आर्थिक क्षेत्रका विशेष गतिविधी

Friday, April 11, 2014

कालोसूचीको असरले थलियो पर्यटन

 केदार दाहाल काठमाडौं, २५ चैत - युरोपेली युनियन (ईयू)ले नेपाली हवाई आकाशलाई कालोसूचीमा राखेपछिको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा देखिन थालेको छ । राजनीतिक सुधार सुरु हुँदा उत्साहित देखिएका पर्यटन व्यवसायी तथा सरोकारवालाहरू कालोसूचीको मारसँगै निराश बनेका छन् । नेपाली हवाई क्षेत्रको अडिट गरे पनि ईयूले कालोसूचीबाट नहटाएपछि पर्यटक आउने क्रम अनुमानभन्दा धेरै घटेको छ । युरोपेली आयोगले मंसिर २० मा नेपालका सबै वायुसेवा कम्पनीलाई ईयूअन्तर्गतका मुलुकमा उडान गर्न निषेध गरेको थियो । ईयूको टोलीले बुद्ध, यती, श्री, तारा, सीता एयर, नेपला वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणको अडिट गरेको थियो । अडिटलगत्तै निगमको ढल् ब्ब्द्य ट्विनअटर जहाज दुर्घटनाग्रस्त हुँदा चालक दलका ३ सदस्यसहित १८ यात्रुको मृत्यु भएको थियो । नेपाल कालोसूचीमा परेपछि टे«ेकिङ, टुरदेखि माथिल्लो क्षेत्रमा जाने पर्यटकले धमाधम बुकिङ रद्द गराइरहेका छन् भने लुक्ला जाने पर्यटक संख्यामा भारी गिरावट आएको छ । “हवाई यात्रा गर्नुपर्ने ठाउँमा रद्द गराएर पर्यटकले अचेल ड्राइभतर्फ बुकिङ गराउन थालेका छन्,” मल्ल टुर्स एन्ड ट्राभल्सका सञ्चालक सुबोध राना भन्छन्, “अहिले गत वर्षको रुटिङ चलिरहेकाले अर्को वर्षदेखि सबैतिर प्रतिकूल असर देखिन्छ ।” पुनर्बिमामा असर अमेरिका र युरोपका ठूला पुनर्बिमा कम्पनीले समेत नेपाल आउने पर्यटकको बिमा गर्न छाडेका छन् । गरेका पनि धेरै महँगो भएका छन् । यसले पर्यटन क्षेत्रमा ठूलो असर पार्छ । “पुनर्बिमाको अनुपात ह्वात्तै घटेको छ, भएका पनि महँगिएका छन्,” नेपाल एसोसिएसन अफ नेपाल (नाट्टा)का निर्वतमान अध्यक्ष तथा वायुसेवा सञ्चालक संघ (आयोन)का उपाध्यक्ष पवित्र कार्की भन्छन्, “एजेन्टहरूले कालोसूचीलाई नै दोष दिइरहेका छन्, यसले भोलि नेपालको पर्यटन क्षेत्र तहसनहस पार्ने देख्छु ।” नेपालबाट बिमा गराउने प्रयास असफल पुनर्बिमा कम्पनीले नमानेपछि नेपाली कम्पनीमार्फत बिमा गराउने पर्यटन व्यवसायीको प्रयास पनि असफल भएको छ । व्यवसायीले एजेन्टमार्फत नेपालका शिखर इन्स्योरेन्स कम्पनी लगायतसँग कुराकानी गरेर प्रक्रिया अगाडि बढाउन खोजेका थिए । तर, पर्यटकले नै नेपाली कम्पनीमार्फत बिमा गर्न अस्वीकार गरेको कार्कीले बताए । लुक्ला जाने घटे कुनै बेला सबैभन्दा बढी व्यस्त रहने लुक्ला विमानस्थलमा यो वर्ष भने मुस्किलले दैनिक २० भन्दा पनि कम उडान भइरहेका छन् । विगतका वर्षमा निगम, सीता, अग्नि, तारा एयरलगायत आधा दर्जनभन्दा बढी हेलिकप्टर कम्पनीले समेत उडान गर्ने गरेका थिए । यो वर्ष तारा र सिम्रिकले मात्र उडान गरिरहेका छन् । ताराले गत वर्षहरूमा दैनिक २५ देखि ३० वटा उडान गर्ने गरेकोमा अहिले १० देखि १५ वटामा सीमित भएको छ भने सिम्रिकले दैनिक ४ देखि ५ वटा उडान गरिरहेको छ । “लुक्ला जाने उडानमा धेरै कटौती भइरहेको छ, हामीले दैनिक ५ वटासम्म उडान गरिरहेका छौं,” सिम्रिक एयरका बजार प्रबन्धक प्रज्ज्वल पोखरेलले भने । लुक्ला जाने पर्यटक नहुँदा सबै हेलिकप्टर कम्पनी अहिले अन्यत्रै केन्द्रित भएको डाइनेस्टी एयरका सञ्चालकसमेत रहेका कार्कीले बताए । “हामीले दैनिक दर्जनौं उडान गथ्र्यौं, अहिले नगन्य छ, बुकिङ भएका पनि रद्द भइरहेका छन्,” उनले भने ।आगमन टुर तथा ट्रेकिङतर्फ नेपाल भ्रमण गर्ने पर्यटकको संख्यामा भारी गिरावट आइरहेको छ । कतिले घटेको छ भन्ने तथ्यांक नआए पनि गत वर्षको तुलनामा आधाभन्दा धेरै घटेको व्यवसायी बताउँछन् । नेपालमा महँगो जहाज भाडा र ईयूको कालोसूची नै पर्यटक आगमनदर घट्नुका मुख्य कारण भएको उनीहरूको भनाइ छ । गत वर्ष चालू सिजनका लागि होटलहरूमा ९० प्रतिशत कोठा बुकिङ भइसकेका थिए । यो वर्ष मुस्किलले ३५ प्रतिशतमात्र बुकिङ भएको होटल एसोसिएसन नेपाल (हान)को भनाइ छ ।
ट्रेकिङतर्फ एभरेस्ट, अन्नपूर्ण तथा मुस्ताङ क्षेत्र जाने पर्यटकसमेत घटेको एजेन्सीहरूको भनाइ छ । “कालोसूचीमा परेपछि टुर तथा ट्रेकिङमा पनि कालोदिन आयो,” पाँचतारे होटल सांग्रिलाका महाप्रबन्धक राजुविक्रम शाहले भने, “पोहोर यतिबेला होटल पूरै बुकिङ भइसक्थे, अहिले त आधा पनि छैन ।”

No comments:

Post a Comment