सबै भन्दा ठुलो हिस्सा ओगटेको स्याकार कम्पनीका मोटरसाइकल तथा गाडीको गरी स्याकारका देश भर झन्डै १ सय को हाराहारीमा सोरुम तथा सर्भिस सेन्टरहरु रहेका छन् । काठमाडौं उपत्यकामा मात्रै झन्डै कम्पनीका ५० वटाको हाराहारीमा सर्भिस सेन्टर तथा सोरुमहरु रहेका छन् । आन्दोलनपछि उपत्यकाका सबै सोरुम र सर्भिस सेन्टर बन्द छन् । गत जेठ ४ गते बाट माओवादी निकट मजदुर संगठनले माग राख्दै आन्दोलन थालेपछी काठमाडौं उपत्यकामा रहेका सबै सोरुम तथा सर्भिस सेन्टरहरु बन्द गराएको ज्योतिले जानकारी दिए । जेठ ४ गते बिहानै देखि सर्भिस सेन्टर तथा सोरुममा सेवा लिन गएका हिरोहोन्डा तथा होन्डाका हजारौ सेवाग्रही यतीबेला मर्कामा परेको कम्पनीले बताएको छ ।

कम्पनीलाई एक दिन मात्र बन्द हुँदाँ कम्पनीलाई कम्तीमा २ करोड रुपैयाँ घाटा लाग्ने जानकारी छ । भने झन्डै २ हजार ५ सय भन्दा बढी ग्रहाकले सेवाबाट बन्चित हुनु परेको ज्योतिले जानकारी दिए । खासगरी कम्पनीले हरेक कर्मचारीको ट्रेनिङ अवधी ६ महिना राख्ने गरेको र ६ महिना पुरा भएपछी कम्पनीको नियम अनुसार प्रक्रिया पु¥याएर नियुक्तीपत्रको दिने गरेको र उनीहरुको हकमा पनि सोही प्रक्रियामा कम्पनी रहेको व्यवस्थापनको भनाई छ ।

