आर्थिक क्षेत्रका विशेष गतिविधी

Wednesday, November 19, 2014

PIA stops flights to Nepal


KATHMANDU, Nov 18
National flag carrier of Pakistan, Pakistan International Airlines (PIA), has stopped flights to Nepal after 17 years of operation even as the agenda of increasing air connectivity among the SAARC countries is being set for the upcoming SAARC Summit.
PIA, that had been operating daily flights keeping its own office in Kathmandu, will also shut the office down from December 15. PIA has been operating flights to different destinations in Asia, Europe and America with 30 airplanes, and has already placed order with the European manufacturer Airbus for seven more airplanes. It has not operated regular flights to Kathmandu from July. “We have stopped flights to Nepal due to internal reasons even though Nepal is a good destination for PIA. There was 90 percent occupancy in the flights to Karachi from Kathmandu, and 35 percent in those from Karachi to Kathmandu,” Nepal chief of the company Mohammad Hamid says.
PIA had started flights to Kathmandu in 1997 after Nepal and Pakistan signed bilateral aviation agreement in 1995. It had been operating flights to Kathmandu with an Airbus A-310 (200-seater). It had stopped flights for some time after an Air India flight from Kathmandu was hijacked on December 24, 1999.
Nepali workers were the main customers of the flights to Karachi. Passengers travelling to Afghanistan, Iraq, United Arab Emirates (UAE) and other countries from Nepal generally used the flight. PIA has also stopped flights to Hong Kong and Thailand, along with Nepal, and shut down its offices there. “We have not shut down the office in Nepal only due to the upcoming SAARC Summit. We would have left on November 15, otherwise,” he adds.
President of the Nepal Association of Tour and Travel Agents (NATTA) DB Limbu says pressure on flights from India to Nepal will increase after stopping of PIA’s service. “It is not nice for the service to be stopped as flights by international airlines help in expansion of bilateral relationship with other countries,” he reasons. “We had tried to resume operation through initiative of the governments of the two countries but to no avail due to internal problems of PIA,” he reveals.
PIA had operated 105 flights to Nepal last year catering to almost 30,000 passengers. A total of 27 international airline companies have been operating flights to Nepal now. It will fall to 26 after PIA’s withdrawal.  

Monday, November 17, 2014

क्यासिनो रोयाल बन्द गर्न परिपत्र


" नियमावलीविपरीत सञ्चालन : मन्त्रालय "

