आर्थिक क्षेत्रका विशेष गतिविधी

Wednesday, April 8, 2015

Nijgadh Airport to cost Rs 670b

KEDAR DAHAL
KATHMANDU, April 7
Total cost of the proposed Nijgadh International Airport has been revealed to be Rs 670 billion as per the detailed project report (DPR) submitted by South Korean company LMW to the government four years ago. The amount is almost Rs 150 billion more than the current national budget.
“There is problem in moving the project forward as the project cost is higher than even the national budget,” Secretary at the Ministry of Culture, Tourism and Civil Aviation Suresh Man Shrestha says. “The cost may even reach Rs 800 billion if we add annual inflation. There is no alternative to first finding the investor as the project cannot currently be supported by the country’s economy,” he adds. The government has not been able to spend Rs 500 million allocated in the fiscal year 2071/72 for distributing compensation for land and fencing the land.
Secretary Shrestha concedes that the government has not been able to move any work forward due to the high project cost. The airport will be completed in three stages over 14 years as per the DPR. Rs 65 billion will be spent in the first stage, Rs 255 billion in the second stage and Rs 350 billion in the third stage.
The government is reluctant to boldly move the project forward immediately despite facing intense pressure for construction of the international airport at Nijgadh after accident of the Turkish Airlines plane at the TIA obstructed the only international airport in the country for four days. Shrestha reasons Nijgadh has been on the backburner also as the government is focused on constructing regional international airports now.
The process to determine land has started only last month, 17 years after the government announced construction of the airport. Kathmandu-Tarai Fast Track has to be constructed for operation of the airport. The government, therefore, has prioritized the fast track now as it feels investor for the airport cannot be found until construction of the fast track is guaranteed.
The Nepal Army (NA) has already opened track for the fast track two years ago. The Ministry of Physical Infrastructure and Transport last month had signed agreement with an Indian company for detailed study for the 72-kilometer highway that will connect Kathmandu to the eastern tarai. The estimated cost of fast track is almost Rs 75 billion.
There will be two-way runway 3.60 km long and 45 meters wide in the airport. The runway will be designed in a way that almost all kinds of wide-body airplanes produced in the aviation industry can take-off from and land at the airport. There will be six boarding gates, 34 check-in counters, six security checks, 35 immigration counters and eight customs counters at the airport. Arrival lounge will be in the ground floor while departure will be handled through the first floor of the airport terminal.
The first stage will be completed in four years and the airport will be able to cater to 15 million passengers a year after that while the second stage will be completed in another five years and it can cater to 30 million passengers a year then. It can cater to 60 million passengers a year after completion of the third stage another five years later.

