केदार दाहाल
काठमाडौं, ११ जेठ
संविधान जारी गर्ने मिति नजिकिँदै गर्दा विभिन्न जातीय संघसंगठनले देशभर बन्द–हड्ताल जारी राखेपछि पर्यटन व्यवसायीहरूले पर्यटकलाई रात्रीकालीन सेवा उपलब्ध गराउन थालेका छन् ।
अघिल्ला बन्दमा प्रेस, पर्यटक, एम्बुलेन्स, कूटनीतिक नियोगका गाडीहरूमा अवरोध नहुने गरे पनि हाल भइरहेको बन्दमा ती सबैलाई सुनियोजित रूपमा आक्रमण गरिन थालेपछि बाध्य भएर रात्रीकालीन सेवा उपलब्ध गराएको व्यवसायीको भनाइ छ । यसअघि बाध्यात्मक परिस्थितिमा मात्र पर्यटकहरूलाई रात्रीमा आवत–जावत गराउने परम्परा थियो । पछिल्लो समय आन्दोलनकारीले दिवा समयमा सडक अवरोध गरेपश्चात् पर्यटकलाई एकठाउँबाट अर्को ठाउँमा पु¥याउन कठिनाइ हँुदै आएको छ ।
आन्दोलनकारीले रात्रीको समयमा कुनै अवरोध नगर्ने भएकाले आफूहरूले बाध्य भएर पर्यटकलाई रात्रीमा आवत–जावत गराइरहेको टुरिस्ट भेकल एसोसिएसन नेपालका अध्यक्ष रामहरि शर्माले बताए । “पर्यटकहरू रातको समयमा आवत–जावत गर्न नरुचाउने भए पनि व्यवसायीले बाध्यभएर रात्रीसेवा उपलब्ध गराउने विकल्प रोजेका हौं,” शर्माले भने । नेपाल आएका पर्यटकहरू भ्रमण अवधि छोट्याएर फर्कनेक्रम बढेको र काठमाडौंबाट बाहिरिनेको संख्या भने एकदमै न्यून रहेको शर्माले जानकारी दिए । “पर्यटकहरूलाई पोखरा, चितवन, लुम्बिनीलगायत क्षेत्रबाट रात्रीको समयमा काठमाडौं ल्याइरहेका छौं,” शर्माले भने ।
पर्यटन व्यवसायीहरूले रात्रीकालीन सेवाका लागि हाल ४० वटा पर्यटक सवारीको प्रयोग गरिरहेका छन् । उक्त सवारी विभिन्न स्थानबाट रातको समयमा आवत–जावत गराइएको छ । यसअघिको समयमा दैनिक सयौंको संख्याका पर्यटक गाडीहरूले पर्यटकलाई सेवा दिँदै आएको व्यसायीको भनाइ छ । पर्यटन व्यवसायी तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा काठमाडौंमा भने पर्यटकीय क्षेत्र ठमेलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म तीनवटा पर्यटक सवारीबाट सेवा दिइरहेको शर्माले जानकारी दिए । यसरी रात्रीको समयमा पर्यटकलाई आवत–जावत गराउन बाध्यात्मक परिस्थिति आउनु नेपालको पर्यटन क्षेत्रको भविष्यमाथिनै गम्भीर प्रश्न चिह्न खडा भएको शर्माले बताए ।
हालको बन्दले सबैभन्दा बढीमार ‘टुर एन्ड ट्राभल’लाई परेको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का महासचिव मोहन लम्सालले बताए । हाल चितवन, पोखरा, लुम्बिनीलगायत क्षेत्रको भ्रमणमा आएका पर्यटक अलपत्र परेको बन्दकर्ताहरूले पर्यटक वहानमा समेत अवरोध गरेकाले रात्रीको समयमा मात्र पर्यटकलाई आवत–जावत गराउनुपर्ने समस्याले पर्यटकमा नकारात्मक सन्देश गएको लम्सालको भनाइ छ ।
सन् २०१२ को पहिलो चार महिनामा नेपालमा पर्यटक आगमनदर हालसम्मकै उच्च रहेको भन्दै पर्यटन व्यवसायी उत्साहित भइरहेको बेला भएका बन्द तथा हड्तालले व्यवसायी भएको लम्सालले बताए । नेपालमा सन् २०१२ को पहिलो चार महिनामा २ लाख ७ हजार ९ सय ६१ हवाई पर्यटकले नेपाल भ्रमण गरेका थिए । जुन संख्या पर्यटन वर्ष २०११ मा भन्दा २३.१ प्रतिशतले बढी हो । नेपालको पछिल्लो चार महिनामा पर्यटन आगवनदरले पर्यटन वर्षमा लिइएको १० लाख पर्यटक भिœयाउने लक्ष्य सन् २०१२ मा नै पुग्ने प्रतिक्रिया पर्यटन क्षेत्रका सरोकारवालाहरूले दिएका थिए ।

No comments:
Post a Comment