आर्थिक क्षेत्रका विशेष गतिविधी

Thursday, December 18, 2014

NAC recovering


KATHMANDU, Dec 17
Things seem to be getting better at the Nepal Airlines Corporation (NAC) that has been on a downward spiral for over two decades due to political interference. It will start trial and regular flights immediately after the European aircraft manufacturer Airbus delivers the new plane.
Airbus has already completed building the body and painting of the plane to be delivered to the NAC and is currently putting engines and seats, according to the NAC. The NAC will get the first plane in February and the next in April. NAC General Manager Madan Kharel claims that the fading fortunes of NAC will also get bright with introduction of these shining 158-seaters. “Efforts for managerial and technical reform have already started. This has also showed signs of financial improvement,” he states. Management of the NAC, that currently survives through ground handling services, has already projected doubling of its income in the coming year   
President of the Nepal chapter of the Pacific Asia Travel Association (PATA) Suman Pandey states the NAC can get a huge market share if it were to reform itself. He hopes that the country’s tourism will also gather momentum with acquisition of new planes by the NAC. Big and chain hotels are now being started in Nepal and he feels more hotels will arrive if the NAC were to get stronger. “A total of 27 international airlines are currently taking money from Nepal. That money would have stayed in Nepal were the NAC stronger,” he adds.
The NAC has projected to earn Rs 15.58 billion from operation of the new planes. It had earned around Rs 7.50 billion in the last fiscal year. It currently earns around Rs 2.50 billion from ground handling. The NAC, that currently has only two narrow-body planes, has projected to earn US$ 134 million (around Rs 13.40 billion) from international flights alone in the upcoming year if everything were to be done as per the schedule. Stating that it will provide service through 13 planes within 2015, the NAC has already decided to move the process to buy two more wide-body and two narrow-body airplanes by 2017. The NAC has already revealed its plan of operating international and domestic flights with 25 planes, including nine for international flights, by 2024. NAC Spokesperson Ramhari Sharma says it has already started process to bring five narrow-body and four wide-body planes within 10 years.    
Kharel, who was appointed general manager through free competition two years ago, is trying to improve internal management of the NAC. Tourism stakeholders also concede the NAC has showed signs of improvement. “The NAC is currently on course of improvement. This is reflection of the overall tourism sector and economic state,” General Secretary of the Hotel Association of Nepal (HAN) Vinayak Shah states. “There are examples of success of national flag-carriers in countries with thriving tourism. We can easily attract two million tourists if the NAC were to improve,” he adds.
The NAC has also projected business of US$ 184 million (around Rs 18.40 billion) and net profit of US$ 11 million (around Rs 1.10 billion) by 2016. It aims to do annual business of US$ 524 million (around Rs 52.40 billion) and net profit of US$ 58 million (around Rs 5.80 billion) by 2024. It also aims to raise authorized capital to Rs 35 billion and paid-up capital to Rs 33 billion by 2024. It plans to cater to 578,000 passengers annually through international flights within 2015 and 1.54 million by 2024.  Likewise, it plans to cater to 1 million passengers annually through domestic flights within 2015 and 1.39 million by 2024. “We will increase our market share to 25 percent in international sector and 30 percent in domestic by 2024,” he reveals.
The commercial plan of NAC states that MA-60 planes alone will cater to over 255,500 passengers annually in the domestic sector in 2015while Y-12 E will serve 34,500 passengers a year. It plans to serve around 500,000 passengers a year including with Twin Otters. The NAC will operate three Twin Otters, two MA-60s and four YI-12 Es in the domestic sector four months later. It plans to cater to 1.99 million passengers a year in international and domestic sectors by 2020. The NAC plans to operate two Boeings and two Airbuses until 2015 in the international sector before gradually phasing out Boeings.    

