शंकरप्रसाद अधिकारी
सचिव
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सचिव
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
नेपालसँगै पर्यटन सुरु भएका विश्वका अधिकांश
मुलुक वार्षिक करोड पर्यटक भित्राउन थालिसकेका छन् । नेपालको पर्यटन भने
अझै पनि १० लाख पुर्याउनका लागि लडिरहेको अवस्था छ ।
नेपालमा पर्यटनको पूर्वाधारमा निजी क्षेत्र
होटल निर्माणका साथै अन्य ट्राभल, ट्रेकिङ एजेन्सी खोलेर तयार अवस्थामा
पुगिसकेका छन् । सन् २०२० सम्ममा दर्जनांै तारे होटल तयार हुँदैछन् । तर,
सरकारले तयार गर्नुपर्ने पूर्वाधार विमानस्थल निर्माण तथा सुधार हुन सकेको
छैन ।
पर्यटकीय नयाँ गन्तव्यमा सडक पूर्वाधारसमेत
पुग्न सकेको छैन, जसका कारण नयाँ गन्तव्यमा पर्यटक पु¥याउन सकिएको छैन ।
अहिले आएर भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामले गति
लिएको छ । पूर्वाधार र पर्यटन प्रवद्र्धनसँगै अगाडि बढे मात्र नेपालमा
पर्यटक आगमन दर बढ्ने सरोकारवालाहरू बताउँछन् ।
नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रले
पार्ने प्रभाव र अहिले सरकारले गरिरहेका कामलगायतका विषयमा संस्कृति,
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीसँग
कारोबारका लागि केदार दाहालले गरेको कुराकानी :
सरकारले सन् २०१८ लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । नेपाल भ्रमण वर्षमा १० लाख पर्यटक भित्राउने सरकारको लक्ष्य सफल हुन्छ ?
सन् २०१६ मा नेपालमा ७ लाख ५० हजारभन्दा बढी पर्यटक भित्रिएका छन्, जुन संख्या सन् २०१५ को भन्दा २ लाख बढी हो । गत वर्ष ५ लाख ३८ हजारमा सीमित भएको थियो ।
सन् २०१६ मा नेपालमा ७ लाख ५० हजारभन्दा बढी पर्यटक भित्रिएका छन्, जुन संख्या सन् २०१५ को भन्दा २ लाख बढी हो । गत वर्ष ५ लाख ३८ हजारमा सीमित भएको थियो ।
गत वर्षको वैशाख १२ गते गएको भूकम्प र
आपूर्ति असहजताले पर्यटन क्षेत्र थला परेको थियो । तर, अहिले पर्यटन
व्यवसाय पुनः सकारात्मक बाटोमा अगाडि बढिरहेको छ । भूकम्पपछि पर्यटक आगमन
दरमा धेरै सुधार आएको छ ।
नेपाल सरकारले सन् २०१८ लाई नेपाल भ्रमण
वर्ष भनेर १० लाख पर्यटक भित्राउने लक्ष्य पनि राखेको छ । अहिले पनि घुमफिर
वर्ष सञ्चालन गरिरहेका छौं ।
सन् २०१७ लाई नेपाल पर्यटन बोर्डमार्फत
विभिन्न प्रवद्र्धनका कार्यक्रम सञ्चालन हुँदै छन् । यसले के देखाउँछ भने
सन् २०१८ मा सम्भवतः १० लाख पर्यटक नेपाल आउनेछन् ।
नेपालसँगै पर्यटन व्यवसाय सुरु
गरेका देशले वार्षिक १ करोडमा पर्यटक भिœयाउन थालिसकेका छन् । तर, नेपाल
भने लाखमै अल्झिरहेको छ । हामी कहिलेसम्म संख्यात्मक रूपमा पर्यटक बढाउन
सक्छौं ?