निजगढ विमानस्थलको कुल लागत पौने ७ खर्ब

 नेपालको राष्ट्रिय बजेटभन्दा झन्डै डेढ खर्ब रुपैयाँ बढी
निजगढ विमानस्थलको कुल लागत पौने ७ खर्ब
केदार दाहाल
काठमाडौं, २४ चैत – बाराको निजगढस्थित प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको कुल लागत पौने ७ खर्ब रहेको खुलासा भएको छ । ४ वर्षअघि कोरियाली कम्पनी एलएमडब्ल्यूले सरकारलाई बुझाएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)अनुसार यसको कुल लागत ६ खर्ब ७० अर्ब रुपैयाँ छ । यो नेपालको राष्ट्रिय बजेटभन्दा झन्डै डेढ खर्ब रुपैयाँ बढी हो ।
“सरकारको कुल बजेटभन्दा बढी लागतको भएकैले परियोजना अघि बढाउन समस्या छ,” संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ भन्छन्, “प्रत्येक वर्षको मुद्रास्फीति जोड्ने हो भने लागत ८ खर्बभन्दा बढी पुग्न सक्छ । सरकारले पहिले लगानीकर्ताको जोहो गर्नुको विकल्प छैन, जुन आयोजना नेपालकै अर्थतन्त्रले तत्काल धान्न सक्ने अवस्थामा छैन ।” सरकारले भने तारबार गर्न र जग्गाको समस्या सुल्झाउन चालू आर्थिक वर्षमा ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
उच्च लागतकै कारण सरकारले कुनै काम अगाडि बढाउन नसकेको श्रेष्ठले स्वीकारे । डीपीआरअनुसार विमानस्थल निर्माण ३ चरणमा सम्पन्न गर्ने योजना छ । यो रकम तीनै चरणको काममा खर्च हुनेछ । पहिलो चरणमा ६५ अर्ब, दोस्रोमा २ खर्ब ५५ अर्ब र तेस्रो चरणमा ३ खर्ब ५० अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । ३ वटै चरणमा निर्माण सम्पन्न गर्न १४ वर्ष लाग्नेछ ।
गत महिना टर्किस जहाज दुर्घटनाका कारण विश्वसँग नेपालको सम्बन्ध टुटेपछि वैकल्पिक विमानस्थल निर्माणमा चौतर्फी आवाज उठे पनि अहिले नै आँट गरेर आयोजना अगाडि बढाउने पक्षमा सरकार छैन । अहिले सरकार अरु क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लागिपरेकोले पनि निजगढका काम केही सुस्त भएको सचिव श्रेष्ठले बताए ।
सरकारले निर्माण गर्ने भनेको १७ वर्षपछि मात्र जग्गा निर्धारण गर्ने प्रक्रिया गत महिनाबाट अगाडि बढाएको छ । चालू वर्ष जग्गा अधिग्रहणका लागि ५० करोड रुपैयाँ छुट्ट्याइएको छ । विमानस्थल सञ्चालनका लागि काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण आवश्यक छ । त्यसैले पनि सरकारले अहिले द्रुतमार्गलाई प्राथमिकतामा राखेको छ । विमानस्थलसँग जोडिएकाले द्रुतमार्गको सुनिश्चता नभएसम्म विमानस्थलका लागि लगानीकर्ता नभेटिने सरकारको ठम्याइ छ ।
सेनाले २ वर्षअघि नै दु्रुतमार्गको ट्र्याक खोलिसकेको छ । ७२ किलोमिटरमा तराई जोड्ने यो मार्गका लागि गत महिनामात्रै भौतिक योजना तथा निर्माण मन्त्रालयले विस्तृत अध्ययन गर्न भारतीय कम्पनीसँग सम्झौता भएको थियो । द्रुतमार्गको लागत भने झन्डै ७५ अर्ब रुपैयाँ छ ।
विमानस्थलको धावनमार्ग ३६ सय मिटर लामो र ४५ मिटर फराकिलो हुनेछ । यसमा दोहोरो धावनमार्ग हुनेछ । यसमा सबैजसो अत्याधुनिक वाइड बडी जहाज उडान÷अवतरण गर्न सक्छन् ।  विमानस्थल निर्माण सुरु भएको ४ वर्षमा पहिलो चरणको काम सकिनेछ । यसको लागत ६५ अर्ब रुपैयाँ छ । पहिलो चरणमा सकिएपछि वार्षिक १ करोड ५० लाख यात्रुलाई सेवा दिन सक्नेछ ।
दोस्रो चरणको निर्माण गर्न ५ वर्ष लाग्नेछ । यसको लागत २ खर्ब ५५ अर्ब रुपैयाँ छ । दोस्रो चरणको निर्माणपछि विमानस्थलले वार्षिक ३ करोड यात्रुलाई सेवा दिन सक्नेछ । तेस्रो अर्थात अन्तिम चरणको निर्माणका लागि ५ वर्ष लाग्नेछ । यसमा ३ खर्ब ५० अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । तेस्रो चरणको निर्माणपश्चात् विमानस्थलले वार्षिक ६ करोड यात्रु धान्न सक्नेछ ।
विमानस्थल टर्मिनल भवनमा ६ बोर्डिङ गेट, ३४ चेक–इन काउन्टर, ६ सुरक्षा जाँच, ३५ अध्यागमन, ८ भन्सार जाँच काउन्टर रहनेछन् । यात्रु सजिलोका लागि टर्मिनल भवनको माथिल्लो तलामा प्रस्थान र तल्लो तलामा आगमन बनाइनेछ ।