यसरी तङ्ग्रँदैछ निगम

यसरी तङ्ग्रँदैछ निगम
केदार दाहाल
काठमाडौं, २ पुस- राजनीतिक हस्तक्षेपले २ दशकदेखि अधोगतितर्फ लागिरहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा बल्ल सुधारका संकेत देखिँदैछन् । युरोपेली कम्पनी एयरबसले निर्धारित मितिमै नयाँ जहाज उपलब्ध गराएलगत्तै निगमले परीक्षण र नियमित उडान थाल्नेछ । निगमका अनुसार एयरबसले उपलब्ध गराउन लागेको जहाजको बडी बनाउने र रंगरोगन गर्ने काम सकिसकेको छ । अहिले इन्जिन र सिट राख्ने काम भइरहेको छ ।
फेब्रुअरीमा पहिलो जहाज पाएसँगै निगमले अफ्रिलमा अर्को जहाज पनि प्राप्त गर्नेछ । १५८ सिटका यी टल्कने जहाजसँगै निगमको धुमिल हुँदै गएको इतिहास चम्किलो हुने प्रबन्ध निर्देशक मदन खरेल दाबी गर्छन् । “अहिले व्यवस्थापनदेखि प्राविधिक रूपमा पनि सुधारका प्रयासहरू सुरु भइसकेका छन्,” उनी भन्छन्, “यससँगै आर्थिक रूपमा पनि सुधारका संकेत देखिएका छन् ।” ग्राउन्ड ह्यान्डलिङबाट धानिएको निगमको आम्दानी आगामी वर्ष दोब्बर बढ्ने प्रक्षेपण व्यवस्थापनले गरिसकेको छ ।
निगमले आफूलाई सुधार्ने हो भने ठूलो बजार हिस्सा ओगट्न सक्ने पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डे बताउँछन् । निगमको जहाजसँगै मुलुकमा पर्यटन व्यवसायले पनि गति लिने उनको विश्वास छ । अहिले ठूला र चेन होटल खुल्ने क्रम बढेको र निगम बलियो भए थप होटलसमेत आउन सक्ने उनको ठम्याइ छ । “आज २७ वटा विदेशी एयरलाइन्सले नेपालबाट पैसा लगिरहेका छन्, निगम बलियो भएको भए पैसा यतै रोकिन्थ्यो,” उनले भने ।
निगमले थप हुने नयाँ जहाज सञ्चालनमार्र्फत प्राप्त हुने आम्दानी १५ अर्ब ५८ करोड २० लाख रुपैयाँ पुग्ने अनुमान गरेको छ । उसले गत आवमा करिब साढे ७ अर्ब रुपैयाँ आम्दानी गरेको थियो । निगमले हाल ग्राउन्ड ह्यान्डलिङबाट वार्षिक साढे २ अर्ब रुपैयाँ कमाउँछ । सबै कुरा तोकिएको समयमा भए उसले आउने वर्ष अन्तर्राष्ट्रिय उडानबाट मात्रै १३ करोड ४० लाख अमेरिकी डलर (१३ अर्ब १३ करोड २० लाख रुपैयाँ) आम्दानी गर्ने प्रक्षेपण गरेको छ ।
निगम २ वटा न्यारो बडीमा मात्रै रोकिनेछैन । सन् २०१५ भित्र १३ वटा जहाजमार्फत सेवा दिने उल्लेख गर्दै उसले सन् २०१७ सम्ममा थप २ वटा वाइड र २ वटा न्यारो बडी जहाज खरिद गर्न तत्काल प्रक्रिया अगाडि बढाउने घोषणा गरिसकेको छ । निगमले सन् २०२४ भित्र २५ वटा जहाजमार्फत अन्तर्राष्ट्रिय र आन्तरिक उडान थाल्ने महत्वाकांक्षी लक्ष्य पनि सार्वजनिक गरिसकेको छ ।
२ वर्षअघि प्रतिस्पर्धाबाट महाप्रबन्धक बनेका खरेल यतिबेला निगमको आन्तरिक व्यवस्थापन सुधार्न लागिपरेका छन् । यसैले पनि निगम सुधारिने संकेत दिएको पर्यटन क्षेत्रका सरोकारवालाहरू पनि स्वीकार्छन् । “निगम अहिले सुधारको बाटोमा छ, यो पर्यटन क्षेत्र र नेपालको समग्र आर्थिक स्थितिकै प्रतिविम्ब हो,” होटल एसोसिएसन नेपाल (हान)का महासचिव विनायक शाह भन्छन्, “पर्यटन सफल भएका देशमा राष्ट्रिय ध्वजावाहक सफल भएका उदाहरण छन्, निगम पनि सुधारिने हो भने वार्षिक २० लाख पर्यटक सजिलै आउँछन् ।”
सन् २०२४ भित्र आन्तरिक उडानका लागि १६ र अन्तर्राष्ट्रियतर्फ ९ वटा ठूला विमान थप गर्ने निगमको लक्ष्य छ । उसले १० वर्षभित्र ५ वटा न्यारो बडी र ४ वटा वाइड बडी जहाज ल्याउने गरी काम अगाडि बढाइरहेको प्रवक्ता रामहरि शर्माले जानकारी दिए ।
सन् २०१६ भित्र १८४ मिलियन डलर (१८ अर्ब ४० करोड रुपैयाँ) व्यापार गर्ने र त्यसमा ११ मिलियन डलर (१ अर्ब १० करोड रुपैयाँ) खुद नाफा गर्ने प्रक्षेपणसमेत निगमले गरिरहेको छ । २०२४ सम्ममा ५२४ मिलियन डलर (५२ अर्ब २४ करोड रुपैयाँ) व्यापार गर्ने र नाफा वृद्धि गरी ५८ मिलियन डलर (५ अर्ब ८ करोड रुपैयाँ) पु¥याउने लक्ष्य उसको छ । त्यस्तै, २०२४ सम्म अधिकृत पुँजी ३५ अर्ब र चुक्ता पुँजी ३३ अर्ब पु¥याउने लक्ष्य पनि उसले राखेको छ ।
निगमले २०१५ भित्रै अन्तर्राष्ट्रिय उडानमा ५ लाख ७८ हजार यात्रुलाई सेवा दिने र २०२४ सम्ममा १५ लाख ४० हजार पु¥याउने लक्ष्य सार्वजनिक गरेको छ । आन्तरिकतर्फ २०१५ भित्र १० लाख यात्रुलाई सेवा दिने र २०२४ सम्ममा १३ लाख ९२ हजार यात्रुलाई सेवा दिने लक्ष्य लिइएको खरेलले बताए । “सन् २०२४ सम्ममा अन्तर्राष्ट्रियतर्फ २५ प्रतिशत र आन्तरिकतर्फ ३० प्रतिशत बजार हिस्सा पु¥याउनेछौं,” उनले भने ।
निगमको व्यावसायिक योजनाअनुसार २०१५ मा एमए–६० जहाजबाट मात्र बोक्ने आन्तरिक यात्रुको संख्या २ लाख ५५ हजार ५ सयभन्दा बढी हुने उल्लेख छ । त्यस्तै, वाई– १२ ‘ई’ले वार्षिक करिब ३४ हजार ५ सय यात्रुलाई सेवा दिने लक्ष्य छ । ट्विनअटरसहित गरी वार्षिक कुल आन्तरिक यात्रु ५ लाख हुने अनुमान छ ।
निगमले अबका ४ महिनामा आन्तरिकतर्फ ३ ट्विनअटर, २ एमए ६० र ४ वाई– १२ ‘ई’ जहाजद्वारा उडान गर्नेछ । अन्तर्राष्ट्रियतर्फ ५ लाख ७८ हजारभन्दा बढी यात्रु हुने योजनामा उल्लेख छ । सन् २०२० सम्म आन्तरिक र अन्तर्राष्ट्रिय गरी वार्षिक १९ लाख ९६ हजारभन्दा बढी यात्रु पाउने योजनामा उल्लेख छ ।
निगमले २०१५ सम्म २ बोइङ र २ एयरबस चलाएर पछि बिस्तारै बोइङलाई ‘फेजआउट’ गर्ने योजना बनाएको छ ।

