अञ्जन श्रेष्ठ
कार्यकारी निर्देशक, लक्ष्मी ग्रुप
पोखराबाट सुरु भएर राष्ट्रियस्तरको व्यावसायिक घराना बन्न सफल लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको आसन्न साधारणसभामा तेस्रोपटक कार्यकारिणि समिति सदस्यमा प्रतिस्पर्धा गर्दैछन् । लक्ष्मी ग्रुपअन्तर्गतका कन्फेक्सनरी, अटोमोबाइल र पर्यटन क्षेत्रमा प्रत्यक्ष संलग्न श्रेष्ठ राज्यले कृषि क्षेत्रमा उचित नीति नल्याएका कारण मुलुकले यस क्षेत्रमा फड्को मार्न नसकेको बताउँछन् । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)का उपाध्यक्षसमेत रहेका श्रेष्ठ सवारी साधनलाई विलासिताको वस्तु मान्ने सरकारी रवैया गलत रहेको बताउँछन् । उनीसँग महासंघको आसन्न साधारणसभा, लक्ष्मी ग्रुपको नयाँ लगानीलगायतका विषयमा कारोबारकर्मी विपेन्द्र कार्की र केदार दाहालले गरेको कुराकानी :
उद्योग वाणिज्य महासंघको चुनावी माहौल तातिएको अहिलेको अवस्थामा तपाईंंंको व्यक्तिगत तयारीचाहिँ कस्तो छ ?
मैले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणि सदस्यमा एसोसिएट क्षेत्रबाट उम्मेदवारी दिन लागिरहेको छु । म यतिबेला व्यवसायीहरूसँग समर्थन र सहयोगको लागि आग्रह गरिरहेको छु । यसअर्थमा तयारी राम्रै छ ।
महासंघमा केही वर्ष अगाडीदेखि नै प्यानल बनाएर चुनाव लड्ने परम्परा छ, तपाईं पनि प्यानलबाटै चुनाव लड्ने त होला नि !
महासंघ चुनावमा नेतृत्वको लागि २ जनाले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । खासमा भन्ने हो भने पहिले नै सहमतीको लागि प्रयास हुनुपर्ने हो, तर हुन सकेन । विभिन्न कारणले गर्दा सहमतिका प्रयाससमेत भएनन्, तर अध्यक्षको २ उम्मेद्वार मैदानमा आइसकेपछि अन्य पदमा पनि प्यानलमै चुनाव हुन्छ, त्यो स्वाभाविक पनि हो । प्रजातान्त्रिक अभ्यास भएकाले यसको विरोध गर्न मिल्दैन र सबै आफ्नो प्यानलमा केन्द्रित हुन्छन् । मेरो पनि प्यानलभन्दा बाहिर गएर चुनाव लड्ने अवस्था छैन ।
यस वर्षको चुनावमा तपाईंंं आफ्नो लागि वा प्यानलका लागि केन्द्रित हुनुहुन्छ ?
प्यानलमै भइसकेपछि प्यानलको हिसावले लविङ हुन्छ नै । सँगसँगै आफ्ना लागि व्यक्तिगत हिसाबले पनि लागिन्छ । मेरो प्रयास प्यानल र आफ्नो लागि हुने छ ।
महासंघमा तेस्रो कार्यकालका लागि पनि सदस्य पदमा नै चुनाव लड्न लाग्नुभएको छ । तपाईंंंले माथिल्लो पदमा जाने चाहना किन नराख्नुभएको ?
मेरो पनि माथिल्लो पदमा दाबी स्वाभाविक थियो, र धेरै साथीहरूले उपाध्यक्षमा लड्न सल्लाह पनि दिएका हुन् । तर म नयाँ व्यवसाय सुरु गर्ने चरणमा रहेकाले भोलि समय दिन नसक्ने अवस्था देखेर नै रुचि देखाइन । कार्यकारिणि सदस्यका हैसियतले गर्नेभन्दा माथिल्लो पदबाट गर्ने कामको जिम्मेवारी बढी हुन्छ, त्यसका लागि मसँग समय छैन । मैले पर्यटन जस्तो नितान्त नयाँ क्षेत्रमा व्यवसाय सुरु गर्न लागेकाले अहिलेका लागि आफैं पछि हटेको हो । अर्को कुरा महासंघका हामीभन्दा सिनियर र योग्य व्यक्तित्वहरू पनि वर्षौंदेखि सदस्य नै भइरहनु भएकाले मैले यसमा असहज महसुस गर्नुपर्ने कारण छैन ।
तपाईंंले सिनियरको कुरा गर्नुभयो तर तपाईंंकै समकक्षीहरूले उपाध्यक्ष तथा वरिष्ठमा उम्मेदवारी दिइसक्नुभयो ?