Monday, April 6, 2015

बर्सेनि १२ अर्बका ३० लाख मोबाइल बिक्री

केदार दाहाल
बर्सेनि १२ अर्बका ३० लाख मोबाइल बिक्री
काठमाडौं, २३ चैत ।  नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार ०७१ साल असोज मसान्तसम्ममा नेपालका ९५.५८ प्रतिशत मानिसहरू दूरसञ्चारको पहँुचमा पुगिसकेका छन्, जसमध्ये ८५.५८ अर्थात् २ करोड २६ लाख ७५ हजार २४ जना मोबाइल प्रयोगकर्ता छन् । इन्टरनेटमा प्रत्यक्ष पहँुच हुने नेपालीहरूको संख्या ३५.२८ प्रतिशत छ । दूरसञ्चार र इन्टरनेटमा नेपालीकोको पहुँचको यो तथ्यांकनै पछिल्लो १ दशकयताको सूचना प्रविधि क्रान्तिको परिणाम हो ।
नेपालमा हरेक वर्ष १२ अर्ब रुपैयाँबराबरको ३० लाखभन्दा बढी फोनसेट बिक्री हुन्छ । बजारमा १ हजारदेखि १ लाख रुपैयाँसम्मका मोबाइल सेट उपलब्ध छन् । स्मार्टफोन सेट भने ३ हजार रुपैयाँभन्दा माथिका छन् । नेपाली बजारमा सबैभन्दा बढी सामसुङले ४५ प्रतिशत बजार हिस्सा आफ्नो भएको दाबी गरेको छ ।
पछिल्लो अवधिमा हुवाबेले सामसुङ पछाडि आफ्नो बजार बढी भएको जिकिर गरेको छ । त्यसो त एप्पलले हालै मात्र आइफोनको आधिकारिक विक्रेता नियुक्त गरेको छ । यद्यपि यसले पनि नेपाली बजारमा राम्रै प्रभुत्व जमाएको छ । सामसुङ र हुवाबेले स्मार्टफोन क्याफे चलाएरै उपभोक्तालाई त्यस्ता फोन चलाएर सिक्ने अवसर दिन्छन् ।
कुनै बेला विश्व मोबाइल बजारमा अधिपत्य जमाएको नोकियाले अहिले आफ्नो अस्तित्व माइक्रोसफ्टलाई सुम्पिएको छ । विन्डोज अपरेटिङ सिस्टमका माइक्रोसफ्ट नोकिया लुमिया सिरिजका सेटले पनि उपभोक्ताहरूलाई आकर्षित गरेका छन् । यसबाहेक इन्डो चाइनिज र चाइनिज ब्रान्डका स्मार्ट फोनले कुल झन्डै ५० प्रतिशत बजार हिस्सा ओगट छन् । एक भारतीय म्यागजिनले गरेको सर्वेक्षणअनुसार संसारभरका कन्ज्युमर प्रोडक्टमध्ये पहिलो नम्बरमा मोबाइल फोन छ । त्यसपछि टेलिभिजन, कार, कम्प्युटर, रेफ्रिजरेटर पर्छन् ।
अधिकांश नेपालीका आफन्त वा साथीभाइ विदेशमा भएकाले महँगा स्मार्टफोनका सेटहरू मगाउने टे«न्ड पनि उत्तिकै रहेको मोबाइल व्यवसायी संघका अध्यक्ष आविष्कार बावु श्रेष्ठ बताउँछन । एप्पलको आइफोनका उपभोक्ता नेपालमा धेरै हुनुले यसलाई थप पुष्टि गर्छ  ।
स्मार्ट फोन विद्यार्थीदेखि उच्च तहका व्यवसायीहरूसम्मका लागि उपयोगी छन् । १० हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्मका स्मार्ट फोन धेरै बिक्री हुन्छन्, जसको मुख्य कारण भनेकै क्यामेरालगायत सबै किसिमका फिचर र एप्लिकेसन सहज रूपमा प्रयोग गर्न पाइयोेस् भन्ने भएको श्रेष्ठको बुझाइ छ । यो मूल्यभित्र स्टान्र्डड लेभलका स्मार्टफोन पाइन्छन् ।
एक दशकअघि र पछि
एक दशकअघि मात्र पनि धेरैले मोबाइल फोन यसरी सर्वसुलभ हुनेछ र यसमा यस्ता फिचरहरू आउनेछन् भनेर कल्पनासम्म गरेका थिएनन् । पछि टचफोन आएपछि एप्स डाउनलोड गर्न मिल्ने अपरेटिङ सिस्टम सञ्चालनमा आए । अहिले त मोबाइल फोन मानिसको जीवनशैलीमै जोडिएको छ । एकछिन मोबाइल साथमा नहँुदा सकस अनुभव गर्नुपर्ने अवस्था हुन्छ ।