Wednesday, December 17, 2014

आधा दर्जन नयाँ एयरलाइन्स आउँदै


केदार दाहाल
काठमाडौं, २८ मंसिर- सन् २०१५ सुरुवातसँगै अन्तर्राष्ट्रिय उडानका लागि आधा दर्जन नयाँ एयरलाइन्स नेपाल आउने भएका छन ।  बंगलादेशबाट रिजेन्ट, मलेसियाबाट मालिन्दो, चीनको छेन्दुबाट सिचुवान, श्रीलंकाबाट मिहिनलंका एयरलाइन्स, भारतबाट गो एयर र नेपाली तथा चिनियाँ लगानीको हिमालयन एयरलाइन्सले नेपाल उडानको अन्तिम तयारी गरिरहेका छन् । यससँगै नेपाल उडान भर्ने अन्तर्राष्ट्रिय एयरलाइन्सको संख्या ३३ पुग्नेछ ।
बंगलादेशबाट रिजेन्टले डिसेम्बर २७ देखि सातामा ७ उडान गर्नेगरी स्वीकृति लिइसकेको छ भने श्रीलंकाको मिहिनलंकाले २०१५ को सुरुबाटै उडान सुरु गर्नेगरी प्रक्रिया अगाडि बढाइरहेको छ । मलेसियाबाट मालिन्दोले केही दिनभित्रै उडान गर्नेगरी तयारी गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिए ।
चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सले सन् २०१५ को सुरुवातदेखि उडान गर्दैछ । हिमालयन एयरले फेब्रुअरीदेखि उडान गर्ने गरी उडान सञ्चालन प्रमाणपत्र (एओसी)को प्रक्रिया जारी राखेको छ ।
नेपालमा हाल विमान बंगलादेशले नेपाल उडान गरिरहेको छ । अब रिजेन्ट पनि थपिँदैछ । श्रीलंकाबाट अहिलेसम्म कुनै उडान छैनन् । मिहिनलंकाले उडान थालेपछि नेपाल र श्रीलंकाबीच सिधा हवाई सम्पर्क जोडिनेछ । मालिन्दोले उडान सुरु गरेपछि मलेसियाबाट नेपाल उड्ने एयरलाइन्स संख्या ३ पुग्नेछ । हाल मलेसियामा नेपालबाट वायुसेवा निगमले उडान गरिरहेको छ । मलेसियाबाट मलेसियन एयरलाइन्स र एयर एसियाले उडान गरिरहेका छन् । सिचुवानले नेपालमा एयरबस ३२० सिरिज जहाजमार्फत उडान गर्ने बताएको छ । उसले छेन्दु–ल्हासा–काठमाडौं उडान गर्नेछ ।
हिमालयले तिब्बत एयरलाइन्ससँगको सहकार्यमा उडान गर्दैछ । २ अर्ब ५० करोड रुपैयाँ लगानी गरी हिमालयन स्थापना भएको हो । चीनबाट यसअघि नै एयर चाइना, चाइना इस्टर्न र चाइना साउदर्न एयरलाइन्सले नेपाल उडान भर्दै आएका छन् । भारतबाट एयर इन्डिया, स्पाइस जेट र इन्डिगो एयरले उडान गरिरहेकामा गो थपिँदैछ ।
नेपालमा धेरै अन्तर्राष्ट्रिय एयरलाइन्सको ध्यान केन्द्रित भइरहेकाले यहाँको पर्यटनमा सकारात्मक प्रभाव पार्ने नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष रामकाजी कोने बताउँछन् । “हामीले निगमलाई बलियो बनाउन सकेको भए सिधै युरोप र अमेरिका उडान गर्न सक्थ्यौं,” उनी भन्छन्, “विदेशी एयरलाइन्सले बर्सेनि यति धेरै पैसा लगिरहेका छन्, त्यो त रोकिन्थ्यो !”

थपिने नयाँ एयरलाइन्स
देश     एयरलाइन्स
बंगलादेश     रिजेन्ट एयरलाइन्स
श्रीलंका    मिहिनलंका एयर
मलेसिया    मालिन्दो एयर
चीन (छेन्दुबाट)    सिचुवान
चीन (ल्हासाबाट)    हिमालयन एयर
भारत    गो एयर