नेपाल प्राकृतिक हिसाब एकदमै सुन्दर छ । यहाँ बर्सेनि लाखौं पर्यटक आउनुपर्ने हो, तर विडम्बना भन्नैपर्छ हामीले ल्याउन सकेका छैनौं । पर्यटक ल्याउने भन्नेबित्तिकै सबैभन्दा पहिले सिधा उडान नै चाहिने रहेछ, जसले गर्दा समयको बचत र समग्र घुमफिरलाई सस्तो प्याकेज बनाउन मद्दत गर्ने रहेछ ।

तर, सीधा उडान नहुँदा नेपालमा आउन महँगो
पर्ने रहेछ । नेपाल आउन चाहने पर्यटक पनि अन्यत्र मोडिएका छन् । त्रिभुवन
अन्तर्राष्ट्रिय विमास्थलको सुधार समयमा गर्न सकेका छैनौं । अहिले आएर बल्ल
भैरहवा विमानस्थलको काम अघि बढेको छ ।
पोखराको पनि काम सुरु हुँदै छ । फेरि पर्यटक
भित्राउनका लागि विमानस्थल मात्रै भएर पनि हुने होइन । त्यसलाई जोड्ने
पूर्वाधार महŒवपूर्ण हुन्छ । अहिले पनि रारा, खप्तडजस्ता ठाउँमा हामीले
पूर्वाधारले जोड्ने सकेका छैनौं ।
पर्यटनको विकासका लागि पूर्वाधार र
प्रवद्र्धन सँगसँगै लैजानुपर्ने रहेछ । प्रवद्र्धन मात्रै भएर पनि
पूर्वाधार भएन भने झनै समस्या सिर्जना हुने रहेछ । सरकारले अहिले रणनीतिक
योजना पनि बनाएर कार्यान्वयन गरिरहेको छ ।
जसमा प्रवद्र्धन र पूर्वाधार दुवैको विकासको कुरा अगाडि बढाएका छौं । यसले अवश्य पनि पर्यटक संख्या बढाउन मद्दत गर्नेछ ।
अहिले पनि दर्जनौं लक्ष्य राखिएका
छन् । खालि हामी लक्ष्य मात्र राख्ने र योजना बनाउने तर कार्यान्वयनमा सधैं
चुकिरहेका छौं नि, किन ?
नेपालको पर्यटन मात्रै होइन, समग्र क्षेत्रको विकास हुन नसक्नुको समस्या हो । तर, फेरि लक्ष्य नै नराख्ने भन्ने त भएन । रणनीतिक योजना र लक्ष्य नै राखेर कार्यान्वयनमा लगेपछि नै सफलता हात पार्ने हो । विकास हुने हो ।

पूर्वाधारको लक्ष्य पूरा हुनेबित्तिकै
पर्यटक आवागमन दरको पनि लक्ष्य भेटिन्छ । त्रिभुवन विमानस्थल विस्तारको
जिम्मा पाएको कम्पनीसँग यतिबेला ठेक्का रद्द भएको अवस्था छ । अब नयाँ
प्रक्रियामा गएको छ ।
यसलाई छिटोभन्दा छिटो टुंगो लगाउने पक्षमा
हामी पुगेका छौं । पूर्वाधार लक्ष्य पूरा हुनेबित्तिकै २० लाख पर्यटक
पुर्याउन समस्या हुने छैन ।
त्यसो भए भिजन–२०२० मा २० लाख पर्यटक आउँछन् ?
ठ्याक्कै आउँछन् भन्न त सकिँदैन, तर जुन हिसाबले अहिले पूर्वाधारमा जोड दिएका छौं । भैरहवा, पोखरा विमानस्थल र त्रिभुवन विमानस्थलको विस्तार योजना सफल भए सन् २०२० मा २० लाखको हाराहारीमा नेपालमा पर्यटक आउँछन् ।

किनभने निजी क्षेत्रले होटलमा लगानी
गरिसकेको छ । २०२० सम्ममा दर्जनौं होटल तयार हुनेछन् । सरकारले आगामी केही
वर्ष पूर्वाधारमा लगानी गर्ने र समयमा काम सम्पन्न गर्ने हो भने २० लाख
पर्यटक आउँछन् । हामी यतिबेला आयोजनाहरूको कार्यान्वयनलाई मुख्य जोड दिएर
काम गरिरहेका छौं ।
नेपालमा पर्यटक भित्राउन निजी क्षेत्र तयार भए, तर सरकार नै तयार भएन भनिन्छ नि ?