किप्याडयुक्त नोकियाका सेट अत्याधुनिक थिए, तर त्यसमा इनबिल्ट एप्लिकेसनमात्र चल्थे । अहिले स्मार्टफोनको विकास प्रक्रिया यति तीव्र छ कि ठूला ब्रान्डेड कम्पनीहरूमा ‘को अघि जाने’ भन्ने ठूलै प्रतिस्पर्धा छ । केही समयअघि मात्र जियोनी ब्रान्डमा चाइनिज मोबाइल कम्पनीले नेपालमा सबैभन्दा पातलो स्मार्ट फोनसेट सार्वजनिक ग¥यो । यस्तै घनले ठोक्न मिल्ने स्मार्टफोन पनि नेपाली बजारमा आएका छन् । जर्मन कम्पनीद्वारा निर्मित रगगियर ब्रान्डको मोबाइल ग्यालेक्सी टेक्नोलोजिजले नेपालमा भिœयाएको हो । जुनसेटमा ढुंगामा खस्दा पनि नफुट्ने, पानी पनि नपस्ने बताइन्छ । अब चाँडै दुवैतिर (डबल) स्क्रिन भएका पातला सेट आउने अनुमान विशेषज्ञहरूको छ । स्मल चिप्सको प्रयोगबाट मोबाइल सेट निर्माण हुने भएकाले मोबाइल सेट अझै पातलो र सानो हुने उनीहरूको तर्क छ ।
समय कति परिवर्तनशील छ प्रविधिका आधारमा भन्ने हो दशकभित्रै युग फेरिन्छ । कुनै समय ल्यापटपको मार्केट पिक मा रहँदा एसेम्बल डेस्कटप कम्प्युटर व्यवसायीहरू ससंकित हुन्थे । ल्यापटपका विभिन्न ब्रान्ड (महँगादेखि सस्तासम्म) सबैले उपभोक्ताको साथ पाउँथे । स्मार्ट मोबाइलबाटै फोनमा कुरा गर्नेदेखि कम्प्युटरबाट हुने कतिपय महत्वपूर्ण कामसमेत हुने भएकाले स्मार्टफोन प्राथमिकतामा पर्न थालेका हुन् ।
यो डिजिटल युग हो, जहाँ विश्वभरका २ अर्ब मानिस इन्टरनेटको पहुँचमा छन् । त्यसैले अहिले हातमै बोकेर हिँड्न मिल्ने यो डिभाइसले सबैको मन जितेको छ । स्मार्टफोनमा उपलब्ध एप्लिकेसनले त प्रविधिका प्रयोगकर्ताहरूलाई अझ सजिलो बनाइदिएको छ । फेसबुक, ट्विटर, ह्वाट्स अप, भाइबर, स्काइप जस्ता फ्रि एप्लिेकसन्स राखेर जहाँ पुगे पनि आफूले चाहेको व्यक्तिसँग कुराकानी गर्न पाइने भएपछि स्मार्ट फोनसेट सबैको रोजाइमा परेका हुन् ।
दैनिक जीवनका लागि क्यालेन्डर हेर्न होस् वा छिनछिनका समाचार हेर्न होस् अथवा अझै भनौ लोडसेडिङको पछिल्लो रुटिन बुझ्न होस् नेपाली गहनाको बजार बुझ्न होस्, नेपाली डिक्सनरी खोतल्न होस वा मनोरन्जनका लागि भच्र्युअल गेम वा गीत सुन्न नै किन नहोस आँखा स्मार्टफोट मै । विश्वभर सित्तैमा फोन गर्न होस् वा फेसबुक तथा ट्विटरमा स्टाटस, ट्वीट अपडेट गर्न होस, कसैलाई इमेल गर्न होस् यी सबै कामका लागि एउटै फोन पर्याप्त हुन्छ । स्मार्टफोनको लत कतिसम्म छ भने हातमा घडी लगाए पनि समय हेर्नसमेत फोनसेट नै हेर्छन् ।
सामसुङ नेपालको लागि आधिकारिक विक्रेता आईएम बिजनेसका वरिष्ठ प्रबन्धक प्रणय स्थापित स्मार्ट फोनले मानिसको दैनिकीमा सहयोग पु¥याएको बताउँछन् । स्थापित भन्छन्, “स्मार्ट फोनका लागि बनेका हजारौं एप्समध्ये आफूलाई उपयुक्त हुने एप्स डाउनलोड गरेर त्यसको सुविधा उपभोग गर्न सकिन्छ ।” मोबाइल सेवाप्रदायक संस्थाहरूले थ्रिजी इन्टरनेट तथा डाटा इन्टरनेट सेवा सिमकार्डमै उपलब्ध गराएकाले पनि इन्टरनेट सेवा प्रयोग गर्दै स्मार्ट फोनका एप्लिकेसन्स चलाउन सकिन्छ । जहाँ पुगे पनि मोबाइलमा इन्टरनेट कनेक्ट गर्ने बित्तिकै मानिस संसारसँग जोडिन्छन् । अब फोरजी टेक्नोलोजी लगभग आइसकेको छ, यसले मोबाइल इन्टरनेटको बजार अझ बढाउने निश्चित छ । गुगलको एन्ड्रोइड, एप्पलको आईओएस, माइक्रोसफ्टको विन्डोज, रिमको ब्लाकबेरी अपरेटिङ सिस्टम (ओएस) अन्तर्गतका ४ किसिमका स्मार्ट फोनसेट बजारमा उपलब्ध छन् ।

