३० प्रतिशत पर्यटक नेपालको बाटो हुँदै भुटान
केदार दाहाल
थिम्पु, ५ फागुन- पर्यटन क्षेत्रमा उत्साहजनक प्रगति गरिरहेको भुटानको निर्भरता भने नेपाली पर्यटनसँग छ । भुटान भ्रमण गर्ने ३० प्रतिशतभन्दा बढी पर्यटक नेपालको बाटो हँुदै आउँछन् । गुणस्तरीय र खर्चालु पर्यटकमात्र भिœयाउने नीति लिएको भुटानमा पर्यटकले दैनिक न्यूनतम २५० अमेरिकी डलर खर्च गर्नुपर्ने व्यवस्था छ । व्यवसायीले नेपालमा खर्चालु पर्यटक घटिरहेको दाबी गरे पनि नेपालकै बाटो भएर आउने पर्यटकले गरेको खर्च देख्दा त्यो दाबीसमेत अपत्यारिलो देखिन्छ ।
नेपालसँगको सहकार्यमा अझै पर्यटक बढाउने प्रयास भुटानले गरिरहेको छ । प्रधानमन्त्री छिरिङ तोब्गे नेपाल र भुटान मिलेर पर्यटन विकासमा लाग्नुपर्ने बताउँछन् । “नेपालले पनि पर्यटनलाई प्राथमिकता दिइरहेको छ, हाम्रो जोड पनि त्यसैमा छ,” उनले भने, “हामी दुवै देशको प्रयासबाट पर्यटक आगमन बढाउनुपर्छ ।”
पर्यटक आगमन बर्सेनि बढ्दै गए पनि भुटानमा त्यहीअनुरूपका पूर्वाधार भने विकास भइसकेका छैनन् । पारोस्थित अन्तर्राष्ट्रिय विमानस्थल निकै साँघुरो छ । यो विश्वकै अप्ठ्यारो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा चिनिन्छ । अर्को अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सक्ने स्थान नहुँदा पनि भुटान नेपालसँग बढी निर्भर भएको हो । हाल भुटानमा ड्रुक र भुटान एयरका अन्तर्राष्ट्रिय उडान गर्ने ४ वटा र आन्तरिक उडान गर्ने एउटामात्र विमान छन् । यसबाहेक कुनै पनि विदेशी एयरलाइन्स कम्पनीले भुटानमा उडान गर्दैनन् ।
सन् २०१४ मा १ लाख ३० हजार विदेशी पर्यटकले भुटान भ्रमण गरेकोमा नेपाल हुँदै ३९ हजार पर्यटक भुटान आएका थिए । ती पर्यटकबाट भुटानले ७ अर्ब रुपैयाँ आम्दानी गरेको थियो ।
२०१३ मा १ लाख १६ हजार पर्यटकले भुटान भ्रमण गरेका थिए, जसमध्ये ३४ हजार नेपाल हुँदै आएका थिए । भुटान आउने पर्यटकका लागि नेपालका टुर एन्ड ट्राभल्स कम्पनीले प्याकेज नै बिक्री गर्ने गरेका छन् ।
“नेपालको बाटो हुँदै भुटान आउने पर्यटक ३० प्रतिशत हाराहारीमा छन्,” भुटान पर्यटन परिषद्की निर्देशक छिम्मी पेमेले भनिन्, “दुवै देशको भौगोलिक बनोट एउटै भएकाले पनि युरोपेली र अमेरिकी पर्यटक एउटै प्याकेजमा घुम्न आउँछन् ।”
भुटान आउँदा पर्यटकले अनिवार्य प्याकेज किन्नुपर्ने व्यवस्था छ । सिजनमा २५ हजार र अफसिजनमा २० हजार रुपैयाँको प्याकेज किन्दा पर्यटकले तीनतारे होटलमा बसोबास तथा खानपिन, गाइड, यातायातको सुविधा पाउँछन् । त्योभन्दा बढी सुविधा खोजे रकम पनि बढ्दै जाने पेमेले बताइन् ।
खासगरी नियन्त्रित पर्यटनले परिचित भुटानमा दैनिक २५० डलर न्यूनतम खर्च गर्नुपर्ने प्रावधान छ । नेपालबाट प्याकेज बिक्री गर्दा ट्राभल कम्पनीले सोही रकमबाट दैनिक ५० डलर पाउने गरेका छन् । भुटानमा स्वतन्त्र घुम्न पर्यटकलाई प्रतिबन्ध छ ।
नेपालमा खर्चालु पर्यटक जाँदैनन् भन्ने आमबुझाइ गलत रहेको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डे बताउँछन् । “भुटान आउने धेरै पर्यटक नेपाल हुँदै आउँछन् भनेपछि नेपालमा पनि खर्चालु पर्यटक जान्छन् भन्ने पुष्टि हुन्छ,” उनले भने ।
सीमित स्रोत–साधनलाई उच्चतम उपयोग गरी भुटान आर्थिक विकासको बाटोमा लम्किरहेकोले पर्यटनमा पनि राम्रो सुधार आएको बुझाइ पाण्डेको छ । पारो भ्याली, टाइगर नेस्ट, राजधानी थिम्पु, पुनखाः र बुमथाङ भ्याली, विश्वको सबैभन्दा ठूलो बुद्ध मूर्ति, जलविद्युत् आयोजना, अग्ला पहाड, जंगल पर्यटकीय आकर्षण हुन् । यहाँ ट्रेकिङ गर्ने पर्यटकको संख्या २९ प्रतिशत छ । पर्यटकको औसत बसाइ ६ दिन छ ।
भुटानमा विदेशी लगानी पनि जलविद्युत् र पर्यटनमा मात्रै भित्रिने गरेको छ । यहाँका अधिकांश लक्जरी होटलमा विदेशी चेन होटलले व्यवस्थापन सम्हालिरहेका छन् भने ठूला जलविद्युत् आयोजनामा पनि विदेशी लगानी छ । सडक तथा अन्य पूर्वाधारमा विदेशी दाताहरूले सहयोग गरिरहेका छन् ।

No comments:
Post a Comment