लगानी बोर्डले नसकेपछि निजगढ विमानस्थल मन्त्रालयमै फिर्ता


लगानी बोर्डले नसकेपछि निजगढ विमानस्थल मन्त्रालयमै फिर्ता
केदार दाहाल
काठमाडौं, १ पुस- लगानी बोर्डले ३ वर्षसम्म पनि लगानीकर्ता खोज्न नसकेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आफैं बनाउने भएको छ  । बाराको निजगढमा निर्माण हुने यो विमानस्थलका केही भौतिक संरचना आफैं निर्माण गरी त्यसपछि मात्र लगानीकर्तालाई आह्वान गर्ने तयारीमा मन्त्रालय जुटेको छ ।
मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणसँग प्राविधिक सहयोग लिएर निर्माणको सम्पूर्ण जिम्मेवारी आफूमा सार्न लागेको हो । यसअघि सम्पूर्ण जिम्मेवारी लगानी बोर्डलाई दिइए पनि अब ऊसँग लगानी जुटाउने विषयमा नीतिगत सहयोगमात्र लिइने भएको छ ।
मन्त्रालयले ‘निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना निर्देशनालय’ गठन पनि गर्ने भएको छ । यसका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने प्रक्रिया अगाडि बढाइएको छ । मन्त्रालयका अधिकारीहरूले यसबारे औपचारिक प्रतिक्रिया भने दिन चाहेका छैनन् । मन्त्रालयको योजना महाशाखाका प्रमुख तथा प्रवक्ता मोहनकृष्ण सापकोटाले यसबारे छलफल चलिरहेको तर निर्णय नभइसकेको बताए । “मन्त्रालयमा कसरी निर्माण व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल चलिरहेको साँचो हो तर अहिल्यै निर्णय भइसक्यो भन्नु हतार हुन्छ,” उनले भने ।
अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको अनुभवी प्राधिकरणलाई समेत यसको जिम्मेवारी दिन नहुने निष्कर्षमा मन्त्रालयका अधिकारी पुगेका छन् । निर्देशनालयले निर्माण प्रक्रियादेखि सम्पन्न नभएसम्म सबै काम गर्ने जनाइएको छ । मन्त्रालय स्रोतका अनुसार यो विषयमा मन्त्रीस्तरीय निर्णय भइसकेको छ र अब केही दिनमै मन्त्रिपरिषद् लगेर तत्काल प्रक्रिया अगाडि बढाइनेछ । मन्त्रिपरिषद् लैजानुअघि नै प्रस्ताव सार्वजनिक भए आलोचना हुन सक्ने भन्दै सूचना नचुहाउन अधिकारीहरूलाई निर्देशन दिइएको छ ।
लगानी बोर्ड र मन्त्रालयबीच गत वर्षदेखि नै विमानस्थल कसले निर्माण गर्ने भन्नेमा विवाद थियो । बोर्डले लगानी जुटाउन खासै मेहनत नगरेको भन्दै मन्त्रालयले आलोचना गर्दै आएको छ । कानुनतः २० अर्बभन्दा बढीका परियोजना बोर्डमार्फत कार्यान्वयन हुन्छन् । निजगढ विमानस्थलको लागत ४६ अर्ब रुपैयाँ छ । यद्यपि अहिले लामो विवादपछि बोर्ड पनि लगानी जुटाउने सन्दर्भमा केही सहयोग गर्ने तर निर्माणको जिम्मा भने मन्त्रालयलाई दिन सहमत भइसकेको छ । सरकारले निजगढ–काठमाडौं फास्ट ट्र्याक र निजगढ विमानस्थलाई सँगै निर्माण गर्नुपर्ने पर्यटन व्यवसायीको माग छ ।
मन्त्रालयले यसै वर्ष अग्गा अधिग्रहणका लागि ५० करोड रुपैयाँ बजेट छुट्ट्याए पनि काम भने अगाडि बढेको छैन । हाल निजगढका लागि काम गर्न कुनै संयन्त्र खडा नभएकाले पनि काम दु्रत गतिले अगाडि नबढेको मन्त्रालयका अधिकारी बताउँछन् । अब जग्गा अधिग्रहणको कामसमेत निर्देशनालय गठनपछि मात्र सुरु हुने भएको छ । त्यसपछिमात्र सरकारले विमानस्थल निर्माणका लागि विश्वव्यापी बोलपत्र आह्वानको प्रक्रिया अगाडि बढाउनेछ ।
यसैवर्ष जग्गा अधिग्रहण सकेर आगामी वर्ष टेन्डरमा लैजाने सरकारी योजना छ । यसै आवदेखि पोखरा र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण थाल्ने योजना भएकोले पनि निजगढ विमानस्थल निर्माणका लागि तत्काल टेन्डरमा नजाने अधिकारी बताउँछन् । भैरहवा र पोखराका लागि प्राधिकरणले आफ्नै आयोजना निर्देशनालय बनाएर काम गरिरहेको छ ।
विमानस्थल निर्माणमा केही लगानीकर्ताले पटक–पटक प्रस्तावसमेत राखिरहेका छन् । तर, छुट्टै संयन्त्र गठन नभएकाले फलो गर्ने कामसमेत भएको छैन । सरकारले यो विमानस्थल निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) अवधारणाअन्तर्गत निर्माण गर्ने तयारी गरे पनि टुंगो लागिसकेको छैन ।
कोरियाली कम्पनी एलएमडब्ल्यूले ४ वर्षअघि नै विमानस्थलको सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको थियो । निर्माण थालेको ४ वर्षमा सकिसक्ने लक्ष्य रहेको यो आयोजनामा ४६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । विमानस्थल पहिलो र दोस्रो गरी २ चरणमा निर्माण गर्ने तयारी छ । यो ३,६०० सय मिटर लामो, ४५ मिटर फराकिलो हुनेछ भने धावनमार्ग दोहोरो हुनेछ । धावनमार्गमा हाल विश्वबजारमा उत्पादन भएका सबैजसो अत्याधुनिक वाइड बडी जहाज उडान÷अवतरण गर्न सक्नेछन् । निर्माण सम्पन्न भएपछि वार्षिक ६ करोड यात्रु धान्न सक्ने यो विमानस्थल टर्मिनल भवनमा ६ बोर्डिङ गेट, ३४ चेकइन काउन्टर, ६ सुरक्षा जाँच, ३५ अध्यागमन, ८ भन्सार जाँच काउन्टर रहनेछन् । त्यस्तै, यात्रु सजिलोका लागि टर्मिनल भवनको माथिल्लो तलामा प्रस्थान र तल्लो तलामा आगमन बनाइनेछ ।
 

Tuesday, December 9, 2014

दुर्घटनामा पर्दैनन् पर्यटक गाडी

यातायात व्यवसायी सधैंजसो सडक र सरकारको लाइसेन्स दिने प्रक्रिया नै गलत भएको कारण देखाउँदै दुर्घटना बढेको जिकिर गर्छन् । जबकि, पर्यटक बस चलाउने र अन्य सार्वजनिक सवारी चलाउने दुवै चालकले समान प्रक्रियाबाट लाइसेन्ट पाउँछन् र सडक पनि उही हो ।
दुर्घटनामा पर्दैनन् पर्यटक गाडी