Wednesday, April 1, 2015

सिचुवानको छेङ्दु–ल्हासा–काठमाडौं उडान सुरू

चीनबाट मात्र ६ वटा एयरलाइन्सका उडान
सिचुवानको छेङ्दु–ल्हासा–काठमाडौं उडान आजदेखि
काठमाडौं, १७ चैत  -चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले बुधबार (आज) देखि नेपाल उडान सुरु गर्दै छ ।  सिचुवानले हिमाली दृश्यावलोकनको आकर्षणसहित चैत १८ गते (अप्रिल १ तारिक) बाट छेङ्दु–ल्हासा–काठमाडौं दैनिक उडान सुरु गर्न लागेको हो ।
सिचुवानसँगै चीनबाट नेपाल उडान गर्ने एयरलाइन्स संख्या ४ पुगेको छ । थप २ वटाले केही महिनाभित्रै उडान गर्ने तयारीमा छन् । यसअघि एयर चाइना, चाइना साउदर्न र चाइना इस्टर्नले नेपालमा उडान गर्दै आएका छन् भने यती एयरलाइन्स र एयर चाइनाअन्तर्गतको तिब्बत एयरलाइन्सको संयुक्त लगानी रहेको हिमालयन एयरलाइन्स पनि काठमाडौंबाट ल्हासा र छेङ्दुमा अन्तर्राष्ट्रिय उडान गर्ने तयारीमा जुटिसकेको छ । नेपाल वायुसेवा निगमले सातामा ३ उडान गर्ने गरी काठमाडौं– ग्वान्झाओ रुट तयार पारेको छ ।
नेपाली समयअनुसार सिचुवान १० बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । छेङ्दु–ल्हासा–काठमाडौं उडान करिब ४ घन्टाको हुनेछ । “एयरबस ए–३१९ सिरिजको जहाजमार्फत बुधबारबाट उडान सुरु हुँदै छ,” नेपालको जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी ट्राभल्सका अध्यक्ष रविचन्द्रसिंहले भने ।
सिचुवानले ए–३१९ सिरिजको एयरबसमार्फत पश्चिम चीनको गेटवे सहर छेङ्दुबाट तिब्बतको राजधानी ल्हासा हुँदै काठमाडौं अवतरण गर्ने छ । सिंहका अनुसार बिहान छेङ्दुबाट उडेको जहाज ल्हासामा आएर ४५ मिनेट बसेपछि काठमाडौं उड्नेछ । “ल्हासाका यात्रु पनि हाम्रो मुख्य टार्गेट हुन, उनीहरूलाई पिकअप गर्न ४५ मिनेट रोक्किन्छौं,” सिंहले भने । पहिलो उडानमा छेङ्दुबाट १३१ यात्रु बोकेर काठमाडौं उड्ने जानकारी सिंहले दिए ।
सिचुवानले आफ्नो वेबसाइटमा हाललाई छेङ्दु–काठमाडौं दुईतर्फी भाडा ३ हजार ५०० युयान (करिब ५६ हजार रुपैयाँ) र एकतर्फी भाडा कर बाहेक १ हजार ७०० युयान (करिब २७ हजार रुपैयाँ) तोकेको छ । एयर चाइनापछि हिमाली रुटमा उडान गर्ने सिचुवान दोस्रो एयरलाइन्स बनेको छ ।
यो रुटमा सिचुवानले दैनिक एउटा उडान गर्ने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति पाएको छ । “चिनियाँ पर्यटकहरू बढ्दै  छन्, सिट पाइरहेका छैनन्, सिचुवान उड्न थालेपछि झन् पर्यटक बढ्नेमा विश्वस्त छौं,” उनले भने ।
सन् १९८६ देखि चीनको सिचुवानबाट क्षेत्रीय गन्तव्यहरूमा उडान सुरु गरेको सो एयरलाइन्सले सन् २०१४ मा एसियामा उड्ने क्षेत्रीय एयरलाइन्समध्येबाट उत्कृष्ट एयरलाइन्सको अवार्ड जितेको थियो ।

