काठमाडौं : पर्यटन प्रवद्र्धनका लागि हवाई
यातायातलाई प्राथमिकतामा राखेको सरकारले आगामी तीन वर्षमा हवाई सिट विस्तार
गर्दै वार्षिक ८० लाख पु¥याउने भएको छ । चौधौं योजनामा साविकको ३६ लाख १३
हजार सिट क्षमतामा दोब्बरभन्दा बढी विस्तार गर्दै सरकारले ८० लाख पुर्याउने
लक्ष्य राखेको हो ।
नेपाल उडान गर्ने तथा राष्ट्रिय ध्वजावाहक
नेपाल वायुसेवा निगमसहित विदेशी एयरलाइन्सले नेपाल नागरिक उड्डयन
प्राधिकरणबाट प्राप्त गरेको वार्षिक सिट उपयोगसमेत गर्न सकेका छैनन् ।
प्रदान गरिएका ३६ लाख १३ हजार सिटमध्ये
झन्डै ४ लाख कम अर्थात् ३२ लाख १७ हजार सिट क्षमता मात्रै उपयोग गरेको
तथ्यांकले देखाउँछ । नेपालमा हाल २७ अन्तरराष्ट्रिय वायुसेवा कम्पनीहरूले
उडान गर्दै आएका छन् ।
नेपालमा हाल उडान गरिरहेका सबै वायुसेवालाई
साताको एकदेखि २१ वटासम्म उडान अनुमति दिइएको छ । नेपाल आउने विदेशी
वायुसेवाले आफ्नो उडान क्षमता र यात्रु संख्याका आधारमा मागेको उडान तालिका
अनुसार प्राधिकरणले अनुमति दिने गरेको छ ।
सरकारले चौधौं योजनामा लिएका लक्ष्यहरू पूरा गर्नका लागि सबै कार्यहरू प्रारम्भ गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले दाबी गरे । “अन्तरराष्ट्रिय विमानस्थलहरू निर्माण कार्य जारी रहेकाले निर्माण पश्चात हाम्रा सबै लक्ष्य पूरा हुने छन्,” प्रवक्ता उपाध्यायले भने ।
नेपालमा उडान गर्ने अन्तरराष्ट्रिय
वायुसेवामा भुटान एयरलाइन्सले सातामा एउटा मात्रै भुटान–काठमाडौं सीधा उडान
गर्ने गरेको छ । यो वायुसेवाले सातामा चारवटा उडान अनुमति पाए पनि बाँकी
तीनवटा उडान भने भुटानबाट दिल्ली हुँदै काठमाडौं आउने गरेका छन् ।
यसरी एउटा गन्तव्यमा जाँदा यात्रु अर्को
गन्तव्यमा झार्ने र ओराल्ने विधिलाई उड्डयन भाषामा पाँचौं ट्राफिक
स्वतन्त्रता भनिन्छ । नेपालमा हाल यो अधिकार प्रयोग गरेर उडान गर्नेमा
भुटानी वायुसेवा मात्रै छ ।
नेपालमा धेरै उडान गर्ने र सिट क्षमता उपयोग
गर्ने देशमा भारत, चीन, यूएई, मलेसियालगायतका मुलुक भए पनि व्यावहारिक
रूपमा भने निकै कम मात्रै उडान हुने गरेको छ ।
चौधौं योजनामा आन्तरिक उडान गर्ने
वायुसेवाहरूको संख्या १८ बाट २५ पु¥याउने लक्ष्यसमेत राखिएको छ । नेपाल
आउने विदेशी विमान कम्पनीहरूको संख्या २७ बाट ३१ पुगेको पुग्ने लक्ष्यसमेत
राखिएको छ । चौधौं योजनामा द्विपक्षीय हवाई सेवा सम्झौता भएका देशहरूको
संख्या ३८ बाट ४२ पु¥याउने लक्ष्य राखिएकोे छ ।
अन्तरराष्ट्रिय तथा क्षेत्रीय विमानस्थललाई
अन्तरराष्ट्रिय ट्रान्जिटका रूपमा प्रयोग हुने गरी विकास गरिने लक्ष्यमा
राखिएको छ । योजनामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको र पोखरा
क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आइसक्ने
लक्ष्यमा राखिएको छ ।
यस्तै, बारामा निर्माण हुने दोस्रो अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रारम्भ भएको हुने लक्ष्य राखिएको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको क्षमता
अभिवृद्धि समेत भइसक्ने लक्ष्यमा राखिएको छ । त्यस्तैगरी सबै मौसममा
सञ्चालन हुने आन्तरिक विमानस्थलहरूको ३० पुगेको पुर्याउने लक्ष्यमा
राखिएको छ ।
हाल ५६ वटा आन्तरिक विमानस्थल भए पनि
सञ्चालनमा २६ वटा मात्र विमास्थल छन् । प्रत्येक गाविसमा एक हेलिप्याड भएको
हुने र प्रत्येक प्रादेशिक राजधानीमा एक स्तरीय विमानस्थल निर्माण गरिने
लक्ष्यमा राखिएको छ ।
No comments:
Post a Comment