काठमाडौं,
१८ असार- बजेटमा भन्सारदरको विषयलाई लिएर लुब्रिकेन्ट्स व्यवसायीहरूभित्र
विवाद चर्किएको छ । विदेशी लुब्रिकेन्ट्सका आयातकर्ता र नेपालमा उत्पादन
गराउने स्वदेशी उद्योगीबीच बजेटमा भन्सारदरको मागलाई कसरी प्रस्तुत गर्ने
भन्ने विषयलाई लिएर विवाद उत्पन्न भएको हो । नेपालीमै लुब्रिकेन्ट्सको
उत्पादन गरिरहेका लगानीकर्ता र नेपालमा विभिन्न विदेशी ब्रान्डका
लुब्रिकेन्ट्सको बिक्रीकर्ताबीच भन्सारदर घटबढ गर्ने विषयमा विवाद भएको छ ।
लुब्रिकेन्ट्स उत्पादनकर्ताहरू लुब्रिकेन्ट्सको कच्चापदार्थमा भन्सारदर घटाउनुपर्नेमा दबाब बढाएका छन् भने लुब्रिकेन्ट्सका अधिकृत विक्रेताहरू भने कच्चापदार्थमा नभएर विदेशबाट आयात गरिने लुब्रिकेन्ट्समा भन्सारदर घटाउनुपर्छ भनेपछि दुवै पक्षबीचको विवाद उत्कर्षमा पुगेको हो । नेपालमा हाल लुब्रिकेन्ट्सको कच्चापदार्थमा १५ प्रतिशत भन्सारदर रहेको छ भने तयारी लुब्रिकेन्ट्सको भन्सारदर ३० प्रतिशतसम्म छ ।
नेपालका लुब्रिकेन्ट्स उत्पादनकर्ताहरू लुब्रिकेन्ट्सको कच्चापदार्थमा रहेको १५ प्रतिशत भन्सारदर घटाएर ५ प्रतिशतमा झार्नुपर्ने तथा विदेशबाट आयत गरिएका लुब्रिकेन्ट्समा हाल रहेको भन्सारदर बढाउनुपर्ने बताउँछन् भने लुब्रिकेन्ट्सका अधिकृत विक्रेताहरू कच्चापदार्थमा भन्सारदर घटाउन नहुने तथा ब्रान्डेड लुब्रिकेन्ट्सको भन्सारदर बढाएर सवारी प्रयोगकर्तालाई राम्रो लुब्रिकेन्ट्स प्रयोग गर्नमा प्रोत्साहन गराउनुपर्ने पक्षमा देखिएका छन् ।
“स्वदेशमै उत्पादन गर्न चाहनेहरूलाई प्रोत्साहन गर्न पनि कच्चापदार्थमा भन्सारदर घटाएर जानुपर्ने हामीले माग गरेको हो,” एसएमसी ट्रेडिङ कन्र्सनका प्रबन्ध निर्देशक तथा नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का कोषाध्यक्ष कृष्ण दुवालले भने । स्वदेशी लगानीकर्ताहरूलाई कच्चापदार्थमा भन्सारदर घटाएर लगानी गर्ने वातावरण तय गर्न सके थुप्रै लुब्रिकेन्टस्का ब्रान्ड नेपालमा उत्पादन हुने भएकाले त्यसतर्फ पहल गरेको दुवालको भनाइ छ । “भारतमा लुब्रिकेन्ट्सको कच्चापदार्थका जम्मा १ प्रतिशत मात्र भन्सारदर रहेकाले हामीले कम्तीमा ५ प्रतिशत लागु गर्नुपर्ने भन्नेमा हाम्रो जोड हो,” दुवालले भने । स्वदेशमा उत्पादन भएका लुब्रिकेन्ट्सहरू पनि उच्च गुणस्तरका रहेकाले भन्सारदरलाई घटाएर अझ सुधारोन्मुख गराउनुपर्नेमा हाम्रो जोड भएको उनको भनाइ छ । नेपालमा हाल ३० प्रतिशत बजार स्वदेशी लुब्रिकेन्ट्सको रहेको र भन्सारदर घटाएर पूर्ण उत्पादन क्षमतामा कम्पनीहरूले लुब्रिकेन्ट्स उत्पादन गर्न पाए ७० प्रतिशत बजार हिस्सा नेपाली लुब्रिकेन्ट्सले लिनेसमेत दुवालले दावी गरे ।
नेपालमा हाल पीएलओ, स्टार, एमबी ल्युव, म्याक्सोल, गल्फ र केमोलिया ब्रान्डका लुब्रिकेन्ट्सहरु उत्पादन हुदै आएको छ । नेपालमा हाल ४ दर्जनभन्दा बढी विदेशी ब्रान्डका लुब्रिकेन्ट्सहरू भित्रिसकेका छन । स्वदेशी र विदेशी लुब्रिकेन्ट्स बिक्रीकर्ताबीच विवादभन्दा पनि हामीहरूले भन्सारदरमा पाएको छुटलाई गुणस्तरमा बदल्नुपर्ने भनेको तर त्यस्तो नभएको मिरर लुब्रिकेन्ट्सको नेपालका लागि अधिकृत बिक्रेता दिक्षा ट्रेडिङ प्रालिका अध्यक्ष शम्भु खड्काले बताए । “हामीले भन्सारदर घटाएर सवारी प्रयोगकर्तालाई गुणस्तरको लुब्रिकेन्ट्स प्रयोग गराउन भन्सारदर घटाउनु पर्ने हाम्रो भनाइ हो,” खड्काले भने ।
नेपालमा युरो–५ मापदण्डका गाडीहरु गुड्न थालिसकेको अवस्थामा भन्सारदर महँगोका कारण सवारी प्रयोगकर्ताहरुरूले गुणस्तरीय लुब्रिकेन्ट्स प्रयोग नगरेकाले भन्सारदर घटाउनुपर्नेमा हामीले जोड दिएको म्याक लुब्रिकेन्ट्सको नेपालका लागि अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रालिको म्याक ल्युबका वरिष्ठ प्रबन्धक दीपक गुप्ताले बताए ।
दुवै थरी व्यवसायीबीच भन्सारदरको विषयलाई लिएर विवाद बढेपछि नाडाले बजेटमा समावेश गर्नुपर्ने मागपत्रमा लुब्रिकेन्ट्स र लुब्रिकेन्ट्सको कच्चापदार्थ दुवैमा भन्सारदर घटाउन माग गरेको छ । विदेशबाट आयात हुने लुब्रिकेन्ट्समा तीन वर्षअगाडि १० प्रतिशत भन्सारदर घटाएर ३० प्रतिशतमा झारिएको थियो ।

No comments:
Post a Comment