Tuesday, March 31, 2015

प्रविधि जडानमा ठूला एयरलाइन्स उदासीन


केदार दाहाल
काठमाडौं, १६ चैत-हवाई उड्डयनमा अन्तर्राष्ट्रिय एयलाइन्स कम्पनीहरूले आरएनपी–वान प्रविधि जडान नगर्दा मौसम फेरबदल हुने बित्तिकै उडान\अवतरणमा समस्या आउने गरेको छ । सोमबार पनि दिनभरजसो पानी परेपछि २ दर्जन उडान स्थगन भए भने दर्जन उडान डाइर्भट गरिएका थिए ।
कम भिजिविलिटीमा समेत सजिलै उडान\अवतरण गर्न सकिने रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स–अर्थोराइजेसन रिक्वायर्ड (आरएनपी–वान) प्रविधि जहाजमा जडान नगर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीसँगै समस्या देखिने गरेको छ । आरएनपी–वान प्रविधिमा सबै अन्तर्राष्ट्रिय एयरलाइन्सले जडान गरेमा ५० प्रतिशत समस्या समाधान हुने त्रिभुवन विमानस्थलका प्रबन्धक टेकनाथ सिटौला बताउँछन् । “अहिले केही एयरलाइन्सले सुरु गरेको र केहीले सुरु गर्ने तयारी गरेका छन्,” सिटौलाले भने । हाल त्रिभुवन विमानस्थलमा उडान\अवतरण गर्ने कतार एयरवेजले भने सन् २०१२ देखिनै यो प्रविधि लागू गरिरहेको छ ।
अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई अवतरण गर्न २८०० सय मिटर भिजिवलिलिटी चाहिने त्रिभुवन विमानस्थलको नियम छ । तर, यो प्रविधिमा आधारित जहाजलाई अवतरण गर्न ११०० मिटर मात्रै भिजिविलिटी भए पुग्छ । सोमबार बिहान ७ बजे २ किलोमिटर भिजिविलिटी रहेकोमा ११ बजे १५०० मिटर मात्र थियो ।
बाक्लो हुस्सु र खराब मौसमले गर्दा अहिले धेरै जहाजहरू त्रिभुवन विमानस्थलमा अवतरण गर्न सक्दैनन् । तर यो प्रविधिले गर्दा जहाज डाइभर्ट गरिराख्नु पर्दैन । तर, यसका लागि टावरमा भएका एयर ट्राफिक कन्ट्रोलर (एटिसी) ले स्याटेलाइट प्रणालीमा अवतरण गर्न आइरहेका जहाजलाई सहज वातावरण बनाइदिनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका उप–निर्देशक महेशकुमार बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार २०१२ अक्टोबरदेखि कतार एयरवेजले एयरबसमार्फत नेपालमै पहिलोपटक यस्तो प्रविधिबाट जहाज अवतरण गरेको थियो भने २०१४ को जुलाईबाट कोरियन एयरले पनि सो प्रविधिमा आधारित जहाज उडाउन सुरु गरिसकेको छ । हाल सिल्क एयरवेज, मलेसियन एयरलाइन्स र टर्किस एयरले समेत उक्त प्रविधि जडान गरिसकेका छन् ।
हाल प्रयोगमा आएको जहाजको दूरी र दिशा निर्देशित गर्ने प्रणाली (राडार) को सहायताबाट हुने उडानलाई पनि आरएनपी–वानले सहज बनाउँछ । बस्नेतले भने, “हाम्रो परम्परागत अवतरण प्रणालीभन्दा यो निकै उत्कृष्ट छ, जसले गर्दा जहाज र यात्रु दुवै सुरक्षित हुन्छन् ।”
परम्परागत शैलीमा जहाजले राडारकै वेभका आधारमा सीधा रुटमा उडान गर्नुपर्छ भने आरएनपी–एआरको प्रविधिबाट भने डाँडाकाँडालाई छलेर उडाउन सकिन्छ । जीपीएस र स्याटलाइटको सहयोगबाट नागबेली रुटमा समेत उड्न सक्छ । यो प्रविधिमा जहाज उडाएपछि सर्प हिँडे जस्तै जहाज पनि नागबेली उड्न सक्ने बताइन्छ ।
