केदार दाहाल
मिति: 2012-05-24
काठमाडौं,
१० जेठ - ग्रान्डी इन्टरनेसनल अस्पताल आगामी दसैंदेखि सञ्चालनमा आउने
भएको छ । ग्रान्डी अस्पताल सञ्चालनमा आएपछि विश्वका उत्कृष्ट अस्पतालले
दिने सुविधा उपलब्ध गराउने निर्माणकर्ताले दाबी गरेका छन् ।
बैंककको समितिभेज अस्पतालसँगको सहकार्यमा निर्माण डिजाइन भइरहेको उक्त अस्पतालको सञ्चालन तथा व्यवस्थापन पनि समितिकै रेखदेखमा हुने सम्झौता भएको छ । अस्पताल दुई चरणमा निर्माण सम्पन्न गर्ने योजनाअनुसार पहिलो चरणमा काम भइरहेको छ । पहिलो चरणको कार्य सम्पन्न भएपछि २ सय शैय्यामा अस्पताल सञ्चालनमा आउनेछ । दोस्रो चरणमा उक्त अस्पताललाई विस्तार गरी ५ सय शैय्यासम्म पु¥याइने योजना रहेको अस्पताल योजना समितिका अध्यक्ष रूप ज्योतिले बताए ।
२ सय शैय्या, ८ वटा शल्यचिकित्सा कक्ष रहने अस्पताल २३ रोपनी जग्गामा फैलिएको छ । काठमाडौंको धापासीमा रहेको उक्त अस्पताल १४ तले छ भने अस्पतालमा ३ वटा भ¥याङ तथा ५ वटा लिफ्ट रहनेछन् । पहिलो चरणमा २ अर्ब ६७ करोड रुपैयाँ लगानी रहने अध्यक्ष ज्योतिले जानकारी दिए ।
बैंककको समितिभेजसँग सहकार्य हुनुभन्दा पहिले जम्मा ८७ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएकोमा समितिको सल्लाहमा योजना परिमार्जित भएपछि लागत २ अर्व ६७ करोड रुपैयाँ पुगेको ज्योतिले बताए । सिई कन्स्ट्रक्सन, ज्योति समूहलगायतको मुख्य लगानी रहेको अस्पतालमा अन्य थुप्रै लगानीकर्ता सेयर होल्डर छन् । १ अर्ब रुपैयाँ शेयर लगानी गर्न इच्छुकहरूबाट र बाँकी १ अर्ब ६७ करोड रुपैयाँ ऋण लिएर कार्य सञ्चालन भइरहेको ज्योतिको भनाइ छ । “अस्पतालमा धेरै सेयरधनीहरूको सहभागिता रहोस् भनी शेयर होल्डरहरूलाई ५० लाख रुपयाँ देखि ५ करोड रुपयाँको सिमा कायम गरिएको छ,” ज्योतिले भने । ज्योति समूहको भने हाल १० करोड रुपैयाँ अस्पतालमा लगानी छ, पछि निर्माणक्रममा लगानी अपुग भए समूहले लगानी बढाउने ज्योतिले जानकारी दिए ।
विश्वस्तरीय मापदण्डका सबै प्रयोग गरी अस्पताल निर्माण गर्न लागेकाले लगानीमा कुनै कसर बाँकी नराख्ने उनले बताए । अस्पताललाई दोस्रो चरणमा विस्तार गर्न अनुमानित थप २ अर्ब रुपैयाँ लगानी आवश्यक पर्छ । “दोस्रो चरणको विस्तारसँगै अस्पताल ५ सय शैय्याको हुनेछ,” उनले भने । अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा आउँदा झन्डै ५ अर्ब रुपैयाँ लगानी हुने छ । अस्पतालमा पहिलो चरणबाटै ५ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने दाबीसमेत निर्माणकर्ताले गरेका छन् ।
अत्याधुनिक सेवायुक्त१४ तलाको अस्पतालमा एउटा तलाबाट अर्को तलामा कुनै कागजपत्र, रिपोर्ट, दिसा–पिसाब–रगत, स्पेसिमेन तथा औषधी पठाउनुपरेमा हावाबाट सञ्चालित ट्युब ट्रान्सपोर्ट सेवाबाट गरिनेछ । अस्पतालमा १ हजार २ सय ५० केभीएका दुईवटा डिजेल जेनेरेटर तथा आवश्यक ठाउँमा यूपीएस जडान हुने भएकाले विद्युत् आपूर्तिको समस्या रहनेछैन ।
अस्पतालमा बिरामी कुरुवा बसिरहनु नपर्ने भएकाले एक बिरामी एक नर्सको अवधारणामा सुविधा उपलब्ध गराइनेछ । बिरामी तथा बिरामीका आफन्तहरूको सुविधाका लागि कान्तिपथस्थित ज्योति भवनलाई केन्द्रका रुपमा विकास गरिने उनले बताए ।
हाल नेपालमा सञ्चालन भइरहेका अस्पतालहरूले दिने सेवा र सुविधाभन्दा कैयांै गुणा धेरै ग्रान्डी अस्पतालले उपलब्ध गराउने हुँदा सबैको पहुँच अस्पतालमा पु¥याउन आफुहरूले अहोरात्र काम गरिरहेको ज्योतिले जानकारी दिए ।
ग्रान्डी अस्पताल अन्य अस्पतालले लिइरहेको शुल्कभन्दा १० देखि १५ प्रतिशत मात्र महँगो हुने ज्योतिको अनुमान छ ।

No comments:
Post a Comment