मैले समय व्यवस्थापन गर्न नसकेको कारणले आफैं पछि हटेको हो । केही साथीहरू एक खुड्किलो माथि चढ्नुभएको छ र यसलाई मैले स्वाभाविक रूपमा लिएको छु । नेतृत्व खारिएको हुनुपर्छ भन्ने दर्शन पनि एकातिर छ भने अर्कोतिर युवालाई अघि बढाउनुपर्छ भन्ने दर्शन पनि छ । म यी दुवै दर्शनलाई सन्तुलित रूपमा अघि बढाउन चाहन्छु । कोही अगाडि पछाडि हुनु कुनै ठूलो कुरा होइन । हाम्रो लक्ष्मी समूह पछिल्लो समय पर्यटन उद्योगमा लगानी गर्न केन्द्रित भएकाले त्यसमा बढी समय दिनुपर्ने अवस्था छ ।
तपाईंंले सधंै किन एसोसिएटबाट मात्र चुनाव लड्नु भएको हो, जबकि वस्तुगत वा जिल्ला नगरमा पनि तपाईंंंको पकड राम्रो मानिन्छ ?
अहिले त विधानसम्मत हिसावले हेर्दा मैले एसोसिएट क्षेत्रबाट मात्र चुनाव लड्न मिल्छ । किनभने जिल्ला नगर वा वस्तुगत क्षेत्रबाट चुनाव लड्नका लागि एक कार्यकाल त्यहाँको पदाधिकारीमा निर्वाचित भएको हुनुपर्छ । तर म आफू भर्खर नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को उपाध्यक्ष भएकाले आगामी कार्यकालका लागि भने बाटो खुल्छ । जिल्ला नगरमा जाने हो भने अझै केही समय धैर्य गर्नुपर्छ ।
महासंघको तीनवर्र्षे कार्यकालमा आफ्नो र समग्र महासंघको भूिमकालाई कसरी मूल्यांकन गुर्नुहुन्छ ?
अहिलेको कार्यकालको कुरा गर्दा नेतृत्वले अर्को प्यानलाई निषेध गरी पछाडि राखिदिने परिपाटी रह्यो । त्यसो भएकाले पनि सक्रियता आफूले जागाउन सकिएन र अर्को पक्षबाट जगाउन दिइएन । तर, पनि चेम्बर मुभमेन्टलाई अगाडि बढाउने कुरामा कहीँ कतै चुकिएन ।
आजको दिनमा महासंघमा एक पक्षले जितेपछि अर्को पक्षलाई निषेध गर्ने परिपाटी रह्यो अब तपाईंंको प्यानलले जितेमा के गर्नुहुन्छ ?
मलाई के लाग्छ भने निजी र संस्थामा फरक हुन्छ, तर सबै अटाउने र समेट्ने वातावरण तयार गर्नुपर्छ । तर अब हामी नेतृत्वमा आएपछि त्यो स्थिति आउँदैन ।
अहिलेको नेतृत्वले नसमेटेको हो कि तपाईंंहरू समेटिन नचाहनुभएको हो ?
कुनै पनि संस्थामा अध्यक्षको भूमिमा रहन्छ, आफूलाई समेटिएको महसुस गराउने काम नेतृत्वको हो । सबै काम भनेको अध्यक्षको हो । हामीलाई कुनै जिम्मेवारी दिएर पूरा नगरेको भए भन्न सक्नुप¥यो, तर हामीलाई भूमिकाविहीन बनाइएपछि त वस्तुगत आलोचना सहन सक्नुप¥यो ।
तर साधारणसभामा नै पूर्वअध्यक्षहरू नजाने कामम्म भयो नि !
यो पटकभन्दा त अघिल्लो कार्यकालमा बरु विपक्षीलाई समेटेर आफ्नो कार्यकाल सफल पार्न कोसिस भएको थियो । तर, यसपटक त त्यो प्रयाश पनि हुन सकेन । पहिले कुशकुमार जोशीले जति प्रयाश गर्दा नी उहाँहरू आउनुभएन अहिले त हामीलाई पूरै बाइपास गरेर अघि बढियो ।
यसरी विभाजनको अवस्थाबाट अगाडि बढ्दा महासंघको भविष्यप्रति तपाईंं चिन्तित हुनुहुन्न ?