सरकार तयार नभएको भन्दा पनि विभिन्न समयमा देखिएको राजनीतिक संक्रमण, आयोजनाहरूका ठेक्का सम्झौताका कारणले आयोजनाहरू निर्माणमा ढिलाइ भएका छन्,
सरकार तयार नभएको भन्दा पनि विभिन्न समयमा देखिएको राजनीतिक संक्रमण, आयोजनाहरूका ठेक्का सम्झौताका कारणले आयोजनाहरू निर्माणमा ढिलाइ भएका छन्,
तर पनि अब रोकिनु हुन्न, अगाडि जानुपर्छ
भनेर नै डेढ वर्षभित्रमा भैरहवा विमानस्थलको निर्माण सम्पन्न गर्ने योजना
बनाएका छौं । पोखरा विमानस्थल पनि अबको केही महिनामा निर्माण प्रक्रिया
सुरु गर्ने पक्षमा छौं ।
हामीलाई सबैभन्दा बढी आवश्यक त निजगढ विमानस्थल हो, तर निर्माण प्रक्रिया नै सुरु हुने छाँट छैन नि ?
यसअघि हामीले निजगढ विमानस्थलको विस्तृत अध्ययनका लागि कोरियन कम्पनीलाई जिम्मा दिएका थियौं । उक्त कम्पनीले आजभन्दा ६ वर्षअगाडि नै सरकारलाई प्रतिवेदन बुझाएको थियो ।
यसअघि हामीले निजगढ विमानस्थलको विस्तृत अध्ययनका लागि कोरियन कम्पनीलाई जिम्मा दिएका थियौं । उक्त कम्पनीले आजभन्दा ६ वर्षअगाडि नै सरकारलाई प्रतिवेदन बुझाएको थियो ।
अध्ययनमा बुट मोडलमा आयोजना बनाउन उपयुक्त
हुने सुझाव छ । तर, यसभन्दा अघिल्लो सरकारले निजगढ विमानस्थल निर्माण
सरकारले आफैंले बनाउने भन्ने निर्णय गरेको छ । यतिबेला समस्या कहाँनिर
परेको छ भने अध्ययन गर्ने एलएमडब्लू केरियन कम्पनीलाई डिपीआर तयार पार्दा
लागेको खर्च कसरी दिने ।
तत्कालीन सम्झौतामा कोरियन कम्पनीलाई
निर्माण गर्न नदिए नेपाल सरकार वा अन्य निर्माण गर्र्न आउने कम्पनीबाट ३५
करोड रुपैयाँ दिनुपर्ने भन्ने रहेछ । यो विषय फुकाउन हामी लागि परेका छौं ।
अर्को कुरा, अघिल्लो सरकारले निर्णय गरेको
कुरामा हामी बाहिर जान मिल्दैन । अहिले उक्त कोरियन कम्पनीको प्रतिवेदनलाई
लिने र हाम्रो अर्को अध्ययन गर्ने र निर्माण कार्य सुरु गर्ने भन्ने तयारी
गरेका छौं । अहिले सीमांकन गर्ने, मुआब्जा वितरणलगायतका काम अगाडि बढिरहेका
छन् । अब छिट्टै टेन्डर प्रक्रियामा लैजाने तयारी गरिरहेका छौं ।
विगतमा पीपीपी मोडलमा बनाउने निर्णय भयो, फेरि अघिल्लो सरकारले नेपाल आफैंले बनाउने निर्णय गरेको छ । अब निर्माणचाहिँ कसरी हुन्छ ?