क्यासिनो रोयाल बन्द गर्न परिपत्र
केदार दाहाल
काठमाडौं, ३० कात्तिक- सरकारले दरबारमार्गको याक एन्ड यती होटलमा सञ्चालित क्यासिनो रोयाल बन्द गर्ने भएको छ । ‘क्यासिनो नियमावली ०७०’ विपरीत सञ्चालन भइरहेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यासिनो बन्द गर्न गृह मन्त्रालयलाई शुक्रबार परिपत्र गरेको छ । मुलुकमा सञ्चालित विभिन्न १० क्यासिनोमध्ये रोयालमात्र दसैंअघिदेखि चलिरहेको थियो ।
नयाँ नियमावलीअनुसार नचलेको तथा वक्यौता तिर्नसमेत अटेर गरेको भन्दै सरकारले जेठदेखि सबै क्यासिनो बन्द गरेको थियो । नेपालमा मिनी क्यासिनोबाहेक नै १० वटा पाँचतारे होटलमा १० वटा क्यासिनो सञ्चालनमा थिए । अरु सबै बन्द भए पनि सर्वोच्च अदालतको आदेशपछि रोयाल असोज ३ देखि खुलेको थियो । सर्वोच्चले रोयाललाई सञ्चालनमा अवरोध नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको थियो ।
क्यासिनो अन्ना (होटल डेल अन्नपूर्ण), माजोङ (होटल सोल्टी), सांग्रिला, स्टार (होटल ह्यात), एभरेस्ट, भेनस (होटल मल्ल), ¥याड (होटल ¥याडिसन) तथा पोखराका फूलबारी र पोखरा ग्रान्ड बन्दै छन् ।
रोयालले आव ०६९÷७० को रोयल्टी २ करोड ५४ लाख ७५ हजार रुपैयाँ बुझाइसकेको थियो ।  पुरानो वक्यौता तिरे पनि नयाँ नियमावलीअनुसार दर्ता नभएको भन्दै सरकारले बन्द गरिदिएको थियो । रोयल्टी बुझाएपछि क्यासिनो बन्द गराइएको भन्दै सञ्चालक मनोज सुवेदीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पर्यटन मन्त्रालय र गृह मन्त्रालयलाई विपक्षी बनाएर सर्वोच्चमा रिट हालेका थिए । रोयालमा ७५० कर्मचारी छन् ।
मन्त्रालयले ०७० साउन ७ गते जारी गरेको नियमावलीअनुसार प्रत्येक क्यासिनोले नवीकरणबापत ३५ करोड ५० लाख रुपैयाँ जोहो गर्नुपर्छ । १० वटा क्यासिनोको कुल नवीकरण शुल्क ३ अर्ब ५० करोड ५० लाख रुपैयाँ हुन्छ । त्यस्तै, ०७०÷७१ को रोयल्टीबापत प्रत्येकले ४ करोड बुझाउनुपर्छ । नियमावली संशोधनअघि वार्षिक रोयल्टी २ करोड रुपैयाँ थियो ।
नयाँ नियमावलीअनुसार प्रत्येक क्यासिनोले चुक्ता पँुजी २५ करोड, बैंक ग्यारेन्टी ४ करोड, इजाजत दस्तुर २ करोड र निवेदन दस्तुर ५ लाख रुपैयाँ व्यवस्था गर्नुपर्छ । यसमा विवाद भएपछि सरकारले नियमावली संशोधन गरी क्यासिनोले तिर्नुपर्ने आर्थिक दायित्वमा झन्डै ५० प्रतिशतसम्म कटौती गर्ने तयारी पनि गरिरहेको छ ।
क्यासिनो र मिनी क्यासिनोको समेत गरी पुरानो वक्यौता ६७ करोड रुपैयाँ छ । चालू आवको रोयल्टी र जरिवाना गरी ४१ करोड ६० लाख रुपैयाँ बाँकी छ । ४ करोड रोयल्टीको जरिवाना १ करोड २० लाख रुपैयाँ हुन्छ । पटक–पटक म्याद थप गरे पनि क्यासिनो सञ्चालकहरूले नवीकरणका लागि अटेर गर्दै आएपछि सरकारले जेठदेखि बन्द गराएको हो ।
 

Govt to shut down Casino Royal


KATHMANDU, Nov 16
The government will shut down Casino Royal operated by Yak and Yeti Hotel at Durbar Marga with the Ministry of Culture, Tourism and Civil Aviation writing to the Home Ministry on Friday to that regard stating that it is being operated violating Casino Regulation 2013. Royal was the only casino among the 10 casinos in Nepal to be operating before Dashain.
The government had shut down all the casinos since May stating they were not operating as per the new regulation and refusing to clear accumulated dues. Though all 10 casinos at five-star hotels were shut down by the government Royal had reopened on September 19 after the Supreme Court issued an interim order in the name of the government to not obstruct its operation. Casino Mahjong (at Soaltee), Shangrila, Star (at Hyatt), Anna (at Annapurna), Everest, Venus (at Malla), and Rad (at Radisson) in Kathmandu Valley, and Fulbari and Grand in Pokhara are still closed.
Royal had already paid Rs 25.47 million in royalty for the fiscal year 2069/70 but the government had still closed it stating that it had not registered as per the new regulation even after clearing dues. Promoter Manoj Subedi had moved the court making the Office of the Prime Minister and Council of Ministers, Tourism Ministry and Home Ministry as defendants.
Every casino has to pay Rs 355 million for renewal as per the new Casino Regulation issued on July 23, 2013. The casinos also have to pay a royalty of Rs 40 million a year from the fiscal year 2070/71 as per the new regulation. It was Rs 20 million earlier. Similarly, each casino must have paid-up capital of Rs 250 million for operation at five-star hotels, keep bank guarantee of Rs 40 million, and pay license fee of Rs 20 million and application fee of Rs 500,000. The government has also been preparing to amend the new regulation to reduce fees by almost 50 percent after dispute about the high fees.
The casinos and mini-casinos have to clear accumulated dues of Rs 670 million. Royalty and fine for the current fiscal year amount to Rs 416 million. A fine of Rs 12 million is levied on royalty fee of Rs 400 million. The government had shut down the casinos in May after they refused to renew despite repeated extensions of deadline by the government.   

