केदार दाहाल
नवीकरण प्रक्रिया सुरु गराइने
काठमाडौं, ३ असार - चितवन राष्ट्रिय निकुञ्जभित्र सञ्चालित होटल तथा रिसोर्टहरू तत्कालका लागि नहटाइने भएको छ । विघटित संसद्को प्राकृतिक स्रोत साधन समितिले चितवन राष्ट्रिय निकुञ्जभित्र सञ्चालित होटलहरू आर्थिक वर्ष ०६८/६९ को असार मसान्तसम्म हटाउन निर्देशन दिएका थियो । निर्देशन दिएसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले सबै होटल तथा रिसोर्ट सञ्चालकहरूलाई असार मसान्तभित्र हटाउन परिपत्र गरेको थियो ।
मन्त्रालयले निकुञ्जभित्रका होटलहरूलाई उचित व्यवस्थापनको कार्य नभइसकेको भन्दै नवीकरण प्रक्रिया अगाडि बढाउने तयारी गरेको हो । मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार औपचारिक कुनै निर्णय नभइसके पनि आइतबार भएको छलफलमा नवीकरण गराउने सहमति भएको छ ।
निकुञ्जभित्र सञ्चालित होटल व्यवसायी तथा होटल एसोसिएसन नेपाल (हान) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय तथा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै होटल बन्द नगर्न माग गर्दै आएका थिए । गत साता मात्रै हानले प्रधानमन्त्रीलाई भेटी निकुञ्जभित्रका रिसोर्ट तथा होटलहरू बन्द नगराउन माग गरेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निकुञ्जभित्रका होटलहरू नवीकरण गर्ने औपचारिक सहमति नभइसके पनि अनौपचारिक रूपमा सञ्चालन गर्न मन्त्रालय सहमत भएको टेम्पल टाइगर रिसोर्टका प्रबन्ध निर्देशक वसन्त मिश्रले जानकारी दिए । “अब छिट्टै नवीकरण प्रक्रिया सुरु हुन्छ,” मिश्रले भने ।
निकुञ्जभित्र सञ्चालित होटल तथा रिसोर्टहरूकै कारण विश्वभर जंगल सफारीको लागि चितवनले ख्याति कमाइसकेकाले यसलाई हटाउनभन्दा पनि व्यवस्थित गर्नुपर्ने हानका महासचिव अमरमान साक्यले बताए । “हामीहरूले प्रधानमन्त्रीलाई पनि जानकारी गराएको तथा मन्त्रालयलाई पनि पटक–पटक नहटाउन माग गरिरहेका छौ,” शाक्यले भने ।
निकुञ्जभित्रको होटलका कारण जंगली जनावर हराउन थालेको, तस्करीले प्रसय पाएको भन्दै २०६५/६६ मा मन्त्रिपरिषद्ले हटाउने निर्णय गरेको थियो, तर हालसम्म कार्यान्वयन हुन सकेको छैन । निकुञ्जभित्र हाल करोडौं लगानीका ६ वटा होटलहरू ंसञ्चालनमा छन् ।
पर्यटनमन्त्री फेरबदल हुने बित्तिकै निकुञ्जभित्र सञ्चालित होटललाई लिएर विवाद निकालिने गरेको कारण यो विषयले कहिलै पनि दीर्घकालीन समाधान नपाएको महासचिव शाक्यको भनाइ छ ।
निकुञ्जभित्र चितवन जंगल लज, गैंडा वाइल्ड लाइफ क्याम्प, मचान वाइल्ड लाइफ रिसोर्ट, आइल्यान्ड जंगल रिसोर्ट, टेम्पल टाइगर जंगल रिसोर्ट र टाइगर टप्स होटल सञ्चालनमा छन् । उक्त होटलहरूमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ३ हजारले रोजगारी पाइरहेको तथा प्रत्येक वर्ष नेपाल सरकरलाई ३० करोड रुपैयाँभन्दा बढी राजस्व बुझाउँदै आएको हानले जानकारी दिएको छ ।
नेपालले लगानी वर्ष २०१२ र लुम्बिनी भ्रमण वर्ष २०१२ का सन्दर्भमा अन्तर्राष्ट्रियस्तरमै नेपालमा लगानी गर्नका लागि प्रोत्साहन र प्रचार–प्रसार गरिरहेको अवस्थामा विगत ४० वर्षदेखि सञ्चालित होटलहरू बन्द गराउन नहुने हानको जिकिर छ ।
मिति: 2012-06-18

No comments:
Post a Comment