– ८० प्रतिशत सकिनुपर्नेमा १४ प्रतिशतमात्रै
– दैनिक १२ सय ट्रिपर चहिनेमा १ सयमात्र
– ठेक्का सम्झौता तोडिने संकेत
– दैनिक १२ सय ट्रिपर चहिनेमा १ सयमात्र
– ठेक्का सम्झौता तोडिने संकेत
केदार दाहाल
काठमाडौं, ३२ साउन : मुलुककै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो हुँदा यात्रुले दिनहुँ सास्ती पाइरहेका छन् । दोस्रो विमानस्थल निर्माण प्रक्रिया अघि नबढ्दा बढ्दो यात्रु चाप कम्तीमा १ दशक अझै यही विमानस्थलले धान्नुपर्ने अवस्था छ । यसका लागि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारलाई पनि उच्च प्राथमिकतामा राखेको छ । तर, विमानस्थल निर्माणको ४ दशकपछि सुरु भएको स्तरोन्नति भने कछुवा गतिमा अघि बढिरहेको छ । आयोजना सकिनुपर्ने निर्धारित समय घर्किंदै गएको छ । विस्तारको योजनाअनुसार सन् २०१६ अप्रिलभित्र काम सकिसक्नुपर्नेमा अहिलेसम्म १४ प्रतिशतमात्रै सम्पन्न भएको छ । जबकि यतिबेला ८० प्रतिशत काम सम्पन्न भइसक्नुपर्ने थियो । स्पेनी कम्पनी कन्स्ट्राक्टोरा सान्जोसेले धावनमार्ग निर्माणको ठेक्का पाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलमा थप ६ सय मिटर धावनमार्ग र पर्किङ एरियासमेत विस्तार गर्ने गरी डेढ वर्षअघि ठेक्का दिई काम सुरु गरेको हो । तर, ठेकेदारको ढिलासुस्तीले काममा प्रगति छैन । यसले गर्दा विस्तार कार्य समयमै पूरा नहुने निश्चितप्रायः छ । यसको असर विमानस्थलको सेवा प्रयोग गर्ने यात्रुसम्म पर्नेछ ।
प्राधिकरणले विमानस्थलको उत्तर र दक्षिण दुवैतिर धावनमार्ग विस्तार गर्न लागेको हो । दक्षिणपट्टि कोटेश्वर र उत्तरपट्टि गुह्येश्वरी फाँटतर्फ धावनमार्ग विस्तारको काम भइरहेको छ । दुवै भागमा ३–३ सय मिटर विस्तार गर्ने लक्ष्य छ । विस्तारपछि धावनमार्गको लम्बाइ ३६५० मिटर हुनेछ । हाल लम्बाइ ३०५० मिटर र चौडाइ ६० मिटर छ ।
“ठेक्का सम्झौताअनुसार अहिलेसम्म काम ८० प्रतिशत सकिनु पर्ने रहेछ तर जम्मा १४ प्रतिशतमात्रै भएको रहेछ,” व्यवस्थापिका संसद्अन्तर्गत विकास समितिका सभापति रवीन्द्र अधिकारीले भने । समितिले गत साता मात्रै निर्माण क्षेत्र अवलोकनसमेत गरेको थियो ।
आयोजनाको पहिलो चरणमा पर्किङ र धावन मार्ग निर्माण गर्ने लक्ष्य छ । २ वर्षमा सकिने यो लक्ष्य पूरा गर्न दैनिक १२ सय वटा ट्रिपरले माटो बोक्नु पर्नेमा १ सय वटा ट्रिपर प्रयोगमा ल्याइएको थियो । “ठेकदारले यही शैलीमा काम गर्ने हो भने १० वर्षमा पनि सकिन्न,” सभापति अधिकारीले भने ।
धावनमार्ग तथा पार्किङ निर्माणका लागि १९ लाख घनमिटर माटो आवश्यक पर्छ । तर, डेढ वर्ष अवधिमा ४ लाख घनमिटरमात्र माटो बोकिएको अधिकारीले सुनाए । “माटो भरेर काम गर्ने भन्ने नै गलत हो, ठूला पिलर हालेर काम गर्नुपर्ने भन्दै अहिले प्राविधिकहरूबाटै सल्लाह र सुझाव आएका छन्,” उनले भने ।
