" पर्यटकस्तरका साना होटलमा भने उल्लेख्य "
केदार दाहाल
चैत- ठूला व्यावसायिक घराना होटल क्षेत्रमा आकर्षित देखिए पनि आधा दशकयता
तारे होटलमा ठूलो लगानी भित्रिन भने सकेको छैन । पछिल्ला ५ वर्षको अवस्था
हेर्ने हो भने सुविधायुक्त तारे होटलभन्दा साना रिसोर्ट तथा होटलमा मात्र
लगानी केन्द्रित भइरहेका छन् ।
सन् २००९ यताको संख्या हेर्ने हो भने पर्यटकीय स्तरका बाहेक अन्य तारे होटल थपिन सकेका छैनन् । सन् २००९ मा पाँचतारे होटल संख्या १० वटा रहेकामा अहिले पनि त्यही संख्या कायम छ । चारतारे होटल पनि २ वटामै सीमित छन् । तीनतारेको संख्या २००९ मा ११ वटा रहेकोमा २०१३ को अन्त्यसम्म ४ वटा थपिएका छन् । २००८ मा दुईतारे २७ वटा थिए, अहिले एउटा घटेर २६ वटा छन् । एकतारेमा पनि लगानी बढ्न सकेको छैन । २००९ मा २६ वटा रहेका एकतारे होटल २०१३ को अन्त्यसम्म २४ वटामा सीमित भएका छन् ।
पर्यटकस्तरका होटल भने बढेका छन् । सन् २००९ मा ३ सय ४८ वटा त्यस्ता होटल २०१३ मा आइपुग्दा ४ सय ८२ वटा पुगेका छन् । ४ वर्षमा १ सय ३४ होटल÷रिसोर्ट थपिएका छन् ।
नेपालमा तारे र पर्यटक स्तरका होटलको संख्या ५ सय ६७ छ । सन् २००९ सम्म ४ सय ३२ वटा थिए । नेपालको होटल क्षेत्रमा पछिल्लो ठूलो लगानी भएको होटल ह्यात रिजेन्सी हो । त्यसपछि ‘अपग्रेड’मात्र गरिएका होटल छन् ।
होटल एसोसिएसन नेपाल (हान) अध्यक्ष श्यामसुन्दरलाल कक्षपति लगानीकर्ताले जग्गामा लगानी नै गर्न नसक्ने भएकाले नयाँ तारे होटल बढ्न नसकेको बताउँछन् । “अर्ब हराहारी लगानी गर्नुपर्ने हुन्छ, दैनिक ५ सय डलर पर्ने कोठा हुन्छन्, अनि पर्यटक पनि त्यहीअनुसार भित्रिनुपर्ने हुन्छ,” उनी भन्छन्, “पर्यटक आउने क्रम घटिरहेको छ, यस्तोमा लगानी कसरी बढोस् !” पछिल्ला वर्ष १५ देखि २५ करोड रुपैयाँसम्मका मात्र होटल खुलेको उनले बताए ।
२००९ पछि तारे होटलको कोठा संख्यासमेत उल्लेख्य बढ्न सकेको छैन । त्यतिबेला १ हजार ५ सय ३९ कोठा रहेकामा अहिले पनि त्यही हाराहारी छ । ¥याडिसनले कोठा थपे पनि याक एन्ड यतीलगायतका अन्य तारे होटल पुनःनिर्माणको चरणमै रहेकाले कोठा संख्या थपिन नसकेको हो । चारतारेमा पनि कोठा संख्या १ सय ९० बाट बढ्न सकेको छैन ।
तीनतारे होटलका कोठा भने केही बढेका छन् । यो अवधिमा ३ सय ७२ बाट बढेर ५ सय ९६ पुगेको छ । दुईतारेका कोठा १ हजार १ सय ३८ बाट घटेर १ हजार ९३ मा सीमित भएका छन् । एकतारेमा पनि ५ सय ६४ बाट बढ्न सकेको छैन । पर्यटक स्तरका होटल तथा रिसोर्टका कोठा केही थपिएका छन् । २००९ मा ५ हजार १० वटा कोठा रहेकामा अहिले ७ हजार ९ सय ३४ पुगेका छन् ।