नेपाल सरकार आफैंले निर्माण गर्न नसक्ने भन्ने होइन । आफैं निर्माण गर्ने भने पनि ऋण अनुदान लिएरै हो । अब बनाउने कम्पनी जहाँको पनि आउन सक्ने कुरा हुन्छ । अबचाहिँ खालि निर्णय मात्रै गर्ने होइन, बनाउन थाल्ने हिसाबले काम अघि बढाउने तयारीमा लागेका छौं ।

पर्यटनमा पूर्वाधार भन्नेबित्तिकै
नेपाल वायुसेवा निगमको नाम जोडिन्छ । अहिले वाइड बडी जहाज खरिद प्रक्रिया
अन्तिम चरणमा पुगेको छ । निगमको अहिलेकै संरचना र व्यवस्थापनले विमानहरू
चलाएर नाफामा लैजान सकिन्छ ?
नेपाल वायुसेवा निगम विगतमा कमजोर पनि होइन । बीचको समयमा कमजोर पारिएको हो । विगतमा पनि निगम व्यवस्थापन र यही संरचनाले वाइडबडी जहाज सञ्चालन गरेको थियो । युुरोप, जापान, लन्डन उडान भरेका थिए ।
नेपाल वायुसेवा निगम विगतमा कमजोर पनि होइन । बीचको समयमा कमजोर पारिएको हो । विगतमा पनि निगम व्यवस्थापन र यही संरचनाले वाइडबडी जहाज सञ्चालन गरेको थियो । युुरोप, जापान, लन्डन उडान भरेका थिए ।
पछिल्लो समयमा २८ वर्षपछि दुई जहाज आएका
छन्, तर पनि लोमा दूरी उडान भर्ने वाइडबडी जहाज खरिद प्रक्रियामा रहेका छौं
। मलाई के लाग्छ भने जहाज खरिदसँगै व्यवस्थापन सुधार पनि अगाडि बढ्छ ।
व्यवस्थापन सुधार गरेर जहाज ल्याउने होइन,
सँगै अगाडि जाने विषय हो । सरकारले बजेटमै जहाज खरिदको कुरासँगै निगममा
रणनीतिक साझेदार भिœयाउने कुरा समावेश गरेको थियो । अहिले हामी रणनीतिक
साझेदार ल्याएर निगमको व्यवस्थापन सुधार गर्न अघि बढेका छौं ।
अहिले तीनवर्षे कार्ययोजना बनाएर काम पनि
अघि बढेको छ । अर्को कुरा, निगम घाटामा जान्छ भनेर जहाज ल्याउने छोड्यौं
भने हाम्रो समग्र पर्यटक क्षेत्रमा समस्या हुन्छ । नेपालमा पर्यटक आगमन
दरमा वृद्धि हुन नसक्नुमा निगम कमजोर भएर हो ।
निगमले पर्यटन गन्तव्यमा उडान
थाल्नेबित्तिकै समग्र पर्यटन क्षेत्रमा सकारात्मक असर पर्नेछ । सरकारले
निगमबाट नाफा लिनेभन्दा पनि दिगो रूपमा एयरलाइन्स अगाडि बढोस् भन्ने चाहेको
छ ।
निगममा तपाईंहरूले चाहेको कुन मोडलको साझेदार हो ?
मोडलचाहिँ तय गरिसकेको अवस्था छ । रणनीतिक साझेदारी गरिसकेका राम्रा एयरलाइन्सहरूलाई भित्राउन सकिन्छ । त्यस्ता कम्पनी विश्वमा ख्याति कमाइसकेका हुनुपर्ने जस्ता क्राइटेरिया हामीले तय गर्छौं । कुन बेसिसमा कम्पनी आउन सक्छन्, यो कुरा प्रस्ताव आह्वान गरेपछि मात्र थाहा हुने विषय हो । योबारेमा हामी छिट्टै एउटा निर्णयमा पुग्छौं ।

नयाँ जहाज ल्याउँदै हुनुहुन्छ ।
हालै मात्र दुईवटा चिनियाँ जहाज आए, थप तीनवटा आउने क्रममै छन् । विगतमा
ल्याइएका चिनियाँ जहाज लामो समयसम्म ग्राउन्डेड भएर बसे । के छन् चुस्त
रूपमा सञ्चालनमा ल्याउने योजना ?