आरएनपी–एआर प्रणालीमा उडेका जहाजले अब नेपाल छिरेपछि सिमराबाट सीधै भट्टेडाँडा आउनुपर्छ भन्ने छैन । बस्नेतका अनुसार जहाज बागमती नदी करिडोर नै करिडोर माथिबाट उडाएर एयरपोर्टमा अवतरण गर्न सकिन्छ ।
सन् २००९ मा अमेरिकी मुलुकबाट सुरु भएको यस्तो प्रविधि जहाज अवतरणमा मात्र प्रयोग हुँदै आएको छ । यो प्रविधिबाट जहाज अवतरण गर्दा हवाई सुरक्षा वृद्धि, प्रविधिको प्रयोग हुने भएकाले चालक दलका सदस्यलाई सहज हुनेछ ।
आरएनपी–वानमा जहाज अवतरण गरिएको अवस्थामा सामान्यभन्दा बढी तौल बोक्न सक्ने, इन्धनको बचत हुनुका साथै आर्थिक लाभसमेत हुन्छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्डअनुसार यस्तो प्रविधि हालसम्मकै सुरक्षित र भरपर्दो हो ।
सोमबार २ दर्जन जहाज डाइभर्ट
सोमबार दिनभर मेघ गर्जनसहित वर्षा हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान\अवतरण रोकिएको थियो । आरएनपी–वान प्रविधि नभएकाले सोमबार बेलुकाबाट मात्र उडान÷अवतरण सुचारु भएको थियो । विमानस्थलका अनुसार मौसम खराब भएपछि अन्तर्राष्ट्रिय ७ उडान डाइभर्ट भएका थिए, जसमा ओमान एयर र जेट एयरवेज लखनउ डाइभर्ट भएका थिए भने एयर चाइना ल्हासा डाइभर्ट भएको थियो । यसैगरी इस्तानबुलबाट आएको टर्किस एयरलाइन्स दिल्ली, भुटान एयरलाइन्स पारो, एयर अरेविया कलकत्ता, दिल्लीबाट आएको एयर इन्डिया वाराणासी डाइभर्ट भएका थिए । भित्रुवन विमानस्थलमा २७ वटा एयरलाइन्सले दैनिक ८० उडान\अवतरण गर्ने गरेका छन् ।
निगमको बोइङ हङकङ उड्न नपाउने
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको बोइङ ७५७ जहाजमा (आरएनपी–वान) प्रविधि नभएपछि बुधबारदेखि हङकङ उडान गर्न नपाउने भएको छ । उक्त सिष्टम जडान गर्न निगमलाई महँगो पर्ने भएकाले अब हङकङमा एयरबस ए–३२०–२०० जहाजबाट उडान गर्ने भएको छ ।  ३ दशक पुरानो बोइङ ७५७ जहाज एप्रिलदेखि हङकङ जान नपाउने भएपछि हालसालै युरोपबाट ल्याएको एयरबसबाट उडान गर्न लागेको निगम प्रवक्ता रामहरि शर्माले बताए । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलले आरएनपी–वान प्रविधि जडान नगरेका जहाजलाई प्रवेश नदिने नीति लाग गरेपिछ बोइङ ७५७ जान नपाउने भएको हो । हङकङले सन् २०१२ देखि उक्त नीति लागू गरेको भए पनि निगमलाई २ वर्षसम्म सुविधा दिएको थियो । बोइङको समयावधी सकिन लागेपछि निगमले नयाँ जहाज एयरबसबाट उडान गर्ने तालिका बनाइसकेको छ । आरएनपी–वान प्रविधि जडान गर्न निकै महँगो पर्ने हुँदा निगमले बोइङमा यो प्रविधि जडान नगर्ने जनाएको छ । यो प्रविधि जडान गर्न करिब ३ करोड रुपैयाँ खर्च हुने प्रवक्ता शर्माले बताउँछन् । 