Sunday, November 16, 2014

छायाँसेन्टरको पाँचतारे होटल स्टारउडकै अलफ्ट ब्रान्डले चलाउने

-   मंसिर पहिलो साता सम्झौता हुँदै   
-    ५ अर्ब रुपैयाँ  लगानी गर्ने तयारी
-   भवन निर्माणको काम ४० प्रतिशत सकियो
-   सन् २०१७ देखि होटल सञ्चालनमा ल्याउने लक्ष्य

छायाँसेन्टरको पाँचतारे होटल स्टारउडकै अलफ्ट ब्रान्डले चलाउने
केदार दाहाल
काठमाडौं, २९ कात्तिक- राजधानीको ठमेलमा निर्माणधीन छायाँसेन्टरभित्र रहने पाँचतारे होटल स्टारउडकै ब्रान्ड ‘अलफ्ट ब्रान्ड’को नाममा सञ्चालन हुने भएको छ । छायाँसेन्टर र अलफ्ट बिजेनस होटलबीच आगामी मंसिर ८ गते सम्झौता हुने भएको छ । अलफ्ट ब्रान्डको मुख्य कम्पनी स्टरउडले विश्वभर १२ वटा ब्रान्डमार्फत होटल सञ्चालन गर्दै आएको छ । सन् २०१७ बाट सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको छायाँदेवी सेन्टरभित्र रहने उक्त होटल पाँचतारे हुनेछ । “अलफ्ट ब्रान्डसँग आगामी मंसिर ८ गते सम्झौतापत्रमा हस्ताक्षर हुँदै छ,” छायाँसेन्टरका बजार निर्देशक सुमन पाण्डेले भने । होटलको नाम ‘अलफ्ट बिजनेस होटल काठमाडौं’ रहने पाण्डेले जानकारी दिए । अलफ्टले सबै ब्रान्डिङ र व्यवस्थापनको जिम्मा लिने गरी सम्भौता हुने उनाले जानकारी दिए ।१५ तलाको भवनमा १ सय ७५ कोठा हुनेछ । होटलको सबै सुविधा डिलक्सको हुने उनले बताए ।
स्टारउडका विश्वभर एकदर्जन ब्रान्डमा चेन होटलहरू सञ्चालनमा छन् । सन् २००५ मा अलफ्ट ब्रान्ड सञ्चालनमा ल्याएको स्टरउडले हाल दर्जन ब्रान्डका होटल खोलिसकेको छ । जसमा अलफ्ट बिजनेस होटल, सेराटन, डब्लू होटल, फोरपेन्ट्स, लि मेरिडियन, लक्जरी कलेक्सन, इलेमेन्ट, स्टार रेजिस, स्टारउड प्रिफररेड गेस्ट र स्टारउड होटल विश्वभर हजारौंको संख्यामा छन् । अलफ्ट ब्रान्डबाट पनि अमेरिका, युरोप, क्यानाडा तथा एसियामा गरी ८५ वटा होटलहरू सञ्चालनमा छन् । छायाँदेवी कम्प्लेक्सभित्र रहने उक्त होटलको भवन निर्माणको काम आगामी वर्ष सकिने र सन् २०१७ भित्रबाट सञ्चालनमा ल्याउने योजना रहेको उनले बताए ।  
ठमेल मुख्य पर्यटकीय स्थल भए पनि सुविधा सम्पन्न होटल नहुँदा पर्यटकहरू बस्नका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने पाण्डेले बताए ।“हाम्रो परियोजना सम्पन्न भएपछि उक्त समस्या स्वतः हल हुनेछ, होटलमा आफंै अन्तर्राष्ट्रिय मार्केटिङ गरेर गुणस्तरीय पर्यटक भिœयाउने योजना छ,” उनले भने ।
भवन निर्माणको काम ४० प्रतिशत सकियो  
ठमेलभित्रको ठमेल नाम दिइएको छायाँदेवी कम्प्लेक्सको भवन निर्माणको काम भने ४० प्रतिशत सकिएको पाण्डेले जानकारी दिए ।  होटल र कम्प्लेक्समा गरी ५ अर्ब रुपैयाँभन्दा बढी लगानी हुने पाण्डेको भनाइ छ । करिब १५ रोपनी क्षेत्रफलमा छायाँदेवी कम्पलेक्सले व्यावसायिक कम्पलेक्स निर्माण गर्न लागेको हो । छायाँदेवी कम्प्लेक्समा १५ तलाको भवनमा २ सय ५० वटा पसल, ७ वटा रेस्टुराँ, ४ सय ५० वटा कारको पार्किङस्थल, ५ वटा कन्फरेन्स हल रहने छन् । त्यस्तै ३ वटा सिनेमा हल रहनेछन भने १ हजार क्षमताको हल र फुड कोर्टसमेत रहनेछ ।
छायाँसेन्टर सञ्चालनमा आएपछि ठमेलको पर्यटनमा नयाँ आयाम थपिने दाबी पाण्डेको छ । छायाँसेन्टरमा इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेसहित निर्मल प्रधान, कालु गुरुङ, योगेन्द्र शाक्य, सुहृद घिमिरे, सुमन पाण्डे र महेश्वर श्रेष्ठले लगानी गरेका छन् ।  
सेन्टरमा मुलुकमै पहिलो पटक हाइड्रोलिक सिस्टमको पार्किङ स्थल रहने पाण्डेले जानकारी दिए । यो सिस्टमबाट एउटै तल्लामा तल र माथि गरी दुईतहमा गाडी पार्किङ गर्न सकिनेछ । अटोमेटेड मेसिनले ग्राहकको गाडी पार्किङ गर्ने र बाहिर निकाल्ने काम गर्नेछ । छायाँसेन्टरमा प्रसिद्ध ब्रान्डलाई प्राथमिकतामा राखिएको छ ।
कम्प्लेक्समा अहिलेसम्म क्यूएफएक्स, नाङ्लो बेकरी क्याफे, होन्डा, इटालियन रेस्टुराँ, एयरलाइन्स कम्पनी, पश्मिना र क्युरियो व्यवसायी, ट्राभल व्यवसायीलगायतले बुकिङ गरिसकेका छन् । स्वदेशी तथा विदेशी पर्यटकलाई सम्पूर्ण सेवा तथा सुविधा एकै स्थानमा उपलब्ध गराउने कम्प्लेक्सको लक्ष्य छ । नमुना कम्पलेक्सका रूपमा विकास गर्न लागिएको सेन्टर २४ घण्टा नै खुला रहनेछ ।   