केदार दाहाल/ शिव बोहरा
काठमाडौं, २२ मंसिर- सार्वजनिक सवारी दुर्घटनामा दैनिकजसो यात्रुको ज्यान गइरहेको छ । दसैंयता विभिन्न स्थानमा भएका दुर्घटनामा परी ५ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । दैनिक बढिरहेको दुर्घटनाको ग्राफले यात्रुहरू मनोवैज्ञानिक त्रासमा छन् । तर, उस्तै प्रकृतिका पर्यटक गाडी भने अहिलेसम्म गम्भीर दुर्घटनामा परेका उदाहरण छैनन् । पर्यटक गाडी चल्न थालेको दशकौं भइसक्दा पनि दुर्घटना नहुनुले प्रष्ट हुन्छ— सार्वजनिक सवारी दुर्घटना हुनुमा मुख्य जिम्मेवार चालक नै हुन् !
यातायात व्यवसायी सधैंजसो सडक र सरकारको लाइसेन्स दिने प्रक्रिया नै गलत भएको कारण देखाउँदै दुर्घटना बढेको जिकिर गर्छन् । जबकि, पर्यटक बस चलाउने र अन्य सार्वजनिक सवारी चलाउने दुवै चालकले समान प्रक्रियाबाट लाइसेन्ट पाउँछन् र सडक पनि उही हो ।
तुलनात्मक रूपमा सार्वजनिक सवारी ग्रामीण भेगमा जाने गरे पनि धेरैजसो दुर्घटना पक्की सडक र राजमार्गमै हुने गरेका छन् । पर्यटक गाडी पनि सोही सडकमा गुड्छन् तर यी दुर्घटनामा पर्दैनन् किन ? “पर्यटक गाडीमा सिटभन्दा बढी एउटा पनि यात्रु राख्दैनौं र गाडीको गति पनि सीमित हुन्छ, त्यसकारण दुर्घटना हुदैन,” नेपाल टुरिस्ट भेइकल एसोसिएसनका अध्यक्ष रामशरण कार्की भन्छन्, “पर्यटक गाडीका चालक र सहचालकलाई राम्रो तालिम दिएरमात्र गाडी चलाउन पठाउने गरिएको छ ।”
जत्ति नै राम्रो बाटो भए पनि प्रतिघण्टा ७० किलोमिटरभन्दा बढी गतिमा प्रतिबन्ध लगाइएको उनले बताए । “अन्य स्थानमा ४०÷५० भन्दा बढी गति हुँदैन,” कार्कीले थपे, “पर्यटक गाडीको प्रायः गति सीमित हुन्छ, ओभरटेक सकेसम्म गरिँदैन, जथाभावी यात्रु चढाउने र ओराल्ने काम हुँदैन ।”
सार्वजनिक यातायात क्षेत्रमा बढी समस्या देखिनुको मुख्य कारण अस्वस्थ्य प्रतिस्पर्धा नै भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला स्वीकार्छन् । “पर्यटक बसहरू निश्चित स्थानबाट यात्रु बोकेर हिँडेपछि गन्तव्यमा नपुग्दासम्म (खाना खानेबाहेक) रोक्दैनन् । तर, अन्य सार्वजनिक सवारी यात्रु चढाउन÷ओराल्न अस्वस्थ्य प्रतिस्पर्धा गर्छन्,” सिटौला भन्छन्, “यिनै कारणले गर्दा पर्यटक बसभन्दा अन्य सवारी बढी दुर्घटना भएका हुन सक्छन् ।”
पर्यटक गाडीले वार्षिक आन्तरिक र बाह्य गरेर १० लाखभन्दा बढी यात्रुलाई ओसार्छन् । देशभर दैनिक ठूला÷साना गरी १,५०० भन्दा बढी पर्यटक गाडी गुड्छन् । “अरु सार्वजनिक गाडी बढी गतिमा धेरै लामो दूरी चल्छन्,” कार्की भन्छन्, “पर्यटक गाडी दैनिक औसत ३ सय किलोमिटरभन्दा बढी गुड्दैनन् ।”
पर्यटक गाडीले काठमाडौंदेखि पोखरा, सौराह, लुम्बिनीलगायत क्षेत्रमा सेवा दिइरहेका छन् । कार, भ्यान, माइक्रोमार्फत पनि उनीहरूले देशभरि सेवा विस्तार गरेका छन् ।
सवारी दुर्घटनाका कारण अकालमा ज्यान जाने डरले महँगो भाडा तिरेरै भए पनि यात्रुहरूले पर्यटक गाडी रोज्न थालेका छन् । सम्बद्ध व्यवसायीका अनुसार पर्यटक गाडीमा ५० प्रतिशत सिट नेपालीले भरिने गरेका छन् ।
“दुर्घटनाको डरले केही रकम बढी तिरेरै भए पनि यात्रुहरू पर्यटक गाडी चढ्न थालेका छन्,” अध्यक्ष कार्की भन्छन्, “पर्यटक नहुँदा पनि गाडी खाली हुँदैनन् ।” हाल काठमाडौंदेखि पोखराका लागि अन्य सार्वजनिक गाडीले ४ सय रुपैयाँ भाडा लिन्छन्, जबकि पर्यटक गाडीको भाडा ७ सय रुपैयाँ छ ।

Tourist vehicles do not suffer accidents


KATHMANDU, Dec 8
Public transportation vehicles suffer accidents almost every day. Over 500 individuals have been killed in accidents at different places after the Dashain festival. Passengers have to travel in psychological terror due to rising accidents. But vehicles used for transportation of tourists have been an exception at this time of accidents. That tourist vehicles plying in similar routes for decades do not suffer accidents show that the roads alone cannot be blamed.
 Transport entrepreneurs always cite the state of roads and the process of issuing license for the rise in accidents. But the tourist vehicles plying in the same roads and driven by drivers who receive license through the same process do not suffer accidents. Though public transportation vehicles comparatively operate at rural areas, they suffer accidents even on the major highways and black-topped roads. “We do not keep even a single passenger over capacity in tourist vehicles. There are no accidents as a result,” President of the Nepal Tourist Vehicle Association Ram Sharan Karki reasons. “We also send drivers and helpers to operate tourist vehicles only after training them properly,” he adds.
He says the drivers have been banned from speeding over 70 kilometer per hour no matter how good and broad the road is. “The speed is never above 40/50 km/hr at other places. Speed of tourist vehicles generally is slow and they do not overtake other vehicles as far as possible. Passengers are also not picked/dropped indiscriminately,” he elaborates.   
General Secretary of the Federation of Nepalese National Transport Entrepreneurs Association Saroj Sitoula concedes that unhealthy competition is the main reason for the problems seen in public transportation. “Tourist vehicles do not stop at any place apart for eating while carrying tourists. But public transportation vehicles compete unhealthily to pick passengers. There may have been more accidents of public vehicles due to that,” he reasons. Tourist vehicles cater to over 1 million domestic and foreign tourists every year. Over 1,500 small/big tourist vehicles operate across the country every day. “Other public vehicles travel a long distance at high speed. Tourist vehicles do not travel more than 300 kilometers a day on an average,” Karki points out.
Tourist vehicles are operating from Kathmandu to Pokhara, Sauraha, Lumbini and other places. They have expanded services across the country even through cars, vans, and micro-buses apart from buses. Passengers now have started to opt for tourist vehicles even paying a higher fare due to fear of accidents in public transportation vehicles. Tourist vehicle operators claim around 50 percent of their vehicles are filled by Nepali passengers. “Our vehicles are not empty even when there are no tourists,” Karki states. Tourist vehicles currently charge Rs 700 per person to travel to Pokhara from Kathmandu while public vehicles charge Rs 400.         

Thursday, December 4, 2014

५० लाख पर्यटक नभित्रिए आर्थिक मन्दी आउन सक्छ


वसन्तराज मिश्र (सचिव-कोषाध्यक्ष, प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) )
 
५० लाख पर्यटक नभित्रिए आर्थिक मन्दी आउन सक्छ

टेम्पल टाइगर ग्रुपका अध्यक्ष वसन्तराज मिश्र प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)का सचिव÷कोषाध्यक्ष हुन् । पाटामा आबद्ध भएको ४ दशकपछि सबैभन्दा उपल्लो तहमा पुग्ने नेपालीसमेत रहेका मिश्र मुलुकको ‘वाइल्डलाइफ टुरिजम’ क्षेत्रका ‘पायोनियर’ मानिन्छन् । मिश्र यसअघि पाटा नेपाल च्याप्टर, नेपाल एसोसियसन अफ टुर अपरेटर (नाटो) सहित आधा दर्जनभन्दा बढी प्रतिनिधिमूलक संस्थाको नेतृत्वतहमा रहिसकेका छन् । उनीसँग नेपाली पर्यटन क्षेत्रमा पछिल्लो समय निकै चर्चा कमाइरहेको बौद्ध सर्किटसहित समग्र पर्यटन क्षेत्रका समस्या र सम्भावनाका विषयमा कारोबारकर्मी विपेन्द्र कार्की र केदार दाहालले गरेको कुराकानी :
 