Monday, March 30, 2015

निगमको दोस्रो विमान वैशाख १५ भित्र


४ जहाजमार्फत ९ गन्तव्यमा साताका ५० अन्तर्राष्ट्रिय उडान भर्ने
निगमको दोस्रो विमान वैशाख १५ भित्र
केदार दाहाल
काठमाडौं, १५ चैत – नेपाल वायुसेवा निगमले खरिद गरेको दोस्रो एयरबस ‘ए’ ३२०–२०० न्यारो बडी वैशाख १५ भित्र नेपाल आउने भएको छ । त्यसलगत्तै उसले भारतका थप २ गन्तव्यमा उडान भर्ने भएको छ । ३ वर्षपछि फागुन १५ यता निगमले नियमित काठमाडौं–दिल्ली उडान गरिरहेको छ । एयरबस आएपछि उसले बैंगलोर र मुम्बईमा उडान थप्नेछ । हाल जेट एयरवेज, एयर इन्डिया, इन्डिगो, स्पाइस जेट र भुटानको ड्रुक एयरले दिल्ली–काडमाडौं उडान भर्दै आएका छन् ।
निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि २ वटा एयरबस ‘ए’ ३२०–२०० र २ वटा बोइङ–७५७ गरी ४ वटा जहाज हुनेछन् । यी जहाजमार्फत उसले ९ गन्तव्यमा साप्ताहिक ५० अन्तर्राष्ट्रिय उडान भर्नेछ । भारतका ३ सहित हङकङ, दोहा, बैंकक, दुबई, चीनको गोन्जाउ र क्वालालम्पुर उडान सुरु हुनेछ ।
वैशाख १५ सम्ममा एयरबसले निगमलाई जहाज हस्तान्तरण गर्ने प्रवक्ता रामहरि शर्माले जानकारी दिए । उनका अनुसार निगमले ४ वटा जहाजबाट दिल्ली १४, मुम्बई ३, बैंगलोर ३, हङकङ ३, बैंकक ३, गोन्जाउ ३, दुबई ७, दोहा ७, मलेशिया ७ वटा साप्ताहिक उडान गर्नेछ । अहिले दुबईमा साताका ४ वटा उडान भरेर बिस्तारै ७ वटा पु¥याउने लक्ष्य रहेको उनले बताए । अहिले सातामा ४ वटा उडान भइरहेको दोहामा पनि ७ वटा उडान पु¥याउने तयारी निगमको छ ।
निगमले जहाज खरिदका लागि सञ्चय कोषसँग १० अर्ब रुपैयाँ ऋण लिएको थियो । नयाँ आउने जहाज पनि १५८ सिट क्षमताको हो । हाल निगमले अन्तर्राष्ट्रिय उडानका लागि १९० सिटका बोइङ–७५७ प्रयोग गर्दै आएको छ ।
साप्ताहिक उडान
गन्तव्य    उडान संख्या
काठमाडौं–दिल्ली    १४
काठमाडौं–बैंगलोर    ३
काठमाडौं–मुम्बई    ३
काठमाडौं–दोहा    ७
काठमाडौं–हङकङ    ३
काठमाडौं–बैंकक    ३
काठमाडौं–गोन्जाउ    ३
काठमाडौं–दुबई    ७
काठमाडौं–क्वालालम्पुर    ७
जम्मा     ५०

2ND NAC AIRBUS BY APRIL END


KEDAR DAHAL
KATHMANDU, March 29:
The second Airbus A320 procured by the Nepal Airlines Corporation (NAC) will arrive by the end of April. The national flag-carrier will start flights to two additional Indian destinations including Bangalore and Mumbai after the second Airbus arrives. The NAC has been conducting regular flights to New Delhi since February 27 after a gap of three years. Jet Airways, Air India, Indigo, Spice Jet and Druk Air of Bhutan have also been currently operating Delhi-Kathmandu flights.
The NAC will now have four planes including two Airbus A320 and two Boeing 757 for international flights, and it will operate 50 international flights to nine destinations every week. It will operate flights to Hong Kong, Doha, Bangkok, Dubai, Kuala Lumpur and Guangzhou of China apart from the three Indian destinations.
NAC Spokesperson Ram Hari Sharma said that Airbus will hand over the plane by April 28. He revealed the NAC will operate 14 flights to Delhi, 3 to Mumbai, 3 to Bangalore, 3 to Hong Kong, 3 to Bangkok, 3 to Guangzhou, 7 to Doha and 7 to Kuala Lumpur every week. It has been currently operating four flights each to Dubai and Doha.
The NAC had borrowed Rs 10 billion from the Employees Provident Fund (EPF), to procure Airbus planes. The new Airbus A320 will also have 158 seats like the one already arrived has. The Boeing 757s have 190 seats each.
Number of Flights per Week
Destination                         Number of Flights
Delhi                                     14
Bangalore                             3
Mumbai                                3
Doha                                      7
Hong Kong                          3
Bangkok                               3
Guangzhou                          3
Dubai                                    7
Kuala Lumpur                    7
Total                                      50