विगतमा भएका कमी–कमजोरीलाई नदोहो¥याउने गरी
विमान सञ्चालनमा ल्याउनुपर्छ । खासगरी, मेन्टेनेन्स, स्पेयरपार्ट्समा
समस्या देखिएको थियो । अहिले मेन्टेनेन्स र स्पेयरपाटर््समा समस्या नआउने
सुनिश्चित भएको छ ।
मलाई लाग्छ, अब हामीले विगतको जस्तो समस्या
झेल्नु पर्दैन । विगतमा बिमा र पाइलटको पनि समस्या देखिएको थियो । तर,
हामीले यसमा लर्निङ वाइ डोइङसमेत भइसकेकाले सायद विगत दोहोरिँदैन । हाई
अल्टिच्युड, रनवेका आधारमा प्लेनको दक्षतामा फरक हुने भइएकाले त्यही आधारमा
उक्त प्लेनको गन्तव्य निर्धारण हुन्छ ।
नेपालको हवाई आकाश विगत दुई÷तीन
वर्षदेखि कालोसूचीमा छ । सन् २०१६ को डिसेम्बरमा हट्छ भनिएको थियो । फेरि
यो सरेर २०१७ को डिसेम्बर पुगेको छ । किन नहटेको हो र कहिले हट्छ ?
नेपाली एयरलाइन्सहरू आइकाओको सिग्निफिकेन्ट सेफ्टी लिस्टमा परेका छन् । यसैलाई आधार मानेर युरोपेली युनियनले कालोसूचीमा राखेको छ । यो एयर वर्दिनेस र पाइलटको सर्टिफिकेसनको विषय पनि उठाइएको छ ।
नेपाली एयरलाइन्सहरू आइकाओको सिग्निफिकेन्ट सेफ्टी लिस्टमा परेका छन् । यसैलाई आधार मानेर युरोपेली युनियनले कालोसूचीमा राखेको छ । यो एयर वर्दिनेस र पाइलटको सर्टिफिकेसनको विषय पनि उठाइएको छ ।
मलाई लाग्छ हामीले यो विषयमा धेरै कुरा
गरिसकेका छौं । आइकाओको टोली नेपाल आएका बेलासमेत यो विषयमा छलफल भएको थियो
। सेफ्टी अडिटका कुरा पनि भएका छन् ।
अहिलेसम्मको छलफल र क्यानका पदाधिकारीहरूको
कन्फिडियन्ट हेर्दा ३ देखि ६ महिनाभित्रै हामी ईयूको कालोसूचीबाट हट्छौं ।
आइकाओका पदाधिकारीहरूसँग छलफल गर्दा उनीहरूले नेपाली आकाशमा त्यति धेरै
समस्या नभएको बताएकाले मैले यो भनिरहेको छु ।
कालोसूचीबाट नहट्दा नेपाल वायुसेवा निगमलाई समस्या होला नि ?
हो, नेपाल वायु सेवा निगमलाई पक्कै समस्या हुन्छ । आन्तरिकसँगै हामीले ल्याउन लागेका वाइडबडी जहाज आइसकेपछि धेरै गन्तव्यमा जानुपर्ने हुन्छ । पूर्वी एसिया, दक्षिण एसियाका पनि अन्य गन्तव्यमा जानका लागि ईयूको कालोसूचीबाट हट्दा राम्रो हुन्छ ।

हामी काठमाडौं–लन्डन १० घण्टामा डाइरेक्ट
उडान गर्न सक्छौं, त्यो क्षमता नयाँ आउन लागेका वाइडबडीले राख्छ । त्यसैले
पनि हामी यो विषय सल्टाउनुपर्छ र सल्टिन्छ ।
राज्यले नै हो पूर्वाधारमा लगानी गर्ने, राज्यकै निकाय नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरूले भने बोनस खान मिल्छ ?