एसियाली विकास बैंक (एडीबी)को १० करोड अमेरिकी डलर (१० अर्ब रुपैयाँ)को विमानस्थल सुधार गुरुयोजनाअनुसार धावनमार्ग तथा पार्किङ विस्तार गर्न लागिएको हो । धावनमार्गसहित गुरुयोजना सन् २०१५ भित्र पूरा गर्ने लक्ष्य थियो ।
त्रिभुवन विमानस्थलमा सन् २०१० देखि २०२८ सम्मका लागि तयार पारिएको गुरुयोजनाअनुसार विस्तारको कार्य भइरहेको छ । गुरुयोजनामा ६० करोड अमेरिकी डलर खर्च हुँदैछ । स्तरोन्नतिका लागि पहिलो चरणको काम २०१५ मा सक्नुपर्ने हो । योजनाअनुसार पहिलो, दोस्रो, तेस्रो र चौथो चरणमा स्तरोन्नति सम्पन्न गर्ने लक्ष्य थियो । स्तरोन्नतिको काम ढिला हुनु, सबै सुधार गरिसक्दा पनि यात्रु चाप थेग्न नसक्नुलगायत कारणले गर्दा दोस्रो चरणबाट स्तरोन्नति रोक्नुपर्नेमा सरोकारवालाले जोड दिँदै आएका छन् ।

“निर्माण कम्पनीले काम नगर्दा आयोजनाको प्रगति सुस्त भएको हो,” हवाई यातायात क्षमता वृद्धि आयोजनाका प्रमुख बाबुराम पौडेलले भन्छन्, “आयोजनाका लागि चाहिने माटो ठेकदारले सुरुमा पशुपति क्षेत्रबाट ल्याए पनि त्यसमा मुद्दा परेपछि लामो समय कामै नगर्दा ढिलो भयो ।” आयोजनाले ३ ठाउँबाट माटो ल्याउन सुझाव दिए पनि ठेकेदारले पशुपतिबाट ल्याएको थियो । आयोजनाले दुवाकोट, जोरपाटी वा बेसीगाउँ विकल्प दिएको थियो ।
ठेक्का तोडिने संकेत
स्पेनी कम्पनी कन्स्ट्राक्टोरा सान्जोसेलेको ठेक्का सम्झौता तोडिन सक्ने सम्भावना पनि बढेको छ । स्तरोन्नतिको पहिलो चरणको काम सन् २०१३ मै सक्नुपर्ने थियो । पछि सन् २०१५ मा पु¥याइएको र फेरि समय थपेर अहिले २०१६ मा पु¥याइएको छ । तर, हालकै प्रगतिअनुसार निर्धारित मितिमा काम नसकिने स्वयं सरकारी अधिकारीहरू नै स्वीकार्छन् । ठेकदार ठूलो दबाबमा परेकोले काम छाड्न पनि सक्ने देखिएको सभापति अधिकारी बताउँछन् ।
यता ठेकेदारले समयमै काम नसकेपछि आयोजनाले ३ पटकसम्म चेतावनीपत्र दिइसकेको प्रमुख पौडेलले जानकारी दिए । “हामीले ३ पटकसम्म चेतावनी पत्र दिएका छौं, अब पनि दिनुप¥यो भने ठेक्का तोड्नेसम्मको निर्णय हुन सक्छ,” उनले भने ।
सन् २०२८ सम्मको गुरुयोजनाअनुसार त्रिभुवन विमानस्थलमा आन्तरिक यात्रुका लागि २९ लाख र अन्तर्राष्ट्रियतर्फ ६३ लाख यात्रुलाई सेवा दिन सक्ने क्षमता विस्तार गर्ने योजना छ । २०२३ सम्ममा ३ सय मिटर धावनमार्ग निर्माण, अन्तर्राष्ट्रिय÷आन्तरिक टर्मिलन भवन, एप्रोन, आधुनिक सुविधाका प्राविधिक उपकरणसहितको काम सक्ने लक्ष्य छ । “अहिले अन्तर्राष्ट्रिय टर्मिनल भवन रहेको स्थानमा आन्तरिक र आन्तरिक टर्मिलन भएको स्थानमा अन्तर्राष्ट्रिय उडानका जहाज पार्किङ क्षेत्र बनाइनेछ,” पौडेलले भने ।

No comments:
Post a Comment