काठमाडौंः नेपालमा उडान भर्ने चिनियाँ
जहाजको बिमा शुल्क घटेको छ । नेपाललाई जहाज बिक्री गर्ने कम्पनी एभिक
इन्टरनेसनल होल्डिङ्सले ३६ प्रतिशत शुल्क घटाएको हो ।
नेपाल वायुसेवा निगमले यसअघि चिनियाँ
जहाजबाट प्राप्त हुने आम्दानीको झन्डै आधा रकम बिमामा मात्रै बुझाउँदै आएको
थियो । यसअघि निगमले बिमा रकम नघटाएसम्म थप जहाज नल्याउने अडान लिएपछि
एभिक इन्टरनेसनल शुल्क घटाउन राजी भएको थियो ।
एभिकसँगको सहमतीपछि निमगले दुई थान चिनियाँ
जहाज नेपाल ल्याइसकेको छ भने बाँकी दुई थान पनि ल्याउने प्रक्रियामा छ ।
“बिमा रकममा तत्कालका लागि ३६ प्रतिशत घटाउन चिनियाँ पक्ष सहमत भएको छ,”
निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले भने, “जहाजको बिमा बेलायतमा
गर्ने भए पनि जहाज निर्माता कम्पनीकै पहलमा बिमा रकम घटेको हो ।”
चिनियाँ जहाज एमए–६० को बिमा शुल्क ४.४७
प्रतिशत बुझाउनु परेको थियो । जसबाट दैनिक २ लाख ४६ हजार रुपैयाँ निगमले
व्यहोर्दै आएको छ । यो जहाजले राम्रो उडान गर्न सकेको बेला दैनिक ७ लाख
रुपैयाँ आम्दानी हुने गरेको छ ।
जबकी बोईङ–७५७ सिरिजका जहाजको वार्षिक बिमा
शुल्क जहाजको कुल मूल्यको डेढ प्रतिशतमात्र तिर्दै आएको छ । निगमले
राष्ट्रिय बिमा संस्थानमार्फत बेलायती कम्पनीसँग चिनियाँ जहाजको बिमा गरेको
छ । चीन सरकारको अनुदानका जहाज २०७१ को वैशाख र कात्तिकमा भित्रिएका थिए
।।
No comments:
Post a Comment