निश्चय पनि चुनावी प्रतिस्पर्धाले गर्दा केही विभाजन ल्याउँछ, तर विकल्प त अन्त्यमा चुनावी प्रतिस्पर्धा मात्रै हो । सहमति भएको राम्रो हुन्थ्यो भन्ने लाग्छ, तर यति ठूलो संस्थामा सहमति गराउन गा¥ह्रो हुँदै गएको छ । जबरजस्ती मिलाउँदा अर्को नराम्रो पक्षचाहिँ केही समूह वा व्यक्ति हावी हुने देखिन्छ । त्यस्तै गरी चुनाव गर्दा चाहिँ केही राम्रा व्यक्तिहरू गुम्ने खतरा हुन्छ ।
अब तपाईंंको समूहको नारा के हो ? तपाईंंहरूले किन जित्नुपर्छ ?
हामीले समग्र व्यावसायिक जगतमा एकता हुनुपर्छ र सबैलाई अवसर दिइनुपर्छ भनेका छौं । समग्र निजी क्षेत्रको अवधारणा त एउटै हुन्छ, सबै हामी चेम्बर मुभमेन्टमा लागेका हौं । हाम्रो टिममा विभिन्न क्षेत्रगत समूहहरूको प्रतिनिधित्व रहनेछ ।
महासंघको चुनावमा तपाईंंको टिमले कति प्रतिशत मत ल्याउँछ ?
चुनाव हो परिणाम यही हुन्छ भन्न त सकिँदैन तर पनि अहिलेको अवस्थालाई हेर्ने हो भने हामी कम्तीमा ६५ प्रतिशत मत ल्याएर चुनाव जित्छौं ।
तपाईंंको टिमको ३ क्षेत्रमध्ये सबैभन्दा बलियो कुन हो ?
हाम्रो तीनवटै क्षेत्रमा राम्रो छ । जिल्ला, नगर र वस्तुगतमा हामी अर्को पक्षको तुलनामा निकै बलियो रहेका छौं भने एसोसिएटमा समेत हामी बहुमतमा छौ । त्यसकारण हामी प्यानलै जित्नेमा ढुक्क छौं ।
महासंघ चुनावमा राजनीतिक गन्ध देखिन थालेको हो ?
प्रत्यक्षरूपमा राजनीति हाबी त भएको मलाई लग्दैन, तर अप्रत्यक्ष त भइहाल्छ । भोलि हामीले तिनै राजनीतिक पार्टीहरूसँग संघर्ष गर्नुपर्छ ।
यसको कारण राजनीतिक पार्टीको चाहना हो वा व्यवसायीले आफैं हस्तक्षेप निम्त्याएका हुन् ?
यसमा दुवै कुरा हुन् । उनीहरू पनि आएका हुन् र हाम्रा साथीहरू पनि गएका हुन् । दुवैको स्वार्थ बढेको छ ।
प्रसंग बदलौं, लक्ष्मी समूहले हाल नयाँ कुन–कुन क्षेत्रमा लगानी विस्तार गरिरहेको छ ?
हामीले पर्यटन र केबलकार क्षेत्रमा लगानी गर्न खोजेका छौं । केबलकारको कुरा पनि मन्त्रालयमा अड्किएर बसेको छ । हामीले पोखरा, पाथीभरा र स्वर्गद्वारीमा केबलकारका लागि प्रयाश गरिरहेका छौं । सरकारको निर्णय पर्खिरहेका छौं । हामीले विदेशी लगानीकर्तासँग मिलेर अगाडि बढ्न खोजेका हौं ।
होटलमा पनि लगानी गर्ने कुरा थियो नि !
होटल क्षेत्रको लगानी धेरै नै अगाडि बढिसकेको छ । हामी चाँडै नै यसको घोषणा गर्नेछौं ।
कृषि क्षेत्रमा कत्तिको सफल हुनुभयो ?