Wednesday, November 12, 2014

सार्कमा भीआईपी आउँदा अन्य उडान\अवतरण रोकिने

एयर कनेटिभिक्टी बढाउन छलफल हुने

केदार दाहाल
काठमाडौं, २५ कात्तिक  - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले १८ औं सार्क शिखर सम्मेलनमा आउने विशिष्ट व्यक्ति (भीआईपी) को सुरक्षालाई ध्यान दिँदै आगमन÷प्रस्थानमा केही समय उडान÷अवतरण रोक्ने भएको छ । 
कार्यालयले आन्तरिक तथा बाह्य दुवै तर्फका एयरलाइन्स कम्पनीहरूलाई मंगलबार छलफल गरी भीआईपी आउने र जाने दिनमा उडान तथा अवतरण तालिका आवस्यकता अनुसार संशोधन गर्न लागि आग्रह गरेको हो । कार्यलयले केही दिनमा भीआईपीको आगमन तथा प्रस्थानको समय तालिका उपलब्ध गराउने र सोहीअनुसार एयरलाइन्स कम्पनीहरूले उडान तथा अवतरणको समय तालिका परिवर्तन गर्ने सहमति मंगलबारको छलफलमा भएको हो ।
कार्यालयले मंगलबार बिहान आन्तरिक वायुसेवा कम्पनी र दिवामा सम्पूर्ण अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्स कम्पनीसँग छलफल गरेको थियो । कार्यालयले सम्मेलनमा सहभागी हुन आउने भीआईपीलाई केन्द्रित गरी आगामी मंसिर ९ र १२ गते उडान तथा अवतरणमा समय तालिका परिवर्तन गराउन प्रस्ताव गरेको हो ।  
मंगलबार आन्तरिक र अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्ससँग छलफल भएको र केही दिनमा भीआईपीको आगमन र प्रस्थानको समय तालिका उपलब्ध गराएपछि एयरलाइन्स कम्पनीहरूले समय तालिका सोहीअनुसार परिवर्तन गर्ने विमानस्थल कार्यालयका महाप्रबन्धक वीरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
विश्वमा नै भीआईपी आउने र प्रस्थान गर्ने समयमा उडान तथा अवतरणमा केही अवरोध हुने परम्परा छ ।  “सार्क सम्मेलनमा पनि सुरक्षाको दृष्टिले पनि एयरलाइन्स कम्पनीहरूले समय तालिका परिवर्तन गरिदिनुपर्छ, ” श्रेष्ठले भने । विमानस्थल कार्यालयले समय तालिका उपलब्ध गराएपछि भीआईपी आउनुभन्दा १ घण्टा अगाडि सर्वसाधारणलाई विमानस्थल प्रवेशमा रोक लगाउने कार्यक्रमसमेत तय गरेको छ । कार्यालयले प्रहरी, पर्यटन मन्त्रालय, गृह मन्त्रालय र होटल एसोसिएसन  (हान) का प्रतिनिधिसँग पनि सोमबार छलफल गरेको थियो । “कार्यालयले छलफल गरेको र समय तालिका प्राप्त गरेपछि सोहीअनुसारको उडान तालिका निकाल्ने छांै,” वायुसेवा सञ्चालक संघ (आयोन) का प्रवक्ता घनश्याम आचार्यले भने । होटल सञ्चालकहरूले केही समय अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको क्रममा पर्यटक तथा पर्यटकलाई स्वागत गर्न जाने होटलका प्रतिनिधिले बढी सास्ती बेहोर्न परेपछि यसपटक भने पहिले नै समय तालिका उपलब्ध गराउन माग गरेका थिए ।
विमानस्थल कार्यालयले होटलहरूलाई पनि समय तालिका उपलब्ध गराइदिने छ ।  सार्कसम्मेलनका लागि ८ देशका प्रमुख र पर्यवेक्षक गरी झन्डै ८ सयको हाराहारीमा सहभागी नेपाल आउँदैछन् ।   
विमानस्थलमा दैनिक ४ सयदेखि ४ सय ५० सम्म उडान÷ अवतरण हुन्छ, जसमा अन्तर्राष्ट्रिय २७ वटा एयरलाइन्स कम्पनीहरूले उडान भर्दै आएका छन भने आन्तरिकतर्फ पनि दैनिक सयौंको संख्यामा उडान÷अवतरण हुँदै आएको छ ।   

