केदार दाहाल
मिति: 2012-06-20
काठमाडौं, ५ असार - पदयात्रामा जाने पर्यटकलाई अनिवार्य गराइएको पर्यटक
सूचना–व्यवस्थापन प्रणाली (टिम्स) कार्डलाई लिएर पर्यटन व्यवसायीहरूबीच
विवाद उत्पन्न भएको छ । गत वर्ष संकृति, पर्यटन तथा नागरिक उड्डयान
मन्त्रालय, टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र नेपाल पर्यटन
बोर्डबीच त्रिपक्षीय सम्झौता भएपछि पदयात्रामा जाने पर्यटकलाई टिम्सकार्ड
अनिवार्य गराइएको थियो ।
पर्यटकलाई अनिवार्य गराइएको टिम्सकार्डलाई लिएर होटल एसोसिएसन नेपाल (हान) र टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) बीच विवाद उत्पान्न भएको छ । सामान्य स्थानमा पर्यटक जाँदा पनि टिम्सकार्ड अनिवार्य गराइँदा व्यवसायीहरू मारमा परेको भन्दै हानले टिम्सकार्डलाई व्यवस्थित बनाउनुपर्ने माग गरेपछि व्यवसायीहरूबीच आरोप प्रत्यारोपसमेत सुरु भएको छ ।
“पोखराबाट अलि माथिका होटलहरूमा पर्यटक लैजान पनि टिम्सकार्ड आवश्यक पर्ने भएकाले पर्यटकले नराम्रो दृष्टिले हेर्ने गरेका छन्,” हानका अध्यक्ष्य श्यामसुन्दरलाल कक्षपतिले भने । टान र सम्बन्धित निकायले टिम्सकार्डलाई व्यवस्थित बनाउन लाग्नुपर्ने हानको भनाइ छ । आपूmहरूले पहिलेदेखि टिम्सको औचित्यका बारेमा प्रश्न गर्दै आए पनि हालसम्म कसैले चासो नदिएको कक्षपतिले गुनासो गरे ।
देशभरका होटल सञ्चालकहरूले टिम्सकार्डलाई लिएर विभिन्न कुरा उठाउने गरेको उनले बताए । हाल टिम्सकार्डले नगरकोट, पोखरा आसपास जान पनि समस्या आएको कक्षपतिले बताए । यसअघि होटल एसोसिएसन नेपाल पोखरा च्याप्टरले गरेको कार्यक्रममा होटल व्यवसायीले टिम्स कार्डको औचित्यको बारेमा प्रश्न उठाएपछि हानले टिम्सकार्डलाई व्यवस्थित बनाउन पहलसमेत सुरु गरेको छ ।
अनधिकृत रूपमा ट्रेकिङ सञ्चालनमा टिम्सकार्डले रोकेकाले अहिले सबैलाई छटपटी भएको टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष महेन्द्र सिंह थापाले आरोप लगाए । पहिले रेस्टुराँ, होटल, टुर एन्ड ट्राभललगायतले पनि ट्रेकिङ गराउने गरेको तर टिम्सकार्ड सुरु गराएपछि त्यो रोकिएकाले सबैले विरोध गर्न थालेको थापाको भनाइ छ । “पहिले अवैधानिक रूपमा पदयात्रा गराउनेहरूले नगरकोट भन्दै ट्रेकिङ रुटमा पर्यटक घुमाउन लैजाने गरेका थिए तर हाल टिम्सकार्डले सबै रोकिएको छ,” थापाले भने । हान तथा नाट्टाले टिम्स कार्डलाई अनिवार्य गरियता नै विरोध गर्दै आएको उनको भनाइ छ ।
यसअघि पदयात्रामा जाने पर्यटकबाट पर्यटक टिम्सकार्डमार्फत उठाइएको रकममध्ये ३३ प्रतिशत रकम सोही क्षेत्रको स्थानीयले पाउनुपर्ने माग गरेका थिए । टिम्सकार्डमार्फत उठेको रकम पदमार्ग क्षेत्रका स्थानीयले पनि उपयोग गर्न पाउनुपर्ने भन्दै टान र नेपाल पर्यटन बोर्डसँग आक्रोशसमेत पोखेका थिए ।
टिम्सकार्डको महत्व नबुझेकाहरूले टिम्सकार्डकलाई लिएर समस्या सिर्जना गर्न थालेको अध्यक्ष थापाको भनाइ छ । “अहिले स्थानीय क्षेत्रमा पनि नचाहिँदो बखेडा झिकिएको छ,” उनले भने । टिम्सकार्डमाफर्त उठेको रकममध्ये एक तिहाइ पर्यटन क्षेत्रमा कार्यरत मजदुरका लागि खर्च गर्ने गरी सहमति भएको थियो भने एक तिहाइ रकम टानले पूर्वाधार विकासमा लगनी गर्ने र एक तिहाइ रकम भने पर्यटन मन्त्रालयअन्तर्गत पर्यटन उद्योग महाशाखा, नेपाल पर्यटन बोर्ड र टानको संयुक्त खातामा रहने व्यवस्था छ ।
पर्यटकहरूले ट्रेकिङ एजेन्सीमार्फत पदयात्रमा जाने पर्यटकका लागि प्रतिव्यक्ति १० डलर र आफूखुसी घुम्न जाने पर्यटकका लागि प्रतिव्यक्ति २० डलर रकम टान र नेपाल पर्यटन बोर्डमार्फत उठाइँदै आएको छ । हालसम्म टिम्सकार्डमार्फत झन्डै १० करोड रुपैयाँ संकलन भइसकेको छ ।

No comments:
Post a Comment