हामीले पछिल्लो समय कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राखेका छौं, तर पहिले पर्यटन क्षेत्रमा लगानी अगाडि बढाउन चाहेका छौं । कृषि क्षेत्रमा लगानी गर्नका लागि सरकारले केही सुविधा सहुलियत दिनुपर्छ । नेपाललाई प्रतिस्पर्धामा लैजानको लागि सरकारले सहयोग गर्नुपर्छ । सबैभन्दा पहिलो काम भनेको कृषकलाई प्रोत्साहन गर्नुपर्छ । अन्य उत्पादन जस्तो कृषि होइन ।
सबैभन्दा पहिलो उत्पादक (प्रड्युसर) कृषक हो त्यसपछि हामी प्रशोधनकर्ता (प्रोसेसर) मात्रै हौं । भारतमा कृषकलाई धेरै सुविधा दिइन्छ तर नेपालमा नीति नै छैन । भारतमा चिनी उत्पादन बढी भयो भने चिनी मिललाई शून्य व्याजदरमा निकासी कर्जा दिइन्छ, तर नेपालमा त्यो गर्न सकिँंदैन । मौसमको भरमा चल्नुपर्छ, परिस्थितिअनुसार क्षतिपूर्तीसमेत दिलाएर कृषकहरूलाई पलायन हुनबाट बचाउनुपर्छ ।
कृषिप्रधान मुलुकमा सबै खाद्यान्न आयात गर्नुपर्ने अवस्था छ । त्यसलाई रोक्नको लागि पनि हामीले सुहलियत दरमा ऋण अनुदान दिएर सानादेखि ठूला लगानी गरेर उत्पादन बढाउनुपर्छ । आज दूध नभएर दूध उद्योगले राम्रो गर्न सकेको छैन । हामी सबै काम गर्छौं तर भारतबाट गाई ल्याउन खुला गराउने काम सरकारले गराउनुपर्छ । निर्वाहको कृषिबाट मुलुकलाई व्यावसायिक बनाउन सरकारले आमूल नीतिमा परिवर्तन गर्नु आवश्यक छ । सरकारमा स्पष्ट भिजन चाहिन्छ । केही समय अगाडि जग्गा लिजमा लिने कुरा आयो तर रोग, आँधी हुरी लाग्छ त्यो जोखिम पनि छ । त्यस्तै बिमाको कुरा आएको छ, तर खै त मनिटरिङ गर्ने संस्था । समग्र नीतिमा परिवर्तन आवश्यक छ ।
पछिल्लो समय अटो क्षेत्रमा कारोबार कस्तो छ ?
पछिल्लो समय अटो सेक्टरमा राम्रो कारोबार भइरहेको छ । विगत २ वर्ष अगाडिदेखि तल झरेको मार्केट अहिले केहीमाथि उठेको छ । सन् २०१२ मा राम्रो थिएन तर २०१४ मा राम्रो भएको छ ।
तपाईंंहरूले भन्सार घटाउनुपर्छ भन्नुहुन्थ्यो, तर भन्सार नघटाएपनी ग्रोथ त छ नि !
हामीले भन्सार घटाउने कारोबारको कुराले मात्र गरेका होइनौं । हामीले सवारी विलासिता नभएर आवश्यकीय वस्तु हो भन्न खोजेका हौ । हिजोको दिनमा गाडी बढी भयो भनिन्थ्यो, तर बाटो बनेपछि त्यो भ्रम हट्यो । नेपालमा सवारी धेरै भएको होइन नेपालमा सडक थोरै भएको हो । आज यातायात साधनले गर्दा उत्पादकत्व बढाएको छ । मोटरसाइकलमा मानिसले दूध बोकेर हिँड्न पाएका छन् । समयको वचत गराएकाले धेरै कामहरू अगाडि बढाएका छन । सवारी साधनलाई नकारात्मक होइन सकारात्मक भएर हेर्नुपर्छ । आज पनि नेपालमा ०.५ प्रतिशत गाडी प्रयोगकर्ता छन भने ५ प्रतिशत मात्र मोटरसाइकल प्रयोगकर्ता छन । कि त सरकारले मासट्रान्पोर्टेसन राम्रो बनाउन सक्नुप¥यो होइन भने भन्सार घटाएर भएपनि उत्पादकत्व बढाउन सवारी साधनको सहज आपूर्तिमा ध्यान दिनुपर्यो ।
सवारी विलासिता कि आवश्यक भन्ने कुरा तपाईंंहरूले सरकारलाई बुझाउन नसकेको हो ?
अब यसमा कुरा के हो भने सबैले बुझेका छन । हामीले बुझाएका पनि छौं, तर सरकार राजस्वमुखी भएर समस्या भएको हो ।
तपार्इँले पोखराबाट सुरु गरेको व्यवसाय काठमाडौंको लोकलसँग प्रतिस्पर्धा गर्न कति कठिन रहेछ ?
हामी अब विस्तारै अगाडि बढेको संस्था हो, हामी पोखरामै हुँदादेखि नै काठमाडौंमा हाम्रो उत्पादन विस्तार गरेका थिया, तर पछि हामीले यही कार्पोरेट अफिस राखेर काम गरिरहेका छौं, त्यस्तो अनुभव हुँदैन, जहाँबाट पनि प्रतिस्पर्धा उस्तै हो । हामीले २०३० सालमा सुरु गरेको हो र २०३३ मा हामी काठमाडौं आइसकेका थियौं ।
पोखराको घरना हुनु र काठमाडौंको नहुनुमा फाइदा र बेफाइदा के हँुदो रहेछ ?
त्यस्तो केही हुँदैन, केही फरक पर्दैन । हामीलाई त्यस्तो केही महसुस भएको छैन । विश्वभरनै गुणस्तरका आधारमा प्रतिस्पर्धा हुन्छ भने भूगोलले त्यति फरक पार्दैन ।

No comments:
Post a Comment