एयर कनेटिभिक्टी बढाउन छलफल हुने
१८ औं सार्क शिखर सम्मेलनमा सार्क क्षेत्रमा साझा पर्यटन एजेन्डा प्रस्तुत हुने भएको छ । सार्क राष्ट्रबीच एक अर्को मुलुकले संयुक्त पर्यटन गतिविधि सञ्चालन गर्ने, सडक सञ्जाल तथा एयर कनेटिभिक्टी बढाउने एजेन्डा तय भएको छ । नेपाल, भारत, म्यानमार, श्रीलंकासहितका बुद्ध धर्म मान्ने राष्ट्रहरूको बीचमा बुद्धिष्ट सर्किट बनाउने योजना अगाडि सारिएको छ ।  
सार्क शिखर सम्मेलन नेपालमा हुनु पर्यटन प्रवद्र्धनको महत्वपूर्ण अवसर भएकाले पनि विभिन्न सरकारी निकायले आ–आफ्नो क्षेत्रबाट भरपुर सहयोग पु¥याइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले बताए ।    
 

Monday, November 10, 2014

पर्यटन बोर्डको बजेट १ अर्ब

पर्यटन बोर्डको बजेट १ अर्ब
काठमाडौं २३ कात्तिक- नेपाल पर्यटन बोर्डले चालू आर्थिक वर्ष ०७१÷७१ मा झन्डै १ अर्बको बजेट प्रस्तुत गरेको छ । बोर्डले निजी क्षेत्रसँग छलफल गरेर आवश्यक संशोधनसहित बजेट लागू गर्नेसमेत जानकारी दिएको छ । बोर्डले गत वर्षभन्दा बजेटको आकारमा झन्डै ५७ प्रतिशतले वृद्धि गरेको छ । गत वर्ष ६३ करोड रुपैयाँ हाराहारीको बजेट प्रस्तुत गरिएको थियो ।
बोर्डले आइतबार प्रारम्भिक छलफलमा ९५ करोड १० लाख ८९ हजार ६ सय ३८ रुपैयाँको बजेट छलफलका लागि प्रस्तुत गरेको छ । जुन गत वर्षभन्दा ३७ करोड रुपैयाँ बढी हो ।
बोर्डको उक्त अनुमानित बजेटका लागि पर्यटक सेवा शुल्कमार्फत  ७६ करोड ८९ हजार ६ सय १० रुपैयाँ उठाउने लक्ष्य राखेको छ । चालू वर्ष ७ लाख ६७ हजार ९ सय ३७ पर्यटक हवाई मार्गमार्फत नेपाल भित्रिने प्रक्षेपण बोर्डले गरेको छ ।
बोर्डले प्रत्येक हवाई पर्यटकमार्फत १ हजार रुपैयाँ सेवा शुल्क उठाउँदै आएको छ । त्यस्तै पर्यटक सूचना प्रणाली (टिम्स) मार्फत १८ करोड ३१ लाख ५२ हजार २८ रुपैयाँ उठाउने लक्ष्य समेत राखेको बोर्डका योजना शाखा प्रमुख काशीराज भन्डारीले जानकारी दिए ।
बोर्डले प्रशासनिक खर्चतर्फ १० करोड ५० लाख हुने अनुमान गरेको छ । त्यस्तैगरी अन्तर्राष्ट्रिय प्रवद्र्धनका लागि २७ करोड ८६ लाख रुपैयाँ खर्च हुने अनुमानित बजेट बोर्डले पेस गरेको हो । बोर्डले प्रोडक्ट विकासका लागि १७ करोड २९ लाख तथा जन–सम्पर्कका लागि १६ करोड २९ लाख रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य राखेको छ ।