बोनस कानुन÷नियम बमोजिम खाने हो । प्राधिकरणको बोर्डले निर्णय गरेको छ । स्वीकृतिका लागि अर्थमन्त्रालयमा पठाइएको छ । औपचारिक रूपमा पारित भइसकेको छैन । बोनस खान पाइन्छ कि पाइन्न भन्ने कुरा बोनससम्बन्धी ऐन पनि छ ।

उक्त ऐनको संशोधनको कुरा पनि उठेको छ ।
क्युमुलेटिभ लस भएका संस्थानले बोनस खान नपाइने कुरा उठेको छ । क्यानको
विजनेस मनोपोली बिजनेस हो, यो घाटामै भने छैन । प्रचलित कानुनअनुसार नै
निर्णय हुने देखिन्छ ।
नेपाल पर्यटन बोर्डको कुरा गर्दा यो
पर्यटन प्रवद्र्धन गर्ने निकाय हो । नेपालका तर्फबाट विश्वबजारमा नेपाली
पर्यटनको प्रवद्र्धनमा प्रभावकारी काम बोर्डले गर्न सकेको देखिँदैन । के
छन् सुधारका योजना ?
नेपाल पर्यटन बोर्डमा एक÷डेढ वर्ष पहिले जुन समस्या देखियो, त्यसले गर्दा हो कामले तीव्रता पाउन नसकेको । त्यो समयमा बोर्ड एक हिसाबले डिसफङसनल नै भयो । अधिकांश कर्मचारी निलम्बनमा परे ।
नेपाल पर्यटन बोर्डमा एक÷डेढ वर्ष पहिले जुन समस्या देखियो, त्यसले गर्दा हो कामले तीव्रता पाउन नसकेको । त्यो समयमा बोर्ड एक हिसाबले डिसफङसनल नै भयो । अधिकांश कर्मचारी निलम्बनमा परे ।
अहिले हामी लोकसेवा आयोगको सिफरिसमा नयाँ
कर्मचारी थपको प्रक्रियामा लागेका छौं । अब हामीले यो प्रक्रिया पूरा भएपछि
पूर्ववत् रूपमा भन्दा पनि तीव्र गतिमा बोर्डलाई अगाडि बढाउन लागिपरेका छौं
।
यसको समग्र व्यवस्थापकीय र कार्यक्षमताको सुधारका लागि बोर्डका प्रमुख कार्यकारी अधिकृतसँगै कार्यसम्पादन करार सम्झौता गर्दै छौं ।
नेपालको पर्यटनलाई अगाडि बढाउने ठोस योजना केही बनाउनुभएको छ ?
कुनै मन्त्री÷सचिव परिवर्तन हुँदैमा उत्पात नै भइहाल्छ भन्ने होइन । यो सिस्टमिक रिफर्म हुने कुरा हो । हामीले नेसनल टुरिजम स्टाटेजिक प्लान बनाएका छौं, आवधिक योजना पनि छन् ।
कुनै मन्त्री÷सचिव परिवर्तन हुँदैमा उत्पात नै भइहाल्छ भन्ने होइन । यो सिस्टमिक रिफर्म हुने कुरा हो । हामीले नेसनल टुरिजम स्टाटेजिक प्लान बनाएका छौं, आवधिक योजना पनि छन् ।
यस्ता योजनाको पूर्ण रूपमा कार्यान्वयन हुने
हो भने हामीले उपलब्धि हासिल गर्न सक्छौं । सरकार, मन्त्री, सचिव परिवर्तन
हुँदैमा त्यस्तो परिवर्तन हुन्छ भन्न सकिन्न । होला केही योजना परिवर्तन