हिमाल संरक्षणमा पहल गर्न आग्रह


सगरमाथा दिवस मनाइयो
काठमाडौं, १५ जेठ
नेपाली पर्यटन क्षेत्रको प्रमुख आधार नै पर्वतारोहण भएकाले यसको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका लागि सबै क्षेत्रको विशेष चासो रहनुपर्ने पर्वतारोहणसँग आबद्ध व्यवसायी तथा सरोकारवालाहरूले बताएका छन् । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चौथो सगरमाथा दिवसका अवसरमा आइतबार आयोजना गरेको कार्यक्रमका सहभागीहरूले नेपालको मौलिक पहिचान नै पर्वतारोहण भएकोले त्यसलाई बचाइराख्नुपर्ने बताएका हुन् ।
सन् १९९३ मे २९ का दिन सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले विश्वकै अग्लो सगरमाथा आरोहण गरेको दिनलाई स्मरण गर्दै मन्त्रालयले चार वर्षअघिदेखि दिवसका रूपमा मनाउँदै आएको छ ।
दिवसकै अवसर पारेर संस्मरण हुलाक टिकटसमेत सार्वजनिक गरिएको छ । सगरमाथाको तस्बिरअंकित लोगोसहितको टिकट पर्यटनमन्त्री खड्गबहादुर विश्वकर्माले सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा मन्त्रालयले सगरमाथा पुरस्कार र तेन्जिङ हिलारी पुरस्कारसमेत प्रदान गरेको छ । विश्वका १४ वटा ८ हजारभन्दा अग्ला हिमालको आरोहण गरेबापत मिङ्मा शेर्पालाई १ लाख रुपैयाँ धनराशिको सगरमाथा पुरस्कारद्वारा सम्मान गरिएको छ । त्यस्तै, सन् २००३ देखि पर्वतारोहणको समयमा बेसक्याममा रहेर आरोहीलगायतको स्वास्थ्य उपचारमा सहयोग गरेबापत न्युजिल्यान्डका नागरिक डा. लुवान फेयरलाई ५० हजार रुपैयाँ धनराशिको पुरस्कार प्रदान गरिएको छ ।
उता, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)ले प्रत्येक दुई वर्षमा सगरमाथा दिवसकै अवसर पारेर प्रदान गर्दै आएको तीन विधाका पुस्कार आइतबार वितरण गरेको छ । २५ हजार रुपैयाँ धनराशि पुरस्कार रहेको टान एभरेस्ट अवार्डबाट पत्रकारद्वय सुशील भट्टराई र शीला पाण्डेलाई सम्मानित गरिएको छ । त्यसैगरी टानले पासाङ ल्हामु शैक्षिक अवार्डबाट छाया शर्मा तथा डा. हर्क गुरुङ अवार्डबाट ‘गन्तव्य नेपाल’ मासिक पत्रिकालाई सम्मान गरेको छ ।
कार्यक्रममा मन्त्री विश्वकर्माले पर्यटन क्षेत्रमा महत्वपूर्ण मानिएको पर्वतारोहणलाई व्यवस्थित बनाउने प्रतिबद्धता जनाए । मन्त्रालयका सचिव डा. गणेशराज जोशीले पर्वतारोहणको संरक्षणलाई ध्यान दिँदै आगामी वर्षमा सरकारले पर्वतारोहण सुधारका कार्यक्रम ल्याउने जानकारी दिए ।
नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले हिमाल र त्यसमध्ये पनि सगरमाथाले नेपाललाई संसारमा चिनाएको उल्लेख गर्दै यसको संरक्षणमा नेपालको मात्रै नभई विश्व समुदायको ध्यान जानुपर्ने उल्लेख गरे ।
कार्यक्रममा पर्वतारोहण प्रशिक्षार्थीलाई प्रमाणपत्र तथा वसन्त ऋतृमा आरोहण गर्ने स्वदेशी एवं विदेशी आरोहीलाई पनि सम्मान गरिएको थियो ।
पर्यटन वर्ष २०११ को वसन्त ऋतुमा ९२ आरोहणदलले पर्वतारोहण गरेकोमा २६ वटा दल सगरमाथा चढेका थिए । पर्वतारोहणबाट नेपाल सरकारले प्रत्येक वर्ष २५ करोडभन्दा बढी रोयल्टी प्राप्त गर्दै आएको छ । नेपाल सरकारले ३ सय २६ वटा हिमाललाई मात्र पर्वतारोहणका लागि खुला गरेको छ ।
बिश्वभर ८ हजार मिटरभन्दा अग्ला हिमाल १४ वटामात्रै छन् । तीमध्ये ८ वटा अग्ला हिमाल नेपालमै पर्ने हुँदा आरोहीहरू नेपालप्रति बढी नै आकर्षित छन् । नेपालमा अमेरिका, युरोप तथा मध्यएसियाका नागरिक पर्वतारोहणका लागि आउने गरेका छन् ।
शालिक अनावरण
नेपाल पर्वतारोहण संघद्वारा निर्मित सर एड्मन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको शालिक आइतबार अनावरण गरिएको छ । संघले निर्माण गरेको ‘मेमोरेबल पार्क’मा निर्मित शालिकको अनावरण पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका सचिव गणेशराज जोशीले गरेका थिए ।
सन् १९९३ मे २९ का दिन सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका दुई आरोहीलाई विश्वभरका नागरिकले सम्झिरहून् भन्ने उद्देश्यले शालिक निर्माण गरिएको संघका अध्यक्ष जिम्बा जाङ्बु शेर्पाले बतए ।