त्यस्तै गरी पोखरा कार्यालयका लागि २ करोड ५० लाख, अनुसन्धान तथा विकासका लागि २ करोड ४५ लाख रुपैयाँ छुट्ट्याएको बोर्डले जानकारी दिएको छ ।  अन्य खर्चका लागि ११ करोड रुपैयाँ छुट्ट्याइएको छ । बोर्डले क्षेत्रीय कार्यक्रम तथा कार्यालयलगायतका लागि २७ करोड ८६ लाख रुपैयाँ छुट्ट्याएको छ । बजेट छलफल कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले पहिलो पटक बोर्डमा निजी क्षेत्रको संयोजकत्वमा बजेट तयार पारेको बताए । बजेट बोर्डका सदस्य फुर्वाग्याल्जेन लामाको संयोजकत्वमा निर्माण गरिएको हो ।  
अन्तर्राष्ट्रिय हिमालयन मार्ट सञ्चालन हुने
बोर्डको अगुवाइमा नेपालमा यसै वर्ष अन्तर्राष्ट्रिय हिमालयन मार्ट सञ्चालन गरिने भएको छ । त्यसका लागि छुट्टै कार्यविधि तयार गरी सञ्चालन गरिने बोर्डले जनाएको छ । उक्त मार्ट विश्वभरबाट पर्यटन क्षेत्रका सरोकारवाला निकाय तथा ट्राभल्स कम्पनी र एजेन्टसहरूले सहभागिता जनाउने छन् ।
बोर्डले यसैवर्ष ग्लोबल मिडिया कार्यक्रमसमेत सञ्चालन गर्ने भएको छ, जसमा विश्वभरका पत्रकारहरूलाई विशेष प्याकेजमा नेपाल भिœयाउने र ठूला सञ्चारमाध्यममा नेपालको गन्तव्यका बारेमा प्रचार गराउने लक्ष्यसमेत बजेटमा राखिएको छ ।   
अन्तर्राष्ट्रिय प्रवद्र्धनमा जोड देऊ ः निजी क्षेत्र
बोर्डले प्रस्तुत गरेको प्रारम्भिक छलफल कार्यक्रममा बोल्दै निजी क्षेत्रका प्रतिनिधिहरूले बोर्डले अन्तर्राष्ट्रिय प्रवद्र्धनका कार्यक्रमलाई जोड दिन माग गरेका छन् । कार्यक्रमा बोल्दै ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष रमेश धमलाले भने, “बजेटमा अन्तर्राष्ट्रिय प्रवद्र्धनलाई जोड दिने कार्यक्रम आउनुपर्छ ।” टिम्सको रकमबारे बाहिर नराम्रो अफवाह फैलाइएको बताउँदै बोर्डले टिम्समार्फत उठ्ने रकम र खर्च विवरण तत्काल सार्वजनिक गर्दिनुपर्ने माग धमलाले राखे ।
। एसिया प्यासिफिक (पाटा) का नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले बोर्डले हिमालयन मार्टमा बोर्डले गर्दै आएको राष्ट्रिय पर्यटन मेलालाई समेत गाभ्न सुझाव दिए ।  