“ठूला होटलमा लगानी ल्याउन सरकारले सरकारी जग्गालाई भाडामा दिनुपर्छ, अनिमात्र सहज हुन्छ,” अध्यक्ष कक्षपति भन्छन्, “भारतलगायत अन्य मुलुकका पाँचतारे तथा तारे होटल हेर्ने हो भने ९० प्रतिशत सरकारले उपलब्ध गराएका जग्गामा निर्माण भएका छन् । नेपालले पनि त्यस्तै नीति ल्याउनुपर्छ ।” नेपालमा खर्च गर्ने पर्यटक नभित्रिएसम्म होटलमा विदेशी लगानी आउन नसक्ने तर्क उनको छ ।
पछिल्लो समय ठूलाभन्दा पनि पर्यटक स्तरका साना होटलको प्रस्ताव बढी आइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन उद्योग महाशाखाका प्रमुख मधुसूदन बुर्लाकोटीले बताए । “सन् २०१३ मा ११ वटा साना र ठूला होटलहरू दर्ता भएका तर तिनीहरू पूर्ण बनिसकेका छैनन्,” उनले भने । सन् २०१४ मा पनि ५ वटा होटल दर्ता भएका छन् ।
२००९ देखि २०१३ सम्मका होटल
होटल २००९ २०१० २०११ २०१२ २०१३
पाँचतारे १० १० १० १० १०
चारतारे २ २ २ २ २
तीनतारे ११ १३ १५ १५ १५
दुईतारे २७ २८ २९ २९ २६
एकतारे २६ २६ २६ २६ २४
पर्यटक स्तर ३४८ ३८७ ४२३ ४४२ ४८२
जम्मा ४३२ ४७४ ५१३ ५३२ ५६७
स्रोत ः पर्यटन उद्योग महाशाखा
१५ करोडदेखि २५ करोडसम्मको लगानीमा होटल खुलिरहेको तथ्यांकले देखाएको छ ।
काठमाडौंलगायतका सहरी क्षेत्रमा तारे होटलका लागि कम्तीमा १ अर्ब रुपैयाँ
खर्चनुपर्ने अवस्था छ ।सन् २००९ यताको संख्या हेर्ने हो भने पर्यटकीय स्तरका बाहेक अन्य तारे होटल थपिन सकेका छैनन् । सन् २००९ मा पाँचतारे होटल संख्या १० वटा रहेकामा अहिले पनि त्यही संख्या कायम छ । चारतारे होटल पनि २ वटामै सीमित छन् । तीनतारेको संख्या २००९ मा ११ वटा रहेकोमा २०१३ को अन्त्यसम्म ४ वटा थपिएका छन् । २००८ मा दुईतारे २७ वटा थिए, अहिले एउटा घटेर २६ वटा छन् । एकतारेमा पनि लगानी बढ्न सकेको छैन । २००९ मा २६ वटा रहेका एकतारे होटल २०१३ को अन्त्यसम्म २४ वटामा सीमित भएका छन् ।
पर्यटकस्तरका होटल भने बढेका छन् । सन् २००९ मा ३ सय ४८ वटा त्यस्ता होटल २०१३ मा आइपुग्दा ४ सय ८२ वटा पुगेका छन् । ४ वर्षमा १ सय ३४ होटल÷रिसोर्ट थपिएका छन् ।
नेपालमा तारे र पर्यटक स्तरका होटलको संख्या ५ सय ६७ छ । सन् २००९ सम्म ४ सय ३२ वटा थिए । नेपालको होटल क्षेत्रमा पछिल्लो ठूलो लगानी भएको होटल ह्यात रिजेन्सी हो । त्यसपछि ‘अपग्रेड’मात्र गरिएका होटल छन् ।