मोटरबाटो विस्तारले घान्द्र्रुक घोरेपानी पदमार्ग कुरूप बन्दै

केदार दाहाल

घान्द्रुक, ११ जेठ

“नखाऊ भने दिनभरिको शिखार खाऊ भने कान्छा बाऊको अनुहार,” जस्तै भएको छ अन्नपूर्ण संरक्षण क्षेत्रका स्थानीय बासिन्दालाई । मनमोहक दृश्यले मनलोभ्याउने घान्द्रुक, घोरेपानी पदमार्ग यतिबेला धमाधम विस्तार भइरहेको मोटरबाटो विस्तारले कुरूप बन्दै गएको छ । त्यहाँ विस्तार भएको मोटरबाटोले घुम्नजाने पदयात्रीहरूलाई त चिन्ता बढाएकै छ, सबैभन्दा बढी चिन्ता भने त्यसक्षेत्रका स्थानीयलाई पारेको छ । कुनै समय ट्रेकिङ जाने भन्ने बित्तिकै अन्नपूर्ण संरक्षण क्षेत्रमा रहेको महत्वपूर्ण पदमार्गले सम्झाउने गरेको भए पनि मोटरबाटोको विस्तारसँगै पदमार्ग नाश हुने क्रम बढ्दै गएपछि स्थानीयवासी चिन्तित बनेका हुन् ।

जसको कारण वर्षौंदेखि पदयात्रामा आउने पर्यटकबाट आफ्नो जीवन निर्वाह गर्दै आएका त्यहाँका स्थानीयलाई यतिबेला रोजीरोटीनै खोसिने चिन्ताले सताएको छ । नेपालमा विदेशी तथा स्वदेशी दुवै पर्यटकका लागि उपयुक्त र सजिलो तथा मनमोहक ट्रेकिङ रुटका रूपमा लिइएको घोरेपानी, पुनहिल, घान्द्रुक पदमार्ग मोटरबाटोको विस्तारसँगै भत्किने खतरा बढ्दै गएपछि स्थानीय चिन्तित भएका हुन् ।

पछिल्लो समयमा सरकारले कास्कीको नयाँ पुलबाट वीरेठाँटी हँुदै घान्द्रुक र घोरेपानीतर्फ मोटरबाटो विस्तार गर्ने क्रम बढाउँदै लगेपछि स्थानीयलाई चिन्ताले सताएको हो । अग्ला पहाडमा डोजरले मोटरबाटो विस्तार गर्दा अहिले पहिरोले पदमार्ग नै भत्किन पुगेको छ । घान्द्रुकतर्फ विस्तार गरिएको मोटरबाटोले आधा पदमार्ग भत्किएको छ भने घोरेपानीतर्फ पनि ३ भाग मा एक भाग पदमार्ग नष्ट भइसकेको छ ।

खासगरी यस क्षेत्रमा विस्तार भइरहेको मोटरबाटोले कोही पनि स्थानीय खुसी भएको आफूले नपाएको ५ वर्षदेखि त्यस घोरेपानी सुरक्षा पोस्ट समाल्दै आएका प्रहरी सहायक निरीक्षक डम्बर थापाको अनुभव छ । “सबैजसो चिन्तित देखेको छु,” थापाले भने । खासगरी विस्तार भएका मोटरबाटो अव्यवस्थित ढंगले भएको थापाले बताए ।

“यो विस्तार भइरहेको मोटर बाटोले आफूहरूलाई कुनै उत्साह थपेको छैन, त्यसको साटो चिन्ता बढाएको छ,” होटल पुनहिलका सञ्चालक मनु मगरले भनिन् । खासगरी खच्चडको माध्यमबाट समान ल्याउने गरेको र त्यसलाई सहज बनाउनलाई मोटर बाटो बिस्तारमा जोड दिइएको भए पनि हाल आएर त्यसो नभएर हाम्रो आयको स्रोत नै बन्द गर्न लागेको उनको ठम्याइँ छ ।

विश्वको नै उत्कृष्ट पदमार्ग भत्काउँदा विदेशमा नराम्रो सन्देश जाने मगरको ठम्याइ छ । यस मोटरबाटोको विस्तारले सबैभन्दा बढी घान्द्रुकवासीलाई चिन्ताले छोएको छ । घान्द्रुकमा गुरुङ होटल एन्ड लज सञ्चालन गर्दै आएकी सानुमाया गुरुङ घान्द्रुक बासिन्दालाई मोटरबाटोनै आवश्यक नपर्ने बताउँछिन् ।