सार्क शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री र श्रीलंकाली राष्ट्रपतिले बुद्ध सर्किटको पक्षमा दिएको अभिव्यक्तिलाई नेपालको निजी क्षेत्रले कसरी लिएको छ ?
अब बुद्ध लुम्बिनीमा जन्मिएको भन्ने कुरामा कुनै दुविधा छैन । विभिन्न वैज्ञानिक अनुसन्धानले नै यस विषयलाई प्रमाणित गरिसक्यो । कहिलेकाहीँ यसमा हामी आफैं बढी ‘सेन्सेटिभ’ भइदिँदा मात्रै समस्या देखिने गरेको हो । अब रह्यो बुद्ध सर्किटको कुरा । यसमार्फत देशको पर्यटन प्रर्वद्धन कसरी गर्ने भन्ने हाम्रो पनि चासो हुनु स्वाभाविक हो । सर्किट भनेपछि ४ धाम हो । बौद्धविहार, कुशीनगर, बोधगया र लुम्बिनी हुन् । अहिले हामीले यसमा तिलौराकोटलाई पनि समावेश गरेका छौं । तिलौराकोट भारतमा पनि छ र नेपालमा पनि छ । त्यसमा पनि वादविवाद गर्नुपर्ने कुनै कारण छैन । कुनचाहिँ यथार्थ हो भन्ने कुरा वैज्ञानिक रूपमा पुष्टि भइसक्यो । 
अर्को कुरा, के हो भने बुद्ध धर्म विश्वभर फैलिए पनि बुद्ध स्वयम् भने नेपाल, विहार र यूपीबाहेक अन्यत्र गएको वैज्ञानिक रूपमा कतैबाट पनि पुष्टि भएको छैन । बुद्ध तराईका विभिन्न क्षेत्र र भारतको विहार र यूपीमा मात्रै गएको इतिहास छ । अब हामीले यसबारे प्रवद्र्धन गर्दा आ–आफ्नो ढंगबाट गरेर फाइदा छैन । बुद्ध धर्मको जुनसुकै ग्रन्थमा पनि माथि उल्लिखित चारै ठाउँमा जानैपर्ने उल्लेख गरिएको छ । त्यसैले नेपाल र भारत दुवैले मिलेर प्रवद्र्धन गर्ने हो भने दुइटै मुलुकलाई फाइदा पुग्छ । दुवै देशका सरकार र राष्ट्रप्रमुखको मन्तव्यले हामीलाई थप ऊर्जा मिलेको छ ।
 
बुद्ध सर्किटमा पनि नेपालको लुम्बिनीलाई भारतीय पक्षले ओझेलमा पार्न खोजिरहेका छन् भनेर सधैं चर्चा आइरहन्छ नि !
हालै मात्र भारत सरकारका तर्फबाट नेपालसहित करिब १ सय १० मुलुकका प्रतिनिधिलाई बोलाएर एकदम राम्रो किसिमले जानकारी दिइएको छ । नेपालका तर्फबाट हामी यसमा सहभागी थियौं । यसमा पनि सबैले बुद्धिष्ट गन्तव्यमा मिलेर लाग्नुपर्ने उल्लेख गरेका थिए । भारतीय पक्षले पनि बोधगयालगायत भन्ने र नेपालले पनि लुम्बिनी तिलौराकोट मात्र नभनी संयुक्त रूपमा प्रवद्र्धन गर्नतर्फ लागे दुवै मुलुक सफल हुनेछन् । यसको ठ्याक्कै तथ्यांक नभए पनि विश्वभर करिब १६ देखि २५ प्रतिशत जनसंख्या बौद्ध धर्मावलम्बी भएको पाइन्छ । कुनै पनि धर्म यति छिटो फैलिएको छ भने त्यो बुद्ध धर्म नै हो र त्यो पनि कुनै पहल बिनै । बुद्ध धर्म विश्वभर नै स्वतःस्फूर्त फैलिसकेको छ । यसका लागि हामी एसियाली क्षेत्रमा मात्र जान सक्यौं भने पनि पर्यटक मनग्य रूपमा भिœयाउन सकिन्छ । अहिले यसको ‘डिफल्ट’ के छ भने विश्व बैंकको तथ्यांकअनुसार १ जना पर्यटकले बुद्ध सर्किटमा ९ देखि १० डलरमात्रै खर्च गरेका छन् । यो भारत र नेपाल दुवैमा हो । यसले त पर्यटनमा कुनै प्रभाव देखिँदैन । यस क्षेत्रमा होटल बनेका छैनन् । विहार, लुम्बिनीमा पनि उस्तै छ भन्ने कुरा फैलिएको छ । हामीले अब केही खर्च बजार प्रवद्र्धनमा ग¥यौं भने खर्चालु पर्यटक भिœयाउन सकिन्छ । अहिले हामीलाई अर्को कुराले खुसी तुल्याएको छ । त्यो हो, भारतको बोधगया क्षेत्र र भैरहवामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएका छन् । यो क्षेत्रको भविष्य राम्रो देखिएको छ । नेपाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यसलाई प्राथमिकतामै राखेको देखिन्छ । दुवै देशको संयुक्त पहल हुने हो भने यो क्षेत्रमा विश्वभरका पर्यटक आकर्षित गर्न सकिन्छ । 
 