हुन सक्छन्, नयाँ योजना आउलान् ।
अहिले मन्त्री आउनुभएपछि अनुगमनलाई
प्राथमिकता दिनुभएको छ । मैले त्यसलाई सिस्टममा ढाल्ने प्रयास गरिरहेको छु ।
सिस्टमिक रिफर्म, अनुगमन सबै महाशाखामा भएको छ । यसले पहिलेको तुलनामा
परिवर्तन देखिएको छ ।
सन् २०१६ पर्यटनका लागि सकारात्मक वर्ष
सन् २०१६ मा पर्यटक आगमनदरमा ४० प्रतिशतले वृद्धि भएको छ । सन् २०१६ मा ७ लाख ५३ हजार २ जना पर्यटक हवाई र स्थलमार्ग हुँदै नेपाल भित्रिएको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ, जुन संख्या सन् २०१५ को भन्दा २ लाख १४ हजार ३२ पर्यटक बढी हो । गत वर्ष ५ लाख ३८ हजार ९ सय ७० पर्यटक नेपाल भित्रिएका थिए ।
२०७२ साल वैशाख १२ गते गएको भूकम्प र पाँच महिना लामो नाकाबन्दीले थला परेको पर्यटन व्यवसाय पुनः सकारात्मक बाटोमा अगाडि बढेको छ । गत वर्ष नेपालको पर्यटक आगमनदरमा भारी गिरावट आएको थियो ।

सन् २०१४ मा ७ लाख ९० हजार १ सय १८ पर्यटकले
नेपाल भ्रमण गरेका थिए । भूकम्प र नाकाबन्दीको मारमा परेका पर्यटन
व्यवसायमा चालू सिजन सुरुवातसँगै सकारात्मक सुधार देखिन थालेको थियो, जुन
तथ्यांकले समेत देखाएको छ ।
नेपालको पर्यटनमा पूर्वाधारको अभावले लाखांै
पर्यटक आउने सम्भावना कम छ, तर पनि सन् २०१७ मा राम्रो आगमन हुने देखिन्छ ।
सन् २०१६ मा सबैभन्दा बढी भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
१ लाख १८ हजार २ सय ४९ भारतीय पर्यटकले
नेपाल भ्रमण गरेका छन् भने १ लाख ३ हजार ९ सय ८५ चिनियाँ पर्यटकले नेपाल
भ्रमण गरेका छन् । त्यस्तैगरी तेस्रो ठूलो पर्यटक आगमन गर्ने मुलुकमा
दक्षिण एसियाली मुलुक श्रीलंकाका पर्यटक रहेका छन् ।
उक्त मुलुकबाट ५७ हजार ५ सय २१ पर्यटकले
नेपाल भ्रमण गरेका छन् । नेपाल भ्रमणमा आउने चौथो मुलुकमा अमेरिका छ ।
अमेरिकी पर्यटकको संख्या सन् २०१६ मा ५३ हजार ६ सय ४५ छ ।
सन् २०१६ मा पर्यटक आगमनको विवरण
महिना संख्या
जनवरी ४०,२६०
फेब्रुअरी ५८,८७१
मार्च ७४,४९४
अप्रिल ५८,२६२
मे ४४,७२८
जुन ३६,८९७
जुलाई ४६,१६०
अगस्ट ६४,३८६
सेप्टेम्बर ७२,७२०
अक्टोबर ८७,३२६
नोभेम्बर ७१,०४०
डिसेम्बर ७४,४०६
पूरा होला पर्यटनमा रणनीतिक योजना ?