Friday, November 7, 2014

फुजेलमा निशुल्क स्वास्थ्य शिविर सुरु

केदार दाहाल
फुजेल २१ कात्तिक
फुजेल–काठमाडौं सम्पर्क समितिको आयोजनामा गोरखा जिल्लाको फुजेल गाउँ विकास समितिमा निःशुल्क स्वास्थ्य शिविर शुक्रवार देखि सुरु भएको छ । दुई दिन सम्म् संचलन हुने उक्त शिविरमा फुजेलका स्थानियहरुको स्वस्थ्य परिक्षण निशुल्क गराइने सम्पर्क समितिका सचिव मोहन श्रेष्ठले जानकारी दिए । “समाजिक क्षेत्रमा सेवा गर्ने उद्देश्यले शिविर संचालन गरेको हो,” श्रेष्ठले भने । उनले दिएको जानकारी अनुसार शुक्रवार मात्र २ सय भन्दा बढी स्थानियले स्वास्थ्य परिक्षण गराएको बताए । शनिवार पनि उक्त क्रम जारी रहने सम्पर्क समितिले जानकारी दिएको छ । शुक्रवार सम्पर्क समितिका संस्थापक अध्यक्ष डोल प्रसाद दाहालको प्रमुख आतिथ्यतामा निशुल्क शिविर सुरु गरिएको हो ।