त्यसो हो भने हामी अब धार्मिक पर्यटनतर्फ केन्द्रित हुन लागेका हौं ? अथवा नेपालले पर्वतारोहण, पदयात्रा र साहसिक पर्यटन छाडेर धार्मिक पर्यटनमा आफ्नो भविष्य खोजेको हो ?
त्यस्तो होइन, पर्यटन जहिले पनि मिसमास नै हुन्छ । हामीले हरेक क्षेत्रमा सबैखाले पर्यटक पु¥याउनुपर्छ । नेपाल भनेको यस्तो देश हो जहाँ २ सय मिटरदेखि विश्वको सर्वोच्च शिखरसम्म छ । एडभेन्चर टुरिजमका हाम्रो आफ्नै सेट छ, ८ हजार मिटर अग्ला १३ वटा हिमालमध्ये ८ वटा यहीँ छन् । अन्य विभिन्न प्राकृतिक छटाहरू पनि छन् । नेपालमा भएका सबै क्षेत्रलाई सदुपयोग त गर्नुप¥यो नि ! एयरपोर्टहरूमा लगानी भइरहेकाले पर्यटक आउने समस्या देखिँदैन । भारतले गर्ने मार्केटिङबाट नेपालले फाइदा लिन सक्नुपर्छ । भारतले ल्याएका पर्यटकमा ३\४ प्रतिशतमात्र नेपाल ल्याउन सके हामीले मार्केटिङ गर्नै पर्दैन ।
अहिले हाम्रो पर्यटन काठमाडौं, पोखरा र चितवनमा अडिएको छ । एडभेन्चर टुरिजम भन्नेबित्तिकै हिमालको नाउँ आइहाल्छ । ट्रेकिङदेखि हिमाल चढ्न र विभिन्न सिन हेर्न नेपालै आउनुपर्छ । हामीले हाम्रो देशभित्रै यस्ता क्षेत्रको ‘अन्डरभ्यालु’ गरिरहेका छौं । यसलाई हामीले तत्काल सच्चाउनुपर्छ । हामीकहाँ एकाधिकारका रूपमा रहेको सगरमाथाको त्यो चार्मलाई एकआपसमा लडेर किन त्यसको भाउ घटाउने ? सगरमाथा क्षेत्रबाट देखिने जस्तो सिन विश्वको कहीँबाट पनि देखिँदैन, त्यसैले यसको भ्यालु उच्च छ ।
सरकारले पिकको मूल्य जसरी घटायो, यसमा हामी र विश्वका प्रबुद्ध व्यक्तिहरूले पनि राम्रो मानेका छैनन् । सरकारले चीनले घटायो भन्ने तर्क गर्छ तर त्यसो होइन । चीनले भाउ घटाएको छैन, उसले सिजनअनुसार उच्च र न्यून दुवै मूल्य लिने गरेको छ । एड्भेन्चर टुरिजमको कन्सेप्टमा परिवर्तन हुनुपर्छ । सेवा, संस्कृति र वातावरणीय पक्षलाई हेरी मूल्य निर्धारण गरिने हो । यसमा मूल्य घटाउनुपर्छ भन्ने छैन । पर्यटन प्रवद्र्धनका लागि हामीले पीपीपी मोडलमा पर्यटन बोर्ड बनायौं, तर यसले सोचेअनुरूप काम गर्न सकेन । पर्यटनले देशको जीडीपीमा कति सहयोग गर्न सक्छ, रोजगारी कसरी सिर्जना गर्नेतर्फ समेत सोच्नुपर्छ ।
 
हामी धार्मिक पर्यटनको कुरा गरिरहेका छौं, त्यस्ता पर्यटकले बढी खर्च गरिदिऊन् भन्ने अपेक्षा गर्नु कतिको सान्दर्भिक हुन्छ ?
पर्यटन क्षेत्रले पर्यटकले खर्च गरोस् भन्ने अपेक्षा त राख्नैपर्छ । यसमा हाई एन्ड बिजनेस पोलिसी हुन्छ । कुनै होटलको रेट १० डलर छ भने उसका लागि त्यति नै तिर्ने पर्यटक ठूलो हुन्छ । तर, कुनै होटलको ३ सय डलर हुन्छ तर उसले १ सय डलरमा बेच्नुप¥यो भने उसका लागि खराब हुन्छ । त्यसैले पर्यटनलाई मिक्स मार्केटमा लैजानुपर्छ । पर्यटकले आएर बाटोघाटो प्रयोग गर्छन्, सबै प्रयोग गरेका हुन्छन्, त्यसको हिसाब गर्नु परिहाल्छ । त्यसकारण धार्मिक होस् वा अन्य सबै पर्यटकबाट पर्यटन क्षेत्रको अपेक्षा भनेको उसले गर्ने खर्च नै हो ।
 
प्रसंग बदलौं, नेपालको ‘वाइल्डलाइफ टुरिजम’ एसियाकै उदाहरणीय व्यवसाय भनिन्थ्यो, तर ३ वर्षदेखि बन्द छ । पर्यटन क्षेत्रमा यसको असर के परिरहेको छ ?
चितवन निकुञ्जभित्रका होटल बन्द हुनु भनेको नेपाली पर्यटनका लागि ‘ट्र्याजेडी’ हो । हिमाल भन्नेबित्तिकै नेपाल हो भन्ने विश्वभर बुझिन्छ । त्यस्तैगरी वाइल्डलाइफ भन्नेबित्तिकै अफ्रिका भन्ने बुझिन्छ । जब हामीले नेपालमा सुरु ग¥यौं, त्यसपछि अफ्रिकापछि वाइल्डलाइफका लागि नेपाल चिनिन थाल्यो । त्यतिबेला विदेशी मुद्रा कमाउनेमा काठमाडौंपछि चितवन नै थियो । ७ वटा होटलले जम्मा गर्ने मुद्रा पोखराका सबै होटलको भन्दा बढी थियो । उनीहरूले यसमा धेरै महँगो तिर्ने गरेका थिए । त्यहाँ संयुक्त राष्ट्रसंघ, डब्लूडब्लूएफलगायत सबैका क्षेत्रका प्रतिनिधिहरू नेपाल आउँदा त्यहीँ जाने गरेका थिए, जसले गर्दा चितवनको ब्रान्ड विश्वभर फैलिएको थियो । पछि वरपर र बाहिर होटलहरू आए तर होटलहरूको क्षमता कति हो, कति पर्यटक बस्न पाउने हुन् भन्ने नै पत्तो भएन । अनि अन्यको बुझाइ के पर्न गयो भने अब भित्रका होटलको काम बाहिरले गर्छन् । तर, त्यो सम्भव थिएन । १२ किलोमिटरमा राखेर हामीले जनावरदेखि सबै कुराको संरक्षण गरेका थियौ । बन्द हुनुले विशेष गरी दुइटा कुरामा असर परेको छ— एउटा, नेपालले खर्च गर्ने पर्यटक गुमाएको छ भने । अर्कातिर विदेशी लगानी भिœयाउने भन्ने, तर ५० वर्षअगाडि आएका लगानीकर्तालाई हटाउने काम भएको छ, यसले विश्वभर नकारात्मक प्रचार भएको छ । 
 
