- आम्दानीको आधारमा बजेट निकासा गर्ने तयारी
केदार दाहाल
काठमाडौं, ७ चैत - आन्तरिक विमानस्थलले मर्मत तथा सम्भारमा मात्र चालू आर्थिक वर्षमा ७५ करोड रुपैयाँ खर्चिदैछन् । देशभर रहेका ३७ वटा विमानस्थलमा मर्मतका लागि नागरिक उडड्यन प्राधिकरणले चालू वर्ष २०६९÷७० को लागि ७४ करोड ६९ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
धेरैजसो विमानस्थलले मर्मत तथा सम्भार जारी राखेका छन् भने कतिपय टेन्डर आह्वान गरी काम थालनी गर्ने क्रममा रहेको प्राधिकरणले जानकारी दिएको छ । विमानस्थलहरूले उक्त रकमबाट धावनमार्ग, एप्रोन तथा टैक्सिवे कालोपत्रे, धावन मार्ग सुधार, टर्मिनल टावर, भवन निर्माणलगायतका कार्य जारी राखेका छन् ।
ताप्लेजुङ विमानस्थलका लागि १ करोड ५० लाख रुपैयाँ, मनमाया राई विमानस्थलका लागि ५० लाख रुपैयाँ, रुम्जाटार विमानस्थलका लागि २ करोड ५० लाख रुपौयाँ, मनाङका लागि ७ करोड रुपैयाँ खर्च गर्दै छन् । त्यस्तै गरी तुम्लिङटारले १ करोड ५० लाख, पोखरा पुरानो विमास्थलले ४० लाख रुपैयाँ, सुर्खेत विमानस्थलका लागि ७५ लाख रुपौयाँ, डोल्पा विमास्थलका लागि ५ करोड १८ लाख रुपैयाँ, कालिकोटले ३ करोड रुपैयाँ, रारा मुगु ७० करोड रुपैयाँ, धनगढीले १ करोड रुपैयाँ, लमजुङ ३० लाख रुपैयाँ, फाप्लुले ४ करोड, ढोरपाटनले २५ लाख रुपौयाँ खर्च गरिरहेका छन् ।
फाल्गुणानन्दले २ करोड जोमसोमले ४५ लाख रुपैयाँ, आर्घाखाँचीले १ करोड रुपैयाँ, खिजिचन्डेश्वरी विमानस्थल १ करोड ५० लाख रुपैयाँ, टिकापुरले ९५ लाख रुपैयाँ खर्च गरिरहेका छन् । त्यस्तै गरी गुल्मी विमानस्थलले २ करोड, बाजुराले ५ करोड, दाङले ८ करोड, जनकपुरले ४० लाख तथा सोही विमानस्थलले नयाँ टर्मिनल भवन निर्माण लागि ५ करोड रुपैयाँ खर्चंदै छ । त्यस्तै गरी रुकुमले ५ करोड, चौरजहारी, ४ करोड रुपैयाँ, चन्द्रगढी विमानस्थलले १ करोड ५० लाख रुपैयाँ तथा रामेछाप विमानस्थलले २ करोड ५० लाख रुपैयाँ खर्चंदै छन् ।
आम्दानीको आधारमा बजेट निकासा गर्ने तयारी
आन्तरिक विमानस्थलहरूले आम्दानीका आधारमा खर्च गर्न दिने गरी नियमावली संसोधन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणले प्रक्रिया थालेको छ । प्राधिकरणले हवाई नियमावली २०५६ को संशोधनमा वर्गीकरण गरिएका विमानस्थहरू हेरफेर गरी पुनः व्यवस्थामा खर्चको अधिकार तथा बजेट विनियोजनको प्रक्रिया प्राधिकरणले थालेको हो ।
“हामीले समयअनुसार नियमावलीमा संसोधन गर्दै लैजाने गरेको छ,” नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक त्रिरत्न मानन्धरले भने । प्राधिकरणले धेरै आम्दानी गर्नेलाई धेरै र थोेरै आम्दानी गर्नेको वर्गीकरण गरी नयाँ स्वरूपमा बजेट दिन छलफल जारी रहेको मानन्धरले जानकारी दिए ।
प्राधिकरणले तीनवटा शिर्षकलाई आधार मानि रकम खर्चको आधिकार दिने तयारी गरेको हो । विमानस्थलको सेवा र सुविधाको आधारमा, राजस्वको हक तथा प्यासेन्जर भारलगायतलाई केन्द्रित गरी रकम निकासा गर्नै तयारी गरेको हो । हाल जहाज नै उडान नगर्ने विमानस्थलहरूका लागि पनि धेरै रकम विनियोजन गर्ने भएकाले त्यसलाई कटौती गरी वर्गीकरण गर्ने तयारी प्राधिकरणले गरेको हो ।
नागरिक उडड्यान प्राधिकरणको सर्त र सुविधासम्बन्धी नियमावली २०५६ को तेस्रो संशोधनमा देशभरका आन्तारिक विमानस्थलहरूलाई क, ख, ग र घ समूह छुट्याई वर्गीकरण गरिएको थियो । जसमा ‘क’ वर्गमा जोमसोम, सिमिकोट, जुम्ला, बाजुरा, मनाङ, स्याङवोचे, ढोरपाटन, डोल्पा, लाङटाङ, लुक्ला, फाप्लु, बझाङ र रोल्पा छन् । त्यस्तै गरी ‘ख’ वर्गमा रुम्जाटार, लामिडाँडा, ताप्लेजुङ, दार्चुला, रुकुम, चौरजाहारी, बैतडी, तुम्लीङटार, भोजपुर, साँफेवगर विमानस्थल रहेका छन् । आन्तरिक विमानस्थलमा ‘ग’ वर्गमा पालुङटार, रामेछाप, बाग्लुङ, सुर्खेत, जिरी, दाङ, तथा टीकापुर छन् । त्यस्तै गरी ‘घ’ वर्गमा विराटनगर, भैरहवा, जनकपुर, झापा, राजविराज, महेन्द्रनगर, नेपालगन्ज, धनगढी र पोखरा छन् ।

No comments:
Post a Comment