होटल एसोसिएसन नेपाल (हान) अध्यक्ष श्यामसुन्दरलाल कक्षपति लगानीकर्ताले जग्गामा लगानी नै गर्न नसक्ने भएकाले नयाँ तारे होटल बढ्न नसकेको बताउँछन् । “अर्ब हराहारी लगानी गर्नुपर्ने हुन्छ, दैनिक ५ सय डलर पर्ने कोठा हुन्छन्, अनि पर्यटक पनि त्यहीअनुसार भित्रिनुपर्ने हुन्छ,” उनी भन्छन्, “पर्यटक आउने क्रम घटिरहेको छ, यस्तोमा लगानी कसरी बढोस् !” पछिल्ला वर्ष १५ देखि २५ करोड रुपैयाँसम्मका मात्र होटल खुलेको उनले बताए ।
२००९ पछि तारे होटलको कोठा संख्यासमेत उल्लेख्य बढ्न सकेको छैन । त्यतिबेला १ हजार ५ सय ३९ कोठा रहेकामा अहिले पनि त्यही हाराहारी छ । ¥याडिसनले कोठा थपे पनि याक एन्ड यतीलगायतका अन्य तारे होटल पुनःनिर्माणको चरणमै रहेकाले कोठा संख्या थपिन नसकेको हो । चारतारेमा पनि कोठा संख्या १ सय ९० बाट बढ्न सकेको छैन ।
तीनतारे होटलका कोठा भने केही बढेका छन् । यो अवधिमा ३ सय ७२ बाट बढेर ५ सय ९६ पुगेको छ । दुईतारेका कोठा १ हजार १ सय ३८ बाट घटेर १ हजार ९३ मा सीमित भएका छन् । एकतारेमा पनि ५ सय ६४ बाट बढ्न सकेको छैन । पर्यटक स्तरका होटल तथा रिसोर्टका कोठा केही थपिएका छन् । २००९ मा ५ हजार १० वटा कोठा रहेकामा अहिले ७ हजार ९ सय ३४ पुगेका छन् ।
“ठूला होटलमा लगानी ल्याउन सरकारले सरकारी जग्गालाई भाडामा दिनुपर्छ, अनिमात्र सहज हुन्छ,” अध्यक्ष कक्षपति भन्छन्, “भारतलगायत अन्य मुलुकका पाँचतारे तथा तारे होटल हेर्ने हो भने ९० प्रतिशत सरकारले उपलब्ध गराएका जग्गामा निर्माण भएका छन् । नेपालले पनि त्यस्तै नीति ल्याउनुपर्छ ।” नेपालमा खर्च गर्ने पर्यटक नभित्रिएसम्म होटलमा विदेशी लगानी आउन नसक्ने तर्क उनको छ ।
पछिल्लो समय ठूलाभन्दा पनि पर्यटक स्तरका साना होटलको प्रस्ताव बढी आइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन उद्योग महाशाखाका प्रमुख मधुसूदन बुर्लाकोटीले बताए । “सन् २०१३ मा ११ वटा साना र ठूला होटलहरू दर्ता भएका तर तिनीहरू पूर्ण बनिसकेका छैनन्,” उनले भने । सन् २०१४ मा पनि ५ वटा होटल दर्ता भएका छन् ।
२००९ देखि २०१३ सम्मका होटल
होटल २००९ २०१० २०११ २०१२ २०१३
पाँचतारे १० १० १० १० १०
चारतारे २ २ २ २ २
तीनतारे ११ १३ १५ १५ १५
दुईतारे २७ २८ २९ २९ २६
एकतारे २६ २६ २६ २६ २४
पर्यटक स्तर ३४८ ३८७ ४२३ ४४२ ४८२
जम्मा ४३२ ४७४ ५१३ ५३२ ५६७
स्रोत ः पर्यटन उद्योग महाशाखा
No comments:
Post a Comment