नेपालको सबैभन्दा ठूलो अन्नपूर्ण संरक्षण क्षेत्रमा रहेको म्याग्दी र कास्की जिल्ला दुवैलाई छोएको उक्त पदमार्गमा यतिबेला मोटरबाटो विस्तारले तीव्रता पाउन थालेपछि पदमार्ग नष्ट हँुदै गएको छ । जसको असर सबैभन्दा बढी त्यहाँ स्थानीयालाई नै पर्ने भन्दै त्यस क्षेत्रका स्थानीयले मोटरबाटोलाई व्यवस्थित गर्न मागसमेत गरेका छन् । समुद्री सतहबाट ३२ सय १० मिटर उचाइमा रहेको म्याग्दीको लारा गाविसमा पर्ने पुनहिल र त्यसभन्दा तल २७ सय ५० मिटरमा उचाइमा रहेको घोरेपानी तथा घान्द्रुकमा हरेक दिन सयौंको संख्यामा स्वदेशी तथा विदेशी पर्यटक घुम्न जाने गरेका छन् ।

यहाँ मोटर बाटोको विस्तार भएपछि यहाँको मौलिक परम्परानै हराएर जाने भन्दै यसलाई रोक्न घान्द्रुकमा रहेको आमासमूह यतिबेला सक्रिय रहेको गुरुङले जानकारी दिइन् । यतिबेला मोटरबाटोको विस्तार उक्त क्षेत्रमा मात्र भएका छैनन्, अन्य मनाङ, मुस्ताङ, जोमसोमलगायत क्षेत्रमा पनि मोटरबाटोको विस्तारले पदमार्ग नष्ट हुने क्रम बढेको छ । त्यसैको निरन्तरता अहिले अन्नपूर्ण संरक्षण क्षेत्रका छोटो र लामो पदमार्ग भत्किनेक्रम बढ्दै गएको छ ।

त्यसलाई रोक्न र बनेका स्थानमा व्यवस्थित गर्न यसअघि देखिनै ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले पहल गरे पनि सफल गर्न सकेको छैन । विरोध गर्दा विकासको विरोध गरेको आरोप खेप्नुपर्ने नगर्दा पदमार्ग नै नष्ट हुने टानको भनाइ छ । ट्रेकिङ एजेन्सी सञ्चालकहरूले यस अगाडि देखिनै पदमार्गमा मोटरबाटोको विस्तारको विरोध गर्दै आएका छन् ।

वसन्त ऋतुमा २० करोड पर्वतारोहण रोयल्टी


केदार दाहाल

काठमाडौं, ११ जेठ

नेपालले नेपाल पर्यटन बषवर्ष २०११ मनाइरहेको बेला बवसन्त ऋतुमा पर्वतारोहणबाट संकलन हुने रोयल्टीमा अघिल्लो बर्षकोभन्दा ६ प्रतिशतले बवृद्धि भएको छ । चालु बर्षको बसन्त ऋतुमायो सिजनमा जम्मा २० करोड ७४ लाख २८ हजार ४ सय रुपैयाँ रोयल्टी संकलन भएको नेपाल सरकारको पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय अन्र्तरगत रहेको पर्यटन उद्योग माहाशाखाले जनाएको नकारी दिएको छ । जुन रकम १ करोड ८ लाख ३२ हजार ४ सय रुपयाँले बढी हो । गतएको बषवर्ष सन् २०१० को यही सिजनमा बसन्त ऋतुमा १९ करोड ६५ लाख लाख ९६ हजार रुपैयाँ रोयल्टी प्राप्त भएको थियो ।