सरकारले १० वर्षभित्रमा २५ लाख विदेशी पर्यटक भिœयाउने महŒवाकांक्षी लक्ष्यलाई चालू वर्षदेखि नै कार्यान्वयनमा लगेको छ । दसवर्षे रणनीतिक योजनामा सरकारले ‘राष्ट्रिय पर्यटनमा रणनीतिक योजना २०१६–२०२५’ नाम दिएको योजनामा सन् २०२५ भित्र २५ लाख विदेशी पर्यटक भित्राउने र पर्यटन क्षेत्रको आम्दानी वार्षिक ४६ अर्बबाट ३ खर्ब पुर्याउन महत्वकांक्षी लक्ष्य छ ।

सरकारले यसअघि नै घोषणा गरेको भिजन–२०२० लाई
नै सहयोग पुग्ने गरी योजना तयार परेको हो । भिजन २०२० अन्तर्गत सरकारले २०
लाख पर्यटक भित्राउन लक्ष्य लिएको छ ।
सरकारले सन् २०१७ मा १२ लाख पर्यटक भित्राउने तथा सन् २०२० सम्ममा २० लाख पर्यटक भित्राउने गरी आक्रामक प्रवद्र्धनको कार्यक्रम गर्ने गरी रणनीतिक योजना तयार परेको छ । सरकारले तयार पारेको उक्त लक्ष्य पूरा गर्न सरकारले पर्यटन पूर्वाधारमा मात्र ६१ अर्ब रुपैयाँ विकास खर्च गर्नुपर्ने प्रस्ताव योजनामा राखिएको छ ।

योजनालाई दुई भागमा छुट्ट्याइएको छ, जसमा
पहिलो पाँच वर्षलाई आक्रामक योजना बनाइएको छ । रणनीतिक योजना सफल पार्ने
भनेको बजेट र कार्यान्वयन पक्ष भएकाले त्यसमा ऐनलाई समयसापेक्ष संशोधन गरी
कार्यान्वयनमा लैजानुपर्ने छ ।
योजना पूर्णरूपमा कार्यान्वयनमा लैजानका
लागि ६१ अर्ब रुपैयाँ खर्च हुनेछ । नेपालको हालको पूर्वाधार भनेको बढीमा १०
लाख पर्यटक धान्ने मात्र रहेकाले पनि विमानस्थल, होटल र सहरी क्षेत्रको
विकासमा समेत धेरै बजेट खर्चिनुपर्ने योजनामा उल्लेख छ ।
योजनमा पहिलो पाँच वर्षमा दुई क्षेत्रीय
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसक्नुपर्ने उल्लेख छ भने त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थलको सुधारका साथै प्रस्तावित निजगढ दोस्रो
अन्तर्राष्ट्रिय विमानस्थलको समेत निर्माण गर्ने योजनामा उल्लेख गरिएको छ ।
हाल सरकारले सन् २०१८ सम्ममा गौतम बुद्ध
क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र सन् २०१९ सम्ममा पोखरा क्षेत्रीय
अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरी सञ्चालनमा आउने गरी काम अगाडि
बढाइरहेको छ, जसमा भैरहवामा गत वर्षदेखि काम अगाडि बढाइको छ भने पोखरा
विमानस्थल नयाँ वर्षसँगै निर्माण कार्य सुरु हुँदै छ ।
राष्ट्र बैंकले निकालेको तथ्यांकअनुसार
पर्यटन क्षेत्रबाट करिब यस वर्ष ४६ अर्ब रुपैयाँ आम्दानी हुने गरेको छ ।
सरकारले तयार पारेको योजना कार्यान्वयनमा आए सन् २०२५ सम्ममा ३ खर्ब
रुपैयाँभन्दा बढी हुने र लाखांैको संख्यामा रोजगारीको अवसर सिर्जना हुने
लक्ष्य राखिएको छ ।
योजनामा पूर्वाधार निर्माणपछि पर्यटनमा
विदेशी लगानीलाई प्रोत्साहन गरेर होटल तथा एयरलाइन्समा बढीभन्दा बढी लगानी
भिœयाउने लक्ष्य राखिएको छ । नेपालमा हाल १० वटा मात्र पाँचतारे होटल छन् ।
योजनाअनुसार पाँच वर्षभित्र कम्तीमा २० वटा
पाँचतारे होटल र सयौंको संख्यामा पर्यटकस्तरका तारे होटल निर्माण गरिनुपर्छ
। थप तीनवटा पाँचतारे होटलको भने निर्माणकार्य सुरु भइसकेको र आगामी पाँच
वर्षमा सबै होटलले क्षमता विस्तार गर्नुपर्ने पनि योजनामा राखिएको छ ।
No comments:
Post a Comment