३ वर्षपछि आएर सर्वोच्च अदालतले होटल खुलाउने बाटो खोलिदिएको छ । तपाईं अग्रज व्यवसायी पनि भएका नाताले सरकारलाई के सुझाव दिनुहुन्छ ?
हामी चाहन्छौं— सरकारले गम्भीर भएर अध्ययन गरोस् । यसले कति असर पारेको थियो तथा सम्भावना के छ भनेर त्यस क्षेत्रमा विज्ञहरूको टोली बनाएर विस्तृत अध्ययन गर्नुपर्छ । हामी त अहिले पनि दाबीका साथ भन्छांै कि हाम्रा होटलले कुनै पनि असर गरेका थिएनन् । यसले जैविक विविधतलाई संरक्षण गर्ने काम गरेको छ । यदि कहीं कसैलाई असर गरेको छैन भने किन नदिने ? निकुञ्जभित्र पुनः होटल सञ्चालन गरिनुपर्छ ।
 
नेपालको पर्यटनमा धमाधम लगानी भइरहेको छ, होटल पनि बढिरहेकै छन्, तर पर्यटक संख्याचाहिँ बढ्न सकेको छैन । किन होला ?
कुनै पनि देशमा पर्यटक भित्रिने ‘बटम गेट’ भनेको विमानस्थल नै हो । तर दुर्भाग्य, हामीसँग सबैभन्दा समस्या विमानस्थलकै छ । हाम्रो मोटरबाटो राम्रो छैन, जलयात्रा सम्भव छैन । त्यसैले सबैभन्दा मुख्य फिडर भनेको विमानस्थल हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन भनेको होटल व्यवस्थापनजस्तै हो । यहाँ चलाउने कुरमा विवादभन्दा पनि व्यवस्थापन गर्ने कुरा महŒवपूर्ण हो । निजगढ विमानस्थल कहिले बन्ने हो, पत्तो छैन । त्यो समयसम्मका लागि त्रिभुवन विमानस्थललाई विस्तार  र व्यवस्थापन गर्नु अत्यावश्यक भइसकेको छ । नेपालमा बन्दै गरेका पोखरा र भैरहवाका साथै निजगढ विमानस्थल निर्माण सम्पन्न भएपछि वर्ष दिनमा ५० लाख पर्यटक नेपाल आउनेछन् । आएनन् भने नेपालमा आर्थिक संकट हुनेछ । किनभने, अहिले २० वटाभन्दा बढी ठूला होटलहरू पाइपलाइनमा छन् । उनीहरूले त्यसैलाई केन्द्रित गरेर लगानी गरेका छन्, बैंकबाट ऋण लिएर । यदि पर्यटक नै आएनन् भने उनीहरूको लगानी डुब्नेछ । अनि नेपालमा आर्थिक मन्दी हुनेछ ।
 
तपाईं पाटाको सचिवसमेत हुनुहुन्छ, यसबाट नेपालले के फाइदा लिन सक्छ ?
पाटाले कुनै पनि मुलुकलाई फाइदा दिने भनेको मार्केटिङ गरेरै हो । पाटाले दिनेभन्दा पनि हामीले पाटाबाट कति लिन सक्छौं भन्ने महŒवपूर्ण विषय हो । पाटाको नेटवर्किङभित्र गएर आफ्नो नेटवर्क बनाउने हो । पाटा भनेको पर्यटन क्षेत्रको समुद्र हो । के लिने भन्ने कुरा देशले निर्धारण गर्नुपर्छ, त्यसपछि हामीले ब्रान्डिङ गर्नेदेखि सबै कुरामा सहयोग गर्न सक्छौं । पाटाले नेपाललाई चिनाउन धेरै मेहनत गरेको छ । हामीले इन्टरनेट पनि नभएका बेला हिमालयन मार्ट चलाएर काम गरेका थियौं, जसले गर्दा धेरै फाइदा भयो । त्यसैले अध्ययन गरेर मार्केटिङ गर्नुपर्छ, जसका लागि पाटाले सहयोग गर्छ ।
 
नेपाली पर्यटन क्षेत्रलाई गति दिन तत्काल के गर्नुपर्छ ?
नेपाललाई तत्कालका लागि चाहिएको भनेको विमानस्थल नै हो । विमानस्थल निर्माणपछि ठूला एयरलाइन्सहरू नेपाल आउनेछन् र उनीहरूले नै धेरै हदसम्म मार्केटिङ गर्नेछन् । नेपाल पर्यटन बोर्डले गरेको मार्केटिङ नै काम नलाग्ने भएको छ । कहाँको बजारमा कसरी मार्केटिङ गर्ने भन्ने अनुसन्धान गर्नुपर्छ । कुन क्षेत्रबाट पर्यटक बढेका छन्, कुनबाट घटेका छन् भन्ने अनुसन्धान गरेर मार्केटिङ गर्नुुपर्छ । त्यसका अतिरिक्त नेपालमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ, जुन दुर्भाग्य हो । पर्यटकहरूलाई सस्तो गन्तव्य नेपाल भनेर प्रचार गराउनु गलत छ, यसमा सुधार हुनुपर्छ । सरकारले केही गर्नुपर्दैन, तत्काल बन्दै गरेका दुईवटा विमानस्थल समयमै निर्माण सम्पन्न गरेर निजगढ विमानस्थलमा केन्द्रित हुनुपर्छ । 
 
-बुद्ध धर्म विश्वभर फैलिए पनि बुद्ध स्वयम् भने नेपाल, विहार र यूपीबाहेक अन्यत्र गएको वैज्ञानिक रूपमा कतैबाट पनि पुष्टि भएको छैन । 
-विश्वमा कुनै पनि धर्म यति छिटो फैलिएको छ भने त्यो बुद्ध धर्म नै हो र त्यो पनि कुनै पहलबिनै ।
-सरकारले पिकको मूल्य जसरी घटायो यसमा हामी र विश्वका प्रबुद्ध व्यक्तिहरूले पनि राम्रो मानेका छैनन् । सरकारले चीनले घटायो भन्ने तर्क गर्छ तर त्यसो होइन ।
-जब हामीले नेपालमा वाइल्डलाइफ टुरिजम सुरु ग¥यौं,  त्यतिबेला विदेशी मुद्रा कमाउनेमा काठमाडौंपछि चितवन नै थियो । ७ वटा होटलले जम्मा गर्ने मुद्रा पोखराका सबै होटलको भन्दा बढी थियो ।
-पोखरा र भैरहवा विमानस्थलका साथै निजगढ विमानस्थल निर्माण सम्पन्न भएपछि वर्ष दिनमा ५० लाख पर्यटक नेपाल आउनेछन् ।