सरकारले हरेक बषवर्र्ष पर्वतारोहण रोयल्टीबाट करोडौंको रुपैयाँरकम संकलन गर्देै आएको छ । गत बषवर्ष ९२ आरोहण दलले बशन्त ऋतुमायो सिजनमा आरोहण अनुमतिी लिएका थिए भने योेमा यस बषवर्ष भने ९१ आरोहणदलले मात्रै अनुमती लिएका छन् । त्यसतीमध्ये सबैभन्दा बढी बिश्वको अधिकांश सर्वोच्च शिखर सगरमाथाको आरोहणमा जानेहरू आरोहण दल बढी हुने गरेका छन् । यस बषवर्ष सगरमाथा आरोहणको लागि मात्र २६ आरोहण दलले आरोहण अनुमतिी लगेको महाशाखाले जानकारी दिएको छ । नाएको छ ।

सरकारले सन् ् २००९ मा मा आरोहीबाट २५ करोड ६२ लाख रुपैंया पर्वतारोहणमा गएका आरोहीबाट रोयल्टी संकलन गरेको थियो । महाशाखाले र सन् २००८ मा २५ २५ करोड ३५ लाख रुपैंयाँ रोयल्टी संकलन गरेको थियो । भएको थियो । यस्तो रोयल्टी नेपाल राष्ट्र बैंकमार्फत नेपाल सरकारको सर्वसञ्चित कोषमा जम्मा हुन्छ ।

पर्वतारोहण बाट प्राप्त हुने शुल्क नेपालको पर्यटन क्षेत्रकै मुख्य आम्दानीको स्रोत भएको महाशाखाले जनाएको छ । नेपाल घुम्न आउने धेरै बिदविदेशी पर्यटकहरुले अग्ला तथा मनोरम हिमाल आरोहण गर्ने भएकाले रोयल्टी पनि हरेक बषवर्ष बढ्दै गएको महाशाखाकाउसको े भनाई छ ।

नेपालमा कति हिमश्रृशृङखलाहंखला रु छन् भन्नेमा बिबाद विवाद रहे पनि नेपाल सरकारले ३ सय २६ वटा हिमाललाई मात्र पर्वतारोहणको निम्ति खुल्ला गरेको छ । बिश्वभविश्वभर ८ हजार मिटर भन्दा अग्ला हिमाल १४ वटामात्रै छन् । यस मतीमध्ये नेपालमा मात्रै ८ वटा अग्ला हिमाल नेपाल मा नै पर्ने हुँदा हिमआरोहीहरुहरू नेपालप्रति बढी नै आकर्षित छन् । नेपालमा खासगरी अमेरिका, यूुरोप तथा मध्य एसियाका नागरिकहरु पर्वतारोहणको लागि आउने गरेका छन् । पर्वतारोहणसँगै पर्वतारोहण व्यवसाय नेपालमा फस्टाउँने क्रम पनि बढ्दै गएको छ । आरोहण दल तथा व्यक्तिबाट प्राप्त रोयल्टी नेपाल राष्ट्रबैंक मार्फत नेपाल सरकारको सर्वसन्चित कोषमा जम्मा गरिएको महाशाखाकाले जानकारी दिएको छ ।

पर्यटन उद्योग महाशाखा ले बिभिन्न हिमाल आरोहणका लागि गर्न मार्गकाअनुसारे आधारमा लाग्ने दस्तुर छुट्ट्ट्ययाएको छ । पर्वतारोहण को लागि दुई समय उपयुक्त रहेकोले दुई समय छुट्टाईएको छ । जसमा बशवसन्त ऋतु तथार शरद ऋतु छुट्ट्ट्ययाईएको छ । बशन्त वसन्तमा ऋतुमा भन्दा शरद ऋतुमा झन्डै ५० प्रतिशतले कमी दस्तुर लाग्ने गरेको छ ।

  • कुन हिमालमा कति दस्तुर ?

हिमालको उचाइ ७ सदस्यसम्म (डलरमा)

वसन्त ऋतु शरद ऋतु

८८४८ मि (सगरमाथा) ७०,००० ३५,०००

८००० मि. भन्दा माथि १०,००० ५,०००

७५०१ मि. देखि ७९९९ ४,००० २,०००

७००० मि. देखि ७५०० ३,००० १,५००


६५०१ मि.देखि ६९९९ २,००० १,०००

६५०० मि. भन्दा कम १,००० ५००