२०११ मा ४५ हजार आए
केदार दाहाल
काठमाडौं, १६ जेठ- नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक संख्या गएको ६ वर्षमा सात गुणाले बढेको छ । सन् २००६ मा हवाई मार्ग हँुदै नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक संख्या ६ हजार ५ सय ३१ थियो । गत वर्ष सन् २०११ मा सात गुणाले बढेर ४५ हजार ४ सय पुगेका छन् ।
चिनियाँ पर्यटक संख्या २०१२ को पहिलो चार महिनामा पनि उल्लेख्य वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो अवधिमा १७ हजार ८ सय १८ चिनियाँले नेपाल भ्रमण गरेका छन् । यो संख्या गत वर्षभन्दा ३८.३ प्रतिशतले बढी हो । गत वर्ष १२ हजार ८ सय ८३ चिनियाँ नेपाल आएका थिए ।
“यो तथ्यांकले नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य हुँदै गएको देखाउँछ,” नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का महासचिव अच्युत गुरागाईंले भने ।
सरकारले सन् १९९८ लाई नेपाल भ्रमण वर्ष मनाउँदा चिनियाँको आकर्षण रहे पनि त्यसको सात वर्षसम्म आगमनदर बढ्न सकेको थिएन । २००६ मा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या ह्वात्तै बढेको हो । भाषा नै मुख्य समस्या रहेकाले यसलाई समाधान गर्न सके नेपालमा बर्सेनि लाखौ चिनियाँ पर्यटक नेपाल भ्रमणमा आउने महासचिव गुरागाईंले बताए ।
“पर्यटन वर्ष २०११ मा १ लाख चिनियाँ पर्यटक नेपाल भिœयाउने लक्ष्य राखेको भए पनि प्रचार–प्रसार तथा प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न नसक्दा पूरा भएन,” उनले भने, “चिनियाँहरू उल्लेख्य रूपमा नेपाल आउन चाहे पनि चीन सरकारको अध्यागमन विभागबाट स्वीकृति लिनुपर्ने भएकाले पनि भारतीयझैं आउन नसकेका हुन् ।” चिनियाँ नागरिकले विदेश भ्रमण जानुअगावै सरकारको स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
नेपालमा हवाई मार्गबाटमात्र नभएर स्थलमार्ग हुँदै पनि बर्सेनि हजारौंको संख्यामा चिनियाँ पर्यटक आउने गरेको जानकारी उनले दिए ।
सन् २००६ मा ६ हजार ५ सय ३१ पर्यटक आएकामा २००७ मा १ सय २० प्रतिशतले बढेको थियो । यो वर्ष १४ हजार ४ सय २६ चिनियाँ पर्यटक नेपाल आएका थिए । २००८ मा आगमननदर खासै बढेन । त्यतिबेला १४ हजार ७६ पर्यटकमात्र आएका थिए । २००९ मा ३२.७ प्रतिशतले वृद्धि भएको थियो । यो वर्ष १८ हजार ६ सय ७७ चिनियाँ आएका थिए । सन् २०१० मा सन् २००९ को भन्दा ३६.८ प्रतिशतले बढेको थियो । २०१० मा हवाइमार्ग हुँदै नेपाल आउने चिनियाँको संख्या २५ हजार ५ सय ५९ पुगेको थियो ।
२०११ को अन्त्यमा ४५ हजार ४ सय पुगेपछि पर्यटक व्यवसायी उत्साहित भएका छन् । यो संख्या २०१० को भन्दा ७७ प्रतिशतले बढी हो ।
नेपालमा चिनियाँ पर्यटकलाई घुमाउने धेरै समस्यामध्ये भाषा मुख्य भएकाले व्यवसायी चिनियाँ गाइड उत्पादनका लागि तालिम सञ्चालन गराउन लागिपरेका छन् । चिनियाँहरू सहरी तथा सुविधासम्पन्न क्षेत्रमा घुम्न मन पराउने भएकाले पनि टुर गाइड बढी आवश्यक रहेको नाट्टाले जनाएको छ । नेपालमा चिनियाँ पर्यटकका लागि जम्मा २० टुर एन्ड ट्राभल्सले काम गर्दै आएका छन् ।
सन् २००६ देखि हालसम्मको तथ्यांक
वर्ष (सन्) संख्या वृद्धि प्रतिशत
२००६ ६,५३१
२००७ १४,४२६ १२०.९
२००८ १४,०७६ –२
२००९ १८,६७७ ३२
सन् २०१० २५,५५९ ३६.८
२०११ ४५,४०० ७७
२०१२ को हालसम्म १७,८१८

No comments:
Post a Comment